२०८१ माघ २

भुइँ ऐसेलु खेती सम्बन्धी

परिचय ः
भुइँऐसेलुलाई अङ्ग्रेजीमा Strawberry भनिन्छ भने वानस्पतिक नाम Fragaria ananasa हो । यो rosacea परिवारमा पर्छ । नेपालमा यसको खेती केही वर्ष अगाडि देखि गर्दै आएको छ । यो खेतीलाई पकेटको रुपमा विकास गर्न सकेको खण्डमा बढी उत्पादन भै छिमेकी मित्र राष्ट्रहरुमा जाम बनाई निर्यात गर्न सकेमा केही व्यक्तिहरुलाई रोजगार पाई खेती गर्ने कृषकहरुले बढी प्रोत्साहन पाई काम गर्ने हौसला बढ्ने र जग्गाहरु हराभर भई वातावरण राम्रो देखिन्छ । यसको खेतीका लागि पहाडी इलाका उपयुक्त हुन्छ । काठमाडौं उपत्यकामा पनि यसको खेती गर्न सकिन्छ । यो फल स्वादिष्ट हुन्छ । फल गोला र अण्डा आकारको पाकेको रातो रङको हुन्छ । स्ट्रवेरी भिटामिनयुक्त, दाना तथा बोक्रा समेत नहुने फल हो । यसको खेती प्लाष्टिक टनेल (सेड) हाउस बनाई गर्न सकिन्छ । यो फलमा केही चिल्लो पदार्थ, प्रोटिन, प्रशस्त भिटामिन र खनिज पदार्थ पाइन्छ ।
माटो ः
यसको खेतीगर्न दोमट बलौटे, ढुङ्गा नभएको माटो भएमा राम्रो हुन्छ । भिरोलो जग्गा पानी नजमेको हुनु पर्छ । माटोको अम्लीयपन पिएच ४–७ सम्म उपयुक्त हुन्छ ।
पानीको निकास ः
जुनसुकै खेती गर्दा पनि पानीको निकास गर्न अति जरुरी हुन्छ । जसले गर्दा उत्पादन ह्रास नआओस् भन्नका लागि जग्गाको चारै तर्फ २५–३० सेमी गहिराई, चौडाई बनाई कुलेसो बनाउनु पर्छ । जसले गर्दा पानीको नोक्सानी हुनबाट बचावट हुने, परेको पानी बगेर जान सजिलो हुन्छ र पानी जमेर जरा कुहिएर जाने समेत नियन्त्रण हुन्छ ।
जग्गाको तयारी ः
एँसेलु खेती गर्नको लागि जग्गालाई २÷३ पटक खनजोत गरी पाकेको कम्पोष्ट मल प्रति रोपनी ४०–५० डोको र डिएपी मल ५ केजी सबै माटोमा छरी जग्गा तयार गरिराख्ने व्यवस्था गर्नु पर्छ जसले गर्दा माटो–मल राम्रो सित पाकेको हुन्छ । पुनः एकपटक माटोलाई चलाई ड्याङ बनाउनु उपय्क्त हुन्छ । ड्याङको पुनः एक पटक माटोलाई चलाई ड्याङ बनाउनु उपयु्क्त हन्छ । ड्याङ्को उचाई २०–२२ सेमी, चौडाई ६० सेमी र लम्वाई जग्गा अनुसार बनाउनु पर्छ ।
स्ट्रवेरी रोप्न तयार भएको ड्याङमा छड्के तरिका वा सोझो तरिकाबाट १ बोटबाट अर्को बोट ३० सेमी, एक रोबाट अर्को रो ३० सेमी फरक गरी १ ड्याङमा २ लाइन डोरी तन्काई लाइन मिलाई बोट रोप्नु पर्छ यसरी रोपेको स्ट्रवेरीमा नसरेसम्म दिनको २ पटक झारीबाट पानी दिनु पर्छ । बोट सरे पछि चिस्यान हेरी सिँचाई गर्नु पर्छ । स्ट्रवेरीका जात धेरै छन् जस्तै १. Robinson २. Gen ३. जापानी nyahno जात नेपालमा राम्रो भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain