२०८३ आश्विन २९

जिल्ला कृषि कार्यालय चितवनको संयोजनमा सकृषि वैज्ञानिक सहित प्राविधिकबीच छलफल

काठमाडौं असोज १७, चितवनमा कृषि वैज्ञानिक सहित प्राविधिकबीच समन्वय गोष्ठी सम्पन्न भएको छ । कृषि विकास कार्यालय चितवनले कृषि बालीमा लाग्ने रोगको पहिचान र समाधान गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरेको हो ।
संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कृषि अधिकृत, नार्कमा कार्यरत कृषि वैज्ञानिक र अध्ययन संस्थानमा कार्यरत प्राध्यापकहरुबीचको सहभागितामा गोष्ठीको आयोजना गरिएको हो ।
गोष्ठी कार्यक्रम चितवनका सात वटा पालिकाका कृषि शाखाका प्रमुख तथा प्रतिनिधिले आफ्नो पालिकाबाट भएका कामका साथै संक्षिप्त प्रगती, नवीन कार्य र फिल्डस्तरमा देखा परेका समस्या र चुनौंतीका विषयमा प्रस्तुतीकरण दिएका थिए । उनीहरुले अहिले चितवनमा धान बालीमा देखिएको समस्या र बिषादी प्रयोगका बारेमा आफ्नो धारणा राखेका थिए । साथै संघ, प्रदेश र पालिकाबाट हुने कार्यक्रमहरुमा दोहोरोपना हटाउन समन्वयात्मक भूमिका खेल्नुपर्ने उनीहरुको भनाई थियो ।
यस्तै राष्ट्रिय मकैबाली अनुसन्धान केन्द्रकी वैज्ञानिक डाक्टर सरस्वती न्यौपानेले वर्षे धानबालीमा देखा परेका विभिन्न किसिमका रोग तथा किराहरुको प्रकोप, सुक्ष्म खाद्यतत्वको कमी, खाद्यतत्वको अधिक न्यून् प्रयोग लगायतका समस्याहरुको पहिचान एवम् एकीकृत व्यवस्थापन विधि र वैज्ञानिक शुक्रबहादुर गुरुङले नार्कबाट विकसित भएका नविनतम् कृषि प्रविधि तथा नयाँ जातहरु सम्बन्धी प्रविधि हस्तान्तरण तथा वरिष्ठ बाली संरक्षण अधिकृत देवराज अधिकारीले लहरे तथा बालीमा किराको व्यवस्थापन विधिका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कृषि अर्थ विज्ञ निर्मल पौडेलले सहजिकरण गर्नुभएको कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई चितवनका प्रमुख महेश रेग्मी, मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाई लगायतको उपस्थिती रहेका थिए ।
कार्यक्रम कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कंडेलको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain