समाचार

१६ औं गोदावरी फूल प्रदर्शनी २०८० शुरु भएको छ

काठमाडौं कार्तिक १४, पुष्प व्यवसायी संघ नेपाल (फ्यान)को आयोजनमा ललितपुरमा ‘१६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी–२०८०’ शुरु भएको छ । फ्यानले वि.सं. २०५१ सालदेखि नैं पुष्प व्यवसायको व्यवसायीक विकास विस्तार तथा प्रवद्र्धनका लागि लगातार रुपमा पुष्प मेला÷प्रर्शनीको आयोजना गर्दै आइरहेको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने मूल नारा सहित नजिकै आइरहेको तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी फ्यानको आयोजनामा १६ औं संस्करण गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु गरिएको हो । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले प्रदर्शनीको उद्घाटन गरेका उक्त प्रदर्शनी कार्तिक १८ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा सञ्चालन रहने छ । प्रदर्शनीमा करिब ७० वटा स्टल रहेका छन् । नेपाली कृषकको उत्पादनलाई प्रोत्साहन एवम् प्रवद्र्धन गर्नको लागि मेला आयोजना गरिएको आयोजक पुष्प व्यवसायी संघ नेपाल (फ्यान)ले जनाएको छ । उक्त प्रदर्शनीमा नेपालमा विगत वर्षदेखि नै व्यवसायीक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरुवाहरुको साथै यस वर्ष भित्रिएका गोदावरी फूलको केही नयाँ प्रजातीका फूल बिरुवाहरुको समेत प्रदर्शनी तथा बिक्री वितरण गर्न राखिएको छ ।
यसका साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरुको समेत प्रदर्शनीमा समावेश गरिएको छ । फ्यानका अनुसार यस मेलाबाट पुष्प व्यवसाय संचालन गर्न चाहने, घर÷आँगन तथा बगैँचा सजाउन चाहने, फूल बिरुवा प्रति अभिरुची राख्ने, यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने छ । यस गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै १ करोड भन्दा बढिको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।
फ्यानका अनुसार मेला अवधी भर मेला अवलोकन गर्न आउने दर्शक, अवलोकनकर्ता तथा व्यवसायीहरुको शून्य मौज्दातमा खाता खोली ३ सय खातावालाको नाममा कृषि विकास बैंक लिमिटेडले जम्मा गरिदिने छ । साथै खाता खोल्ने ग्राहकहरुलाई मेलामा जुनसुकै फूल बिरुवा खरिदमा १० प्रतिशत छुटको व्यवस्था पनि मिलाइएको छ । नेपालीहरुको महान चाड तिहार तथा छठ पर्व नजिकिदै गर्दा घर ÷ आँगन वा बगैंचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन, गोदावरी फूलको व्यवसायीक प्रवर्द्धन गर्न, समय अनुकूल पुष्पको जातिय विकास एवम् गुणस्तरिय उत्पादनमा सहयोग पुयाउनका लागि यस किसिमका कार्यक्रमहरु आयोजना गरिएको फ्यानले जनाएको छ । उक्त प्रदर्शनीको सह–आयोजक संस्थाको रुपमा पुष्प विकास केन्द्र रहेको छ, भने सहयोगी संस्थाको रुपमा कृषि पूर्वधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रायोजक संस्थाको रुपमा सेवा कोकोपिट रहेको छ । बैंकिङ साझेदार संस्थाको रुपमा कृषि विकास बैंक लिमिटेड रहेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close