काठमाडौं, ५ कार्तिक, २०८३ याक तथा चौंरी कृषकहरूको पहिलो क्षेत्रीय सञ्जाल स्थापना हुँदै हिमालयका साझा चुनौतीहरू सम्वोधन गर्न भुटान, भारत र नेपालका याक तथा चौंरी कृषकहरू एकजुट हुँदै भुटान, भारत र नेपालका याक तथा चौंरी कृषकहरूले २३ अक्टोबरमा भुटानको नवौँ रोयल हाइल्याण्ड महोत्सवमा हिमालय याक पालकहरूको सञ्जाल (Himalayan Yak HerdersÚ Network) औपचारिक रूपमा शुरु गर्दैछन् ।
यो सञ्जाल हिमालयका याक कृषक समुदायमा मात्र केन्द्रित पहिलो क्षेत्रीय मञ्च हो । यसको स्थापना कृषक, सरकार र विकास साझेदारहरूबीच करिब एक दशकदेखि जारी सहकार्यको परिणाम हो । जलवायु परिवर्तन, चरन क्षेत्रहरूको क्षयीकरण र बसाइँसराइका कारण हिमाली समुदायहरूले बढ्दो चुनौंतीहरूको सामना गरिरहेका बेला यो सञ्जाल स्थापना हुन लागेको हो ।
हिमालय याक कृषक सञ्जालको औपचारिक शुभारम्भः
यो सञ्जाल याक कृषक समुदायबीच सामूहिक पैरवी, ज्ञान आदानप्रदान, क्षमता विकास र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको क्षेत्रीय मञ्च हो ।
कृषकहरूद्वारा स्थापित र उनीहरूकै नेतृत्वमा सञ्चालित विश्व रेनडियर एसोसिएसनबाट प्रेरित यस सञ्जालको नेतृत्व हिमालय क्षेत्रका याकपालक कृषकहरूले गर्नेछन्। यसको सचिवालय भुटानमा रहनेछ ।
सहभागीहरू, भुटान याक महासंघ,, याक तथा चौंरी कृषक महासंघ नेपाल, भारत याक महासंघ, भुटान, भारत र नेपालका सरकारी प्रतिनिधिहरू, अनुसन्धानकर्ता, विकास साझेदार तथा अन्य सरोकारवालाहरू, शुभारम्भ समारोहको मिति र समयः २३ अक्टोबर, दिउँसो १२ः०० बजे (भुटानको स्थानीय समय अनुसार) कार्यक्रम २३ र २४ अक्टोबर २०२६ नवौं रोयल हाइल्याण्ड महोत्सव, लाया, गासा जिल्ला, भुटान (समुद्री सतहबाट लगभग ४,००० मिटरको उचाइमा)
यो किन महत्वपूर्ण छ ?
याकपालनले हिमाली भेगमा बसोबास गर्ने समुदायको जीविकोपार्जन, संस्कृति र स्थानीय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु¥याउँछ। तथापि, यिनै याकपालक समुदायहरूले विभिन्न चुनौतीहरूको सामना गरिरहेका छन् ।
याक चौंरीको सङ्ख्या घट्दो क्रममा रहेको चरन क्षेत्रहरू खुम्चिँदै र क्षयीकरण हुँदै गएका जलवायु परिवर्तनका असरहरू याकको आनुवंशिक विविधतामा ह्रास, वन्यजन्तुबाट हुने पशुधन क्षति, बजार तथा सेवामा सीमित पहुँच उच्च पहाडी र हिमाली क्षेत्रबाट युवाहरूको बसाइँसराई यी चुनौतीहरू राष्ट्रिय सीमाभन्दा परसम्म फैलिएका छन् र तिनको समाधानका लागि क्षेत्रीय सहकार्य आवश्यक छ ।
हिमालय याक कृषक सञ्जालले सामूहिक पैरवी, ज्ञान आदानप्रदान, क्षमता विकास र सीमापार सहकार्यका लागि महत्वपूर्ण मञ्च प्रदान गर्नेछ । भुटान, भारत र नेपालका राष्टिूय महासंघहरूलाई एकै ठाउँमा ल्याउँदै यस सञ्जालले उत्थानशील जीविकोपार्जनका अवसर विस्तार गर्ने, स्वस्थ चरन क्षेत्रको संरक्षण गर्ने र याकका आनुवंशिक स्रोतहरूको संरक्षणलाई सुदृढ बनाउने लक्ष्य राखेको छ ।
पृष्ठभूमिः
क्षेत्रीय याक कृषक सञ्जालको परिकल्पना सन् २०१६ मा भएको थियो। त्यसबेला अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को कञ्चनजङ्घा भू–परिदृश्य संरक्षण तथा विकास पहलमार्फत भुटान, भारत र नेपालका याक कृषक, अनुसन्धानकर्ता तथा सरकारी प्रतिनिधिहरू एकै ठाउँमा भेला भएका थिए । सन् २०१८ मा यस क्षेत्रका प्रतिनिधिहरू नर्वेमा आयोजित आर्कटिक फ्रन्टियर्स सम्मेलनमा सहभागी भए र विश्व रेनडियर कृषक संघसँग अन्तरक्रिया गरे । उक्त संघको सीमापार मोडेलबाट प्रेरित भएर हिन्दु कुश हिमालय क्षेत्रमा पनि यस्तै क्षेत्रीय मञ्च स्थापना गर्ने अवधारणा विकसित भएको हो ।
त्यसपछि तीनै देशले क्षेत्रीय सञ्जाल स्थापना गर्नुअघि सशक्त राष्ट्रिय महासंघहरू गठन गर्ने सहमति गरे । यसैक्रममा भुटानमा सन् २०२२, नेपालमा सन् २०२३ र भारतमा सन् २०२५ मा राष्टिूय महासंघहरू औपचारिक रूपमा गठन भए ।
सन् २०२५ मा भियतनाममा आयोजित विकासशील देशहरूका लागि दिगो पशु कृषि, सम्बन्धी दसौँ सम्मेलनमा महासंघका नेतृत्वकर्ता र सरकारी प्रतिनिधिहरूले हिमालय याक कृषक सञ्जालको स्थापना गर्ने औपचारिक प्रतिवद्धता जनाए । भुटानको रोयल हाइल्यान्ड महोत्सवमा हुन लागेको यो शुभारम्भ हिमालयका याक कृषक समुदाय र उनीहरूका साझेदारहरूबीच करिब एक दशकदेखि हुँदै आएको सहकार्यको महत्वपूर्ण उपलब्धि हो ।
चरन क्षेत्र र याकपालनको संक्षिप्त झलक
हिन्दु कुश हिमालय क्षेत्रको ६० प्रतिशतभन्दा बढी भूभाग चरन क्षेत्रले ओगटेको छ ।
जीविकोपार्जनका लागि प्रत्यक्ष रूपमा निर्भर रहेका २ करोड ५० लाखदेखि ३ करोड आदिवासी तथा स्थानीय समुदायका लागि चरन क्षेत्र नै प्रमुख स्रोत हो ।
राष्ट्रिय कृषि गणना (२०२१-२२) अनुसार, नेपालका ९,८९९ कृषकहरूले अनुमानित ५३,१९५ याक, नाक, चौंरी पालेका छन् ।
नेपालको कर्णाली प्रदेशमा मात्रै चरन क्षेत्रले देशको कुल क्षेत्रफलको ३४ प्रतिशत हिस्सा ओगटेको छ। यहाँ ९२ प्रजातिका औषधीय वनस्पति पाइन्छन्, जसमध्ये ८२ प्रजातिको हाल बजारमा सक्रिय रूपमा कारोबार हुन्छ । यी वनस्पतिको व्यापारबाट वार्षिक करिब ३ करोड ६० लाख नेपाली रुपैयाँ आम्दानी हुने गरेको छ ।
भारतको २०औं पशुधन गणना (२०१९) अनुसार, देशमा करिब ५८,००० याक थिए (म्ब्ज्म्, २०१९) ।
याक फेडेरेसन अफ इन्डियाका अनुसार, सन् २०२६ मा फेडेरेसनका ५२६ सदस्य घरधुरीसँग करिब ३२,००० याक छन् ।
भुटानको राष्ट्रिय तथ्याङ्क ब्युरो (एनएसबी) को सन् २०२४ को तथ्याङ्कअनुसार, देशका ७४६ घरधुरीले कुल २९,४३२ याक पालेका छन् । देशको कुल पशुजन्य उत्पादनमा याकपालनको योगदान ४ प्रतिशत रहेको छ ।
भुटान, भारत र नेपालमा विगतका केही दशकयता भू–उपयोगको बदलिँदो स्वरूप, चरन क्षेत्रको क्षयीकरण, जलवायुजन्य दबाब र सामाजिक, आर्थिक परिवर्तनका कारण याकको सङ्ख्यामा उल्लेखनीय गिरावट आएको छ ।
कथा र दृश्य सामग्रीका सम्भावित अवसरहरू हिमालयमा पहिलो क्षेत्रीय याक कृषक सञ्जालको शुभारम्भ परम्परागत हिमाली पोसाकमा सजिएका भुटान, भारत र नेपालका याकपालकहरू हिमालयको पृष्ठभूमिमा याक र हिमाली चरन क्षेत्रका मनोरम दृश्यहरू जलवायु परिवर्तन, बसाइँसराइ, परम्परागत जीविकोपार्जन र चरन क्षेत्रको संरक्षणबारे याक पालकहरूसँग अन्तर्वार्ता महासंघका नेतृत्वकर्ता, अनुसन्धानकर्ता, नीतिनिर्माता तथा विकास साझेदारहरूसँग अन्तर्वार्ता र अन्तरक्रियाका अवसर समेतिएका छन् ।

प्रतिक्रिया दिनुहोस्