२०८३ कार्तिक १४

जावलाखेल, खेलमैदानमा ‘१९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी’ सुरु

धनबहादुर मगर
ललितपुर कार्तिक १२, फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)द्वारा आयोजित ‘‘१९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी–२०८३’’ हिजोदेखि सुरु भएको छ । तिहार तथा छठ पर्वलाई समेत लक्षित गरी फ्यानले प्रदर्शनीको आयोजना गरेको हो । ‘‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’’ भन्ने नाराको साथ सुरु भएको प्रदर्शनी कार्तिक १८ गतेसम्म (पाँच दिन) जावलाखेलको खेल मैदानमा सञ्चालन हुने छ । नेपालीहरूको महान चाड तिहार पर्व नजिकिदै गर्दा घर आँगन बगैँचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन, गोदावरी फूलको व्यवसायीक प्रवद्र्धन गर्न, समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पुरÞ्याउनका लागि प्रदर्शनी गर्दै आएको छ ।
नेपालको एक मात्र बृहत गोदावरी गोदावरी फूल प्रदर्शनीमा व्यवसायिक स्टल ७८ वटा, प्लान्ट क्लिनिक स्टल १ वटा, अफिसियल स्टल ४ वटा, प्रतियोगितात्मक स्टल २ वटा र फोटो सेल्फी स्टल १ वटा गरी जम्मा ८६ वटा प्रदर्शनी कक्षहरु रहेका छन् । आयोजकका अनुसार यस मेलामा नेपालमा व्यवसायीक रुपमा उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरुवाहरुको साथै यस वर्ष भित्रिएका नयाँ गोदावरी फूलको केहि प्रजातीका फूल बिरुवाहरुको सहित ४ सय ५० भन्दा बढी प्रकारको फूल बिरुवाहरु यस प्रदर्शनीमा प्रदर्शीत तथा बिक्री ÷ वितरणको लागि राखिएको छ । उक्त प्रदर्शनीमा ३९ हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै १ करोड ३० लाख भन्दा बढीको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।


प्रदर्शनीको उद्घाटन समारोहमा कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय (बागमती प्रदेश)का माननीय मन्त्री रमा आले मगरले स्वदेशी फूलको उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा जोड दिनु पर्ने बताएकी छन् । ‘‘हामी सबैलाई थाहा नै छ, फूल जीवन सजावट र देखाउने वस्तु मात्र नभएर हाम्रो धर्म, संस्कृति, चाडपर्व र दैनिक जीवनकै एउटा अभिन्न अङ्ग बनिसकेको छ । जन्मदेखि मृत्यु संस्कारसम्म, विवाह वा पूजाआजा, स्वागत होस् वा श्रद्धाञ्जली, हाम्रो जीवनको हरेक कार्यहरूमा फूलविना पूर्ण हुन सक्दैनन्’’ आले मगरले भनिन् । आले मगरले ६० हजारभन्दा बढी नेपाली नागरिकहरु पुष्प व्यवसायमा संलग्न रही देशको अर्थतन्त्रमा योगदान दिएको बताउनु भयो । विशेषगरी महिला र युवाहरू यस व्यवसायमा संलग्न हुनु उत्साहजनक रहेको मगरले बताइन्, तर वार्षिक करिब २६ करोड रुपैयाँभन्दा बढीको फूल तथा पुष्पजन्य वस्तु आयात भइरहेको तथ्यले नेपाल अझै पनि पुष्प बीउ, कट फ्लावर र आलंकारिक बोटबिरुवामा निर्भर हुन नसकेको आले मगरको भनाइ छ । ‘‘चाडपर्व विशेषमा व्यवसाय बढ्ने र त्यसको मागलाई हाम्रै स्वदेशी उत्पादनले धान्न सक्ने अवस्था बनाउनु आजको आवश्यकता हो । सयपत्री, गुलाब, कार्नेसन, सुनाखरी र लिली जस्ता बजारमा राम्रो सम्भावना भएका फूलहरूको व्यावसायिक विस्तारमा सरकार र व्यवसायी दुबै मिलेर लाग्नुपर्छ,’ आले मगरले भनिन् । मन्त्री आले मगरले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने सरकारी नीतिलाई पुष्प तथा पुष्पजन्य वस्तुमा पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्नु पर्ने बताइन् ।

‘‘सरकारको ‘‘बाई नेपाली फस्र्ट’’ अर्थात् पहिलो प्राथमिकता नेपाली उत्पादनलाई दिने नीतिलाई पुष्प तथा पुष्पजन्य वस्तुमा पनि प्रतिस्पर्धाका साथ लागु गर्नुपर्छ र यसका लागि बागमती प्रदेश सरकारले आवश्यक पहल गर्ने छ । मगरले यहाँहरूलाई आश्वस्त पार्न चाहन्छु । नेपाली फूल नै प्रयोग गरौं, हाम्रै स्वदेशी उत्पादनलाई माया गरौँ भन्ने भावना हरेक घर, कार्यालय, होटेल र रेस्टुरेन्टसम्म पुग्नु पर्दछ,’’ आले मगरले पुष्प व्यवसायलाई आधुनिक, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन संरक्षित खेती, ग्रीनहाउस, थोपा सिँचाइ तथा गुणस्तरीय बिरुवा उत्पादनसम्बन्धी ज्ञान र प्रविधिको विस्तारमा जोड दिनुपर्ने बताइन् ।
त्यस्तै, पुष्प व्यवसायको दिगोपनका लागि उत्पादनसँगै बजारको सुनिश्चितता आवश्यक रहेको आले मगरले बताइन् । उत्पादक, व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध विकास गर्न, आधुनिक पुष्प बजार निर्माण गर्न तथा डिजिटल मार्केटिङ र अनलाइन बिक्रीलाई प्रोत्साहन गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनु पर्ने जोड दिएको छ ।
त्यसरी नै बागमती प्रदेशका पूर्व कृषि, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेलले यही आवमा व्यवसायीहरुका लागि व्याज अनुदानको व्यवस्था गरेको उल्लेख गर्दै उक्त ऋण अनुदानको व्याज लिन आग्रह गर्नु भएको छ । ‘‘व्याज अनुदानको व्यवस्था गरेका छौं, पुष्प व्यवसायिहरुले लिन सकिन्छ ।’’ पौडेलले भन्नु भयो । साथै १० लाखसम्म ऋण लिनेलाई प्रदेश सरकारले सबै व्याज तिरीदिने छ । नगर केन्द्रीत वेरोजगार घटाउन शहरी व्यवसाय गर्न प्रतिस्पर्धात्मक छ । पुष्प व्यवसाय व्यवसाय मात्र होइन, सिर्जनाको कुरा पनि छ । कला प्रस्तुती कति गर्न सक्छ, त्यसमा पनि भर पर्दछ पूर्वमन्त्री पौडेलले भन्नु भयो ।
अर्का उद्यमी दिलसुन्दर श्रेष्ठले पुष्प व्यवसाय देशकै ६० प्रतिशत भन्दा बढी पुष्प व्यवसाय बागमती प्रदेशमै रहेको बताउँदै पुष्प व्यवसायको सम्भावना बढ्दै गर्दा सरकार र सम्बन्धित सरोकारवाला निकायको सहयोगको खाँचो पनि आवश्यक रहेको बताउनु भयो । बढ्दै गएको नर्सरी तथा पुष्प व्यवसायबाट रोजगार र अर्थोउपार्जनमा सहयोग पुग्ने पनि बताउनु भयो ।
कृषि विभागका उपमहानिर्देशक टिकाराम शर्माले पुष्प व्यवसायलाई आगामी दिनमा प्रभावकारी बनाउन व्यवसायहरुसँग छलफल गरेर कार्ययोजनाहरु बनाउने बताउनु भयो ।
राष्ट्रिय फलफूल तथा बागवानी विकास केन्द्रका प्रमुख विनोदकुमार भट्टराईले सरकारको लक्ष्य आयतलाई घटाउने हो । सके निर्यात पनि गरौं भन्ने हो । सबै कुरा यही नै उत्पादन गर्न सक्दैन होला । यो व्यवसाय कठीन व्यवसाय हो । पेरिसेवल व्यवसाय हो ।
गाह्रो व्यवसायलाई सुन्दर तरिकाले गरेको छ । उत्पादन योजना पनि गर्न सक्दैन । चाडपर्वमा बढी खपत हुन्छ । प्रोडक्सन प्लान गर्न कठीन छ । फूललाई सरकारले टिओआरमा राखेको छ । भट्टराईले भन्नु भयो ।
पुष्प विकास केन्द्र गोदावरीका प्रमुख रविन्द्र थापाले पुष्प आयत गर्ने क्रममा शत्रुजीव भित्रीरहेको छ कि भन्ने सचेतनाको आवश्यकता रहेको बताउँदैन । न्यून जनशक्तिको कारण केही ढिलासुस्ती भएको हो । जोखिम विश्लेषण गर्ने व्यवसायीको काम होइन ।
राष्ट्रिय प्लान्ट क्वारेन्टाईन केन्द्रका प्रमुख महेशचन्द्र आचार्यले नर्सरी व्यवसायीहरुको योगदान आर्थिक उपार्जन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान रहेको बताउँदै सम्भवत केन्द्रको पुनसंरचनाको साथै थप जनशक्ति परिचालन गरेर शत्रु जीव विश्लेषण गर्ने दिन नआओस भन्नका लागि केन्द्र लागि परेको बताउनु भयो । अब जोखिम विश्लेषण यहाँहरुले मोल्नु पर्दैन । फिनिस प्रोडक्ट ल्याउन आवश्यक पर्दैन । स्रोत बीउ मदर स्टक भने ल्याउनु पर्ने हुन्छ । साथै फ्लोरिकल्चर व्यवसाय विश्वभर बढ्दै गरेको अवस्था छ । राष्ट्रिय प्लान्ट क्वारेन्टाईन केन्द्र सहजीकरण गर्न तयार छ ।
प्रदर्शनी कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट हुने व्यवसायीहरु थापा नर्सरी बल्खु, सम्झना नर्सरी सितापाइला, स्कारलेट नर्सरी गोदावरी, माई नर्सरी कलंकी, फ्लावर्स जोन महाराजगंज, लगायतलाई नगद पुरस्कार सहित प्रमाण पत्र प्रमुख तथा कृषि, वन तथा वातावरण मन्त्री रमा आले मगरले प्रदान गरेका थिए ।
कार्यक्रमको सभाध्यक्ष फ्लोरिकल्चरका अध्यक्ष राजेशभक्त श्रेष्ठ सञ्चालन महासविच हिरामणी शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain