काठमाडौं माघ २०, अष्ट्रेलियामा घातक सर्प, माकुरा र शार्कका कारण पहिले देखिनै चर्चामा आउने अस्ट्रेलियामा अहिले अर्को अद्भुत र डरलाग्दो जीवको खोज भएको छ ।
मौरी प्रजातिमा पर्ने उक्त मौरीलाई ‘‘सिङ भएको ‘लुसिफर’ मौरी ।’’ अनुसन्धानमा संलग्न वैज्ञानिकले यसलाई मेगाकाइल (ह्याकेरियापिस) लुसिफर नाम दिएका छन् । जसको स्वरूप र नाम दुबैले निकै ध्यान आकर्षित गरेको छ ।
यो नयाँ मौरी प्रजाति पश्चिमी अस्ट्रेलिया राज्यमा फेला परेको हो । यसको जानकारी कर्टिन युनिभर्सिटीले पत्ता लगाई सार्वजनिक गरेको छ । विश्वविद्यालयको ‘स्कुल अफ मोलिक्युलर एन्ड लाइफ साइन्सेज’ की वैज्ञानिक डा.किट प्रिन्डरगास्टले सन् २०१९ मा खतरामा परेका जंगली फूलको सर्वेक्षणका क्रममा उक्त मौरीलाई पत्ता लगाएका थिए ।
डा.प्रिन्डरगास्टका अनुसार उक्त मौरीको स्त्री प्रजातिको अनुहारमा देखिने साना र तीखा सिंग अत्यन्तै आकर्षक र असामान्य देखिन्थे । “स्त्री प्रजाति माहुरीको अनुहारमा यी अविश्वसनीय सिंङ्ग थिए । जुन मैले पहिले कहिल्यै देखेकी थिइन । नेटफ्लिक्सको चर्चित टेलिभिजन कार्यक्रम ‘लुसिफर’ की प्रशंसक समेत रहेकी उनले मौरीको अनौंठो स्वरूपका कारण यसलाई ‘लुसिफर’ नाम दिन उपयुक्त ठानेको बताएकी थिए ।
डा.प्रिन्डरगास्टले त्यस खोजलाई अस्ट्रेलियाको जैविक विविधताको दृष्टिले ऐतिहासिक मानिएको छ । उक्त “मौरी समूहको नयाँ सदस्य हो, जुन २० वर्षभन्दा बढी समयपछि वर्णन गरिएको पहिलो प्रजाति हो । यसले हामीले अझ कति नयाँ जीवनरूप पत्ता लगाउन बाँकी छ भन्ने कुराको संकेत दिन्छ ।” विशेष गरी खानी उद्योगका गतिविधिका कारण देशी प्रजाति गुम्ने जोखिम बढ्दै गएका क्षेत्रमा यो खोजले अज्ञात र पत्ता नलागेका जीवको संरक्षणका लागि चेतना जगाउने जानकारी दिएकी थिइन् ।
“धेरै खानी कम्पनीले अझै देशी मौरीको अध्ययन गर्दैनन्”, “त्यसैले हामीले केही प्रजातिलाई आधिकारिक रूपमा वर्णन गर्नुअघिनै गुमाइरहेका हुन सक्छौं । यी मौंरीले खतरामा परेका बोटबिरुवा र सम्पूर्ण पारिस्थितिक तन्त्रलाई समर्थन गर्ने अत्यावश्यक भूमिका खेल्छन् ।” डा.प्रिन्डरगास्टले भनेकी छिन् । “यदि हामीलाई कुन मौरी कहाँ अवस्थित छन् र तिनीहरू कुन बोटबिरुवामा निर्भर छन् भन्ने थाहा छैन भने, हामीले तिनीहरू अस्तित्वमै छन् भन्ने पत्ता लगाउनुअघि नै मौरी र बोटबिरुवा दुबै गुमाउने खतरा बेहोर्न सक्छौ ।”
वैज्ञानिकहरुका अनुसार संसारका अधिकांश फूल फुल्ने बोटबिरुवा पराग सेचनकर्तामा, विशेष गरी मौरीमा निर्भर छन् । तर बास स्थानको विनाश, खानी उत्खनन् र जलवायु परिवर्तनका कारण धेरै देशी मौरी प्रजाति लोपोन्मूख हुने संकटमा पर्ने बताइन् । नयाँ ‘लुसिफर मौरी’को खोजले अस्ट्रेलियामा अझै धेरै अज्ञात जीवनरूप अस्तित्वमा रहेको पुष्टि गरेको छ । वैज्ञानिकहरुले त्यसलाई मौरी संरक्षण र जैविक विविधता बचाउनका लागि नयाँ सुरुआतको रूपमा हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्