कृषि विशेषसमाचार

भूमिको समस्या विकराल बन्दै गएकोमा चिन्ता

धनबहादुर मगर
काठमाडौं असोज ११ गते राष्ट्रिय किसान सञ्जाल, अन्तर्राष्ट्रिय कृषि विकास कोष (आइफाड) र लाभिया क्याम्पासिनाको संयुक्त आयोजनामा एशिया प्रसान्त कार्यक्रम “भूमिसुधार तथा चक्लावन्दी सम्बन्धी’’ दुईदिने राष्ट्रिय अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
१० र ११ गते दुईदिनसम्म चलेको दोस्रोदिने अन्तरक्रियात्मक कार्यक्रमका अध्यक्ष संविधान सभा सदस्य, राष्ट्रिय किसान आयोगका पूर्व अध्यक्ष अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष चित्रबहादुर श्रेष्ठले कार्यक्रम समग्रमा प्रेरणादायी भएको बताए । श्रेष्ठले विज्ञहरुको सहभागी र सरोकारवालाहरु बीचका भएको छलफल र अन्तरक्रियात्मक कार्यक्रमले नीति निर्माण गर्न सञ्जाललाई सहयोग पुग्ने विचार व्यक्त गर्नु भएको छ ।
संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधी यूएन हाविटेट नेपाल प्रमुख, पूर्व नापी विभाग महानिर्देशक राजाराम छत्कुलीले जग्गाको एकीकरण अवधारणा र विधि सम्बन्धी कार्यपत्र प्रस्तुत गरे । भूमिको समस्या विकराल बन्दै गएको संकेत गर्दै सरकार गम्भीर भएन भने भूमिको दुरुपयोग बढ्दै जाने प्रति सचेत गराएको छ ।
छतकुलीले कार्यपत्र प्रस्तुत गर्दै नेपालको समग्र भूमिको समस्या, भूमिका प्रकार, भूमिको चक्लावन्दी, भूमि वितरण प्रणाली, भूमिको प्रयोग विधि आदि बारेमा सुक्ष्म रुपमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
पर्माकल्चर समूहका अध्यक्ष तथा कृषि विज्ञ प्रेमबहादुर थापाले प्राङ्गारिक खेती प्रणालीमा जोड दिनुपर्ने बताए । थापाले जिएमओ प्रविधिलाई नेपालमा कानूनी रुपमा निषेध गरेपनि जवजस्र्ती नेपालका रैथाने कृषि बालीमाथि हस्तक्षेप गर्दै आएको बताए । नेपालको बीउ सम्बन्धी अनुवंशिक स्रोत बालीका बीउहरु माथि जिएमओ प्रविधि प्रयोग गरी प्याटेन्ट राइट लिन आएको बताउँदै विश्वमा आफ्नो बजार सुनिश्चित गर्ने लागि परेका करपोरेटहरु प्रति सावधान हुनु पर्ने बताए ।
प्राङ्गारिक खेती प्रणालीको माध्यमबाट परम्परागत खेती प्रणालीको परम्परागत ज्ञान, प्रविधिको समायोेजन गर्दै कृषि अगाडि बढाउनु पर्ने कुरामा जोड दिए ।
साथै थापाले अर्को कार्यपत्रमा नेपाल सरकार कृषि विकास मन्त्रालयले २०७६ सालमा प्राङ्गारिक कृषि प्रवद्र्धन सम्बन्धी उच्चस्तरीय कार्यदल बनाए पनि सरकारले कार्यन्वयन गर्ने पक्षमा वेवास्ता गर्दै आएको बताए । कर्णाली प्रदेशले प्राङ्गारिक प्रदेश बनाउने घोषणा गरिसकेको सन्दर्भमा नेपालमा १० वर्ष भित्र प्राङ्गारिक कृषि प्रवद्र्धन गर्न पर्ने बताए ।
अखिल नेपाल जडिवुटी संघका अध्यक्ष ईस्वरी पाण्डेले ७५३ वटै पालिकामा पुग्नेगरी प्राङ्गरिक कृषि अगाडि बढाउनु पर्ने बताए । विगतमा बनाएको कार्यदलले पेश गरेको कार्यपत्रहरु वेवारिसे अवस्थामा पुगेको बताउँदै सम्बन्धित निकायलाई घच्घच्याउनु पर्ने बताए ।
अर्का किसान नेता डिवी कार्कीले नेपालमा तत्काल प्राङगारिक कृषि र प्राङ्गारिक मलको प्रवद्र्धनमा जोडदिनुको सट्टा भारतबाट रासायनिक मल ल्याउन लागेको बताए । अब नेपालमा नै प्राङ्गारिक मल कारखाना स्थापना गर्न जोड दिए ।
कृषि उद्यमी उदीप गजुरेलले सिन्धुली कमलामाई नगरपालिका अन्तर्गत भएको चक्लावन्दी कार्यक्रमले किसानहरुलाई विभिन्न कोणबाट वेफाइदा भन्दा, फाइदा बढी भएको बताए । गजुरेलले प्रारम्भिक चरणको चक्लावन्दी कार्यक्रम भएकाले शुरुमा प्राविधिक कठिनाईहरु बेहोर्नु परेको बताउँदै भविष्यमा आफूहरुले पाएको अनुभवबाट फाइदा लिन सकिने बताए ।
कार्यक्रमको प्रारम्भमै अरु बेलाको भन्दा चक्लावन्दीमा गएपछि ४० प्रतिशत खर्च कम भएको बताउँदै कार्यक्रम फलदायी हुने कुरामा विश्वास्त भएको बताए ।
राष्ट्रिय किसान सञ्जालका संयोजक, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख, नेपाल सरकार भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले जिएमओ करपोरेट हाउसहरुको नियोजित खेल भएको बताए । खड्काले जिएमओ प्रविधि नेपालको लागि मात्र नभई विश्वकै लागि खतरा रहेको बताउँदै एउटा बालीको अनुवंशिक निकालेर अर्को बालीमा प्रयोग गरी आफ्नो बनाउने खेल भएको बताए ।
साथै खड्काले राष्ट्र संघीय कृषि संगठनका कृषि कार्यक्रम प्रमुख डा.कृष्णप्रसाद पन्तले अघिल्लो दिनको प्रस्तुत कार्यपत्रमा भूमि बैंक सम्बन्धी प्रस्तुत विचार बाहेक अरु विषय सुक्ष्म, गहन, र सञ्जालको उद्देश्यसँग मिल्ने रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय सिचाई जल उपभोक्ता महासंघका महासचिव शम्भु दलाल, किसान नेता अष्ट मानन्धर, लाभिया क्याम्पासिनाका युवा नेता प्रमेश पोखरेल लगायतले भूमिको चक्लावन्दी सरकारको नीति, संघसंगठनहरुले खेल्नु पर्ने भूमिकाको बारेमा आफ्नो विचारहरु प्रस्तुत गरेको थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close