२०८३ असार ८

आय आर्जनको लागि नानीमकै (द्यबदथ ऋयचल) खेतीको महत्व

डा.माधव प्रसाद जोशी
परिचय :
नानीमकै (Baby Corn) भनेको तरकारी पकाएर अथवा सलादको रुपमा वा अरु विभिन्न परिकारको रुपमा बनाएर खाइने कलिलो खोया मकै (गर्वे मकै) हो । नानीमकै शाकाहारीहरुका लागि वानस्पतिक प्रोटिनको निकै राम्रो स्रोत हो । करिब ६-८ सेन्टीमिटर लम्बाई १.५ सेन्टीमिटर गोलाईं भएको नानीमकैको सुत्ला भित्रको गर्वे घोगाको साइजलाई उपयुक्त साइज मानिन्छ जसमा झण्डै १८ प्रतिशत वानस्पतिक प्रोटिन पाइन्छ । नेपालमा खासगरि शहर बजारको भोज भतेरमा मिश्रित तरकारी पकाँउदा नानीमकै पनि मिसाउने गरिन्छ । यसको साथै नेपालमा पनि अचेल होटल तथा रेष्टुरेन्टहरुमा नानीमकैबाट विभिन्न थरी(थरीका खाद्य परिकारहरु बनाउने गरेको पाइन्छ । त्यसैगरि सलादमा पनि नानीमकैको खोयालाई आकर्षक रुपमा काटेर मिसाइएको हुन्छ ।
धेरैले नानीमकैलाई भिन्दै खालको होचो पुड्को बोट हुने मकैको जात होला भन्दछन् तर कुरा यसो होइन यो मकैको बोट पछि काम नलाग्ने कलिलो सुत्ला (Ear) जसलाई जुँगा निकै दुई या तीन दिन पछि परागसेचन हुनु अघि भाँचेर भुत्ला (खोसेला) सहितको नानीमकैको खोयाको रुपमा पोका पारेर बजारीकरण गर्न सकिन्छ । नानीमकैको खोयाहरु उपयुक्त प्लाष्टिकमा प्याक गरेर बजारमा लाग्नु अघि शीत भण्डारभित्र अथवा फ्रिज भित्र राख्न सकिन्छ ।
यसो गर्दा चाहिए जति नानीमकैलाई नियमित आपूर्ति गर्ने हिसावले बजारमा पठाउन सकिन्छ नेपालमा व्यवसायिक रुपमा कृषक समूहमा कृषि भएका कृषकहरुले सजिलैसित नानीमकैको खेती गर्न सक्ने ठूलो संभावना छ जसले स्वदेशमा आयमार्जन र रोजगारीको नयाँ बाटो प्रदान गर्ने छ । यसकारण परम्परागत निर्वाहमूखी खेतीबाट माथि उठेर यस प्रकारका बढी फाईदा हुने व्यवसायिक खेती तर्फ नवयुवक कृषकहरु लाग्नुपर्ने देखिन्छ ।

उत्पादनमा ध्यान दिनु पर्ने कुराहरुः
१) जातीय छनौंट:

नानीमकै उत्पादनको लागि अन्नको लागि सिफारिस भएको जुनसुकै मकैका जातहरु पनि प्रयोग गर्न सकिन्छ । चितवन र नवलपरासी क्षेत्रका केही किसानले “रामपुर कम्पोजिट’ जातको मकैलाई नानीमकै उत्पादन गर्न तथा त्यसपछि बचेका वा हरिया बोटहरुलाई काटेर पशुचारा (घाँस) उत्पादन गर्न समेत उपयुक्त मान्दछन् ।

२) जमीनको छनौंट र रोपाईः
सामान्य मकै खेतीलाई जस्तै मकैको लागि पनि पानी नजम्ने र मलिलो दुमट माटो सयभन्दा उपयुक्त मानिन्छ । रोपाईंको बेलाको हिसावले भन्ने हो भने तराई र भित्री मधेशमा सालभरि नानीमकैको
खेतीगर्न सकिन्छ । तर वैशाख–जेठ महिनामा रोपेको नानीमकैको उत्पादन बढी हुने देखिएको छ ।
(मूख्यबालीको रुपमा रोप्दा बोटमा लाग्ने सबै सुत्लाहरुलाई नामीमकैको रुपमा प्रयोग गरिन्छ । यसो गर्दा रोपाइको दूरी कम राखिन्छ । लाइन बोटको दूरी क्रमशः ४५ से.मी लाइनको १५ से.मी. बोटको र बीउको दर १.५ किलो÷का राखिन्छ र सुत्लाहरु भाँच्ने बेला हेरेर र पहिलो, दोस्रो वा तेस्रो बोटको गरि हरेक बोटको उपयोगी सबै सुत्लाहरु भाचिन्छन् । बजारमा बेच्न पठाउँदा सुत्लाहरु नङ्ग्याएर नानीमकैको खोयाहरुलाई प्लाष्टिकमा पोका पारी पठाइन्छ । सबभन्दा माथिको पहिलो वा उपल्लो सुत्ला भाँचेपछि हरेक २–३ दिनमा बोटको तल तलको सुत्लाहरुमा नानीमकै तयार भए नभएको चेक गरेर भाँच्नु पर्छ, छिप्पिन दिनु हुँदैन । नानीको पोकाहरुलाई तयार हुन्छ साथ फ्रिजभित्र भण्डारण गर्नु राम्रो हुन्छ । यसो गर्दा अडकल गरेर नियमित रूपले बजारमा पठाउन सकिन्छ ।
(सहायक बालीको रुपमा नानीमकैको खेती गर्दा बोटको भागमा लाग्ने पहिलो घोगालाई बीउको रुपमा बढ्न दिने र त्यसपछि बोटको तलतिर लाग्ने सुत्लाहरुमा परागसेंचन हुनु अगावै नानीमकैको सुत्ला भाँच्ने गरिन्छ । यसमा रोपाईको दूरी अरु खेतीको मकैबालीलाई सरह राखिन्छ अर्थात लाइन र बोटको दूरी कमशः७५ से.मी. (लाइन)को र २४ से.मी) बोटको राखिन्छ । यसमा बीउको दर ६७० ग्राम प्रति का भए पुग्छ ।

३) मल व्यवस्थापनः
राम्ररी पचेको गौवरको मल या कम्पोष्ट मल ५०० किलो प्रति काको हिसावले मकै रोप्नु भन्दा जमीन तयारी गर्दा हाल्नु पर्छ । अनि त्यसपछि बाली रोप्ने बेलामा युरिया ३.५ किलो, डि.ए.पी. २ किलो, पोटाश मल १.६ किलो प्रति काको दरले हालेर माटोमा राम्ररी मिलाउनु पर्छ । अन्यमा मकै रोपेको २–४ भित्र फेरि २ किलो यूरिया १ किलो पोटाश मल प्रति काको हिसावले एकनासले थपेर टपडूेस गर्नु पर्छ र त्यसपछि हलुकासित माटो खनेर राम्ररी मिलाई दिनुपर्छ ।

४) गोडमेलः
झापात व्यवस्थापनको लागि मकै रोपेको २ हप्ताभित्र पहिलो गोडाई गर्ने र त्यसपछि रोपेको २–४ हप्ता मित्र दोस्रो गोडाई गर्ने र मल टपडूेसिङ्ग गरेर बोटहरुमा माटोको उकेश दिनु पर्छ । वर्षाको पानी वा सिँचाईं गरेको पानी जम्न दिनु हुँदैन । यसको लागि पानीको राम्रो निकास हुनुपर्छ ।

५) कीरा व्यवस्थापनः
गवारो किराको प्रकोप बढी देखिएको अवस्थामा त्यसको राम्रो नियन्त्रण गर्नु पर्छ । यसका लागि कार्वारिल नामक विषदी १ ग्राम प्रति लिटर पानीको हिसावले मिलाएर घोल तयार गरेर छर्कनु पर्छ । विषादी छर्दा अपनाउनु पर्ने सावधानीहरु राम्ररी अपनाउनु पर्छ । गवारो भाले पुतलीहरुलाई आकर्षण गरेर मार्न फेरोमेन पासो थापेर गवारो कीराको प्रकोप कम गर्न पनि सकिन्छ ।

६) धान–चमर हटाउनेः
मुख्य रूपमा नानीमकै रोपेको ४०–४५ दिन भित्र हटाई सक्नु पर्छ । यसो गर्दा नानी मकैको गुणात्मक स्तरमा समेत समेत सुधार भएर खोयाको आकार र तौल समेत राम्रो हुन्छ ।

७) वाली कटानीः
जब मकै बोटमा पहिले सुत्ला माथि २–३ से.मि. लामा केही जुँगाहरु देखापर्छन् । तब नानीमकैको लागि त्यो सुत्ला भाँच्नु पर्छ । पछि पछि आउने अरु बोटको उधो तिरका सुत्लाहरु पनि जुँग निस्कन थालेको हेरेर बेला भएपछि क्रमशः भाँच्नु पर्छ ।
पहिले सुत्ला मकै रोपेको करिव ५० दिनमा तयार हुन्छ । राम्रो ताजा नानीमकैका खोयाहरु हल्का सुनौंला पहेँला रंगका हुन्छन्

८) उत्पादन र बजारीकरणः
नानी मकैको बजारीकरणको व्यवस्थापनमा पहिले नै योजना गर्नु पर्छ यसको खेती सफल गर्नको लागि उत्पादनमा निरन्तर शीत भण्डार (कोल्ड स्टोर)को व्यवस्था, नानीमकैको सुरक्षित वन्धनीकरण
(प्याकेजिङ) ढुवानी तथा बजारीकरण, आदिमा भर पर्दछ । शहरका तारे होटलको बजार अवस्था अध्ययन गरेर मात्र नानीमकै उत्पादन योजना बनाउनु पर्छ । नाफा कतिसम्म हुन्छ र डिलरहरु मार्फत तारे होटेलहरुमा प्रति हप्ता कति किलो बिक्री गर्न लैजाने हो व्यवस्था मिलाएर मात्र व्यवसायिक हिसावले नानीमकै उत्पादन गर्नु राम्रो हुन्छ । यसको लागि उत्पादन गर्ने कृषकहरुको समूह बनाएर सामूहिक रुपमा धेर थोर नानीमकै सबैले गर्दा हुन्छ । गाँउमा नियमित रुपमा नानीमकै गुणात्मक रुपमा नियमित रुपले राम्रो र धेरै उत्पादन प्राप्त हुन सकेमा त्यही थलों मैं व्यापारीहरु आएर नानीमकैको प्याकहरु खरीद गर्न सक्छन् ।
नेपालको होटलमा शहरमा लगेर बेचविखन गर्ने एजेण्टहरु मार्फत कृषक समूहले नानीमकैको बजारीकरण गर्न सक्ने ठूलो सम्भावना देखिन्छ । काठमाडौं, पोखरा र चितवन लगायत ठूला तारे होटलहरुमा सिजन हेरी प्रति हप्ता नानीमकैको एकमुष्ट माग ४००(६०० किलो सम्म भएको अनुमान छ । हाल नेपाली बजारमा नानीमकैको सरदर मूल्य १२० किलो पर्दछ । नानीमकै करीव १२५ किलो प्रति काका दरमा उत्पादन हुन्छ र यस हिसावले उत्पादन लागत खर्च तथा चर्को बजारिकरण खर्च कटाएर सरदर चोखो आम्दानी लगभग प्रति का रु.२०, ००० जति हुने देखिन्छ । हाल थाइल्याण्डबाट नानीमकै बट्टामा प्याक भएर नेपालमा पैठारी हुने गरेको छ ।
नानी मकैका बट्टाहरु सुपर मार्केटहरुमार्फत नेपाल आउन गरेको छ । जुन विभिन्न तारे होटलहरुले प्रयोग गरि आफ्ना ग्राहकहरुलाई सेवा पु¥याएको छ ।

९) हरियो पशुचाराको लागिः
सबै नानीमकैका सुत्लाहरु भाँची सकेपछि पनि बोट पूर्ण स्वस्थ रहन्छ र हरियो हुन्छ जसलाई काटेर हरियो पशुचाराको रुपमा हरियो चाराको रुपमा दुहुनो गाईभंैसीलाई नियमित रुपले खुवाउन सकिन्छ । ठूलो योजना गरि व्यवसायिक हिसावले सम्हाल्न सक्ने गरि बढि मात्रामा नानीमकै खेती गर्दा
धेरै हरियो बोटहरु प्राप्त हुने भएमा त्यस्तो अवस्थामा हरियो मकैको बोटहरु टुक्रा(टुक्रा पारेर यसबाट सुधारिएको उच्चकोटीको ‘साइलेज’ चारा बनाउने प्रविधि पनि अपनाउन सकिन्छ । अनि लैनो वा
बकेर्नो गाईभैंसीबाट बढि दूध उत्पादन लिन सकिन्छ । र ‘रामपुर कम्पोजिट भन्ने सिफारिस भएको मकैको जातबाट हरियो चारा पनि सरदर १ टन प्रति का सजिलैसित उत्पादन हुन्छ ।

१०) सार सन्देशः
‘‘आय आर्जन बढाउन नानीमकै खेती गरौं, पशुचारा सुधार्न नानीमकै खेती गरौं’’

सन्दर्भ सामाग्रीहरुः
(Krishna Adhikari. Apominary survey on production and markating of baby
com in Chitwan and Kathmandu valleys in Nepal.)
स्रोतः कृषि त्रैमासिक पत्रिका वर्ष ५९ अङ्क १, कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरिहर भवन ललितपुर

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain