२०८३ भाद्र २१

बाढी पीडितको लागि उपलब्ध गराइने राहत खाद्य पदार्थको निरीक्षण तथा अनुगमन

काठमाडौं भाद्र २०, खाद्य तथा गुण नियन्त्रण विभागबाट मिति २०८३ भाद्र १९ डिभिजन कार्यालय, काठमाडौं सहितको संयुक्त अनुगमन टोलीले भोटेकोशी बाढी पीडितको लागि उपलब्ध गराइने राहत खाद्य पदार्थको निरीक्षण तथा अनुगमन गरेको छ ।

अनुगमनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनि लि., प्रादेशिक कार्यालय बागमती, थालाथली गोदाम
-स्तरन्नोति (फोर्टीफाइट) गरीएको चामल, दाल मुसुरो तथा सुर्यमुखी तेल राहतका लागि पठाउन ठिक्क पारेको,
-उल्लेखित सबै खाद्य पदार्थको लेवलमा अनुमतिपत्र नम्बर, ब्याच नं., प्याकेजिङ्ग गर्ने उद्योगको नाम, ठेगाना भई उपभोग्य मिति समाप्त नभएको,
-खाद्य पदार्थको वितरण गर्दा असल वितरण अभ्यास अनुसार भएको,

अनुगमनमा शहरी विकास तथा भवन निर्माण विभाग, ववरमहल, काठमाडौं, पिठो, दाल, सोयावरी, सूर्यमूखी तेल, मुसुरो दाल, नमकिन, चिउरा, चामल, भुजा, बिस्कुट टेष्टी–टेष्टी, करेन्ट चिप्स् राहतका लागि पठाउन ठिक्क पारेको,
-उल्लेखित सबै खाद्य पदार्थको लेवलमा अनुमतिपत्र नम्बर, ब्याच नं., प्याकेजिङ्ग गर्ने उद्योगको नाम, ठेगाना उल्लेख भई उपभोग्य मिति समाप्त नभएको देखिए पनि करेन्ट चिप्स्, यशोदा फुड प्रा.लि रुपन्देही, भूजा (गिरिधारी फूड प्रोडेक्ट, बुटवल) को उपभोग्य मिति समाप्त भएको पाइयो । र त्यसलाई (गिरिधारी फूड प्रोडेक्ट, बुटवल) क्रमशः ३० थान र २१ वटा बोरा छुट्टाएर अलग्गै मिति नाघेको श्रेणीमा बनाएर राखिएको छ ।
अनुगमनमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाडौ, चक्की आटा, चिया, चिनी, लङ ग्रेन चामल, काबुली चना, ह्वाइट चिकपाइस्, रेड आभल पोहा, रेड राइस् फ्लाक्स्, नुन, मुसुरो दाल, वनस्पति तेल, करी पाउडर र मासको दाल राहतका लागि विदेशबाट आएको पाइयो ।
-उल्लेखित सबै खाद्य पदार्थको लेबलमा ब्याच नं., उत्पादन÷प्याकेजिङ्ग गर्ने उद्योगको नाम, ठेगाना उल्लेख भई उपभोग्य मिति समाप्त नभएको देखिएको ।

खाद्य पदार्थको वितरण गर्दा असल वितरण अभ्यास 
४.प्रहरी तालिम केन्द्र सामाखुसी, काठमाडौं, वाइवाइ चाउचाउ, वाइवाइ क्विक, रारा चाउचाउ, सेन्चुरी नुडल्स्, आयो नुन, करेन्ट चाउचाउ, दालमोठ अल इन वान, लिचीको पेय, सुर्यमुखी तेल, फेमिलि सूर्यमुखि तेल, चिउरा कुरुम कुरुम, क्वालिटी सोयाबिन तेल, जस्मिन बेसार, नटराज दालमोठ, मारिगोल्ड बिस्कुट, चिया (तिनपाते), चिया (टोकला),चोको फन, चकी आँटा र ज्ञान चक्की आटा राहतका लागि पठाउन ठिक्क पारेको पाइएको,
-उल्लेखित खाद्य पदार्थहरू मध्ये चोकोफन दुई (२) प्याकेट (१ प्याकेट–१८ पिस, चक्की आटा पाँच, ०५–के जि को एक (१) प्याकेट उपभोग्य मिति समाप्त भएको,
-अन्य सामाग्रीको अवस्था सन्तोषजनक रहेको पाइएको,
उपभोग्य मिति समाप्त भएको उल्लेखित खाद्य पदार्थलाई अस्वीकार गरियो साथै उन्नानसाठ्टी (५९) प्याकेट दालमोठको दुई (२) दिनमात्र उपभोग्य मिति बाँकी रहेकोले सो पनि अस्वीकार गरी छुट्टै राखियो
-खाद्य पदार्थको वितरण गर्दा असल वितरण (न्ययम म्ष्कतचष्दगतष्यल एचबअतष्अभ) अभ्यास अनुसार गर्ने।
५.राधा स्वामी सत्सङ्ग सामाखुसी, काठमाडौं, लोकल चामल, जय श्री जिरा मसिना चामल, मुसुरो दाल, टाइचिन चिउरा, शिव मसला, जयश्री उसिना चामल, चामल, वाइवाइ चाउचाउ, डाइजेस्टिभ बिस्कुट, जिरा मसिना चामल, पार्ले–जी बिस्कुट, रारा तयारी चाउचाउ, रमपम तयारी चाउचाउ, भिटामिल्क बिस्कुट, भुजा, रियल जुस, २ पिएम नुडल्स र प्याक गरीएको प्रशोधित पिउँने पानी राहतका लागि पठाउन ठिक्क पारेको पाइएको,
-उल्लेखित सबै खाद्य पदार्थको लेबलमा ब्याच नं., उत्पादन÷प्याकेजिङ्ग गर्ने उद्योगको नाम, ठेगाना उल्लेख भई उपभोग्य मिति समाप्त नभएको देखिएको,
-उसिना चामल पच्चिस (२५) के जिको एक (१) बोराको उपभोग्य मिति समाप्त भएको पाइयो
-अन्य सामाग्रीको अवस्था सन्तोसजनक पाइएको,
-विवरणमा उल्लेख भएको उसिना चामल पच्चिस (२५) के जिको एक (१) बोरा अस्वीकार गरी छुट्टै एक्पाइएर जोनमा राखिएको,
-खाद्य पदार्थको वितरण गर्दा असल वितरण अभ्यास अनुसार गर्ने गरि निर्देशन दिइएको वरिष्ठ खाद्य अधिकृत डा.बालकुमारी शर्माद्धारा जारी विज्ञाप्तिमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain