२०८३ कार्तिक ८

बाढी पीडितको लागि उपलब्ध गराइने खाद्य पदार्थ निरीक्षण तथा अनुगमन

मिति २०८३ भाद्र १३ मा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, काठमाडौं; विश्व खाद्य कार्यक्रम, नेपाल तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, थापाथली काठमाडौं सहितको संयुक्त अनुगमन टोलीले भोटेकोशी बाढी पिडितको लागि उपलब्ध गराइएका खाद्य पदार्थको खाद्य स्वच्छता अनुगमन निरीक्षण गरी सबैको जानकारीका लागि देहाय बमोजिम विषयहरु सार्वजनिक गरिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड, थापाथली, काठमाडौंको भण्डारण कक्षमा दाल, चामल लगायतका खाद्य पदार्थ सुरक्षित तरीकाले पेलेटमाथि भण्डारण गरेर राखिएको,
-भण्डारण कक्षमा भण्डारण गरीएका दाल, चामल, तेल तथा नुनको उपभोग्य मिति गुज्रेको नपाइएको,
-भण्डारण कक्षको सरसफाइ तथा कीट नियन्त्रणको व्यवस्था सन्तोषजनक पाइएको,
-भण्डारण कक्षमा भण्डारण गरिएका केहि थान मुसुरो दाल (ब्याच नं. ००१, उत्पादन मिति जुलाई २०२६, उपभोग्य मिति २४ महिना भएका) को केही बोरा खोलि भैतिक निरीक्षण गर्दा आँखाले देखिने गरी कीरा तथा बाह्य पदार्थ नपाइएको,
-भण्डारण कक्षमा भण्डारण गरिएका केहि थान स्तरउन्नोति गरीएका फोर्टिफाइड चामल (ब्याच नं ०४, उत्पादन मिति २०८२ भाद्र २, तथा ब्याच नं ६, उत्पादन मिति २०८२ असोज ३, उपभोग्य मिति २४ महिना भएका) को केही बोरा खोली भैतिक निरीक्षण गर्दा आँखाले देखिने गरी कीरा तथा बाह्य पदार्थ नपाइएको,
-खाद्य पदार्थ ढुवानी गर्दा खाद्य पदार्थको स्वच्छता गुणस्तर तथा सुरक्षात्मक व्यवस्था अवलम्बन गर्ने निर्देशन दिइएको,
-खाद्य पदार्थको वितरण गर्दा असल वितरण अभ्यासको प्रोटोकल अनुरुप मात्र वितरण गर्ने निर्देशन दिइएको छ । वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा.बाल कुमारी शर्मा २०८३ भाद्र १५ गते जारी विज्ञाप्तिमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain