
काठमाडौं माघ १३, खाद्य तथा गुण नियन्त्रण विभागले प्रेस नोट जारी गरि पैठारी गरिएको न्यूनस्तरको चना र राजमाको दाल रोक्का गरेको जनाएको छ ।
विज्ञाप्तिमा कशौधन ट्रेडस्, नेपालगञ्जले भारतबाट पैठारीको लागि नेपालगञ्ज भन्सार नाकामा ल्याएको ९,६०० के.जी. चनाको दाल विभाग अन्तर्गतको खाद्य आयत निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगञ्जले परीक्षण गर्दा क्षतिग्रस्त दाना तथा कीराले क्षतिपु¥याएको दानाको मात्रा मापदण्डमा तोकिए भन्दा बढी पाइएकोले आयत गर्न नमिल्ने भनि नेपालगञ्ज भन्सार कार्यालयलाई प्रतिवेदन पठाइएको छ ।
यसैगरि नेन्शी सप्लायर्स, दाङले भारतबाट पैठारीको लागि नेपालगञ्ज भन्सार नाकामा ल्याएको २३,२८० के.जी.राजमाको दाल विगभागको आयत निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगञ्जले परीक्षण गर्दा क्षतिग्रस्त दानाको मात्रा मापदण्डमा तोकिए भन्दा बढी पाइएकाले आयत गर्न नमिल्ने भनि नेपालगञ्ज भन्सार कार्यालयलाई प्रतिवेदन पठाएको व्यहोरा सबैमा जानकारी गरेको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ म परिभाषित खाद्य पदार्थ पैठारी गर्ने सम्पूर्ण खाद्य व्यवसायीहरुले अनिवार्य रुपमा ऐनको दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले पैठारी गर्नु अघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिएर तथा दफा (२) बमोजिम खाद्य पदार्थ पैठारी गर्नु अघि विभाग वा विभागले तोकोको कार्यालय प्रवेश अनुमति लिएर मात्र खाद्य पदार्थ पैठारी गर्नु हुन जानकारी गराइन्छ । सो बमोजिम नगरेको पाइएमा ऐन बमोजिम कारवाही हुने व्यहोरा खाद्य पदार्थ पैठारी गर्ने सम्पूण खाद्य व्यवसायीहरुलाई जानकारी गर्ने गरेको विज्ञाप्तिमा जनाएको छ ।
काठमाडौं माघ १५, खाद्य तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले विज्ञाप्ति प्रकाशित गरि मोवाइल भ्योन फुड ल्याव प्रयोग गरि बल्खु तथा तरकारी बजारमा तरकारी र फलफूलमा जीवनाशक विषादी अवशेषको परीक्षण गरिएको जानकारी दिएको छ ।
विज्ञाप्तिमा उपभोक्ताहरुलाई स्वच्छ र गुणस्तरीय तरकारी फलफुलको उपलब्धताको सुनिस्चितताको लागि खाद्य तथा गुण नियन्त्रण विभागले तरकारी फलफूलनमा विषादीको अवशेष परीक्षण मोवाइल प्रयोगशाला भ्यान प्रयोग गरि स्थलगत रुपमा परीक्षण कार्यलाई निरन्तर रुपमा गर्दै आएको जनाएको छ । यसै सिलसिलामा माघ १५ गते मोवाइल फुड ल्याव भ्याने सञ्चालन गरि बल्खु कृषि तथा तरकारी बजारमा बिक्रीवितरणमा रहेको ताजा तरकारी र फलफूलमा विभागको ¥यापिड रेस्पोन्स टिमले स्थलगत रुपमै मोवाईल फुड ल्याव भ्यानबाट आरबीबपीआर विविधबाट जीवनाशक विषादी अवशेषको परीक्षण गरेको छ ।
बल्खु कृषि तथा तरकारी बजारको विभिन्न स्टलहरुमा बिक्रीवितरणमा रहेका गोलभेडा, फूलगोवी, फर्सी, रायो साग, च्याउ, मटरकोसा, भन्टा, गाजर, हरियो सिमी, केरा तथा हरियो र कालो अँगुर लगायत १२ प्रकारको तरकारी फलफूलहरुका २० वटा नमूनाहरुको परीक्षण गरेको छ । उक्त परीक्षणमा न्यूनतम ९ प्रतिशत देखि अधिकतम् २६ प्रतिशतसम्म इन्जाईम इन्हिविशन पाइएको छ ।
आरबीबपीआर मापदण्ड बमोजिम इन्जाईम इन्हिविशन ३५ प्रतिशत भन्दा कम भएकालाई खान योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशत इन्जाईम इन्हिविशन भएकालाई क्वारेन्टाइन होल्ड गरि पुनः परीक्षण र ४५ प्रतिशत भन्दा बढी आएमा अस्विकृत गरि नष्ट गरिने प्रावधान रहेको छ । परीक्षण गरिएका सबै तरकारी फलफूलहरु खान मिल्ने रहेको पाइएको छ ।
उक्त तरकारीहरु भक्तपुर, धादिङ, चितवन, सर्लाही, काठमाडौं, ललितपुर, रामेछाप लगायत विभिन्न ७ जिल्लाहरुबाट ल्याएको थियो । फर्सी, केरा, तथा हरियो र रातो अँगुर भारतबाट आयत गरिएको थियो । स्थलगत परीक्षण कार्यमा व्यवसायीहरु स्वतस्फुर्त रुपमा आ–आफ्नो स्टलमा बिक्री वितरणमा रहेको तरकारी तथा फलफूल परीक्षण कार्य गराउने नमूनाहरु सहज रुपमा उपलब्ध गराउने मद्दत गरेको थियो ।
काठमाडौं उपलत्यका भित्र रहेका विभिन्न तरकारी फलफूल बजारमा आगामी दिनमा नियमित रुपमा मोवाइल फुड ल्याव भ्यान सञ्चालन गरि जीवनाशक विषादीको परीक्षण कार्य गर्ने तथा आवश्यक कारवाही गर्ने व्यहोरा सबैमा जानकारी लागि अनुरोध छ ।
प्रतिक्रिया दिनुहोस्