२०८२ जेष्ठ ५

व्यवसायिक बाख्रा पालन ध्यान दिनु पर्ने कुरा

बाख्रा एक प्रकारको स्तनधारी वर्गमा पर्ने घरपालुवा जनवार हो । बाख्रा बोभिड (द्ययखष्मबभ) परिवार अन्तर्गत पर्छन र यिनीहरू भेडाहरूसँग मिल्दाजुल्दा हुन्छन, यि दुबै क्याप्रिने (ऋबउचष्लबभ) सह–परिवार अन्तर्गत पर्दछन । बाख्रा पाल्तु जनावर–हरू मध्ये धेरै उपयोगी मानिन्छ । बाख्रालाई मासु, दुध, उन र मलको लागी धेरै जसो किसानहरूले बाख्रा पालन गरेको पाइन्छ । बाख्राहरू विभिन्न प्रजातीको हुन्छन् । खरी, औले, तराई र सिन्हाल नेपालका रैथाने बाख्रा हुन् । नेपाल बाहिरका आयातित् जातहरूमा जमुनापारि, बारबारी, सानन, विटल, सिरोही र बोचर प्रमुख छन विशेष गरि मासु तथा मलको लागि पालिन्छ ।
बाख्रापालन व्यवसायमा अत्यन्त लाभदायक साना कृषकहरूले समेत सीमित पूँजिमा पाल्न सक्ने र स्थानीय ग्रामीण उद्यमशिलता बढाउने व्यवसाय हुँदाहुँदै पनि यसलाई व्यवसायिकरण गर्न सकिएको छैन । फलस्वरुप नेपालमा वर्षेनी २० लाखको हाराहारीमा खसी बाख्राहरू विदेशबाट मासु आपूर्तिको लागी भित्रिएको पाईन्छ । तसर्थ व्यवसायिक रुपमा बाख्रा पालन गरी विद्यमान आयत्को संख्या न्यून् गर्न बाख्रा पालनका विभिन्न पक्षहरू जस्तै गोठ, खोर व्यवस्थापन, आहारा, प्रजनन र स्वास्थ्य व्यवस्थापनमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । वरिष्ठ कृषि तथा पशुपंक्षी वैज्ञानिक यमुना कुमार श्रेष्ठका अनुसार बाख्रा पालन व्यवसाय सम्बन्धि निम्न वैज्ञानिक पक्षहरूलाइ जोड दिएका छन ।
बाख्रा छनौंट र पालन ः
बाउ र माउको घर ठेगाना पत्ता लागेको, पाठा (पाठी किन्दा बोका र माउको जात खुलेको पाठापाठी ल्याउनु पर्छ । कम्तिमा ६ पुस्तासम्म हाडनाता नपरेको, उस्तै(उस्तै हावापानीमा हुर्केको (पानी नलाग्ने ठाँउको हुनुपर्ने), धेरै उत्पादन दिने जातको (ठाँउ अनुसार फरक फरक हुन्छ), सकेसम्म
धेरै दुध आउने माउबाट जन्मेको सकेसम्म जुम्ल्याह जन्माउने माउबाट जन्मेको वा जुम्ल्याह जन्माउने जातको बोका लागेको रोगब्याधि नलागेको, सकेसम्म खोप लगाएको, नियमित जुकाको र नाम्लेको औषधि खुवाएको हुनुपर्छ ।
खोर र गोठ व्यवस्थापन :
बाख्रालाई बस्नको लागी पानी नजम्ने ठाँउमा यथेष्ठ घाम तथा हावाको प्रवाह हुने गरी एउटा बाख्रालाई १ वर्ग मिटरको ठाँउ पुग्ने गरी, जमिनबाट १ मिटर उठाई १ र २ को दूरिमा काठ ठोकी टाँड बनाउनु पर्छ र घाँस राख्नको लागी टाट्नो ९जबथ चबअप० बनाउनु पर्छ । बाख्रा यस्तो प्राणी हो जस्ले आफुले कुल्चेको घाँस खाँदैन । दैनिक रुपमा गोठको सरसफाई गरीरहनु पर्छ । खोरको अगाडि यार्ड बनाउन सके राम्रो हुन्छ । हिउँद तथा वर्षातमा मौसम अनुसार तातो र चिसोबाट बचाउने व्यवस्था मिलाउनु पर्छ ।
आहरा व्यवस्थापन ः
बाख्राबाट अपेक्षित फाईदा लिन यिनीहरूको शारीरिक अवस्था अनुसार पोषिलो घाँस तथा दाना उपलब्ध गराउनु पर्दछ । घाँसको साथै दैनिक २५० ग्राम दाना दिएर पाल्दा दैनिक ७०(८० ग्राम शारीरिक तौल वृदि भएको अनुसन्धानले देखाएको छ । पाठापाठीको राम्ररी हेरचाह गरी पाल्दा ९ महिनाको उमेरमा २० के.जि सम्म शारिरक तौल पाईएको छ । बाख्राहरूलाई दाना बनाउँदा घरमै पाईने मकै, भटमास, गहुँको चोकर वा धान (अन्नवाली) ७२ भाग, पिना गेडागुडी २५ भाग, नून १ भाग र लवणहरूको मिश्रण २ भाग राखी बनाउन सकिन्छ । बाख्रालाई शारीरिक तौलको ३–५५ सुख्खा पदार्थको आधारमा घाँस उपलब्ध गराउनु पर्छ । दैनिक ४(६ घण्टा चराएर पाल्दा राम्रो उत्पादन लिन सकिने अनुसन्धानबाट थाहा भएको छ ।
प्रजनन् व्यवस्थापन ः
बाख्राहरू वर्षमा २ पटक व्याउने तथा बाली लाग्ने गर्दछन्, खासगरी अश्विन र कार्तिक, फागुन र चैत्र यिनीहरूको व्रिडिङ सिजन हो । यस समयमा बाख्रालाई विषेश किसिमको हेरचाह चाहिन्छ । यथेष्ठ सन्तुलित आहार प्रदान गर्न सके बाख्राहरूमा अण्डा र बोकाहरूमा शुक्र किट उत्पादन उच्च उत्सर्गमा पुग्ने हुँदा जुम्ल्याह जन्मन सक्ने सम्भावना बढि हुन्छ । प्रजनन् गराउँदा शारीरिक अवस्था राम्रो भएको छनौंट
गरी नजिकको नातामा प्रजनन् गराउनु हुँदैन ।
यस्तो भएमा जातिय उत्पादन क्षमतामा ह्रास आउने हुन्छ । बथानका बोका मिसाँउदा एक बोकाको लागी ४० वटासम्म बाख्रा मात्र राख्नु पर्छ । एक वर्षको बोका भएपछि मात्र बाली लगाउनु राम्रो हुन्छ । नवजात पाठापाठीलाई ३ र ४ पटक दैनिक बिगौती दुध खुवाउने व्यवस्था मिलाउनु पर्छ ।
करिब ७ र ८ बेत ब्याईसकेपछि माउ बाख्राहरूलाई हटाउनु राम्रो हुन्छ । बथानमा प्रजनन्को बोका बाहेक अन्यलाई खसी पारिदिनु पर्छ । प्रजनन्को लागि बोका बाख्रा छनौंट गर्दा राम्रो शारीरिक अवस्था भएको जुम्ल्याहा जन्मेको मध्येबाट छनौंट गर्नु पर्दछ । प्रजनन् योग्य बोका बाख्रा नार्कको फर्महरू र जिल्ला पशु सेवा कार्यालयद्वारा स्थापित स्रोत केन्द्रबाट पाउन सकिन्छ ।
स्वास्थ्य व्यवस्थापन ः
बाख्राहरूलाई बाह्य तथा आन्तरिक परजिवीले निकै प्रभाव पार्ने हुन्छ । वर्षमा ४ महिनाको
फरकमा बाह्य तथा आन्तरिक परजिवी विरुद्घ डिपिङ्ग तथा डे«न्चङ गराउनु पर्दछ । डिपिङ्गको लागि ०.२५(०.५५ को बजारमा पाईने मालाथिएन, साइपरमेथ्रिनको झोले सम्पूर्ण शरीर नुहाईदिने वा ड्रिपिङ्ग टयाङ्कीमा डुबाईदिने ।
त्यसैगरी आन्तरिक परजिवीको लागी अलबेन्डाजोल, फेन्बेण्डाजोल ९५–७.५ एम.जि.र प्रति के.जि. शारीरिक तौलको हिसाबमा खुवाउने वा आईभरमेक्टिन सुई ९१ एम एलर प्रति ३० के.जि शारीरिक तौलको हिसाबले छालामुनि लगाउँदा
आन्तरिक तथा बाह्य दुबै परजिवीमा प्रभावकारी पाईएको छ । अन्य संक्रामक
रोग पिपिआर, एचएस, खोरेत,
इन्टरोटोक्सेमिया आदि विरुद्घको खोप नियमित रुपमा लगाउनु पर्छ । यसरी बाख्रालाई स्वास्थ राखी अधिकतम् फाइदा लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain