समाचार

खाद्य तथा गुण नियन्त्रण विभागको अष्ट मासिक समीक्षा

धनबहादुर मगर
काठमाडौं चैत्र १२ खाद्य तथा गुण नियन्त्रण विभागले आव २०७७÷०७८ को दोस्रो चौमासिक एवं अष्ट मासिक प्रगति समीक्षा तथा आव २०७८÷०७९ को योजना तर्जुमा कायक्रम बबरमहल स्थिति विभागको कार्यालयमा सञ्चारकर्र्मी बीच सार्वजनिक गरेको छ ।
कोभिडको बेलामा पनि ३÷४ वटा टोली विभिन्न उद्योगहरुमा पुगेर अनुगमन गरेको बताइएको छ । उक्त समयमा गरेको अनुगमनले खाद्यको निर्देशिका अनुसार धेरै हदसम्म राम्रो पाइएको बताइएको छ ।
जारको प्रशोधन गर्ने तीनप्रकारको विधि भएकाले क्रिटीकल पार्ट र समस्या रहेपनि अटोमेटिक प्लान्ट प्रयोग भएको देखियो । एलपी ग्याँसको सिलिण्डर प्रयोग गरिएको थियो । प्लान्टहरु पनि अर्कैले चोरी गरेर लाने गर्दा रहेछ । र पालै पालो उद्योगमा प्रयोग दिएको प्लान्टमा अनियमिता पाइयो । अनुगमनका क्रममा आएको मुद्धाहरु खाद्य ऐन अनुसार जिल्ला अदालतमा पठाइएको तर ती मुद्धाहरु कानूनी प्रक्रिया पूरा नुहँदा ढिलाई भएको बताए ।
फौजदारी मुद्धामा पहिला थुन्ने भन्ने भएपनि खाद्यको प्रक्रिया अनुसार मिल्दैन । फरक प्रक्रिया भएकाले फौजदारी ढाँचामा जानु नमिल्ने रहेछ । खाद्य ऐन अनुसार ड्राफ्ट गरेको ऐन अपर हाउस नचल्दा पारित हुन सकेन ।
कार्यक्रममा सञ्चारकर्मीहरु मिडिया प्लसका सञ्जयप्रसाद पौडेलले च्यावन प्रास लगायत झण्डुका उत्पादन, कान्तिपुर टेलिभिजनका सुमन पन्तले गेडा गुडी लगायत खाद्य वस्तु, खानेपानीमा सुधार गर्न नसकेको विषय उठाउनु भयो ।
सञ्चारकर्मी जनार्दन न्यौपानेले तरकारीमा विश्वासनीयता नभएको, बसमा यात्रा गर्दा गुणस्तर हीन खानेकुरामा कति प्रतिशत शुद्धताता छ ? अनुगमनको संख्यामा वाणिज्य अगाडि देखिन्छ । मान्छेले गल्ती गर्दा भ्यान समेत बन्द छ । लेवोरेटरी भ्यान चल्छ कि चल्दैन ? गल्ती गर्छ मान्छेले भ्यान थन्किरहेको छ । नयाँ पत्रिकाका सञ्चारकर्मी अजित अधिकारीले २ वर्ष अघि नाका, नाकामा खाद्यले अनुगमन गथ्र्यो । हामीले चासो नदिएको हो ।
राजधानी दैनिकका पत्रकार कौशिला कुँवरले होटल कार्यक्रममा मोडालिटी फरक देखियो । दूध, घ्यूमा समस्या देखियो । अनिल घिमिरेले जनकपुरमा एक पटक अनुगमन गरेपछि अनुगमन गर्नेहरु कानमा तेल हालेर बस्छन् । शहरको मात्र स्वास्थ्य अनुुज्ञापत्र नलिएका हरुलाई किन कारवाही भएन ।
खाद्य तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले अमलाको वस्तु आयुर्वेदिक हो । आँपको खाद्यको हो । जुन आयुर्वेदिक भनेर आएको छ । फापरको मह डाइवेटिज पेसेन्टले खान हुँदेन । ती उत्पादनहरु टेबुल सुगर नभई फ्रुट सुगर हो, समीक्षा गरौं । दूधमा ईकोलाइजर समस्या आयो । दूधमा प्रविधि त्रुटीको कारण सानो कनिका देखाप¥यो । ईकोलाइजर समस्या हो पूरानो ढाँचाको पाइपलाई रिप्लेस गरेर प्रोसेसिङ्गमा जाँदा त्यस प्रकारको समस्य देखा परेको हो । यस्ता विषयहरुमा ३० दिनको राय दिन सरकारको ३० दिने हदम्याद भएकाले ढिलाई भएको हो ।
सरकारी वकिलको कार्यले फौजदारी ऐन अनुसार भएन भनेर फकाईयो । पब्लिकमा जनचेतना बढेको छ । गेडागुडीको कुरा पहिलो नेपाल सरकारले मगाउने हो । त्यो चाहीँ बाहिरबाट आएको थियो । परिणाममा वाणिज्य विभागले ल्याउने हो ।
म आउँदा वजेट पनि सकेको थियो । अल्टरनेटिभ मेथोड ल्यायो । तरकारीमा ३० वटा पेस्टिसाइड छ भने त्यो हेर्ने केन्दै हो । यही इक्वीपमेन्टलाई २ जनाले कसरी सञ्चालन गर्ने ।
दरवन्दी खाली छ । लोकसेवाले पदपूर्ति गर्ने हो । अहिलेसम्म कोही पनि आएको छैन । जनकपुर, भैरहवा, पोखरामा भौतिक संरचना भएपनि, जनशक्ति नहुँदा कसरी काम चलाउने भनेर लागिरहेको छ । यही आवसम्म यसरी नै अगाडि बढ्छ होला । १२ स्थानमा स्क्रिनिङ्ग गरेर यही सालबाट हेर्छौं ।
पब्लिकमा जनचेतना बढेको छ । उपभोग गर्ने वस्तुको गुणस्तर पनि बढेको छ । प्राविधिक कुरामा ७५३ वटै पालिकामा ऐन संशोधन गरेर भएपनि खुल्ला दूधलाई ५ प्रतिशतमा घटाउँने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close