समाचार

अप्ठेरो अवस्थामा (नेफस्कुन)ले हात बाँधेर बसेको छैन ।

धनबहादुर मगर
काठमाडौं फागनु २१ ‘प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन’ भन्ने सोचसहित सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी आगामी बुधबारदेखि हुने भएको छ ।
गोष्ठीको पूर्व सन्ध्यामा नेफस्कुनका अध्यक्ष काजी श्रेष्ठ, व्यवस्थापन प्रमुख दीपक पनेरु, सहायक कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सिनाले ः
कार्यक्रम निरन्तरता भन्दा अरु देखिएन । सञ्चार माध्यमहरुमा सहकारीको लगानी गर्ने अवस्था बिग्री सकेको पछि मिडियाको किन आयोजना गर्नु भयो ? सञ्चालनकहरु भन्दा बढी व्यवस्थापक महत्वपूर्ण भुमिका हुन्छ । सहकारीमा समस्या आउँदा जिम्मेवारी निभाउने नसकेको हो की ? सहकारीमा वचत तथा ऋण सहकारीले गलत ठाउँमा लगानी भएको कारण यो अवस्था आएको हो ? कृषि सहकारीहरुमा त्यति ठूला समस्याहरु देखिएको छैन ? अभाव देखिएकोमा सहजता बनाउने कस्तो भूमिका खेलेको छ ? राष्ट्र बैकले नियमित गर्न अगाडी बढ्छौ भनेपछि त्यस प्रक्रियालाई कसरी हेरेको छ ? तालिमको मुख्यमुख्य विषय के हुन ्भन्ने प्रश्नको उत्तरमा
ज्वरो के कारणले आएको हो भन्ने तिर जोड दिएका छौं, सञ्चार माध्यम र मासले नेगेटिभ गलतकुराको खातेल्ने जिम्मा मिडियाको हो । यस तालिम कार्यक्रममा सहकारी विभागको प्रमुखले कमेन्ट गर्ने छ । प्राविधिक पक्ष महत्वपूर्ण क्षेत्रमा हुनेछ । कमेनन्टेटरमा शिरिश कुमार ढुंगाना पूर्व सचिव साकोस, सिइओबाट चित्रकुमारी ठाङ्साङ, एच आर भूमिका अनुप बासकोटा, लुम्बिनी प्रदेशबाट नेपालको सहकारी ऐन सम्बन्धी ऋषिराज घिमिरे लगायत सहभागी भई फिडव्याकहरु दिनेछन् । राष्ट्र बैकको अनुमान अनुसा सहकारीले २४ अर्ब कारोवार भएको छ । तालिममा २७ करोडबाट ५० करोडको सिलिङ्ग तोक्न आग्रह गरिने छ । बैकिङ्ग मोडलमा अगाडि बढाउन सहयोग पुग्ने छ । समस्या आउँदा तत्काल करेक्सन गनुृपर्छ । यस खालको ठूलो र टेक्निीकलहरु सहकारीलाई अनुगमनमा राख्नु पर्छ । निरन्तरता पनि दिइरहेको छ । सबै जिल्लामा कार्यालयका भएको कारण कुनै वायस छैन ।
सञ्चालकहरुले पनि ऋण लिएको भाका नाघेको बढी हो की, अरुबाट भन्दा सञ्चालकहरुबाट अलि समस्या आएको हो कि भन्ने छ ।
सहकारीहरुले जग्गा जमीनमा लगानी गरेका र जग्गा जमीन राष्ट्र बैकले रोकेपछि समस्या समाधान गर्न जटिल भएको हो की भन्ने लागेको छ ।
नियमितताको कुरामा आधारभूत नमूना विनियम पनि २ हजार भन्दा बढी संस्थामा लागु गरेका छन् । साकोसमा आएको सामस्या २४५ वटा समस्या प्रोभिजनमा रहेका र सुचक ८ सयवटा आफूलाई सहभागी गराएर अगाडी बढेको छ । उच्च प्रविधि मार्फत मेम्वर इन्फरमेशन सेन्टर रियल टाइम सुपरभिजन, एकीकरण प्रवद्र्धन सहित । २०९ बाट ६३ मा एकीकरण गरिएको छ । सुरक्षा २४० वटा स्तरीकरण प्रभावकारी कार्यन्वयन भएको छ । सदस्य संस्थाहरुले व्यवस्थापन, कारोवार, सु–शासनको प्रवद्र्धनको नीति निर्देशिका लगायत पूरा गरेको अवस्था छ । अप्ेठेरो अवस्थामा (नेफस्कुन)ले हात बाँधेर बसेको छैन ।
तालिमले यो अवस्थालाई चिर्न सक्ने क्याप्सुलको रुपमा काम गर्ने छ ।

 

सहकारी संघले आयोजना गरिएको राष्ट्रिय गोष्ठीमा ‘प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन’ भन्ने सोचसहित सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी आगामी बुधबारदेखि हुने भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजना र नेफ्स्कून साकोस म्यानेजर्स क्लबको व्यवस्थापनमा फागुन २४ र २५ काठमाडौंको द सोल्टी होटलमा हुँदैछ । गोष्ठीमा ४ सय ५० जनाको सहभागीता रहने र आईतबार बेलुकासम्म ३९८ जना व्यवस्थापकहरुले रजिष्ट्रेशन भैसकेको आइतबार राजधानीमा पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
नेपालका वित्तीय सहकारीका व्यवस्थापकीय प्रमुखहरुलाई समेटी गोष्ठीको आयोजना गरी प्राप्त उपलब्धीका सन्देशहरुको प्रवाह गर्दै जानु नेफ्स्कूनको दायित्व भएकोले प्रथम र दोस्रो गोष्ठीको सिकाई र व्यवस्थापन प्रमुखहरुको माग एवम् आवश्यकताको आधारमा गोष्ठी आयोजना गर्न लागिएको गोष्ठी व्यवस्थापन कार्यदलका संयोजक तथा नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले बताए ।
उपलब्ध स्रोत र साधनलाई दृष्टिगत गरी वित्तीय सहकारी क्षेत्रका व्यवस्थापकीय तहमा कार्यरत कर्मचारी, नियमनकारी निकाय, सम्बन्धित सरोकारवाला एवम् विकास क्षेत्रका सहयात्रीहरु समेतको प्रतिनिधित्व रहने गरी करिब ४५० जना भन्दा बढी सहभागिता रहने व्यवस्था मिलाइएको पनेरुले बताए । वित्तीय सहकारीको दर्शन र मूल्यमा आधारित व्यवसायिक जनशक्ति विकास गर्नु गोष्ठीको उद्देश्य रहेको समेत संयोजक पनेरुले बताए ।

विश्वव्यापी नविनतम अभ्यास, अनुभव र सिकाईहरु मार्फत ज्ञान, सीप र प्रविधिको अवलम्बन एवम् हस्तान्तरण गर्नु तथा राष्ट्रियस्तरमा भएका नविनतम् र सफल अभ्यासहरु आदानप्रदान गर्नु समेत गोष्ठीको उद्देश्य रहेको उनको भनाई थियो । यस्तै गोष्ठीले वित्तीय सहकारीका लागि विकास गरेका नविनतम् औजार र समाधानहरुको आन्तरिकीकरणको लागि दिशानिर्देश गर्नुका साथै कार्यरत जनशक्तिको उत्प्रेरणामार्फत तनाव रहित वातावरणमा कार्यसम्पादनका लागि प्रेरित गर्ने नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले बताए । वित्तीय सहकारीको विकासका सम्भावना पहिचान गरी कार्यान्वयन गर्न अभिप्रेरित गर्ने तथा वित्तीय सहकारीलाई उत्पादनमा आधारित लगानीमा प्रोत्साहित गर्ने गोष्ठीको उद्देश्य रहेको बताए ।

गोष्ठीमा राष्ट्रियदेखि विश्व सञ्जालहरु विश्व ऋण परिषद् (अमेरिका), एसियाली ऋण महासंघ (थाइल्याण्ड), नेपाल राष्ट्र बैंक र नेपालको आर्थिक विकासमा सहकारी क्षेत्रलाई सफल माध्यम बनाउन अतुलनीय योगदान गर्नुहुने विद्वतहरुबाट विभिन्न सात विषयमा कार्यपत्रहरु प्रस्तुत हुने नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।

गोष्ठीमा सात वटा विषयका सामुहिक सत्र सञ्चालन गरिने बताइएको छ । पहिलो दिन वर्तमान परिदृश्यमा दिगो साकोस अभियानको लागि जिम्मेवार व्यवस्थापन र संघको भूमिका, वित्तीय सहकारीको छवी निर्माणः समावेशी संरचना र प्रविधि हस्तान्तरण, विश्व अर्थतन्त्रः वित्तीय सहकारीमा प्रभाव, सम्भावना र चुनौती गरी तीन विषयहरुमा प्रस्तुति रहने छन् । त्यस्तै दोस्रो दिन मानव संशाधन व्यवस्थापनका सामयिक÷समवर्ती सवालहरु र नेपालमा सफल साकोसका अनुभवहरु, वित्तीय प्रविधिमा साकोसका सम्भावना र चुनौतीहरु, वित्तीय सहकारी ऐनको अन्तर्राष्ट्रिय अभ्यास र नेपालको आवश्यकता, ईमोशनल एण्ड स्पिरिचुअल ईन्टेलिजेन्स ईन म्यानेजर्स सम्बन्धी चार विषयवस्तुमा सामुहिक सत्र सञ्चालन हुने नेफ्स्कूनले जनाएको छ ।
२०७३ सालबाट साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी सञ्चालन शुरुवात गरेको नेफ्स्कूनले प्रत्येक तीन वर्षको अन्तरालमा नियमित सञ्चालन गर्दै आइरहेको छ ।
विश्वव्यापी आर्थिक मन्दीको अवस्था, नेपालको समग्र वित्तीय अवस्था र विशेषतः नेपालको सहकारी अभियान तरलताको दबाबमा रहेको अवस्थामा राष्ट्रिय गोष्ठी आयोजना गर्दा विभिन्न क्षेत्रबाट सकारात्मक र नकारात्मक प्रतिक्रिया आइरहेको तर्फ पनि सचेत एवम् सजग रहेको आयोजकले जनाएको छ । गोष्ठीको आवश्यक तयारी समेत पुरा भएको जानकारी पत्रकार सम्मेलनको आयोजना गरि प्रेसित विज्ञाप्तिमा जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close