समाचार

कृषि विकासका लागि भुषालको ५ सुुत्र,

‘‘सुरक्षित कृषि, सुनिश्चित बचत’’

काठमाडौं चैत्र ५ नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आफू कृषि मन्त्री भएपछि औपचारिक रुपमा नीति तथा कार्यक्रम सहित पहिलो पटक ‘‘सुरक्षित कृषि, सुनिश्चित बचत’’ को कार्यक्रम घोषणा गर्नु भएको छ । मन्त्री भुषालले ६० वर्षको कृषि क्रान्तिको इतिहासमा आयत् प्रतिस्थापन गर्नमै समय खर्चेकोमा ६० वर्षको लगानी उपलब्धीमूलक नभएको निष्कर्ष निकालेको बताउनु भएकोछ ।
६० वर्षमा पनि किसान र कृषिले प्रतिफल नपाएको स्वीकार गर्दै अबको कृषि नीतिमा सरकारले कृषि व्यवसायीलाई निराश नबनाउने खालको नीति लिएको बताएका छन् ।
मन्त्री भुषालले सार्वजनिक गर्नु भएको पाँच नीतिमा उत्पादन सामग्रीमा अनुदान ः भनिएको छ, हामीले दिदै आएको व्यक्तिगत प्रतिस्पर्धात्मक अनुदानको सट्टामा सबैले पाउने गरी बीउ, नश्ल, मल, सिँचाई, विजुली जस्ता उत्पादनका मुख्य सामाग्रीहरुमा अनुदान केन्द्रित गरिएको छ । तिनलाई सर्वसुलभ बनाइने छ ।
सबै किसानको घरदैलोमा प्रविधि सेवा–टेवा ः हरेक किसानको प्राविधिक सेवा पाउने कुराको ग्यारेन्टी गरिनेछ । स्थानीय तहमा आठ हजार कृषि तथा पशुसेवा तर्फको प्राविधिक जनशक्तिको दरवन्दी रहेको स्थानीय तहसँग समन्वय गरी रिक्त रहेको ६ हजार दरवन्दीमा अविलम्व पदपूर्ति गरिने छ ।

सस्तो र सुलभ ऋण ः सस्तो व्याजदरका ऋणमा वास्तविक किसानको पहँुच ग्यारेन्टी नभएको अवस्थालाई अन्त्य गरिने छ । हरेक किसानलाई ५ प्रतिशत नबढ्ने गरी सस्तो व्याजमा सुलभ ऋणको प्रत्याभूति गरिने छ ।

बाली तथा पशुपन्छी बिमा ः कृषि तथा पशुपन्छी बिमा कार्यक्रमलाई सहज र सस्तोमा किसानको पहँुचमा पु¥याउने ग्यारेन्टी गरिने छ । प्राकृतिक प्रकोप र अन्य भवितव्यबाट कृषि बाली–वस्तुको हानी नोक्सानीबाट किसानलाई सुरक्षित गरिने छ ।

न्यूनतम् बचतको ग्यारेन्टी ः किसानले उत्पादन गर्ने मुख्य बाली–वस्तुको उत्पादन लागतको मूल्याङ्कन गरेर उचित वचतको ग्यारेन्टी हुनेगरी न्यूनतम् समर्थन मूल्य ताकिने छ ।
किसानले आफ्नो उत्पादन सरकारले तोकेभन्दा बढी मूल्यमा बजारमा बेच्न सक्नेछन् तर बजारमा न्यूनतम् मूल्य पनि नपाएमा खरिद गर्ने व्यवस्था सरकारले गर्ने छ । भनि महत्वकांक्षी कार्यक्रम सार्वजनिक गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close