२०८२ जेष्ठ ५

नेपालमा परवल खेती प्रविधि

पर्वल खेतीगर्मी तथा ओसिलो हावापानीमा फस्टाउँछ । प्रशस्त वर्षा हुने नेपालका तराई तथा भित्री मधेशमा परवलको खेती राम्रो हुन्छ। यसको वृद्धि विकासका लागि औसत तापक्रम ३० देखि ३५ डिग्री सेन्टिग्रेड, अधिकतम तापक्रम ४० डिसे र न्यूनतम तापक्रम २० देखि २५ डिसे आवश्यक हुन्छ। यसले अति सुख्खा मौसम सहन सक्तैन ।
यसलाई कस्तो किसिमको माटो उपयुक्त हुन्छ ?
यसको लागि पानी नजम्ने, फुरफुराउँदो दोमट बलौटे तर प्रशस्त प्राङ्गारिक पदार्थ भएको माटो राम्रो हुन्छ। चिम्ट्याइलो माटोमा यसको खेती राम्रो हुँदैन । माटोको पिएच मान ६ देखि ७ उपयुक्त हुन्छ । पानी निकासको राम्रो व्यवस्था भएको जमिन उपयुक्त हुन्छ ।
परवल बहुवर्षिय लहरेतरकारी बालीभएकोले शरद ऋतुमा बोट सुशुप्तावस्थामा रहन्छ। बसन्त ऋतुमा तापक्रम बढ्न थालेपछि नयाँ लहरा पलाउन थाल्छ जसमा फल लाग्दछ। भाले र पोथी फूल अलग अलग बोटमा हुने भएकोले भाले र पोथी बोटको अनुपात १०.९० हुनु पर्दछ। फूल बिहान फुल्दछ र सेचन क्रिया बिहान ६ बजेदेखि दिउँसो १२ बजेभित्र हुन्छ।
नेपालमा विभिन्न आकार तथा रङ्ग भएका परवल पाईन्छन् जस्तै हरियो गोलो, हरियो गोलो सेतो धर्से, सेतो धर्सा भएको लामो परवल, सेतो धर्सा नभएको हरियो लामो आदि। यि स्थानिय अथवा उन्नत जातका हुन सक्दछन् ।
नेपालमा खास सिफारिश गरिएका परवलका जातहरु छैनन् । भारतबाट केही उन्नत जात निकालिएका छन् जस्तै फैजाबाद परवल
१. फैजाबाद परवल
२. फैजाबाद परवल
३. र फैजाबाद परवल
४. जुन नेपालमा पनि राम्रो हुन सक्दछन् ।

परवलका लहराबाट निकालिएका आँख्ला सहितका टुक्राहरु मध्य आश्विन देखि कार्तिक सम्ममा रोप्नु पर्दछ ।
परवलको लहराबाट बिरुवा प्रसारण गरिन्छ। लहरा रोप्दा एक वर्ष पूरानो परवलको लहराको फेदतिरको भाग प्रयोग गर्नु पर्दछ। लहराको टुप्पो कलिलो हुने हुँदा टुप्पातिरको भाग प्रयोग गर्नु हुँदैन ।
परवल कसरी रोप्नु पर्दछ ?
परवलको बोटको ५० सेमी लामो ४÷५ वटा आँख्ला भएको लहराका टुक्रा काटी गोलो पारेर बिंडा बटारे जस्तो गरी बटार्नु पर्दछ। गोलाई करिब ३० सेमी हुनु पर्दछ । काटेको दुबै टुप्पो माटोको १०–१५ से.मी. बाहिर पार्ने गरी १० सेमी गहिरो गरेर रोप्नु पर्दछ ।
प्रति रोपनी लहराका १५०-२०० टुक्राहरुको आवश्यकता पर्दछ। एक लाईन देखि अर्को लाईनको दुरी २ मीटरतथा बोट देखि बोटको दुरी १ मीटरकायम हुने गरी रोप्नु पर्दछ ।
परवलको बिरुवा रोप्दा कुन कुरामा विशेष ध्यान पुर्यारउनु पर्दछ ?
परवल तरकारी बालीमा भाले फूल र पोथी फूल अलग अलग बिरुवाको लहरामा लाग्ने भएकोले भाले र पोथी बिरुवा छुट्ट्याई पोथी बिरुवाको लहरा लिनु पर्छ र १० वटा पोथी बोटको बीचमा कम्तिमा एउटा भाले बोट लगाउनै पर्छ। यसले परागसेचन राम्रो हुनुका साथै उत्पादनमा वृद्धि हुने गर्दछ ।
जमिनलाई २–३ पटक राम्रोसँग जोतेर माटो बुर्बुराउदो बनाउनु पर्छ । ड्याङ्ग ३ मिटर चौडा र दुई डयाङ्गको बीचमा ५० सेमि फराकिलो र १५ सेमि गहिरो कुलेसो बनाउनु पर्दछ। माटो पकाउन चैत्र–बैशाख महिनामा गहिरो जोताई गर्नाले माटोमा भएको खुम्रे तथा रातो कमिला मर्नुका साथै माटो पनि पाक्ने हुन्छ । निश्चित दुरीमा ३०८३०८३० सेमी साइजको खाड्ल खनेर मल र माटोको मिश्रणले भरेर रोप्ने ठाउँको तयारी
गरिन्छ ।
पानी पर्न शुरु गरेपछि १मे टन पाकेको गोबरमल प्रति रोपनीका दरले हाल्नु पर्दछ। परवलको लहरा रोप्ने बेलामा ४ के।जी। नाईटूोजन २ के।जी। फस्फोरस २ के।जी। पोटास प्रति रोपनी हाल्नु पर्छ। प्रत्येक रोप्ने खाल्डोमा उक्त मलका मात्रा हिसाब गरी राख्नु पर्दछ र माटोमा राम्रोसँग मिसाउनु पर्दछ ।
बिरुवा बढ्ने बेलामा बिरुवाको वरिपरि सिफारिश गरिएको मल हाल्ने प्रक्रियालाईसाईड डूेसिङ्ग भनिन्छ। परवल खेतीको दोश्रो वर्षमा नयाँ टुसा आउने बेलामा मलको मात्रा बढाई बोटको वरिपरि साईड ड्रेसिङ्ग गर्दा उत्पादन बढेको पाइएको छ ।
लहरा रोपेपछि फल नलागेसम्म ३(४ पटक गोडमेल गर्नु पर्दछ। परवलको लहरा जमिनमा नै बढ्न दिने हो भने झारपात नियन्त्रण गर्न र फललाई कुहिनबाट जोगाउन लहरा मुनी छापो दिनुपर्दछ । लहराले जतासुकै जरा हालेर झ्याङ्गिन नपाओस् भनेर समय समयमा ओल्टाईपल्टाई गर्नु पर्दछ।छापोका लागि सुकेका झारपात, खर, पराल आदि प्रयोग गर्न सकिन्छ ।
खेतबारीरअग्लो ठाउँमा गरिने परवल खेतीको लागि थाँक्रो वा छाप्रोको व्यवस्था गर्नु पर्दछ। नयाँ टुसा पलाउने बेलामा बाँस र सुतरी अथवा तारको छाप्रो बनाई सो छाप्रोमा लहरा चढाउनाले फललाई कुहिनबाट बचाउन सकिन्छ र लामो समयसम्म फल्छ र बढी फल लाग्दछ ।
परवल बहुवर्षिय बाली भएकोले दोश्रो वर्षदेखि पाँचौ वर्षसम्म खुट्टी बाली लिने हुँदा लहरा काँटछाँट गरिन्छ । हिउँदमा बिरुवा करिब–करिब सुशुप्तावस्थामा जान्छ र वृद्धि विकास र फल्न पनि रोकिन्छ । हिउँद शुरु हुनु भन्दा अगाडी पहिलो बाली टिपेपछि मध्य आश्विन देखि मंसिर मध्यसम्ममा परवल बिरुवाको फेदबाट अर्थात् जमिनबाट १५ सेमी माथि ३०–५० से।मी। फूल लहरा छोडेर बाँकी टुप्पा तर्फको लहरा काटेर हटाईन्छ । यसरी काटिदिँदा बाँकी रहेको भागबाट हाँगाहरु धेरै आउँछन् र मध्य फाल्गुण देखि बढी फूल र फल लाग्न शुरु हुन्छ ।
सिंचाईको व्यवस्था भएको ठाउँमा गर्मी मौसममा ८–१० दिनको फरकमा पानी दिनु पर्दछ । पानी बढी भएमा निकास खोली दिनु पर्दछ । परवललाई छाप्रोमा चढ्न नदिने क्षेत्र वा ठाउँमा सिंचाई गर्दा पानी जम्न दिनु हुँदैन र जमिनमा नै फैलाइने भएकोले सिंचाईले फल बिगार्न सक्दछ ।
साधारणतया परवलमा मुख्य रुपलेसेतो धुले ढुसी र फल कुहिने रोगले आक्रमण
गर्दछन् ।
पातको माथिल्लो सतहमा सेतो खैरो ढुसीको विकास भई रोगी विरुवाका पातहरु पँहेलिन्छन् र सुक्न थाल्दछन् । आक्रमण बढी भएमा पात डाँठ साथै लहरामा पाउडर छरे जस्तो देखिन्छ। यसको रोकथाम गर्न घरेलु उपचार विधि जस्तै गाई भैंसीको गहूँत १ भाग र १० भाग पानी मिसाई ४–५ दिनको फरकमा छर्ने, बढी नै आक्रमण भएको खण्डमा
क्याराथेन ०।२ प्रतिशत अथवा बेभिष्टिन ०.१ प्रतिशत ७–१० दिनको फरकमा ३–४ पटक छर्नु पर्दछ ।
कपर अक्सिक्लोराईड ५० ईसी ३ मिलि प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ ।
फल कुहाउने औंसाफल भित्र पसेर फलको गुदी खान्छ र फल कुहाई दिन्छ। यसको
रोकथामका लागि मालाथियन ५० ईसी को झोल बनाएर १०–१५ दिनको फरकमा २–३ पटक छर्नु पर्दछ ।
यस कीराले विरुवाको कलिलो अवस्थामा बढी क्षति पु¥याउँदछ । वयस्क खपटे चम्किलो रातो हुन्छ र लार्भा फिका पहेंलो हुन्छ। यसको ब्यवस्थापनमा रोग अवरोधक जात लगाउने, वायोलेप १ ग्राम प्रति लिटर पानीमा मिसाई बेलुकीपख छर्ने वा एन पि भी १ मि.लि प्रति लिटर पानीमा मिसाएर १०–१५ दिनको फरकमा छर्नु पर्दछ ।
परवल फाल्गुण देखि जेष्ठसम्म फल्दछ । यसका नछिप्पीएका नरम फलहरु ४–५ दिनको फरकमा टिप्नु पर्दछ ।
जात, मौसम तथा खेती व्यवस्थापनका आधारमा पहिलो र दोश्रो वर्षमा प्रति
रोपनी ५०० देखि १००० केजी परवल फल्दछ भने तेश्रो र चौथो वर्षमा १.५ देखि २ मे टन सम्म परवल फल्दछ । एक पटक
रोपेको बोटले ४–५ वर्षसम्म उत्पादन दिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain