२०८३ भाद्र १२

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको आग्रह

काठमाडौं, भाद्र ११ गते, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सिंहदरबारले विज्ञाप्ति प्रकाशित गरि नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गर्न सफल भएको छ । उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका जनाएका छन् । यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ । अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुरÞ्याउने काम भइरहेको छ । प्रभावित स्थलहरूमा अत्यावश्यक सहयोग सामग्रीहरूसहित जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट, फलाम–ढुङ्गा काट्ने मेसिन आदि पुरÞ्याइँदैछ ।
छिट्टै विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था हुनेछ, जसले सम्पर्क स्थापित गर्न सहयोग पुरÞ्याउनेछ ।
नुवाकोटमा अस्थायी शिविर तयार गरिसकिएको छ । खाना तथा पानीको व्यवस्था गरिएको छ । ड्रोन सर्वेबाट सबै ठाउँको जानकारी संकलन अन्तिम चरणमा छ । यसले चुस्तदुरुस्त उद्धार तथा राहतका लागि सहयोग पुग्नेछ ।
उद्धारको क्रममा हेलिकोप्टरमा सुरुमा सिकिस्त, वृद्ध, महिला र बालबालिकाहरूलाई प्राथमिकता दिइनेछ । सम्पूर्णमा धैर्य तथा संयम राखी उद्धार तथा राहतको प्रतीक्षा गर्नुहुन र यो विपद्को सामना गर्न अनुरोध गर्दछौं । यथाशीघ्र उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन् ।


आशा र विश्वासका साथ हामी सबै एक भएर यो विपद्को डटेर सामना गर्नुपर्नेछ । यस क्रममा हातेमालो गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद समेत मन्त्रालयले जारी गरेको विज्ञाप्तिमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain