२०८३ असार २८

किसान नेता नहेन्द्र खड्कालाई रिहा गर्न माग

काठमाडौं, असार २७, अखिल नेपाल किसान महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले एक प्रेस विज्ञाप्ति प्रकाशित गरि तत्काल रिहा गर्न माग गरेको छ ।
किसान नेता नहेन्द्र खड्कालाई २०८३ असार २६ गते राति परेको अविरल वर्षाका कारण कीर्तिपुरस्थित राधास्वामी सत्संग भवनको होल्डिङ सेन्टरमा वागमती नदीको पानी पसी जलमग्न हुँदा त्यहाँ अस्थायी रूपमा बसोबास गरिरहेका सुकुम्बासी नागरिकहरू अत्यन्त कष्टकर अवस्थामा परेको त्यस घटनाको वास्तविक अवस्था बुझ्न अखिल नेपाल किसान महासंघ का महासचिव तथा सुकुम्बासी संघका फ्याक्सन इन्चार्ज नहेन्द्र खड्का मिति २०८३ असार २७ गते दिउँसो करिब २ः३० बजे उक्त होल्डिङ सेन्टर पुगेर प्रभावित नागरिकहरूसँग भेटघाट गर्नु भइ, घटनास्थलको वस्तुगत अवलोकन गर्दै । त्यहाँ उपस्थित सम्बन्धित सरकारी निकायका प्रतिनिधिहरूसँग समस्याको समाधानका विषयमा छलफल गर्नु भै छलफलपछि सञ्चारमाध्यमलाई घटनाबारे जानकारी दिइरहेको अवस्थामा एक्कासी प्रहरी प्रशासनले खड्कालाई नियन्त्रणमा लिई कीर्तिपुर प्रहरी चौकीमा राखेको खबरप्रति अखिल नेपाल किसान महासंघले गम्भीर ध्यानाकर्षण गरेको छ ।
विपदमा परेका नागरिकहरूको अवस्था बुझ्न, उनीहरूको आवाज उठाउन र जिम्मेवार निकायसँग संवाद गर्न पुगेका किसान नेतामाथि गरिएको यस्तो अमानवीय दुरव्यवहार लोकतान्त्रिक मूल्य, मान्यता नागरिक स्वतन्त्रता तथाअभिव्यक्ति स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप को हाम्रो माहासंघ घोर निन्दा र भत्सर्ना गर्दछौं ।

श्रेष्ठले सम्बन्धित निकायसमक्ष निम्न अनुसार माग राखेको छन् ।
किसान नेता नहेन्द्र खड्कालाई अविलम्ब ससम्मान रिहा गरियोस्, विपद्पीडित सुकुम्बासीहरूको सुरक्षित बसोवास, राहत, स्वास्थ्य तथा पुनस्र्थापनाको तत्काल व्यवस्था गरियोस्, नागरिकको समस्याबारे आवाज उठाउने व्यक्ति वा प्रतिनिधिमाथि अनावश्यक धरपकड तथा दमन गर्ने कार्य तत्काल बन्द गरियोस्, सम्पूर्ण घटनाको निष्पक्ष छानविन गरी जिम्मेवार निकायले आवश्यक जवाफदेहिता बहन गर्न आग्रह गरेको छ ।
यदि यस घटनालाई गम्भीर रूपमा नलिई अन्यायपूर्ण व्यवहारलाई निरन्तरता दिइयो भने लोकतान्त्रिक र शान्तिपूर्ण माध्यमबाट थप संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने कुरा सम्बन्धित सबै पक्षलाई जानकारी गराउने श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain