२०८३ मंसिर १०

आयआर्र्जनका लागि कफी खेतीे उत्तम सम्भावना र युवाहरुका रोजगार

नेपाल भू–भागको १५ प्रतिशत हिमाल, ६८ प्रतिशत पहाड, १७ पतिशत तराई क्षत्रले ओगटेको छ । आजपनि देशको करिव ६५ प्रतिशत जनता कृषिमा आश्रित रहेका छन् । ३ करोड हाराहारीमा जनता रहेको नेपालमा छ । ति जनसंख्या मध्ये ३५–४० लाख भारतीय भूमिमा रोजगारीका लागि भौतारि रहेका छन् । ४० लाख युवाहरू खाडी लगायतका अन्य देशहरुमा रोजगारीका लागि विदेशिएका छन् । यसरी देशभित्र रोजगारीको रुपमा हेर्दा ८० प्रतिशत रोजगार नेपालको कृषि क्षेत्रले दिएको छ । हामीसँग भएको भौगोलिक बनावटले कृषि, पयटन, जलविद्यत, लगायतका क्षेत्र मात्र व्यवसायका लागि उपुयुक्त देखिन्छ । हामीले हाम्रो परम्परागत ज्ञान, शिपको उपयोग गर्दै कृषि क्षेत्रको भरपुर सदुपयोग गर्नमात्र सक्यौं भने पनि देश आर्थिक उन्नतिको बाटोमा अघि बढ्न सक्छ । तर, दुर्भाग्य हामीले देशभित्र ६५ प्रतिशत जनातले आर्जेको पेशा कृषि व्यवसायबाट खानपनि पुग्दैन र हामीले वार्षिक रुपमा अनुमानित ५४ अर्ब रुपैयाँको कृषिवस्तु विदेशबाट आयत गरी खानु परेको छ । यो विडम्वनाको विषय हो ।
राज्यले आफ्नो पहुँच गाउँपालिकासम्म सेवा केन्द, उपकेन्द्र मार्फत, पु¥याई रहँदा समेत राज्यकोतर्फबाट कुल बजेटको ३ प्रतिशत मात्र बजेट कृषि क्षेत्रमा लगानी गरेको छ । देशको बढ्दो जनसख्या अनि घट्दो कृषि उत्पादनले देशलाई कमजोर अर्थतन्त्रमा दरिन सहयोग पु¥याएको छ । देश विकासको लागि कर्म गर्ने युवा जो ४५ प्रतिशत कुल जनसंख्या करिव एकतिहाई युवा जनशक्ति विदेशी भूमिमा रोजगारीका लागि भौतारिरहेको अवस्था छ । आज कतार, दुवही, साउदी, मलशिया, यूरोप, अमेरिकाका विभिन्न ठाउँहरुमा काम गरिरहेका छन् । मित्र राष्ट्र भारतको कुरा त धेरै नजिकको कुरा हो । नेपालीहरुका लागि पानी पँधेरो जस्तै भईसकेको छ । यस्तो अवस्थामा देशमै बसेर केही गर्ने वातावरण सरकारबाट गर्न सकेको छैन । देशलाई अघि बढाउन अबको देशको भविष्य भनेको युवाको हातमा छ । युवाहरु अघि नबढेसम्म देशको कुनै पनि विकास निर्माणमा अघि बढ्न सक्दैन ।
त्यसका लागि वृहत युवा लक्षित कार्यक्रमहरू ल्याएर अनुभूति हुने गरी विभिन्न क्षेत्रको व्यवसायमा आत्मस्वाभिमानकासाथ काम गरेर खाने वातावरण बन्नु पर्छ ।
राज्यले युवाहरूका लागि वैदेशिक रोजगारको विकल्प दिन सकेन भने देशको अवस्था पहिले अब युवा विहिन मात्र बन्दैन देश झन् पछि झन् खस्कदै जान्छ । त्यसको एउटा ज्वलन्त उदाहरण देशको कृषिको हालत हो । यद्यमी अझै ६५ प्रतिशत जनताले कृषि गरेका छन् । आजको कृषिले धानेका छन् कि छैनन् भनेर पुनर्मूल्याङ्कन हुनु पुर्छ । वर्षेनी कृषि वस्तु आयत गर्नु पर्दा देशको अर्थतन्त्र झनै कमजोर बन्दै गएको छ ।
सबैभन्दा सम्भावना बोकेको क्षेत्र भनेको नेपालको लागि कृषि नै हो । अझै पनि हामीसँग कृषि गर्ने भू–भाग प्रशस्तै बाँकी छन् । भएको भू–भागहरूमा राम्ररी कृषि गर्न सक्यौं भने, बाँझो बन्दै गरेको खेतबारीमा अन्नबाली फलाउन सक्यौं भने हामीलाई खाद्यान्नको कमी हुँदैन । खाद्यान्न बालीमा हामीलाई सकस पर्दैन तर समय आज ठीक उल्टो भईदिएको छ । त्यहाँ भएको भूमिलाई उपयोग गर्न सकेका छैनौं । भएका जमीनहरू लगभग ३० देखि ३५ प्रतिशतको हाराहारीमा बाँझो भयो भनेर तथ्याङ्क बाहिर आएको छ । हामीले प्रशस्त मात्रामा कृषि उपज उत्पादन गर्न सकेको खण्डमा देशको उत्पादन भण्डारण गरेर दिगो खाद्य संकटलाई सहयोग पु¥याउन सक्छौं ।
कृषिजन्यवस्तु आफ्नै देशमा खपत हुने र बढी भएको विदेशमा पैठारी गर्न सकिन्छ । यसले नेपालको अर्थतन्त्र पनि बलियो हुन्छ । हिजो गाउँमा छँदा अन्न बेसाएको जाति मान्दैनथ्यो । उ फलानाको घरमा अन्न सकेछ । बेसाएर ल्याएको छ भनेर कुरा काट्नेहरूको कमी हुन्नथ्यो । तर आज नबेसाईकन त सुखै छैन । बाहिर गई कमाएर हुन्छ वा बजारबाट खरीद गरेर खानु परेको अवस्था छ ।
समय परिवर्तन भएको छ । रोजगारको लागि जानु ठूलो कुरो होइन । तर नेपालको कृषिलाई पनि ध्यान दिनु जरुरी छ । अन्नबालीनै उत्पादन नहुने गरी श्रमशक्ति बाहिर जाँदा नेपालको कृषि खाद्य प्रणालीमा ठूलो हानी पुगेको सबैलाई थाहा छ । बढ्दो शहरी क्षेत्रको विस्तार, बढ्दै गरेको शहर केन्द्रीत जनसंख्याको चाप हेर्दा नेपाल मात्र होइन विश्वलाई चिन्तित पार्ने तस्वीर अगाडि आएको छ । हाम्रो जस्तो देशमा कृषिको विकल्पमा अरु हुन सक्दैन । खानु त प¥यो भोको बस्न सकिदैन । त्यसैले हिजो पनि, आज पनि र भोली पनि कृषिको महत्व र आवश्यकता रहीरहन्छ । अवसरको क्षेत्र भनेको कृषि नै हो । चाहे जलवायूसँग जुझ्न किन नपरोस्, चाहे देश देश बिचमा हुने द्वन्द्व, चाहे चर्को महामारी, भोकमरीमा मानिसलाई जोगाउने भनेको कृषि नै प्रमुख साधान हो ।
विश्व अहिले खाद्यन्न सञ्चयतर्फ अघि बढेको छ । प्राय ः कतिपय देशहरूले दश वर्षसम्म पुग्ने खाद्यन्न मौज्दात रहेको हौवा पिटीरहेको अवस्था छ । हामी चाहीँ न सरकारलाई चिन्ता छ न युवाहरूलाई आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त भएर लागि रहेको पाइन्छ । आफ्नो देशलाई खाद्यान्नबाट खान पुग्ने समेत उत्पादन गर्न नसकेर खाद्यान्न आयत गर्नु परेको अवस्था छ । यो अवस्थाको अन्त्य गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनु पर्छ । हामीसँग अथाह प्राकृतिक स्रोत साधान प्रचुर मात्रामा छन् । त्यसको सदुपयोग गर्न हामीले अघि बढ्नु पर्छ । नेपालमा बढ्दै गएको खाद्य संकट टार्ने भनेको हामीले नै हो । कथंकदाचित विदेशबाट आउने खाद्यान्न नेपालमा किनेर ल्याउन सक्ने बातावरण भएन भने हामीले आफ्नो ज्यान गुमाउने भन्दा अर्को विकल्प रहँदैन । हामीले थोरै मात्रामा कल्पना गर्दा पनि थाहा हुन्छ कि अफ्रिकी देशहरूमा भोकमरीको समस्या हुँदा लाखौं मानिसले ज्यान गुमाउनु परेको भुल्नु हुँदैन । हाम्रो लागि त्यो एउटा सिक्नु पनि इतिहास हो । त्यो इतिहास सिकेर अवसरमा बदल्नु पर्छ ।
आज देशमा कफीको धेरै माग बढ्दो छ । उत्पादन हुन्छ तर नेपालको उत्पादनले नेपालमा नै पुग्न सकेको छैन । वर्षेनी ४ अर्बको विदेशी कफी खरिद गरेर नेपालीहरुले उपभोग गरेको अवस्थामा त्यसको बजार बाहिर विदेशमा समेत गर्नु पर्दैन । बढी भएको खण्डमा कफीलाई विस्तार गरि आयआर्जनलालई बढाउन सकिन्छ । यो राम्रो सम्भावना क्षेत्र पनि हो । प्रशस्त वन, जंगलमा समेत रहेको हाम्रो देश नेपालमा कफी खेती गर्न सकिन्छ । राम्रो विकल्पहरु कृषि क्षेत्रमा नै छन् ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain