२०८३ आश्विन ५

राहत, उद्धार र पशुपन्छी उपचार सम्बन्धमा पशु सेवा विभागको अपिल

मिति २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाका नदी तटिय क्षेत्रमा भएको जनधन तथा पशुपन्छीको अपूरणीय क्षतिप्रति पशु सेवा विभाग गहिरो दुःख व्यक्त गर्दछ । यस प्राकृतिक विपद्मा परी ज्यान गुमाउनुहुनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथ शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै सम्पूर्ण घाइते नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
विपद् प्रभावित क्षेत्रमा प्रदेश तथा स्थानीय सरकार र सुरक्षा संयन्त्रहरुको समन्वयमा घाइते पशुपन्छीहरूको उद्धार, आकस्मिक उपचार, मृत पशुपन्छीको सुरक्षित विसर्जन र जैविक सुरक्षाको प्रबन्ध गर्न औषधि उपचार सहितको प्राविधिक टोली पशु सेवा विभागले परिचालन गरेको छ ।
यस विषम परिस्थितिमा प्रभावित क्षेत्रका पशुपन्छीको प्रभावकारी उद्धार, उपचार, असहाय पशुपन्छीको आकस्मिक व्यवस्थापन तथा सम्भावित महामारी रोकथाम कार्यमा सक्रियतापूर्वक जुट्न पशु सेवासँग सम्बन्धित सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायहरू, पेशागत संघ–संस्थाहरु, उद्यमी तथा व्यवसायीहरु, पशु कल्याणसम्बद्ध संस्थाहरू, निजी पशु सेवाकर्मीहरू तथा नागरिक समाज लगायत सबैमा हार्दिक आह्वान गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain