किशोर शर्मा : वरिष्ठ पत्रकार
बागमती नदी : सभ्यता, संस्कृति र जीवनको आधार:
नेपालका नदीनालाहरूमध्ये बागमती नदी मध्यमस्तर पानी प्रवाहको स्रोत भएको नदी हो । यो नदी केवल जलप्रवाहको स्रोत मात्र होइन, यो नेपालको धार्मिक आस्था, ऐतिहासिक सभ्यता, सांस्कृतिक पहिचान, कृषि र जनजीवनसँग गहिरो रूपमा जोडिएको जीवनदायिनी नदी हो । काठमाडौं उपत्यकाको सभ्यताको विकासदेखि तराई मधेसको कृषि प्रणाली र भारतको गंगा नदीसम्म यसको आफ्नै विशिष्ट महत्त्व छ। बागमती नदीलाई नेपाल र भारतबीच प्राकृतिक तथा सांस्कृतिक सम्बन्ध जोड्ने नदीका रूपमा समेत लिन सकिन्छ ।
बागमती नदीको उदगमस्थल र नदीको बहाव:
बागमती नदीको उदगमस्थल काठमाडौं जिल्लाको उत्तरपूर्वमा अवस्थित शिवपुरी पर्वत क्षेत्रमा रहेको बागद्वार हो । समुद्री सतहबाट करिब २,७०० मिटर उचाइमा रहेको यस स्थानबाट सानो जलधाराका रूपमा सुरु भएको बागमती नदीले विस्तारै नागमती, स्यालमति, कागेश्वरी, मनोहरा, धोवी खोला, टुकुचा, विष्णुमति, बल्खु लगायतका विभिन्न खोलानाला र सहायक नदीहरूको पानी समेट्दै ठूलो नदीको रूप लिन्छ । शिवपुरी राष्टिूय निकुञ्जको प्राकृतिक वातावरण, वनजंगल र जलस्रोतले यस नदीको अस्तित्वलाई संरक्षण प्रदान गरेका छन् ।
शिवपुरी जंगलको बागद्वारबाट दक्षिणतर्फ बग्दै आएको बागमती नदीले काठमाडौं उपत्यकाका सुन्दरीजल, गोकर्ण, गुह्येश्वरी, पशुपतिनाथ, थापाथली, बल्खु र चोभार क्षेत्र हुँदै आफ्नो यात्रा अघि बढाउँछ ।
काठमाडौं उपत्यकाको धार्मिक:
शिवपुरी जंगलको बागद्वारबाट दक्षिणतर्फ बग्दै आएको बागमती नदीले काठमाडौं उपत्यकाका सुन्दरीजल, गोकर्ण, गुह्येश्वरी, पशुपतिनाथ, थापाथली, बल्खु र चोभार क्षेत्र हुँदै आफ्नो यात्रा अघि बढाउँछ । काठमाडौं उपत्यकाको धार्मिक, सांस्कृतिक र ऐतिहासिक जीवनसँग यसको सम्बन्ध अत्यन्त पुरानो छ । उपत्यका पार गरेपछि यो मकवानपुर, सिन्धुली र अन्य आसपासका भू–भाग हुँदै मधेस प्रदेशका सर्लाही र रौतहट जिल्लाको सीमा तय गर्दै भारततर्फ प्रवेश गर्छ । यसका सहायक नदीहरूमा मनोहरा, विष्णुमती, हनुमन्ते, नख्खु, टुकुचा, बल्खु, कोखाजोर, मरिनलगायतका खोलानदीहरू पर्दछन् ।
तराई–मधेसको कृषि र सिँचाइमा योगदान:
बागमती नदी पहाडी क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वमा मात्र सीमित छैन । तराई मधेसको सर्लाही र रौतहट जिल्लाका किसानहरूका लागि यो कृषि उत्पादन र जीविकोपार्जनको महत्त्वपूर्ण जलस्रोत हो। तराईमा यस नदीबाट बागमती सिंचाईं आयोजना सञ्चालनमा छ । सर्लाही जिल्लाको कर्मैयामा बागमती नदीमा ब्यारेज निर्माण गरि बागमती सिँचाइ आयोजनामार्फत रौतहट र सर्लाही जिल्लाका कृषि क्षेत्रमा सिँचाइ सुविधा विस्तार गरिएको छ । बागमती सिँचाईं आयोजना नेपालको तराई–मधेस क्षेत्रमा सञ्चालित महत्त्वपूर्ण राष्ट्रिय सिँचाईं आयोजनामध्ये एक हो । बागमती नदीको पानीलाई व्यवस्थित रूपमा उपयोग गरी रौतहट र सर्लाही जिल्लाका कृषियोग्य जमीनमा वर्षैभरि सिँचाईं सुविधा पु¥याउने उद्देश्यले बागमती सिँचाईं आयोजना सञ्चालन गरिएको छ । यसले कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षाको सुनिश्चितता, किसानको आयआर्जन र ग्रामीण अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । यस आयोजनाको मुख्य स्रोत बागमती नदी हो ।
यो सिँचाइ प्रणालीको कुल कमान्ड क्षेत्र ५७ हजार ४३८ हेक्टर र खुद सिँचित क्षेत्र ४५ हजार ६०० हेक्टर रहेको छ। यसमध्ये सर्लाहीमा करिब २२ हजार ६०० हेक्टर र रौतहटमा २३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । विशेषगरी ललितपुर, मकवानपुर, सिन्धुली, रौतहट र सर्लाही आसपासका नदी तटीय क्षेत्रमा यसको पानीले खेतीपातीलाई सहयोग पु¥याउदै आएको छ ।
अहिले नेपाल सरकारले सुनकोशी नदीको पानी खुर्कोट नजिकै ठुलो ब्यारेज बनाइ १३.३ किमी लामो सुरूङ मार्फत सिन्धुली जिल्लाको मरिण नदीमा झारेर बागमती नदीमा पुरयाएर सर्लाही, रौतहट, बारा, महोत्तरी र धनुषा जिल्ला सम्म सिँचाईं गर्ने बृहद् सिँचाईं योजना बनाई २०८१ बैशाख २६ मा सुरूङको ब्रेक थ्रु भैसकेको छ । बागमती सिँचाईं आयोजनालाई अझ प्रभावकारी बनाउन सुनकोशी–मरिन डाइभर्सन आयोजनालाई महत्वपूर्ण पूरक योजनाका रूपमा अघि बढाइएको छ । यसको उद्देश्य बागमती नदीमा सुनकोशी नदीको प्रति सेकेण्ड ६७ क्युसेक थप पानी उपलब्ध गराई बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषासमेतका जिल्लाको कुल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि भरपर्दो सिँचाईं सुविधा विस्तार गर्नु रहेको छ । यससँगै ३१.०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत राखिएको छ ।
हाल बागमती नदीको पानीलाई बाँध, नहर तथा वितरण प्रणालीमार्फत सर्लाही र रौतहटका खेतबारीसम्म पु¥याउने व्यवस्था गरिएको छ । यसबाट विशेषगरी वर्षायाममा मात्र खेती गर्नुपर्ने अवस्थालाई कम गर्दै हिउँदे तथा अन्य मौसमी बाली उत्पादनको सम्भावना बढेको छ। सर्लाही र रौतहट जिल्लाको धान, गहुँ, मकै, उखु, दलहन तथा तरकारी खेतीका लागि यो नदीको पानी निकै उपयोगी हुँदै आएको छ । काठमाडौं उपत्यकाको ढल र फोहोर समेत बागमती नदीमा मिसिएकाले बागमती नदीको पानीले सिँचाईं गर्दा खेतीबाली निकै सप्रिने
नदीको पानी निकै उपयोगी हुँदै आएको छ । काठमाडौं उपत्यकाको ढल र फोहोर समेत बागमती नदीमा मिसिएकाले बागमती नदीको पानीले सिंचाई गर्दा खेतिबाली निकै सप्रिने गरेको किसानहरू बताउछन । यसले कृषि उत्पादन, खाद्य सुरक्षा, रोजगारी र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन योगदान दिएको छ ।

नदीको पानी र भूमिगत जलस्रोतको समुचित व्यवस्थापन गर्न सके तराई–मधेसको कृषि क्षेत्रको विकास र कृषि उत्पादन बृद्धिमा अझ ठूलो सहयोग पुग्ने छ । खाद्यान्न आयात प्रतिस्थापन गर्न सकिने थियो । बागमती सिँचाईं आयोजना केवल नहर र पानी वितरण गर्ने परियोजना होइन । यो तराई–मधेसका किसानको समृद्धि, कृषि क्रान्ति, खाद्य सुरक्षा र ग्रामीण आर्थिक विकास र जिविकोपार्जनसँग जोडिएको राष्ट्रिय महत्वको आयोजना हो । यसको पूर्ण विकास र प्रभावकारी सञ्चालनले मधेशको आर्थिक तथा सामाजिक रूपान्तरणमा ठूलो योगदान पु¥याउन सक्छ ।
बागमती नदीको भारतसम्मको यात्रा र गङ्गासँगको सम्बन्ध:
नेपालको मधेस क्षेत्र हुँदै बग्ने बागमती नदी रौतहट–सर्लाही क्षेत्र पार गरी गौर आसपासबाट भारतको बिहार राज्यमा प्रवेश गर्दछ । भारतमा यो सीतामढी, मुजफ्फरपुर, दरभंगा आसपासका भूभाग हुँदै अगाडि बढ्छ । बागमती नदी भारतमा पुग्नेबित्तिकै सीधै पवित्र गंगा नदीमा मिसिँदैन। यो बिहारको खगडिया जिल्लास्थित बदलाघाट नजिक कोसी नदीमा मिसिन्छ। त्यसपछि कोसी नदी गंगा नदीमा मिसिने भएकाले बागमतीको जलप्रवाह अन्ततः गङ्गा नदी प्रणालीको अभिन्न हिस्सा बन्न पुग्छ । यसरी नेपालको शिवपुरी पर्वतबाट सुरु भएको बागमतीको पानी भारतको विशाल गंगा नदी प्रणालीसम्म पुग्छ ।
बागमती नदीको धार्मिक, ऐतिहासिक र साँस्कृतिक महत्व:
बागमती नदी हिन्दु धर्मावलम्बीहरूका लागि पवित्र नदी हो । यसका किनारमा रहेका सुन्दरीमाई, बराहकर्णेश्वर महादेव, संसारीमाई, उत्तर बाहिनी, गोकर्णेश्वर महादेव, गुहेश्वरी, पशुपतिनाथ, कोटेश्वर महादेव, शंखमुल, त्रिपुरेश्वर मन्दिर, कालमोचन घाट, टेकु घाट र चोभार जलविनायक लगायतका धार्मिक स्थलले यसको महत्वलाई अझ बढाएका छन् । विशेषगरी उत्तरबाहिनी, गोकर्णेश्वर महादेव, गुहेश्वरी र पशुपतिनाथ क्षेत्रमा बागमतीको धार्मिक महिमा विशिष्ट छ । जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कार, अन्त्येष्टि, श्राद्ध, तर्पण तथा स्नानजस्ता धार्मिक कर्मसँग यसको सम्बन्ध जोडिएको छ। बागमतीलाई पवित्र जलका रूपमा श्रद्धा गरिन्छ । काठमाडौं उपत्यकाको सभ्यता, कला, संस्कृति र मानव बस्तीको विकासमा पनि यस नदीको ऐतिहासिक योगदान छ । शिवपुरी जंगलबाट आएको पानी जम्मा भएर नै काठमाडौं उपत्यकामा ताल बनेको, तालमा मलिलो माटो भएको र त्यो ताल मञ्जुश्रीले चोभारको डाडो फुटाएर तलतिर बगाएपछि नै काठमाडौं उपत्यका मानव बसोबास, गाइपालन र कृषि योग्य जमिन बनेको ईतिहास पढन पाइन्छ ।
संरक्षणको आवश्यकता र निष्कर्षः
यति धेरै धार्मिक, सांस्कृतिक र आर्थिक महत्त्व बोकेको बागमती नदी आज प्रदूषण, अतिक्रमण, अव्यवस्थित सहरीकरण, ढल तथा फोहोर विसर्जनका कारण संकटमा छ । विशेषगरी काठमाडौं उपत्यकाको बागमती नदीको पानी स्वच्छ र निर्मल बनाउनु ठूलो चुनौती बनेको छ। नदीलाई स्वच्छ राख्नु केवल सरकारी दायित्व मात्र होइन, प्रत्येक नागरिकको साझा जिम्मेवारी पनि हो। बागमती नदीको प्राकृतिक बहाव कायम राख्ने, मुहान र जलाधार क्षेत्र संरक्षण गर्ने, ढल प्रशोधन गरेर मात्र विसर्जन गर्ने तथा तटीय क्षेत्रको अतिक्रमण रोक्ने काम मात्र विसर्जन गर्ने तथा तटीय क्षेत्रको अतिक्रमण रोक्ने काम गर्नु अपरिहार्य रहेको छ ।
निष्कर्षः
बागमती नदी नेपालको प्रकृति, संस्कृति, सभ्यता, आस्था र अर्थतन्त्रको जीवन्त प्रतीक हो । शिवपुरीको बागद्वारबाट सुरु भएर काठमाडौं उपत्यका, पहाड र तराई–मधेसलाई जोड्दै भारतको कोसी हुँदै गङ्गा नदी प्रणालीमा समाहित हुने यसको यात्रा आफैमा’ अद्भूत छ । बागमती नदीको संरक्षण गर्नु भनेको हाम्रो सभ्यता, संस्कृति, कृषि र भावी पुस्ताको जीवन सुरक्षित गर्नु हो । त्यसैले बागमतीलाई फोहोरको निकास होइन, स्वच्छ र जीवनदायिनी नदीका रूपमा स्थापित गर्नु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्