नेपालको अर्थतन्त्र मजबुत बनाउनका लागि कृषि र किसानको उन्नति हुनै पर्दछ । हामिले कृषि पेशालाई सम्मानित तथा आर्कषक बनाउनु नै पर्दछ र मात्र नेपालको गरिबी निवारण, वेरोजगारी समस्याको अन्त्यका साथै वर्षौदेखि चुुलिदै गएको व्यापार घाटाको कमगर्न सकिन्छ ।
अहिले सरकार दुईतिहाईको बहमतको सरकार बनेको छ । सरकारले कृषि क्षेत्रलाई प्रमुख प्राथमिकता राखेर कृषि क्षेत्रको सुधारलाई पहिलो सुधारको रुपमा अगाडि बढाउनु पर्छ । कृषि क्षेत्र हाम्रो प्रमुख अर्थतन्त्र पनि हो । यो क्षेत्रमा लगानी गर्ने र त्यसको वातावरण राज्यले बनाउनु पर्छ । कृषिमा बलियो भयो भने हामीले धेरै सानातिना कुराहरुको समाधान गर्न सक्छ ।
हामीले बाहिरबाट खानाको लागि खाद्यान्न ल्याउन नपेरपनि धेरै वचतखर्च हामीसँगै रहन्छ । कृषि भ नेको मानिसको जीवन जिउने आधार हो । दिगो विकास लक्ष्यका साथै कृषि क्षेत्रको व्यवसायिकरण, यान्त्रिकरण र विविधिकरणमा सरकारले जोडदिनु पर्छ । कृषि क्षेत्रलाई सम्मानजनक बनाई आय एवं रोजगारी सिर्जनागर्दै, गरिबी न्यूनिकरण, व्यापार सन्तुलन, खाद्य पोषण सुरक्षा गर्दै कृषि व्यवसायलाई दिगो र आत्मनिर्भर, कृषि क्षेत्रको विकासमा समग्र कृषक, सम्बन्धित निकाय तथा सरकार लाग्नु जरुरी छ । कृषकहरूलाई स्वरेजगार, व्यवसायिक बनाउँदै, नीति नियम र तालिमको व्यवस्था सम्बन्धित निकायबाट बनाउँदै लानु पदर्छ ।
कृषि उन्नतिका लागि उपयुक्त औजार, उपयुक्त मल, बिउविजन, सिँचाई र प्रविधिको आवश्यकता हुन्छ । भूगोल र जलवायु अनुसार प्रविधिको विकास गरी सबै पूर्वाधारको निर्माण गरिने हो भने कृषि क्षेत्र राष्ट्रको देशको अर्थतन्त्रलाई सहयोग पु¥याउँछ । कृषिबाट राम्रो आयआर्जन बढ्नगई देश विकासको प्रमुख मेरुदण्डनै बन्न सक्छ । त्यसैले कृषि पेशा अहिलेको जस्तो धेरै मिहिनेत गरेर थोरै आम्दानी हुने पेशा भएकाले यो पेशा दुखि बनेको छ । त्यसकारण हामी परम्परागत खेतीमा आश्रित नभई देशको जैविक विविधतालाई ध्यानमा राख्दै कृषि प्रर्वद्धन र विकासमा जोड दिनुपर्छ । देशभित्र र विदेशी बजारको मागलाई समेत ध्यानमा राख्दै सरकारले नीति नियमको व्यवस्था मिलाई कृषिलाई व्यवसायिकरण तिर लानु प्रर्दछ । कृषि क्षेत्र आज रुपान्तरण हुन खोजीरहेको छ । ग्रामिण कृषि क्षेत्रको मुहार उज्यालो हुन सक्छ । र गाउँका युवाशक्ति गाउँमानै आश्रित हुन्छन ।
कृषि नै हाम्रो मूल आधार भएकोले ग्रामीण क्षेत्रको अर्थतन्त्रको बलियो भई वहुसंख्याक नेपाली जनताकोे जीवनस्तर सुधान गर्न सकिन्छ । आज लाखौ नेपाली जनशक्ति वैदेशिक रोजगारमा गईरहेका छन् । हाम्रो जग्गा जमीन एवम् माटो सुकिरहेको छ । यो समस्याको समाधान कहिले हुने हो त्यो कसैलाई थाहा छैन । भूमिलाई अब परम्परागत रुपमा होइन आधुनिक रुपमा खेती गर्ने परम्परा बसाई औधोगिक वस्ती, आवास, वन, उजार्, पर्यटन आदि जस्ता क्षेत्रमा ध्यानदिनु पर्ने बेला आएको ।
भू–उपभोगको आधारमा किसानलाई सहुलियत ऋण सेवा सुविधा उपलब्ध गराई देशको कृषि क्षेत्रलाई बलियो बनाउने काममा सरकार लाग्नु पर्छ । भूमिहिन जनताको लागि भूमिमा पहुँच बढाई कृषि क्षेत्रमा प्रोत्साहन गर्न जरुरी छ ।
खण्डीकरण एवं जग्गा टुक्रा हुने समस्यालाई न्यूनिकरण गदै उत्पादकत्व वृद्धि गर्न वैज्ञानिक भूमि सुधारको आवश्यकता देखिन्छ । किसानलाई मलको उत्पादन देखि कृषि उत्पादन र बाली संरक्षणसम्म तालिम र प्रशिक्षणको व्यवस्था मिलाउनु पर्दछ । विविध कृषि उपज जंगलको जडिबुटीको उचित व्यवस्थापन र व्यवसायिकरण गर्दा देशको निर्यातमा आएको महत्वपूर्ण स्रोतको रुपमा विकसित गर्न सकिन्छ ।
कृषिमा रहेका सम्भावनाहरूलाई मूर्त रुपदिन कृषक वर्गले भोग्नु परेको समस्या खासगरी सडक, विजुली, सिँचाई, मलखाद, प्रविधि सहज उलब्धता र सुपथ व्याजदरमा ऋणको व्यवस्था जस्ता आवश्यकहरु पूरा गर्न जरुरी छ । त्यसकारण राष्ट्रको विकासका लागि कृषिमा लगानी गर्नु जरुरी छ । त्यस्तै गरेर नेपाल सरकारले कृषि क्षेत्रको दीर्घकालिन सोच अनुसार ५० वर्षे कृषि विकास रणनीति बनाई कार्यान्वयनमा ल्याउन जरुरी छ । सही र राम्रो कृषि विकास रणनीतिले मात्र कृषि, कृषक तथा समाज र राष्टूको उन्नति सम्भव छ । त्यसकारण कृषिमा आधारित अर्थतन्त्रलाई दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्न, कृषि उत्पादनलाई विशिष्टिकृत क्षेत्र निर्माण गर्ने, कृषिजन्य उधोगमा रुपान्तरण गरी आधुनिक र व्यवसायिक कृषिमा लम्किने, कृषिमा प्रतिस्प्रधात्मक क्षमता वृद्धि, निर्यातयोग्य कृषि वस्तुहरूको मूल्य अभिवृद्धि रोजगारीको अवसरको सिर्जना का साथै सम्बन्धित सबै सरोकारवाला हरूसँगको समन्वयलाई ध्यानमा राखेर रणनीतिगत कार्ययोजना अगाडी ल्याउनु पर्ने जरुरी देखिन्छ । जुनसुकै राष्ट्रमा पनि सहि तरिकाबाट कृषि क्षेत्रमा सरकार एवं सरोकारवाला निकायबाट लगानी सहयोग पु¥याएको छ त्यस देशको उन्नति र प्रगति माथि उठेको देखिन्छ ।
आज आएर देश विकासमा महत्वपूर्ण योगदान गर्ने कृषि क्षेत्रले अपेक्षित प्रगति गरी रोजगारीका अवसर सिर्जना गर्न नसक्दा लाखौं लाख युवा युवतीहरू वैदेशिक रोजगारीका लागि विदेश जाने गरेको छ । वैदेशिक रोजगारको नाममा अरुको भुमिमा रगत पसिना बगाउन वाध्य भएका छन् । नेपालमा भने । कृषि क्षेत्रमा आवश्यक कृषि मजदुर एवं कृषि प्राविधिकहरूको अभावका सँधै खड्किरहेको छ । जसको कारण कृषि उत्पादन र उत्पादकत्वमा नकारात्मक प्रभाव परेको छ ।
कृषिको विकास भनेको समग्र देशको विकास पनि हो भन्ने ठानेर सरकार सम्बन्धित निकाय एवं कृषक वर्ग अगाडि बढनु पर्ने टड्कारो आवश्यकता छ । राष्ट्रिय अर्थतन्त्रमा कृषिको अहं भूमिका भएकाले देशमा धेरैभन्दा धरै रोजगारीको अवसर सिर्जना गर्ने खालको कृषि क्षेत्रको विकासका योजनाहरु तर्जुमा गरी कार्यन्वयन गर्नु पर्दछ ।
विगतका धेरै सरकारहरु बने । कृषिलाई बलियो बनाउनु पर्छ भनेर धेरै पटक सुझावहरु दिए । पहिलो प्राथमिकताको सूचीमा कृषिमा राख्नु पर्छ भनेर भन्दै आए तर उनीहरुले कृषिलाई त्यति महत्व दिएन ।
महत्व दिएर काम गरेको भए आज कृषिमा यो अवस्था आउने थिएन । युवाहरुलाई प्रतिद्धन्द्धीको रुपमो देखे र सकेसम्म सबैलाई विदेश पठाउनु पर्छ भन्ने सोच बनाए । यो सोँच आज हानीकारक बन्दै गएको छ । राष्ट्रको हित विपरित भएको छ ।

प्रतिक्रिया दिनुहोस्