समाचार

विकल्पका रूपमा अर्गानिक कृषि उत्पादन उपयुक्त छ

केशवलाल श्रेष्ठ अध्यक्ष अर्गानिक नेपाल सहकारी संस्था लि

धनबहादुर मगर
काठमाडौं पुस ३० कृषि अनुदान कर्जामा साना कृषकहरुको पहुँच वृद्धि गर्नको लागि विगत १५ वर्षदेखी सञ्चालनमा आईरहेको अर्गानिक नेपाल सहकारी संस्था लि.ले विभिन्न वाणिज्य बैंकहरुसँग समन्वय गरी किसानलाई सहुलियतपूर्ण कर्जाको सहज पहुँच बनाइरहेको छ । संस्थाको १४ औं वार्षिक साधारणसभामा बोल्दै संस्थाका अध्यक्ष केशवलाल श्रेष्ठले युवाहरुलाई रोजगारसँग जोड्दै लगिरहेको बताउनुभयो, संस्थाले राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, ग्लोवल आईएमई बैंक, सनराइज बैंक, राष्ट्रिय सहकारी बैंक लगायतका वित्तिय संस्थासँग सहकार्य गरेर सहुलियतपूर्ण कर्जा किसानमाझ पु¥याइरहेको छ । देशैभरि कार्यक्षेत्र भएको सहकारी संस्थाले शुरुवातदेखी नै अर्गानिक कृषिको उत्पादन र प्रवद्र्धनमा जोड दिदै आईरहेको छ । संस्थाले यसै आवबाट अर्गानिक कृषि मार्ट पनि यसै वर्षबाट ल्याउँदैछ, किसानका उत्पादन सहकारी संस्थाले खरीद गर्ने र बिक्रीवितरण मार्ट मार्फत नै गर्ने प्रबन्ध पनि मिलाउन लागिएको छ ।
देशमा उत्पादन भएका र आयातित तरकारी तथा फलफूलमा देखिएको विषादि अवशेषको मात्रा सामाजिक र राजनीतिक दुबै वृत्तमा ठूलो चाँसोको विषय बनिरहेकै छ सँधैजसो, यसको सही विकल्पका रूपमा अर्गानिक कृषि प्रणाली नै हुनसक्ने देखिन्छ, संस्थाको स्थापनाकाल देखि नै अर्गानिक नेपाल कृषि सहकारी संस्थाले अर्गानिक कृषि खेती पद्धतीलाई जोड दिँदै आएको छ । देशैभरी कार्यक्षेत्र भएको संस्थाले कृषकलाई अर्गानिक खेती प्रविधि समेत उपलब्ध गराउँदै किसानलाई सहुलियतपूर्ण कर्जा समेत उपलब्ध गराएको जानकारी बताउनु भयो ।
अर्गानिक नेपाल सहकारी संस्थाका सचिव सुरेन्द्र गिरीले अर्गानिक कृषि उपजको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा माग बढ्दै गईरहेको बताउँदै देशमा अर्गानिक कृषि प्रणाली अवलम्बन गर्न प्रशस्तै सम्भावना हुँदाहुँदै अर्गानिक कृषि उत्पादन प्रणाली स्थापित गर्न केही चुनौंतीहरु देखिएको बताउनु भयो । अर्गानिक नेपाल सहकारी संस्थाले किसानलाई जैविक खेती पद्धतीका विकल्पहरु उपलब्ध गराउँदै किसानका बजारलाई समेत सुनिश्चित गर्न लागेको कुरा बताउनु भयो ।
संस्थाका जनसम्पर्क अधिकृत डिबी कार्कीले किसानलाई सही मुल्य दिएर सहकारीले खरीद गर्ने, किसानलाई कर्जा आवश्यक परेमा सहकारीले नै सहुलियपूर्ण कर्जा उपलब्ध गराउने काम गरेकाले नै सबै किसानहरु उत्साहित हुनुभएको र उपभोक्ताको पनि अर्गानिक उत्पादन प्रति माग बढ्दै गएकोले सहकारी संस्थाको अभियान सफल बन्ने कुरामा विश्वस्त भएको बताउनु भयो ।
रासायनिक कृषि वस्तु उत्पादनको तुलनामा अर्गानिक कृषि र उत्पादन प्रणाली अपनाउन किसानलाई शुरुमा झन्झटिलो लाग्न सक्छ । बिरुवामा खाद्य–तत्व र रोग कीरा व्यवस्थापन गर्नका लागि उपयुक्त अर्गानिक मल तथा विषादि सर्वसुलभ उपलब्ध नहुनु पनि समस्या हो, तर किसानलाई सबै विकल्प सहित प्राविधिक सेवा समेत उपलब्ध गराउँदै बताउनु भयो । अर्गानिक कृषि उत्पादनमा लागिरहेका किसान र अभियानमा साथ दिईरहेका सबैको प्रेरणा र सहयोगले सहकारी अगाडि बढ्न सफल भएको बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close