सम्पादकीय

दिगो कृषि नै परनिर्भरता घटाउने मूल आधार हो

सरकारले छिमेकी देशमा जस्तो कृषिमा अनुदान नदिएकाले पनि आयात् बढ्दै गएको बताइन्छ कृषकले उत्पादित वस्तुको सहज बजार पहुँच नपाउनु, कृषिमा छिमेकी देश सरह अनुदानको व्यवस्था नहुनु र जनशक्ति विदेश पलायन हुनु जस्ता कारणले कृषिजन्य वस्तुको समेत निर्यातको तुलनामा आयात ज्यादै बढी हुँदै गएको विज्ञहरूले बताएका छन् ।
आर्थिक वर्षको छ महिनामा मात्रै कृषि उत्पादनको निर्यातभन्दा झण्डै पाँच गुणा बढी आयात् भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार कृषिका लागि हावापानी, उर्वर माटो भए पनि भौगोलिक विकटता र उत्पादित वस्तुको बिक्री वितरणको तरिका किसानलाई थाहा नहुँदा अनुदान दिइने छिमेकी मुलुकमा उत्पादित सामानहरूकै आयात् बढ्दै गएको हो ।
कृषिजन्य वस्तुको निर्यात घट्दै जानुको कारणबारे केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरे भन्छन्, “बजारमा उत्पादनको सहज पहुँचको अभाव, जनशक्ति पलायन तथा छिमेकी देश चीन र भारतमा जस्तो कृषिमा अनुदान नदिइनु जस्ता कारणले निर्यातभन्दा आयात बढ्दै गएको पाइन्छ ।”
बजारमा उत्पादनको सहज पहुँचको अभाव, जनशक्ति पलायन तथा छिमेकी देश चीन र भारतमा जस्तो कृषिमा अनुदान नदिइनु जस्ता कारणले निर्यातभन्दा आयात बढ्दै गएको पाइन्छ ईश्वरीप्रसाद घिमिरे, कार्यकारी निर्देशक, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र
दुरदराजमा उत्पादन हुने गुणस्तरीय कृषिजन्य वस्तु बजारसम्म ल्याउने मेसो कृषकले नपाउँदा स्वदेशी उत्पादनको बजार आयातित वस्तुले खाइरहेको छ ।
जानकारहरूका अनुसार त्यसबाहेक उत्पादित सामानलाई लामो समय व्यवस्थित गर्ने प्रविधि नहुँदा गुणस्तर कायम गर्न पनि गाह्रो छ ।
त्यसले गर्दा निर्यातमा समस्या हुने गरेको कृषि मन्त्रालयमा लामो समय रहेका पूर्वसचिव हरि दाहाल बताउँछन् ।
दाहालका अनुसार “हामीसँग प्रयोगशाला, प्रविधि र क्षमताको कमी छ, त्यसो हुनाले बजारमा आफ्नै उत्पादन पु¥याउन सकियो भने आयात् र निर्यातको खाडल कम हुन्छ र त्यसो गर्न जरुरी छ ।”
हामीसँग प्रयोगशाला, प्रविधि र क्षमताको कमी छ, त्यसो हुनाले बजारमा आफ्नै उत्पादन पु¥याउन सकियो भने आयात् र निर्यातको खाडल कम हुन्छ र त्यसो गर्न जरुरी छ ।
सन् २०१० देखि अलैँची, अदुवा, चिया, कफीलगायत १२ वटा सामानको निकासीलाई प्रवद्र्धन गर्ने विशेष कार्यक्रम लागू गरे पनि त्यसले निर्यात बढाएर आयात् घटाउन सकेको छैन ।
कृषिप्रधान देश भने पनि वर्षेनी कृषिजन्य वस्तुहरूकै आयात् निर्यातको दाँजोमा बढ्दै जानुलाई जानकारहरू विडम्बनापूर्ण मान्छन् ।
चालु आर्थिक वर्षको ६ महिनामा कृषि सामग्रीको आयात ५९ अर्ब रुपियाँ बराबरको भएको छ भने निर्यात जम्मा १३ अर्बको मात्रै भएको छ ।
नेपालबाट निर्यात हुने कृषिजन्य सामानहरूको व्यापार विस्तार गर्न सरकारले सन् २०१० देखि विशेष कार्यक्रम लागू गरे पनि त्यसले आयात् र निर्यातको अन्तर घटाउनुको सट्टा वर्षेनी बढाउँदै गईरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close