कृषि विशेषसमाचार

भृकुटी मण्डपमा पनि फूलको प्रर्दशनी

नर्सरी व्यवसायी संघले पत्रकार सम्मेलनको आयोजना गरि नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसर पारी भृकुटी मण्डपमा हुन गइरहेको फूल प्रदर्शनी २०८० बारेमो जानकारी दिएको छ । उक्त मेलाको संयोजक समेत रहेका रविनकुमार गौतमले एक प्रेस विज्ञाप्ति प्रकाशित गरि प्रदर्शनी यही १४ देखि १८ कार्तिक सम्म हुने जनाएको छ ।
विज्ञाप्तिमा जनाएको छ ।
प्रेस विज्ञाप्ति ः
कुनै पनि बोट बिरुवा, वनस्पति कृत्रिम रुपमा मानवीय इच्छा र आकांङ्क्षा अनुसार उत्पादन, विकास र विस्तार गर्न प्रारम्भमा नर्सरीको आवश्यकता पर्दछ । वन जङ्गलमा प्राकृतिक रुपमा हुने पुनरुत्पादन बाहेक सबै वानस्पतिक प्रशारण नर्सरीबाटै हुने र बोट बिरुवाको गुणस्तर असल बिउबिजन तथा नर्सरीको व्यवस्थापकीय कार्याकुशलतामा निर्भर रहन्छ । नर्सरी व्यवस्थापनको महत्व र विषय क्षेत्र बोट बिरुवाको उत्पादन र प्रशारणमा मात्र सीमित नरही बोट बिरुवा तथा बिउ विजनको व्यवस्थापन देश भित्र र बाहिर आयत निर्यातसँग जोडिने राष्ट्रिय अन्तर्राष्ट्रिय नितिगत तथा कानूनी पक्ष, स्थानीय रैथाने, मौलिक बोटबाट बिरुवाहरुको संरक्षण, सम्वद्र्धन साथै जातिय गुण तथा विशेषताहरुको पुस्तान्तरण जस्तो वानस्पतिक जैविक विविधताको संरक्षण एवं हाम्रो परम्परागत सिप तथा ज्ञान संरक्षण, पुस्तान्तरणका विषय समेत समेतिएको हुन्छ ।
यस्तो महत्वपूर्ण विषयमा हालसम्म समग्र नर्सरी क्षेत्रको राष्ट्रिय रुपमा संगठित संस्था नभएको तथा नर्सरी व्यवसायीहरुको हक, हित तथा अधिकारको सुनिश्चितताका साथै व्यवसायिक लगानी सिप, लगानी र सिप, क्षमताको विकास र विस्तार एवं प्रवद्र्धन गर्न संगठित गर्ने छाता संगठनको अभाव खड्कीरहेको छ । सन्दर्भमा समग्र नर्सरी व्यवसायको विकास र विस्तार गरि स्वच्छ वातावरण सहित संस्थाले पुष्प नर्सरी, कृषि तथा वन नर्सरी, फलफूल नर्सरी र जडिबुटी नर्सरीका विषय क्षेत्रलाई समेती व्यवसायीहरुलाई संगठित गर्ने गर्दछ ।
यसै सन्दर्भमा यस नर्सरी व्यवसायी संघ, नेपालले फूल तथा बत्तीको विशेष पूर्व तिहारलाई मध्यनजर गर्दै यही २०८० कार्तिक १४ देखि १८ गते सम्म ५ गते तिहार फ्लोरा एक्स्पोे २०८० भृकुटीमण्डप स्थिति प्रदर्शनी स्थलमा देशका विभिन्न भागबाट नर्सरी व्यवसायीहरुको सक्रिय सहभागीतामा भव्य आयोजना हुन गईरहेको व्यहोरा सहर्ष जानकारी गर्दछौं ।
यस मेलामा विभिन्न प्रजातिका फूल फूल्ने तथा नफुल्ने आलंकारिक फूल बिरुवाहरु लगायत कृषि तथा वन, जडिबुटी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विधि प्रजातिक बोटबिरुवाहरु प्रदर्शनी तथा बिक्री वितरणको लागि राखिने छ । मेलामा ६० वटा व्यवसायिक वटा व्यवसायिक स्टल रहने छ । साथै मलखाद, अर्गानिक एवं रसायनिक विषादी, बिउ बिजन, औजार, उपकरण तथा प्राविधिकहरुको समेत स्टल रहने छ । नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञासु एवं अध्ययन अध्यपन साथै अनुसन्धान गर्ने सम्पूर्णको लागि यस मेला वृहत साझा मञ्च हुने हामीले विश्वास लिएका छौं ।
मेलाको आकर्षणको रुपमा प्रर्दशनी फूल बिरुवाको प्रस्तुतीको सम्बन्धी क्षेत्रको विज्ञ प्राविधिकद्धारा मूल्याङ्कन गराई शिल्ड तथा नगद पुरस्कारद्धारा पुरस्कृत गरिने ञ । साथै लामोे समयदेखि नर्सरी व्यवसायमा क्रियाशिल व्यवसायीहरु मध्येबाट १ जनालाई सम्मान पत्रद्धारा सम्मान गरिनेछ । नर्सरी क्षेत्रमा आयातित वस्तुको प्रतिस्र्पाथापनको लागि वृहत लगानीबाट उत्पादनमा सक्रिय व्यवस्थापन मध्येबाट १ जनालाई नगद, दोसल्सा तथा सम्मान पत्रबाट सम्मान गरिने कार्यक्रम गरिने छ । यस मेलामा कम्तीमा ३० हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै ५० लाख भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा गरेको छौं । मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति रु. १००÷– विद्यार्थीहरूका लागि प्रति व्यक्ति रु.५०÷– व्यवस्था गरेको छौं ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close