काठमाडौं भाद्र १५, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेनले’ सरकार अहिले बाढीप्रभावित क्षेत्रमा “अझै पनि खोज र उद्धारमा केन्द्रित रहेको’’ बताएका छन् ।
रसुवा बाढीको छैटौँ दिन सोमवार साँझ फेसबुकमा एउटा पोस्ट लेख्दै “राहत संकलन तथा वितरण पनि सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
राहत तथा उद्धारमा हालसम्म भारत, चीन, अमेरिका, यूएई, कतार, जापान, स्विट्जरल्याण्ड, अस्ट्रेलियालगायतका देशहरूबाट सहयोग प्राप्त भइसकेको बताए ।
उनले प्रधानमन्त्री राहत कोषमा सोमवार मध्याह्नसम्म नौ वटा वाणिज्य बैंकका खाताहरूमा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको बताएका छन् ।
त्यसै गरी हिमालयन बैंक र लक्ष्मी बैंकमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको प्रधानमन्त्रीले आफ्नो पोस्टमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्