२०८३ भाद्र १७

कृषि मन्त्रालयले बाढी पीडित क्षेत्रमा पठाए खाद्यान्न सामाग्री

काठमाडौं भाद्र १६, भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा १६ हजार ६ सय किलो तरकारी पठाइएको छ ।
मन्त्री चौधरीको निर्देशन कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भदौ १३ देखि १५ गतेसम्म सो तरकारी प्रभावित नागरिकलाई पठाएको हो ।
भदौ १३ गते त्रिशूलीका लागि ५ हजार किलो हरियो तरकारी पठाइएको थियो। यसैगरी
भदौ १४ गते त्रिशूलीका लागि २ हजार ५ सय किलो सिमी, भेडे खुर्सानी, बन्दा, प्याज र आलु पठाइएको थियो। सोही दिन धादिङका लागि २ हजार ८ सय किलो हरियो तरकारी पठाइएको थियो ।
भदौ १५ गते धादिङका लागि १ हजार ३ सय किलो लौका, करेला, घिरौँला, बोडी, सिमी र फर्सी पठाइएको छ । सोही दिन धादिङका लागि थप २ हजार ५ सय किलो आलु, लौका, घिरौँला, काक्रो र टमाटर पठाइएको थियो ।
त्यसैगरी, भदौ १५ गते नै त्रिशूलीका लागि २ हजार ५ सय किलो लौका, करेला, घिरौँला, बन्दा, भण्टा लगायतका तरकारीसँगै चामल, कपडा र साबुनसमेत पठाइएको थियो ।
यसैगरी, भदौ १३ देखि १५ गतेसम्म विभिन्न चरणमा गरी जम्मा १६ हजार ६ सय किलो तरकारी तथा खाद्य एवं आवश्यक सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक खाद्य सामग्रीको पहुँच सुनिश्चित गर्न स्थानीय तह, कृषक, व्यवसायी तथा सम्बन्धित निकायबीचको समन्वयलाई निरन्तरता मन्त्री चौधरीले दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain