समाचार

कृषिको उत्पादन, संघर्ष र वैज्ञानिक समाजवाद मेरो लक्ष्य ः अध्यक्ष प्रचण्ड

धनबहादुर मगर
काठमाडौं असोज ७ अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्रको तेस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ ।
अखिल नेपाल किसान महासंघका पूर्व अध्यक्ष, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष, राष्ट्रिय भेलाका प्रमुख अतिथि पुष्पकमल दाहाल (प्रचण्ड)ले २०४१–०४२ सालमा किसानको प्रारम्भिक समितिमा समेत रहेको बताउँदै आफ्नो लगाव आज पनि किसान आन्दोलन र किसानको सुदृढिकरण गर्नमा रहेको बताउनु भयो । साथै आफू कृषिको स्नातक विद्यार्थी भएको, र देश पनि प्रधान देश नै रहेकोले बताउदै कृषि क्रान्तिको माध्यमबाट जनताको समृद्धि हुने विश्वास रेहेको बताउनु भयो । कृषिको उत्पादन, संघर्ष र वैज्ञानिक समाजवाद उन्मुख, कृषिको पक्षमा महत्व दिदै आएको बताउनु भयो । २००६ सालमा कम्युनिष्ट पार्टीको आन्दोलन किसान आन्दोलनको रुपमा गदैं आएको स्मरण गर्दै वारा, पर्सा तराई क्षेत्रमा भएका भएका ठूला–ठूला किसान संघर्ष भएको बताउनु भयो । साथै महिला, दलित, आदिवासी जनजातिको सहभागीता सहितको आन्दोलन विना अगाडि बढ्न नसक्ने बताउँदै अध्यक्ष प्रचण्डले पार्टीहरुबाट समाजवादको आधार तयार पार्न, व्यवहारिक जिम्मेवारी दिने काम किसान र मजदुरको भएको बताउँदै, आन्दोलनले गर्न अभिभारा किसान र मजदुरुहरुको हातमा आएको बताउनु भयो ।
विगतमा वाम एकता भयो । महान एकतालाई पूरा गर्ने क्रममा दुर्घटना भयो । फेरि पनि वाम एकताको आवश्यकता छ भनेर लागिरहेको छु । उत्पादन बढाउनु समाजवादी अर्थतन्त्रको लागि पहल गर्न जरुरी छ यो कृषि उत्पादनको माध्यमबाट सम्भव हुने बताउँदै चीनको जनवादी क्रान्ति किसान र मजदुरको परिवर्तन पहलमा भएको बताउनु भयो । प्रतिगमनकारी पक्षधर विरोधीहरुले पटक–पटक प्रतिनिधीसभा विघटन गरि देशलाई अनिस्चितता तर्फ धकेल्ने प्रयास ग¥यो । अलिले पनि समानुपातिक सहभागीताको लागि जिन्मसिद्ध अधिकार पाउनु पर्छ भनिरहँदा प्रतिगमनका फनाहरु फेरि उठ्न थालेको भन्दै परिवर्तन आउनमा वापन्थी कम्युनिष्ट पार्टीहरुको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । अस्थितरता ल्याउने मुख्य भुमिका (प्रचण्ड)नै खेलेका छन् भनेर लागि परेको छ । झूठो र कपोलल्पित आरोप लगाई रहेकोछ । भारतमा गएको बेला भेट्दै नभेटेको मान्छेलाई भेट गरेको भनेर झूठो प्रचार गरेर भ्रम फैलाइएको छ ।
अध्यक्ष प्रचण्डले आफ्ना ९ महिने सरकारको सरकारको कार्यकालमा भ्रष्टाचारलाई कहिल्यै पनि अवसर दिइएन । तर, अहिले भ्रष्टचारमा माओवादी पनि सहभागीता छन् भनेर आरोपहरु आउने गरेका छन् । कुरा धेरै गहिरो छ । प्रतिगमन विरुद्ध अब आम किसान मजदुरहरुलाई जागरुक गरेर राख्न सकेन भने । कुनै दिन प्रतिगमन हुन सक्ने बताउनु भयो । किसान मजदुरहरुको एकता र आन्दोलनले मात्र प्रतिगमन परास्त गर्नसक्छ । प्रतिमगनकारी विरुद्ध आन्दोलन गर्नु होस् । कृषि उत्पादन वृद्धि गर्ने वातावरण बनाउनु पर्छ । १० वर्षे जनयुद्धको ठोस पृष्ठभूमिलाई हेर्दा नेपाली क्रान्तिका आधारभूमि लागि अगाडि बढेको बताउँदै जनयुद्धकालमा खेलेको भूमिका शान्ति कालको होस् वा किसानहरुले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो तपाई हामी एउटा कालबाट गुज्रदै आएका छौं । किसानका छोरा छोरी सहिद, वेपत्ता, तथा घाइते र अपाङ्गता भएका परिवारलाई सलाम गर्नुपर्छ । जसले जनुयद्ध पछि हामी सरकारमा आएका छौं । ‘जसको जोत उसको पोत’ को नारा पेचिलो रुपमा आएको छ । हामी जनयुद्धबाट आएपछि खुल्ला राजनीतिमा आएका छौं । हामीसँग उर्जा छ । सही विचार र दृष्टिकोण छ । भेलाले धेरै महत्वपूर्ण अर्थ राख्छ । जनुयुद्धका बाँकी उपलब्धी अझै पूरा गर्नुछ । समाजवादी अविभारा पूरा गर्ने जिम्मा किसान र मजदुरको हातमा आएको बताउनुभयो । फेरि समृद्धिको नेतृत्व पनि हाम्रो पाटीले गर्नुछ ।
अखिल नेपाल सुकुम्वासी संघका अध्यक्ष अमर परियारले किसान र सकुम्वासी मिलेर संघर्ष गर्नुपर्ने बताउँदै किसान र सुकुम्वासी एकतावद्ध भएर भू–माफिया र दलालहरुलार्इृ परास्त गर्न सकिने बताउनु भयो । संविधान सभा र प्रतिनिधी सभामा सुनिस्चित सहभागीतामा जोड दिनु पर्ने कुरा बताउँदै पार्टी र संगठनको सिंहदरवारको अभ्यास गाउँ–गाउँसम्म पु¥याउनु पर्ने बताउँनु भयो
अखिल नेपाल किसान महासंघका अध्यक्ष बलराम बाँस्कोटाले आफ्नो संगठन समाजवादी दिशामा विभिन्न राजनीतिकहरु विरुद्ध लड्दै आएको बताउँदै पार्टीहरुलाई संकट पर्दा किसान संगठनहरुबाट पार्टीको नेतृत्व गरेको बताउनु भयो । किसान र विद्यार्थी आन्दोलनले नै विगतमा निरंकुश शासनलाई झुकाउन सफल भएको बताउँनु भयो । अध्यक्ष बाँस्कोटाले आफ्ना संगठनको तर्फबाट नवउद्धारवादको विरुद्ध संघर्ष गरिरहेको बताउनु भयो । चिनको जनवादी क्रान्ति र किसान र मजदुरको नेतृत्वमा सफल भएको थियो ।
किसानहरुको माग पुरा गराउन भारतीय किसान आन्दोलनले महत्वपुर्ण भूमिको खेल्यो ।
नेपालको वामपन्थी आन्दोलन साम्राज्यवादीहरुको आँखाको नानी बनेको छ । हामीले मित्र शक्ति र शत्रु शक्तिको पहिचान गर्न जरुरी छ ।
हाम्रो संयुक्त किसान संघर्ष समितिले ५९ सुत्रिय माग प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छौं । र माग पूरा नभए आन्दोलन गछौं भनेको छौं । ३ महिना भित्र माग पूरा गर्न आग्रह गरेको छौं । ३ महिना भित्र पनि हाम्रा माग प्रति सम्वोधन भएन आन्दोलनमा जान्छौं ।
अखिल नेपाल विद्यार्थी संघका अध्यक्ष पञ्चा सिंहले ‘जसको जोत उसको पोत’ मिटर व्याजीको विरुद्ध संघर्ष वास्तविक किसानको संघर्ष रहेको बताउँदै जनयुद्ध र जनआन्दोलन पछि किसान र विद्यार्थीहरुको समस्या सम्वोधन पार्टी र सरकारले गर्न नसकेको बताउँनु भयो । व्यक्तिगत स्वार्थ र नेतृत्वको लागि छिनाझपटी गर्दै आन्तरिक संघर्ष गरिरहेको बताउनु भयो । माओवादी आन्दोलनले समस्याहरु भोग्नु परेको छ । हामी किसानहरुको भविष्य निमार्ण गर्न सक्छौं । युवा, विद्यार्थी र महिलाहरुको भविष्य निर्माण गर्ने हो र चुप लागेर बस्ने हो भने हाम्रा माग र समस्याहरु अगाडि बढ्न सक्दैन । पार्टीको दस्तावेजहरु सही ढंगले कार्यन्वयन गर्न सकेका छैनौं ।
गणतन्त्र प्राप्त भएपछि राज्यको सत्ता प्राप्त भएपनि जनताको अवस्था उस्तै रहेको बताउँदै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउनु पर्ने कुरामा जोड दिनुभयो । फेरि पनि प्रतिगमन हुन सक्ने खतरा छ ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का अध्यक्ष अमृता थापा मगरले किसानहरुलाई आत्मनिर्भर बनाउन, चुनावको पूर्व सन्ध्यामा हुन गईरहेको भेलाले नयाँ मोड ल्याउने विश्वास व्यक्त गर्नु भयो । साथै संविधान माथि प्रतिगमनकारी शक्तिहरुबाट कुठाराघात भएको बताउँदै परास्त गर्न आग्रह गर्नु भयो ।
किसान र मजदुरहरुको हितको लागि वर्गीय, क्षेत्रीय, लिङ्गिय समस्या छ । सहिदका वलिदानहरु सार्थक बनाउन लागेन भने प्रतिगमन हुनसक्ने खतरा रहेको बताउनु भयो । मलाई विश्वास छ किसानका छोराहरु बन्दुक थुत्ने र जेल बे्रक गर्ने महिला किसानहरु प्रतिगमनलाई परास्त गर्न अगाडि बढ्नु पर्छ । अन्धविश्सासको विरुद्ध अगाडि बढ्ने बेला आएको छ । पार्टीको उपलब्धीहरु खेरा जाने भ्रममा नपर्नु होला ।
अखिल नेपाल किसान महासंघ (अप्फा)का अध्यक्ष भैरव रिसालले २०१२ साल यता प्यूठान, रौतहट, वारा, पर्साका किसानहरुको आन्दोलन महत्वपूर्ण मोड भएको बताउनु भयो । २०४६ साल पछि भएको आन्दोलनले गणतन्त्रको प्राप्त भएको छ ।
साच्चै भन्ने हो भने कम्युनिष्टको नाममा नयाँ सत्ता सञ्चालन भयो । राजनीतिक अधिकार प्राप्त भएपनि जनताको अधिकार जहाँकातही रह्यो । २०६८ सालको तथ्याङ्कमा ६६ प्रतिशत किसानहरु छन् । तथ्याङ्क हेर्दा अहिले पनि नेपाल कृषि प्रधान देशनै रहेको छ । अब किसानहरु सडकमा ओर्लनु पर्छ । किसानको र उत्पादनमा परिवर्तन भएन भने देशको अर्थतन्त्र समेत धरासायी हुनेछ । नवउद्धारवादी नीतिहरुसँग पार्टीहरु आत्मसमर्पण गर्न पुगेको छ ।
किसानको उत्थान विकास राम्रो भएने भने कुनै पनि कुरा राम्रो हुँदैन । राजनीतिक रुपमा परिवर्तन भएपनि वर्ग संघर्षको माध्यमबाट कृषि क्रान्ति नभएसम्म देशमा समृद्धि ल्याउन सक्दैन । माथिल्लो आन्दोलनले गर्दा तलको आन्दोलन कमजोर भएको छ । अध्यक्ष रिसालले भन्नु भयो ‘अब ढाडमा टेकेर टाउकोमा होईन, टाउकोमै टेकर हान्नु पर्ने बेला आएको छ । शब्द जाल होइन । हामी आन्दोलनमा जाने छौं । पाटीले हामीलाई आन्दोलनमा नजा भनेपनि हामी आन्दोलनमा जान्छौं ।’
हामीलाई विश्वास छ, नेतृत्व किसानमुखी र मजुदर मुखी भएन । सडक आन्दोलनको विकल्प छैन । गणतन्त्र आएको यतिको वर्ष भयो । किसानको समस्या उस्ताको उस्तै छन् ।
अखिल नेपालका किसान युनियनका अध्यक्ष लोकनारायण सुवेदीले किसानको मुख्य समस्याहरुको समाधान गर्न बाँकी रहेको बताउँदै नेपालको किसानहरु एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सिताराम तामाङले आज पनि नेपालको कृषि क्षेत्र, भू–स्वमित्वको कारण, सामान्ती स्वरुपमानै रहेको, पूँजीवादी पद्धतिको जस्तो भएपनि भू–स्वमित्वको कारण नेपालको कृषि क्षेत्रले फड्को मार्न नसकेको बताउन भयो ।
साथै अध्यक्ष तामाङले नेपालको जनवादी क्रान्ति र किसान र मजदुरको संघर्षबाट मात्र सफल हुने बताउँदै, किसानहरुको माग सुधारमा भू–प्रणाली मुख्य वाधक रहेको बताउनु भयो ।
महासंघको राष्ट्रिय भेलामा स्वागत मन्तव्य महासचिव शेशुराम भण्डारी, कार्यक्रम सञ्चालन सचिव नहेन्द्र खड्का, अध्यक्षता महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close