कृषि विशेषसमाचार

विश्व खाद्य दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

खाद्यका लागि कृषि अभियानको आयोजना, खाद्य दिवस मूल समारोह समिति नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय, जिल्ला प्राङ्गारिक संघ चितवन, चितवन कचेहेरी, वेटर चितवन, कृषि तथा वन विज्ञान विश्वविद्यालय आवद्ध संघ–संस्थाहरु र रामपुर क्याम्पस खैरेहेनी आवद्ध संघ–संस्थाहरुको सहकार्यमा मिति २०८० असोज १९, २० र २१ गते विश्व खाद्य दिवस चितवनमा मनाइएको छ ।
खाद्य दिवसको अवसरमा पत्रकारहरुसँग खाद्य सुरक्षा र खाद्य दिवसको सन्दर्भमा हुने कार्यक्रमको जानकारी दिने उद्देश्यले मिति २०८० असोज १९ गते पत्रकार सम्मेलन सम्पन्न भयो । जिल्ला पत्रकार महासंघ चितवनको सभाहलमा सम्पन्न भएको पत्रकार सम्मेलनमा राष्ट्रिय पत्रपत्रिका, टेलिभिजन, एफएम, अनलाइनमा पत्रकारिता गरिरहनु भएका पत्रकारहरुको उपस्थिति उल्लेखनिय थियो ।
सामाजिक जनचेतना जगाउने उद्देश्यले असोज २० गते विभिन्न किसान समूह, विद्यार्थी र अभियन्ताको उपस्थिति सहित प्रभातफेरि सम्पन्न भयो । विहान ७ बजे नारायणगढबाट शुरु भएको प्रभातफेरी चौविसकोठिमा गएर समापन भएको थियो । प्रभातफेरीमा विचौलिया हिड्छ कारमा किसान सँधै मारमा, जमीन कसलाई खेती गर्ने किसानलाई, रैथाने शिप रैथाने बिउ स्वस्थ खाना फुर्तिलो जिउ जस्ता पर्यावरण संरक्षण, किसान अधिकारका सन्देश बोकेका प्लेकार्डहरुको प्रदर्शन गरिएका थिए । बिहान ९ बजे प्रभातफेरीलाई चौविसकोठीमा खाद्य दिवसको शुभकामना सहित समापन गरिएको थियो ।
खाद्यका लागि कृषि अभियानको सहकार्य मा शिल्पी थिएटरले निर्माण गरेको नाटक सट्टा–पट्टा पनि असोज २० गते बेलुकी ४ बजे कृषि तथा वन विज्ञान विश्वविद्यालयको सभाहलमा प्रदर्शन गरिएको थियो । पर्यावरण, माटोे र मानव स्वास्थ्यका समकालीन संकट बोकेको नाटक प्रदर्शन गरि नाटकको विषयमा सहभागीसँग छलफल गरिएको थियो ।
मिति २०८० असोज २१ गते कृषि तथा वन विज्ञान विश्वविद्यालयमा खानाका लागि खेतीपातीको वहस कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम चार शत्रमा सम्पन्न भएको थियो । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा.पुण्य प्रसाद रेग्मी, रजिष्टार डा.शारदा थपलिया, कृषि विभागका महानिर्देशक डा.हरिवहादुर केसीको आतिथ्यता रहेको पहिलो सत्रको अध्यक्षता खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले गर्नु भएको थियो ।
पहिलो शत्रमा अभियानको तर्फबाट सिर्जना पौडेलले खेतीपातीको वासलात प्रस्तुत गर्नु भएको थियो भने खाद्यका लागि कृषि अभियानका अभियान्ता डा.कृष्ण प्रसाद पौडेलले खाना र खेतीपातीको भविष्यको बारेमा प्रस्तुती राख्नु भएको थियो । पहिलो सत्रको सहजीकरण अभियानको तर्फवाट शारदा थापाले गर्नु भएको थियो ।
प्राकृतिक स्रोत र वन विज्ञ डा. नयाँ शर्मा पौडेलले सहजीकरण गरेको दोस्रो शत्रमा वातावरणविद् डा.उत्तमबाबु श्रेष्ठले खाद्य प्रणालीमा जलवायु परिवर्तनको जोखिम माथि प्रस्तुती राख्नु भएको थियो भने डा.खेम प्रसाद शर्मा, सागर कार्की र महेश वडालले विचार प्रस्तुत गर्नु भएको थियो । अभियन्ता तथा लेखक सोमत घिमिरेले सहजीकरण गर्नु भएको खेतीपातीका असल अभ्यास विषयक दोस्रो सत्रमा पर्यावरणमैत्री कृषक चन्द्रप्रसाद अधिकारी, रिता वास्ताकोटी, माधव ढुङ्गेल, मिना गुरुङले अनुभव तथा विचार प्रस्तुत गर्नु भएको थियो । डा.सुजता तामाङले सहजीकरण गर्नुभएको माटो र मानव स्वास्थ्य विषयक चौथो शत्रमा डा.जिवन क्षेत्रीले प्रस्तुती राख्नु भएको थियो भने नागरिक अभियन्ता नारायण वाग्ले, उप–प्राध्यापक अनन्त सुवेदी, डा.रामकृष्ण श्रेष्ठले विचार प्रस्तुत गर्नुभएको थियो । खानाका लागि खेतीपातीको वहश बेलुकी रैथाने थारु खाना खाएसँगै टुङ्गिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close