२०८३ जेष्ठ २२

प्रगतिशील कर प्रणाली आजको आवश्यक र अपरिहार्य : विज्ञहरु

धनबहादुर मगर

काठमाडौं, जेठ १०, नेपाल विकास अनुसन्धान प्रतिष्ठानको आयोजनामा ललितपुर हरिहरभवनस्थित द प्लेसमा ‘‘सुर्ती, मदिरा तथा चिनीयुक्त पेय पदार्थमा कर वृद्धि’’ जनस्वास्थ्य संरक्षणका लागि साझा अपिल, विषयक एकदिने कार्याशाला गोष्ठी कायक्रम सम्पन्न भएको छ ।
शिक्षा, स्वास्थ, सूचना तथा सञ्चार संसदीय समितिका अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि ओजस्वी सेरचनले जंक फुडले क्यान्सर, अस्वस्थ जीवनशैली बढ्दै गएकाले स्वास्थ्य ध्यान पु¥याउनु पर्ने धारण व्यक्त गर्नु भएको छ ।
शेरचनले स्वस्थ्य करलाई उपयोगी बनाउन पर्ने, कर वृद्धि मात्र पर्याप्त नहुने बताउनु भयो । ‘‘कर वृद्धि मात्र पर्याप्त हुँदैन, प्रगतिशील स्वास्थ्य करको पनि कुरा छ । सिनट्याक्सलाई व्राण्डेड बनाउन जरुरी छ । साथै अनुसन्धानलाई पनि अगाडि बढाउनु पर्ने बताउनु भयो ।

पूर्व विज्ञान, प्रविधि तथा वातावरण मन्त्री तथा कार्यक्रमका अध्यक्ष गणेश शाहले स्वस्थ नागरिकनै समृद्धिको आधार भएको बताउनु भयो । तथ्यमा आधारित इभिडेन्सको कुरा उठ्यो भने आजको वहसले केही न केही प्रभाव पार्छ । सरकारसँग सहकार्य गर्न लागि हामी तयार छौं । विषयवस्तुलाई तथ्याङ्कमा आधारित बनाउनु अनुरोध गर्दछु ।
राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष शिवराज अधिकारीले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै सैद्धान्तिक आयकर के हो ? छुट्याउनु पर्छ ।
अन्त शुल्क परम्परागत कर मानिन्छ । कुनै स्पिेसिफिक ठाउँलाई कर लगाउनु पर्दैन । सबैमा कर लगाउँदा दिग्रेसिभ हुन्छ । अहिले समय अनुसार परिवर्तन गर भनेको हुन्छ । प्रगतिशील कर लगाउन पर्छ । जहाँ समाजलाई स्वास्थमा हानी पु¥याउँछ त्यहाँ बढी कर लगाउने भनिन्छ । हामी यसलाई सामाजिक उत्तरदायित्वलाई जोड्छौ. ।
घृणा कर ः पूरानो भयो । समाजलाई उत्तरदायी बनाउँनु पर्छ भन्ने छ । जहाँ हानीकारक उत्पादन गर्छ समाजलाई हानी पु¥याउँछ । क्लिन कर व्यवस्थापनले व्यक्तिगत स्वतन्त्रता र समाजको उचित उत्तरदायीत्वलाई सन्तुलन गर्छ । सेन्सर भयो भने चुरोट खाँदा कम खाइन्छ ।
सान देखाएर, खुट्टा हल्लाएर चुरोट रिग्रेसिभ होइन । लङटर्म रिग्रेसिभ भन्दा प्रगतिशील कर लागु गर्नु पर्छ । यो सामाजिक सम्झौता हो । करले सामाजिक रुपान्तरणमा सहयोग गर्छ । कर बढायो भने मूल्य बढाउँछ । मूल्य बढ्यो भने उपयोग कम हुन्छ । कति प्रतिशतले मूल्य बढाउँदा कति प्रतिशत कर बढ्छ । कर प्रर्याप्त बलियो छ कि छैन भन्ने व्यवहारमा परिवर्तन हुनु पर्छ ।
व्यवहारमा परिवर्तन नगरेसम्म बढाई राख्ने भन्ने होइन । स्वस्थ्य करले राजस्व बढाउँछ । उपभोग बढेको छ ।
कमजोर पावर संरचनाले बलियो दिन सक्दैन । अवैध व्यापार भन्दा बलियो राजनीतिक इच्छाशक्ति हुनुपर्छ ।
स्वास्थ्य कर राजस्वको उपकरण होइन । जनउत्तरदायी बनाउने हो । त्यसता वस्तु उपभोगले स्वास्थ्यको हिसाबले हिजो बेलुकी पिएको अल्कोहलले बेलुकी टाउको दुखिरहेको हुन्छ भने उत्पादन समेत घटाएको हुन्छ ।
कति व्यवहारमा परिवर्तन भयो ? मलाई थाहा छैन । तर व्यवहारमा परिवर्तन गर्न जनतामा जानु पर्छ । सानैदेखि खाइयो, छोड्न सकिदैन भन्छन् तर छोड्दाखेरी स्वास्थ्यमा सुधार हुन्छ भन्ने बुझाउन सकेको छैन । रिइन्टरप्रेटेशनको जरुरी छ ।
कर नीति विज्ञ, डा.रुप खड्काले नेपालको कर प्रणाली अरु भन्दा फरक छ । भन्सार महशुलको उद्देश्या अझ फरक छ । राज्यले राजस्व उठाउने उद्देश्यले गरिन्छ । मूल्य अभिवृद्धि गर धेरै प्रकारका करहरु छन् । नूजिल्याण्ड, सिंगापुरमा जस्ता मुलुकमा यस्ता वस्तुलाई अधिक मूल्य तिर्नु पर्छ । आर्थिक दृष्टिकोणले समेत उपयोग गर्न सक्दैन । स्वस्थ्यको जोखिम कर लगाएको छ । अन्त शुल्क कर बढाउने हो । अन्त शुल्कमा स्पेसिफिक करको भार बढाउने हो । तर नेपालमा कर प्रणालीमा प्रभावकारी कार्यन्वयन गर्न सकेन । तस्कर गरि ल्याउने वस्तुलाई नियन्त्रण गर्न सकेन । त्यसरी ल्याएको वस्तुमा भन्सार पनि लगाउन सक्दैन । कर पनि उठ्दैन । विशेषकृत कर विश्वभरिका स्पेसिफिक ट्रेण्ड छ । अण्डर भ्यालुएसन १०० लाई ५० प्रतिशत मानेर देखाएको छ ।
स्वस्थ्यको समस्या दिन प्रतिदिन बढ्दै गएको छ । कर बढी भयो भने तस्करी बढी हुन्छ भन्ने छ । अण्डरभ्यालुएसन गर्ने अवस्थामा आएको खण्डमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने हो । व्यवहारिक करको रुपमा ड्राफ्ट एण्ड ट्याक्स सिस्टम हुनु पर्छ । कुनै देशबाट पैठारी भएर रिटेलरको प्रयोग गरि उपभोक्ता सम्म आइपुग्दा पुग्दा व्यवहारिक करको जरुरी छ । कमजोर प्रशासनको कारण कार्यन्वयनमा आउन सकेको छैन । प्रभावकारी भएपछि स्वस्थमा हुने खर्च कम हुँदै जान्छ यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो ।

कर विज्ञ, सांसद पद्मप्रसाद सिंहले सुर्ती, अल्कोहल, चिनीको कर बढाउने मात्र समस्याको समाधान होइन । यो संसदीय अभ्यासको नयाँ हो । नीति सम्वादले धेरै कर बढाउन सहमत छौं । तर त्यसले समाजमा असर गर्छ । कोकाकोला भन्दा पनि मही प्रवद्र्धन गर्दा राम्रो हुन्छ ।
नेकपा एमालेको सांसद भीम कुमारी गुरुङका अनुसार स्वास्थलाई असर गरिरहेको अवस्थामा उपभोग कसरी कम गर्ने भनेर चेतनामूलक कार्य बढाउन जरुरी छ । विदेशबाट आयतित अल्कोहल भन्दा स्वदेशी अल्कोहल प्रवद्र्धन गर्दा फाइदा हुन्थ्यो । गाउँघरमा स्वरोजगार हुने र कर पनि आउने । गाँजाखेतीलाई उपयोगमा ल्याउन सके आर्थिक रुपमा पनि सुधार गर्न सकिन्छ । गाँजा, भाङको तेल सेवन गर्दा स्वास्थ्य हुने, देश भित्रैको उत्पादनलाई जोड दिनुपर्छ । जनकपुर चुरोट कारखाना बन्दै भयो ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्षको डा.जयबहादु गरुङले छलफलमा उठेका विषयहरुमाथि जवाफ दिँदै विषयवस्तु कर केन्द्रीत भएपनि उठेको विषयवस्तुहरु समसामयिक र वस्तुवादी रहेको बताउनु भयो । नीतिगत छलफलले सरकारलाई प्रस्तुत विषयमाथि योजना बनाउन सहजहोस् भनेर पनि सरोकारवालाहरुसँग सम्वाद गरिएको बताउनु भयो । अध्यक्ष डा.गुरुङले करले राज्यको राजस्व उठ्ने विषयमा केन्द्रीत नगरी जनताको स्वास्थ्यमा ध्यानदिनु पर्ने बताउनु भयो ।

पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री तोसिमा कार्कीले कर बढाउने मात्र होइन, प्रर्याप्त बढाउने हो । विश्व स्वास्थ्य संगठनले जनताको स्वास्थ्यमा हानी पु¥याउन सक्ने वस्तुमाथि सन् २०३५ सम्म ७५ प्रतिशत कर बढाउन भनिएको छ । कर बढी लगाएपनि मूल्य बढ्छ । त्यसो गरेर पनि उपभोग घटाउनु भन्ने हो । विश्व स्वास्थ्य संगठनले भनेको प्रर्याप्त कर बढाउनु हो । कार्कीले भन्नुभयो सिन्ट्याक्सबाट आएको करबाट स्वास्थ्य विमामा लगाउन सक्छौं । स्वस्थ्यको हिसावले वंशानुगत बर्डेन डिजिज बढ्दै गएको छ । स्वास्थ्य विमा धरासायी भइरहेको छ । अस्वीकार्य खाद्य पदार्थहरुबाट कर संकलन गर्नु पर्छ ।
प्यासिस स्मोकर्श, धुम्रपान गरेको व्यक्तिहरुले पिएको चुरोटले अरुलाई पनि र आफ्नो परिवारलाई रोग निम्त्याइरहेको हुन्छ । स्वास्थ विमाको पुनः संरचनालाई निरनतर दिने हो । हामी अघिल्लो वर्षमाभन्दा बढी देखिने नै गरि काम गर्ने छौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका माननीय सांसद भरत गिरीले कर अत्यधिक बढाउने भन्दा पनि भुई मान्छको अवस्था हेर्नु पर्ने बताए । तथ्याङ्कलाई आधार मानेर संस्थाले गरेको छ । सदस्य राष्ट्रको नाताले कर बढाउनु पर्छ । चिनी युक्त पदार्थमा भारतमा २८ प्रतिशत र थप १२ प्रतिशत कर लगाएको छ ।
तथ्याङ्क केलाउन भन्दा करमा जोडदिनु । क्यान्सर, मधुमेह, अरु संक्रामक रोग फैलिनुमा सुर्ती, मदिरा, अल्कोहल सेवनका कारण भइरहेको छ । कर बढाएर स्वास्थ्यमा लगानी गर्नु पर्छ । यस्तो पदार्थ सेवनले तल्लो वर्गलाई सबैभन्दा बढी असर गरेको विश्व संगठनले विवरण सार्वजनिक गरेको छ ।
किन्ने पनि पाएन भन्ने भन्दा अगाडि नागरिक बचाउने अभियानमा लाग्नु पर्छ । रोग लाग्नु भन्दा अगाडिनै लाग्न नदिनु राम्रो हुन्छ ।

नेपाली काँग्रेसका सांसद प्राध्यापक डा.चन्द्र मोहन यादवले आफू चिकित्सा पृष्ठभूमिको भएकाले सरकारी कर्मचारी हुँदा ग्रामीण क्षेत्रका महिलाले बढी चुरोट पिएको पाइएको बताउनु भयो । तराईमा विडी र सदनमा भेवको कुरा आउँथ्यो ।
जति रोगी भयो उसले काम गर्नै सक्दैन । रोगी मान्छेले कसरी राम्रो काम गर्न सक्छ ? स्वास्थको रुपमा कति स्वास्थ्य छ ? मदिरा नपिए राजनीति गर्नै नसक्ने मान्छेहरु पनि छन् । अहिलेसम्म मैले मदिरा पिएकै छैन । मसँग स्पष्ट तथ्याङ्क छैन ।
विश्व स्वस्थ्य संगठनले भनेको छ, समाजको हाइपरटेन्सन, (क्रोनिकल डिजीज् वंशानुगत रोगहरु धेरै जसो छ । मदिरा पिएमा कपालदेखि नङसम्म प्रभावित पार्छ । राज्यलाई घाटै छ । स्वास्थ्यको कारण ३ वटै कुराले उच्च रक्तचाप, मधुमेह, रोगहरुको नराम्रो असर छ । ५० प्रतिशतको कुरा आएको छ । ६० प्रतिशतको मृत्यु नसर्ने रोगबाट भएको छ । कर बढाएन भने धेरै घाटा हुन्छ । एउटा कोकाकोलामा ५० देखि ५४ ग्राम चिनी हुन्छ । २० खिली चुरोट प्रतिदिन उपभोग गर्दा ७ देखि १० वर्षको आयु घटाउँछ ।
नेकपा एमाले साँसद गुरु वरालले अखाद्य वस्तुको बजार आक्रान्त छ । जनस्वथ्य कार्यक्रम गर्न जबर्जस्ती कार्यक्रम गर्नु पर्छ ।

२०७८ को तथ्याङक अनुसार १४–२४ वर्ष उमेर समूहका युवाहरु १३ लाखयुवालाई बचाउन चुनौंती छ । धुम्रपान ४८ प्रतिशत भन्दा बढीले सेवन गरेको पाइन्छ । सावर्जनिक स्थानमा धुम्रपान गरेको हुन्छ । शिक्षक र प्राध्यापकहरुलाई क्लिन जोनमा राख्नु पर्छ । राज्यले संकल्प ग¥यो भने सम्भव छ । उल्लंघन गरेमा शिक्षकलाई दण्ड, विद्यार्थीहरुलाई रेड कार्ड देखाउनु पदर्छ । मदिरा, सुर्तीजन्य वस्तु आयातमा नियन्त्रण गर्नु पर्छ । भारतको नाकाहरुबाट मात्रै दैनिक ४ ट्रक कोल्ड ड्रिंक भित्रिन्छ । क्यान्सर र अन्य रोग लागेकाहरु दिल्लीतर्फ जानेको ओइरो हुन्छ । सुर्तीजन्य पदार्थको २७ अर्बको खेतीपाती हुन्छ । कर राज्यको मेरुदण्ड हो । निरुत्साहित गर्ने शर्तमा २४ वर्ष मुनिका युवाहरुलाई क्लिन जोनमा राखौं ।

पूर्व सभासद गुरु वरालले कविलास गाउँपालिकाका आफू २०७८ साल पछि पनि त्यहाका किसानहरुले जमीन नबेचेको, छोराछोरीलाई हेटौडामा ल्याएर पढाएको, कविलासका मानिसहरुले गाँजा खेती गर्ने गरेको पाइएको बताउनुभयो । गाँजा नेपालको लागि उत्पादन गर्न जरुरी छ कि छैन ? त्यसको अनुसन्धान हुनु पर्ने बताउनु भयो ।

नेकपाका सांसद भीमकुमरी बुढा मगरले आफू आदिवासी जनजातिको क्लष्टरमा भएकाले उठेका विषय आफ्नो पार्टीमा राख्ने बताइन् । समाजलाई हानी पु¥याउन वस्तुलाई प्रयोग गर्दा त्यसको कर बढाउने भन्ने कुरामा आफू सकारात्मक रहेको बताईन् । असर गर्छ भन्दा–भन्दै पनि मदिरा सेवनले घर–झगडा बढेको छ । स्थानीय सरकारको मातहतमा नियमन हुने गरि ग्रामीण तहमै मदिरालाई ब्राण्डिङ्ग र प्याकेजिङ गरेर आयआर्जन गर्न लगाउनु पर्छ । गाँजाको रेसाबाट कपडा बनाउन र तेल पनि स्वास्थ्यको दृष्टिले उपयोगी हुन्छ ।

नेपाल विकास अनुसन्धान प्रतिस्ठानका स्वास्थ्य, शिक्षा, वातावरण कार्यक्रमका संयोजक डा. नवराज खतिवडाले कर बढाउनु भन्दा स्वास्थ्यको चिन्ताप्रति ध्यानदिनु पर्ने बताउनु भयो । खतिवडाले स्वास्थ्य रहनु नै सबैको चाँसोको विषय भएकाले प्रगतिशील कर लागु गर्नु आजको आवश्यकता रहेको बताउनु भयो ।
सभासद गंगादेवी याचले अल्कोहल खानु पर्छ भन्ने नेपाली समाजमा कस्तो अल्कोहल सेवन गर्ने भन्ने कुरा पनि आउन सक्ने बताईन् । नेपाली समाजले कतिपय चाडपर्व, संस्कार र रीतिरिवाजमा अल्कोहल सेवन गरेको अवस्था छ ।

नेपाल विकास अनुसन्धान विकास प्रतिष्ठानका कार्यकारी निर्देशक डा.शिखा थापाले सार्वजनिक स्वास्थ्य सुधार गर्न स्वास्थ्य कर नीतिगत सिफारिस गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउनु भयो ।
विगतमा पनि संस्थाको स्थापना कालदेखिनै जीविकोपार्जन कार्यक्रम, शिक्षा, जलवायू, परिवर्तन, आर्थिक नीति, अनुसन्धान, नेपालको कर सम्बन्धी छलफल गर्दै आएको बताउनु भयो ।
सुर्ती, अल्कोहल, चिनीमा नेपालको सबैभन्दा थोरै कर रहेछ । सुर्ती, अल्कोहल चिनीबाट गरेको हानी नोक्सानीको भरताल गर्ने उद्देश्याले सार्वजनिक कर सुधारको लागि नीतिगत योगदान पुग्न सकोस् भनेर कार्यक्रमको आयोजना गरेको हो । आफ्नो कार्यपत्र प्रस्तुत गर्दै भन्नुभयो ।
स्वास्थ्यमा गम्भीर असर पु¥याउने पदार्थको कारण नेपालमा मात्रै ३९,२०० प्रति वर्ष मानिसको मृत्यु हुने गरेको छ । जसको कारण २०० सय भन्दा बढी रोगहरु निम्तिन्छ ।
मुखमा लाग्ने क्यान्सर उपचार गर्न मात्र १० औं लाख खर्च हुन्छ । स्वास्थ्यमा आम्दानी कम छ खर्च धेरै छ, थापाले बताउनु भयो ।
कार्यक्रम सञ्चालन प्रतिष्ठानका सचिव गणेश खतिवडाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain