काठमाडौं असार २५, विदुर नगरपालिकाले कृषि क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण तथा यान्त्रिकीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले नगरभित्र विभिन्न स्थानमा कृषि व्यवसाय तथा उद्यम सञ्चालन गरिरहेका किसानहरूलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर उपलब्ध गराएको छ ।
यस कार्यक्रम अन्तर्गत विदुर नगरपालिकाले ५० प्रतिशत अनुदान तथा लाभग्राही किसानहरूको ५० प्रतिशत लागत साझेदारी रहने गरी ट्याक्टर हस्तान्तरण गरिएको हो । नगर प्रमुख राजन श्रेष्ठले एक कार्यक्रमबीच लाभग्राही किसानहरूलाई ट्याक्टर हस्तान्तरण गर्नुभएको थियो ।
यस कार्यक्रमबाट कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्नुका साथै उत्पादन लागतमा कमी, उत्पादकत्वमा वृद्धि तथा किसानहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास ट्याक्टर वितरण कार्यक्रममा बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्