काठमाडांंै असोज १३ गते अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले प्रस विज्ञाप्ति प्रकाशित गरि देशमा अविरल वर्षाको कारण भएको जनधनको क्षति पुगेकोमा दुःख व्यक्त गरेको छ ।
विज्ञाप्तिमा भनिएको छ । देशका विभिन्न भागहरूमा यही असोज ११ गतेदेखि परेको अविरल वर्षाद्वारा सिर्जित बाढी, पहिरो, डुबान र कटानले ठूलोमात्रामा जनधनको क्षति पु¥याएकोप्रति अखिल नेपाल किसान महासंघ गहिरो दुःख व्यक्त गर्दछ । साथै, यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति महासंघ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहीरो समवेदना प्रकट गर्दछ ।
यस बाढि, पहिरो तथा डुबानले सयौं मानिसको ज्यान लियो, हजारौं घाइते बनायो, धेरै घरपरिवारलाई विस्थापित बनायो भने सयौं मानिसहरू वेपत्ता पारेको अवस्था छ । यस प्रकोपको प्रभाव अहिलेसम्म यथावतै छ । यस्तो संकटको घडीमा मृतकका परिवारलाई राहत उपलब्ध गराउन, घाइतेको उपचार गर्न, वेपत्ताको खोजी गर्न, विस्थापित परिवारको पुर्नस्थापनामा जुट्न अखिल नेपाल किसान महासंघ आवद्ध सम्पूर्ण नेता, कार्यकर्ता तथा सदस्यहरूलाई हामी हार्दिक आव्हान गर्दछौं ।
हामी प्राकृतिक विपत्ति आइरहने क्षेत्रका बासिन्दा भएकाले बाढी, पहिरो, डुवानजस्ता प्रकोपबाट प्रताडित हुँदै आएका छौँ र पछिल्ला वर्षहरूमा जलवायू परिवर्तनका कारण यस्ता समस्याहरू झन्झन् बढिरहेका छन् । यस किसिमका विपत्तिबाट किसानहरूले अझ बढि दुःख, क्षति र सास्ति झेल्नु परिरहेको छ । यसबाट कृषि उत्पादन एवं उत्पादकत्वमा ह्रास आउने हुँदा राष्ट्रिय खाद्य सुरक्षा प्रणाली नै कमजोर बन्न पुग्दछ । यसको सबैभन्दा बढी मार हामी किसानहरूले नै व्यहोर्नु परिरहेको छ ।
यो अविरल वर्षाका कारण किसानले ठूलो पैमानामा आफ्नो उत्पादन खाद्यान्न, फलफूल, तरकारी र पशुवस्तु समेतमा क्षति व्यहोर्नु परेको अवस्था छ । खासगरी पाक्न लागेको धानमा ठूलो क्षति हुन पुगेको अवस्था छ । त्यसैगरी वर्षाको डुवान र कटानले बालीसमेत खेतबारी खण्डहरमा परिणत भएको अवस्था छ । त्यसैले यो वर्षाले कृषि क्षेत्रमा के कति क्षति पु¥याएको छ भन्ने कुरा अविलम्ब तत्थ तथ्याङ्क संकलन गरी क्षति पुगेका पीडित किसानलाई उचित राहत र क्षतिपूर्तिको प्याकेज ल्याउन नेपाल सरकार, प्रदेश सरकारहरू र स्थानीय तहसँग हार्दिक आग्रह गर्दछौं । बाढीका कारण खण्डहरमा परिणत भएको जमीनलाई उकास, निकाश र विकास गरी खेतियोग्य बनाउन आवश्यक उपायसमेत अवम्लम्बन गर्दै आगामी बाली लगाउनका लागि किसानलाई बिऊविजन, मलसमेतका कृषिजन्य वस्तुहरू निःशुल्क उपलब्ध गराउन हार्दिक अनुरोध गर्दछौं । सँगसँगै किसानलाई यस्तो प्रकोपको पीडाबाट बाहिर ल्याएर कृषि कर्मलाई निरन्तर अगाडि बढाउने कुरामा प्रोत्साहित गर्न पीडित कृषकको पुर्नस्थापनासहितको राहत प्याकेज उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।

                                        
                                        
                                        
                                        
प्रतिक्रिया दिनुहोस्