२०८३ भाद्र २

संरचित संरचनामा खेती, खर्च र आवश्यक सूधारहरु

धनबहादुरम मगर
संरक्षित संरचना शब्दले प्राय गरी फलफुलका रोगमुक्त वेर्ना आलुको मूलबीउ उत्पादन र तरकारी उत्पादनका लागि प्रयोग गरिने विभिन्न प्रकारका अस्थायी त स्थायी संरचनालाई समेट्ने भएतापनि यस लेखमा नेपालमा बेमौसमी तरकारी खेती तथा बेन उत्पादनमा प्रयोग गरिने विभिन्न किसिमका
निर्मित अस्थायी प्लाष्टिक घरदेखि लिएर केही वर्ष देखी आधुनिक प्रविधि भनेर प्रचारमा आएका प्राकृतिक भैन्टिलेटेड प्लाष्टिक घर, जिआई पाइपबाट निर्मित स्थायी संयन्त्रका साथै अत्याधुनिक उपकरण नियन्त्रित स्वचालित प्रणालीमा आधारित ग्रिन हाउसलाई समयमा सबै खाले संरचनाले वेर्ना तथा तरकारी उत्पादनमा पु¥याउने फाइव तथा नेपालमा संरचनामा प्रचलित के मुख्य प्रकार सो संरचनाहरुमा उपयुक्त तरकारी बाली खेती गर्दाको लाभ लागतका साथै यस्ता संरचनमा खेती गर्दाका समस्या आवश्यक सुधार तथा प्रयास बारे लेखको अनुभवलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ । यस लेखमा संरचना निर्माण तथा खेती प्रविधिमा हिमाल, पहाड तथा तराई प्रमुख क्षेत्रमा आधारित संरचना निर्माण प्रक्रियामा खेती तथा बजारीकरणलाई आधार लिएर लाभ लागत विश्लेषण गर्ने प्रयास गरिएको छ । तसर्थ संरचना निर्माण देखि वर्षमा नेपालका विभिन्न क्षेत्रमा भौगोलिक अवस्था तथा यावत र बजारको दुरी अनुसार केही फरक पर्न सक्छ ।
संरचनामा खेती किन १.
उत्पादकत्व वृद्धि :
संरचना भित्रको खेती प्रविधिमा लामो समयसम्म उत्पादन दिने बालीका जात लगायतका थोपा सिँचाईं तथा पानीको प्रयोगका साथै आवश्यकता अनुसार घुलनशील खाद्यतत्वको प्रयोगका साथै विरुवाको आवश्यकता अनुसार तालिम तथा काँटछाँटका विधि सूर्यको परावैजनी किरणलाई धेरै हदसम्म रोक्न सक्ने प्लाष्टिक तथा जालीको प्रयोगबाट गरिने भए प्रनि यस उत्पादन वृद्धिमा सहयोग पु¥याउँछ भन्ने कुरा विश्वमा विभिन्न अनुसन्धान प्रमाणित भइसकेको छ । नेपाल तथा विश्व कैयौंं देशमा संरचनाको प्रयोगबाट खेती गर्दाको विभिन्न तरकारीको प्रति हेक्टर उत्पादकत्व तालिम नं १ मा दिइएको छ । संरचना भित्रको खेतीको उत्पादकत्वमा नेदरल्याण्ड विश्वको अग्रणी देश भएकोले नेदरल्याण्ड सहित नेपालका छिमेकी देशको समेत उत्पादकत्व तालिकामा दिइएको छ । यी देशहरुको तुलनामा नेपालको उत्पादकत्व धेरै कमको पाइन्छ जसको प्रमुख संरचनाका लागि विश्वमा अवलम्बन तथा सिफारिस गरिएका पानीमा घुलनशील तत्व उपलब्धता हुन नसक्नु र कृषकमा उत्पादन प्रविधि (तालिम काँटछाँट) संग सम्बन्धित व्यवस्थापकीय ज्ञानकर्म आदि रहेका छन् ।
२. लामो समयसम्म गुणस्तरीय उत्पादन :
संरक्षित संरचनामा उत्पादन हुने तरकारी बालीलाई बढी चिसो, तातो तथा वर्षाबाट जोगाउन आवश्यकता अनुसार उपयुक्त तापक्रम तथा आद्रता नियन्त्रण प्रणालीको व्यवस्था हुनका साथै सूर्यको अनावश्यक परावैजनी किरणको मात्र नियन्त्रणले वानस्पतिक वृद्धि भई लामो समयसम्म उत्पादन लिन सकिन्छ । यसका साथै खुल्ला जमीनमा उत्पादित तरकारीको अन्य संरचनामा उत्पादित तरकरीमा जैविक तथा अजैविक कारणवाट अति कम भइ उत्पादित उपजहरु गुणस्रयी हुन्छन् ।
३. वेमौसमी उत्पादनः
संरक्षित संरचनाको कारणले गर्दा वर्तमान समयमा तातो मन पराउने वर्गका तरकारीहरु जस्तै गोलभेडा, भेँडे खुर्सानी तथा काँक्रो चिसो याममा समेत सफलतापूर्वक खेती गर्न सम्भवछ ।
हुनका साथै उचित तापमान व्यवस्थापन बाट रायो, जिरीको साग, पालुंगो, धनिया जस्ता सागपात समूहका तरकारी समेत प्रतिकुल समयमा खेती गर्न सम्भव भई उत्पादनमा सहयोग पुग्छ । विश्वका विकसित देश सागपात उत्पादनमा संरचनारहित माटो रहित प्रविधि अवलम्बन गरी वर्षमा १० पटक सम्म जिरीको साग, पालुंगे, धनियाँ लगायत पात बाली उत्पादन गरी प्रति एकाई उत्पादकतव र आम्दानी बढाउन सफल भएका छन् । नेपालमा पनि वर्षायाममा अत्यधिक पानी तथा चिसो
जाडोयाममा चिसोबाट जोगाइ वेमौसमी तरकारी उत्पादनका लागि आवश्यक तरकारी वलीका सफल भएका उत्पादन गरिएको थुप्रै उदाहरणहरु छन् ।

४ जलवायु परिवर्तनमैत्री उत्पादनः
हालका दिनमा संरचनाभित्रको तरकारी खेतीलाई अतिवृष्टि, अनावृष्टि हावाहुरी लगायतका प्रकोपका साथै जलवायु परिवर्तनका कारणबाट बेला बेलामा देखा पर्ने आकस्मिक रोग तथा कीराको प्रकोपबाट जोगाउने प्रविधिको रुपमा लिइएको पाइन्छ । जलवायू परिवर्तनको कारणबाट यसको उत्पादन तथा उत्पादकत्वको उत्तारचढावलाई कम गर्न यस प्रविधि महत्वपूर्ण प्रविधिको रुपमा पहिचान भइ सरकारी तथा गैह्र सरकारी निकायबाट यस प्रविधिलाई जलवायू प्रविधिको रुपमा दिइएको पाइन्छ ।
५. पानीको वचत तथा पानीको प्रति एकाई उत्पादकत्व अभिवृद्धि
संरक्षित संरचनाभित्र हालका दिनमा आएर सेन्सरमा आधारित वा सन्सर विनाको थोपा सिँचाईं जस्ता पानीको विवेकशील प्रयोगबाट उत्पादन दिन सक्ने प्रविधि तथा पानीमा घुलनशिल खाद्यतत्व समेतको प्रयोगबाट मलखादको समूचित सदुपयोग भई सुख्खा क्षेत्रमा समेत तरकारी खेती गरी उत्पादकत्व अभिवृद्धि गर्न सजिलै सकिन्छ । विश्व इजरायल अष्टूेलिया जस्ता पानीको अभाव भएको देशले संरक्षित संरचनाको प्रयोगबाट अत्यन्तै कम पानी प्रयोग गरी पानीको सहज उपलब्धता भएका देश भन्दा कैयौं गुना बढी तरकारीको उत्पादन लिन सफल भएका छन् ।
६. विषादीको प्रयोगमा उल्लेख्य कटौती तथा स्वास्थकर उत्पादन
हाल नेपाल लगायत विश्वमा तरकारी बालीमा अत्यधिक तथा जथाभावी प्रयोगले वातावरण तथा मानव स्वास्थ्यमा नकरात्मक प्रभाव पारेको छ । नेपालमा सरदर विषादी प्रयोगको मात्रा ४०० ग्राम सक्रिय तत्व प्रति हेक्टर सम्म रहेतापनि व्यवसायिक तरकारी खेती गरिने क्षेत्रमा ३००० ग्राम सक्रिय तत्व प्रति हेक्टर भन्दा बढी रहेको अनुमान गरिनाका साथै धेरै जसो तरकारी बालीमा विषादी अवशेष रहने गरेको पाइएको सन्दर्भमा संरक्षित संरचना प्रयोग गर्ने किसानहरुले संरचना प्रयोग गर्दा बालीका किरा नियन्त्रणमा ९० प्रतिशतसम्म हुने गरेको र तापक्रम र आद्रता नियन्त्रण प्रभावकारी रुपले गरेका संरचना ढुसीजन्य रोगको प्रकोप समेत न्यून् हुने गरेको सन्दर्भमा यो प्रविधि विषादीको कम प्रयोग गरी मानव तथा वतावरणीय स्वस्थता कायम गर्न उपयुक्त प्रविधिको रुपमा स्थापित प्रविधि हो । संरचनामा लगातार खेतीले गर्दा प्राय माटोबाट सर्ने निमाटो, ढुसी तत्व व्याक्टेरियाजन्य रोगले दुखः दिने गरेको सन्दर्भमा हाल तरकारी बालीमा समेत माटोबाट सर्ने रोग व्यवस्थापनको लागि कलमी प्रविधि अवलम्बन गर्न सके नेपालमा कम गर्न सके तरकारी बाली स्वस्थकर उत्पादनमा असल कृषि अभ्यास असल कृषि अभ्यास र प्रमाणिकरण अलम्बन गरी नेपाल गर्न समेत संरचनाहरु उपयुक्त माध्यम हुन सक्छन् । तसर्थ यो प्रविधि स्वस्थकर तरकारी उत्पादनको लागि सफल प्रविधि हो भन्न सकिन्छ ।
७ बजारमूखी उत्पादनको माध्यमबाट आयआर्जन र रोजगार वृद्धिः
संरचनामा आधारित उत्पादन प्रविधिमा बजार उत्पादन प्रविधिका सिद्धान्त कुन उत्पादन कुन समय कसरी, कहाँ उत्पादन र कस्तो उपभोक्ता लक्षित उत्पादन जस्ता कुरामा ध्यान दिएर बजारको माग अनुसारका विभिन्न तरकारी उत्पादन गर्न उपयुक्त एक मात्र उपलब्ध विधि हो । यस विधिमा बजारको माग अनुसार या विभिन्न तरकारी उत्पादन गर्न सके वर्षभरी रोजगारी सिर्जना गर्नको साथै वेमौसमी उत्पादनको माध्यमबाट प्रति इकाइ केही मूल्य हासिल गर्न सकिने प्रशस्त सम्भावना विधि हो ।
संरचना भित्रको खेतीमा लाग्नु भन्दा पहिले आम उद्यमी तथा कृषकहरुले मेरो संरचना भित्रको खेतीको फाइदा तथा यसमा आवश्यक लगानी तथा अनुमानित नाफाको हिसाब गरेर मात्र लाग्न सकेमा भविष्यमा पर्ने बजार तथा उत्पादनलगायत जोखिम न्यूनिकरण गरि सफलता हासिल गर्न सक्दछन् । तसर्थ संरचनाभित्र फाइदाबारे जानकारी लिइसकेपछि नेपालमा प्रचलित संरचना खेती गर्न सकिने तरकारी बालीहरू संरचनागत प्रतिफल दिन् गरेर मात्र स्थान संरचना तथा बाली छनांैट गर्न आजका दिनमा अत्यावश्यक भैसकेको छ । नेपालमा हालका दिनमा संरचनाभित्रको खेतीको नकारात्मक धारणा रहेको सन्दर्भमा उपयुक्त संरचना तथा स्थान अनुकुल तथा बजारको माग अनुसारको उत्पादन तथा खर्चको लेखा जोखा गरि संरचना भित्रको खेती प्रविधिमा लाग्न सकेमा मात्र सफलता हात पार्न सकिन्छ । संरचना निर्माण तथा खर्च स्थान र संरचनाको प्रकार, क्षेत्रफल अनुसार केही फरक पार्न सकिन्छ । यसै गरि उत्पादन थलोको ज्यामी दर, बीउ, मल, विषादीको दर, र बिक्री मूल्य स्थान अनुसार केही फरक पर्न सक्दछ । तसर्थ उद्यमी तथा कृषकले यसलाई आधार मानी आफ्नो स्थान अनुसारको दररेट राखेर हिसाव गर्दा एकिन खर्च निकाल्न सक्नु हुनेछ ।
नेपालमा प्रचलित संरचनाहरु
१. बाँसको प्लाष्टिक घर (जुन मध्य पहाडको अत्याधिक वर्षामा, वर्षा समयमा मौसमी तरकारी उत्पादन गर्ने प्रचलनमा रहेको ।
२. जि. आइ पाइपको टनेल मध्य पहाडका क्षेत्रमा तरकारी उत्पादन तथा फलफूल बिरुवा उत्पादनमा केही मात्रामा प्रयोग ।
३. नैचुरल्ली भैन्टिलेटेड ग्रिन हाउस (मध्य पहाड तथा तराईका स(सानादेखि ठूला आकारसम्म निर्माण भएका ।
४. हाइटेक ग्रिन हाउस (चिस्याउने र तताउने सुविधा सहितको तरकारी, वेर्ना उत्पादन र फलफूल उत्पादनमा तर त्यस्ता संरचना महँगो रहेको ।
५.नेट हाउस तराई भाद्रदेखि जेठसम्म तरकारी तथा फलफूल उत्पादन बढी असिना पर्ने क्षेत्रमा उपयोगी ।
६. डोम आकारको टनेल पहाडको १६०० मिटर भन्दा माथि उपयोगी ः
७ पोलिकार्वोनेट फाइवर हिउँ पर्ने उच्च हिमाली क्षेत्रमा तरकारी उत्पादनमा प्रयोग
संरचनाभित्र खेती गर्न सकिने प्रमुख तरकारी बालीहरुः संरचनाभित्र तरकारी खेती गर्ने बाली र जात छनौट गर्नभन्दा पहिले त्यो बालीको परागसेचन प्रमुख विचार गर्न आवश्यक हुन्छ । प्राय गरी परागसेचित बालीहरु (काँक्रा, फर्सी, करेला, लौका, घिरौला जस्ता बालीका पार्थिनोकार्पिक जातहरु नेपालमा उपलब्ध नभएकोले यस्ता बालीका पार्थिनोकार्पिक जातको मात्र प्रयोग गर्न अत्यआवश्यक हुन्छ) तथा खुला सेचित तथा संरचनामा उपयुक्त बालीहरुको जातहरुको प्रयोग गर्न सकेमा मात्र खुल्ला जमीन भन्दा बढी उत्पादन लिन सकिन्छ ।
नेपालमा संरचनाका लागि केही उपयुक्त तरकारी बालीहरुः
१. गोलभेडा
२. भेंडे खुर्सानी
३. क्राँको (पार्थिनोकार्पिक) जात
४. सागपात बाली (रायो धनियाँ)
संरचनाको लागत विश्लेषण
क्षेत्रफल ः १ टैक्टर
१. बाँसको प्लाष्टिक घर
स्थानः मध्य पहाडको ८०० देखी १५०० मिटरसम्म
आम्दानीको लागि
यसरी खेती खर्च र आम्दानी हेर्दा बाँसको प्लाष्टिक घर निर्माण खर्चमा करिव १८ लाख ८७ हजार प्रथम वर्षमा लग्ने गोलभेडा लगाएतमा हजार जम्माखर्च रु २२ लाख २६ हजार हुने र अम्दानी २२ लाख ५० हजार हुने देखिएपनि गोलभेडा समूहको खाली पछि सागपात खेतीमा जान सकिए आम्दानी वृद्धि हुने र बजारको माग अनुसार उत्पादनमा जान सकेमा पनि आम्दानी वृद्धि गर्न सकिने हुन्छ ।
यसरी खेती खर्च र आम्दानी हेर्दा आइ प्लाष्टिक घर निर्माण वर्षमा करिव २४ लाख प्रथम वर्षमा लग्ने र गोलभेडा लगाएमा खर्च जम्मा वर्ष रु.२७ लाख २९ हजार हुने र आम्दानी २२ हजार हुने देखिएपनि आम्दनी वृद्धिको लागि गोलभेडा समूहको बाली पछि सागपात खेतीमा जान सकिए व आम्दानी गर्न सकिने र बजारको माग अनुसार जान सकेमा आम्दानी वृद्धि गर्न सकिने देखिन्छ ।
५. विरुवा उत्पादनका लागि अत्याधुनिक ग्रिन हाउस
नेपालमा तरकारी उत्पादन लागि सानो आकारका अत्याधुनिक ग्रिन हाउस निर्माण गर्न सकिन्छ र यस किसिमको ग्रिन हाउसको लागि विद्युत लागतका खर्च सरदर २५० वर्ग मिटरको लागि वार्षिक ५ लाख सम्म लाग्ने र निर्माण खर्च २५ लाख लाग्ने देखिन्छ र यस किसिमको संरचना सामान्य मर्मत गरी ५ वर्षसम्म चलाउन सकिन्छ ।
४ लाख बैर्ना उत्पादन गरी प्रति वेर्ना रु ३ का दरले १२ लाख आम्दनी लिन सक्ने देखिन्छ ।
आवश्यक सुधारहरुः
संरचनाको प्रकार र बनौटमा समुन्द्री सतहबाट उचाईं हावापानी तापक्रम, आद्रता, जमीनको मोहदा, माटोको प्रकार जस्ता कुराहरुमा निर्भर रहन्छ । जुन नेपालमा कमै ध्यान गरिएको छ । तसर्थ माथिका कुरालाई विचार गरी विभिन्न आाबहावामा कृषक सेवा प्रदायक तथा अनुसन्धान निकायको देखिन्छ ।
समन्वयमा संरचनाको क्षेत्रफल, डिजाइन उपयुक्त बाली तथा येती प्रविधि बारेमा अध्ययन अनुसन्धान गरी उक्त नतिजालाई मानक बनाइ नेपाल सरकार र निजी सेवा प्रदायको संलग्नतामा संरचना निर्माणको स्पेसिफिकेशन तथा प्रविधिको मानक बनौंट अनुसार निरन्तर अनुगमन त सुधार गर्न सकेमा मात्र हालको न्यून् उत्पादकत्व अत्याधिक लागतको अवस्थामा सुधार गरी विश्वका विकसित देशहरुमा जस्तै यस्ता प्रविधिलाई प्रतिस्पर्धी बनाउन सकिन्छ अन्यथा सरकारी तथा निजी लगानीको औचित्य पुष्टि गर्न गाह्रो हुने देखिन्छ ।

बुँदागत रुपमा नेपालमा संरचनाभित्रको खेतीको दीगोपनाको लागि निम्न सुझावहरु प्रस्तुत गरिएको छ
१. सुधार तथा सहजीकरण ः
कृषिमा प्रयोग हुने प्लाष्टिक, पाइप, नेट, थोपा सिँचाईं सेट, मल्च आदिको आयात प्रकृया झन्झटिलो भएकोले परिमार्जन गर्न आवश्यक, पानीमा घुलनशिल खाद्यतत्वको आयातको लागि (हालको रासायनिक मल नियन्त्रण आदेश २०५५ मा परिमार्जन) उपयुक्त जात तथा प्रविधि आयातमा सहजीकरण तथा जातिय विकास र परिक्षणमा ध्यान दिइ नीतिगत सुधार आवश्यक।
२. निकायका संरचनामा सुधारः
संरचनाभित्रको खेतीमा कृषकहरुको अत्याधिक रुचि भई सरकारी तथा नीजि क्षेत्रबाट व्यापक लगानी भएको सन्दर्भमा यसलाई वागवानी विधाभित्र अलग्गै ईकाइ बनाइ इन्जिनियर, सूचना प्रविधि विज्ञ तथा कृषि विज्ञ सहितको टोलिमार्फत प्रविधि अनुसन्धान तथा विस्तार मापदण्ड निर्धारण, गुणस्तर परिक्षण तथा नियमन गर्न आवश्यक ।
३. संरचनामा सुधार तथा परिमार्जनः
हाल नेपालमा प्रचलित संरचनाहरुमा स्थान विशेष तथा बालीको लागि आवश्यक हुने तापक्रम, आद्रता, प्रकाश, हावाको सञ्चार तथा कार्वनडाइअक्साइडको मात्रा, समेतलाई विचार गरी नेपालमा उपलब्ध जनशक्तिको परिचालन मार्फत कम लागतमा संरचना उत्पादन तथा त्यसमा आवश्यक परिमार्जन गर्न सक्ने सम्भाव्यता रहेकोले सो अनुसार विभिन्न भौगोलिक क्षेत्र अनुसार उपयुक्त संरचनामा सुधार आवश्यक ।
४. कार्यक्रमगत सुधारः
प्रविधिको किसानहरुमाझ लैजान पूर्व लक्षित स्थानमा एक वर्षसम्म परिक्षण गरी लागत प्रभावी प्रविधिको पहिचान गरी उपयुक्त प्रविधिलाइ लैजान जरुरी ।
५.क्षमता अभिवृद्धिः
यस प्रकारका प्रविधिको प्रयोग एवम् प्रचार प्रसारमा विशेष दक्षता भएका प्राविधिकको आवश्यकता पर्ने हुँदा तत्काल देश भित्र दक्ष जनशक्ति विकासमा ध्यान दिन आवश्यक ।
६. प्रविधि परिक्षण, विकास तथा विस्तारः
उत्पादन लागत घटाउन कम खर्चमा प्रति ईकाइ उत्पादकत्व अभिवृद्धिका लागि उपलब्ध एवम् विश्वस्तरमा विकास भएका प्रविधिको परिक्षण, नेपाली आवहावा एवम् उपभोक्ताको माग अनुसारको प्रविधि अनुसन्धान तथा परिक्षण गर्न जरुरी । वर्तमान संरचना, प्रयोग हुने सिँचाईं लगायतका प्रविधिलाई कम खर्चमा सञ्चालन जस्ता विषयलाई समेत ध्यान दिदैसरकारी केही फार्म केन्द्रलाई सिकाई थलोको रुपमा विकास गर्न जरुरी ।
७. वित्तिय सहजीकरणः
शुरुको वर्ष संरचना निर्माणमा धेरै खर्च हुने भएकोले गर्दा हालको नेपाल सरकारले दिइरहेको वर्तमान अनुदान प्रणालीलाई तत्काल परिमार्जन गरी व्यवसायिक योजना तथा सोको सम्भाव्यताको आधारमा व्याज अनुदान तथा वित्तिय संस्थाले दिने । सहुलियत ऋणको प्रभावकारी कार्यान्वयन आवश्यक ।
८. सेवाटेवाः
संरचनाभित्र खेती गर्न विशेष जात, प्रविधि तथा रोग÷कीरा व्यवस्थापनको ज्ञानका साथ(साथै वित्तिय योजना तथा उत्पादन तथा बिक्री योजना आवश्यक पर्ने हुँदा सोही अनुसार प्राविधिक तथा किसानको क्षमता अभिवृद्धिका कार्य तथा प्राविधिक सेवाटेवा दिन आवश्यक व्यवस्था हुन जरुरी ।
९. बजारीकरण सहयोगः
यस खाले प्रविधिको अवलम्बन वाट प्राय सुरक्षित, गुणस्तरीय एवम् प्रति ईकाइ बढी उत्पादन लिन सम्भव भएतापनि ग्रेडिङ्ग, प्याकेजिङ्ग तथा कोल्ड चेन मार्फत बजारीकरण गर्न सके स्वस्थ एवम् गुणस्तरीय उपज उपभोक्तालाई पु¥याउन सकिने ।
१०. नकारात्मकः
संरचनाभित्रको प्रविधिमा प्रयोग हुने प्लाष्टिकजन्यः
वातावरणीय बस्तुलाई पुनः प्रयोगमा ल्याउन नसक्दा हाल आएर माटो तथा पानी प्रदुषण बढी रहेको सन्दर्भमा पुनः पक्षमा सुधार उपयोगमा ल्याउन सकिने वस्तुको पुनः उपयोग गर्न जरुरी ।

निष्कर्षः
संरचनाभित्रको तरकारी विश्व परिवेश तथा नेपाली परिवेशमा आफ्नै किसिमका फाइदा रहेका छन् तसर्थ संरचना निर्माण पूर्व यसको आवश्यकता, अनुमानित लागत, खेती गर्न खेती गर्न खोजेको बालीको लागत बजारको चाहना, माग र आपूर्ति आंकलन गरी वेमौसममा उपभोक्ताको माग पुरा गर्न
सक्ने प्रविधि उपलब्ध प्रविधिको गुणस्तर, प्राविधिक सेवाको सुनिश्चितता र उपभोक्ताको माग अनुसार उत्पादनशिल बालीको छनौंट गर्न नेपालमा अत्यावश्यक भैसकेको छ ।

सन्दर्भ सामाग्रीहरुः
१.कृषि त्रैमासिक २०७९, अरुण काफ्ले पृष्ठ ४, सूचना तथा सञ्चार प्रशिक्षण केन्द्र हरिहर भवन ।
२. किसान जागरण वर्ष १९ अंक १, २०८२, पृष्ठ १८, कृषि प्रणालीमा आधुनिकीकरण, प्रेमनारायण अधिकारी
३. किसान जागरण वर्ष १९ अंक १, २०८२, पृष्ठ ६ किसानलाई बजार प्रणालीसँग जोडनु पर्छ, शंकर पोखरेल

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain