
धनबहादुर मगर
काठमाडौं जेठ २४, विश्व खाद्य स्वच्छता दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । ‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरि यस वर्ष पनि विश्व खाद्य दिवस मनाइएको छ ।
खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई आम जनमानसमा पु¥याउन विभागले १६ वर्ष अघि खाद्य स्वच्छता दिवसको अभियान मनाउन थालेको हो । राष्ट्र संघको फुड कोडेक्स एलिमेन्टेरियस कमिशन, खाद्य तथा कृषि संगठन र विश्व स्वास्थ्य संगठनको प्रस्तावमा सन् २०१८ डिसेम्बर २० का दिन संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष जुन ७ का दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो ।
विभागले विगतजस्तै यो वर्ष पनि सप्ताहव्यापी रूपमा दिवस मनाएको हो । विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसन्धान अनुसार तरकारी फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपन्छी खाद्य पदार्थमा एण्टिवायोटिक अवशेष, खाद्यान्नमा ढुसीजन्य विशालुको समस्या रहेको औल्याउदैँ स्वास्थ्य तथा सवल जनशक्ती राष्ट्र निर्माणको महत्वपुर्ण आधार स्तम्भ भएकोले समग्र देश विकासका लागि समेत स्वच्छ र सन्तुलित खानपान अपरिहार्य रहेको विभागले जनाएको छ ।
सन् १९५१ को नोभेम्बरमा नेपालले खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो । नेपालले पनि सन् १९८१ मा ‘उब्जनी बढाऔं, सन्तुलित खाना खाऔं, बढी जोगाऔं’ भन्ने नाराकासाथ पहिलो खाद्य दिवस मनाइएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले “खाद्य पदार्थमा स्वच्छता, विज्ञानको अपरिहार्यता” भन्ने नारासहित १७औं राष्ट्रिय तथा ७औं विश्व खाद्य स्वच्छता दिवस, २०८२ मनाएको हो । यस दिवसको सन्दर्भमा विभागले जेठ १८ देखि २४ गतेसम्म देशभर सप्ताहव्यापी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको थियो ।
सन् २०१८ मा संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष जुन ७ तारिखमा विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेसँगै नेपालले पनि सो दिनलाई विशेष महत्वका साथ मनाउँदै आएको छ ।
अविश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभर प्रत्येक वर्ष ५५ करोड मानिस दुषित खाद्यबाट बिरामी पर्नुका साथै ४ लाख २० हजारको मृत्यु हुने तथ्याङ्क छ । नेपालमा पनि विषादी मिसिएका फलफूल, ढुसीयुक्त अन्न, र एन्टिवायोटिक अंशयुक्त मासुजन्य पदार्थबाट स्वास्थ्यमा प्रतिकूल असर परिरहेको विभागको भनाइ छ ।
संविधानले सुनिश्चित गरेको खाद्य अधिकार कार्यान्वयन गर्न संघीय संसदले हालै पारित गरेको “खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१” मार्फत खाद्यको वैज्ञानिक नियमन सुनिश्चित गरिएको विभागले जनाएको छ ।
७ जुन बिहान प्रभातफेरी र दिउँसो मूल समारोह सरकार, निजी क्षेत्र, उपभोक्ता समूह, सञ्चार माध्यम र सरोकारवाला सबैको सहकार्यविना खाद्य स्वच्छता सम्भव नहुने भन्दै विभागले सबैलाई सहभागी हुन आग्रह गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्