समाचार

कोभिड–१९ बिच विश्व दूध दिवस मनाउँदै सरोकारवालाहरु

काठमाडौं जेष्ठ १७ गते विश्व दूध दिवस, ‘‘दिवस दूध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना ‘‘भाइरस विरुद्ध दीर्घ जीवन भन्ने मूल नाराका साथ विश्व दूध दिवस २०७८ मनाउने भएको छ ।
आयोजक राष्ट्रिय दूध विकास बोर्ड, पशु सेवा विभाग, राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा पवद्र्धन कार्यालय, दुग्ध विकास संस्थान, डेरी उद्योग संघ, केन्द्रीय दुग्ध सहकारी संघ लि, केन्द्रीय पशुपन्छी सहकारी संघ लि, नेपाल डेरी एशोसिएसन, नेपाल डेरी साइन्स एशोसिएसनको सहभागीतामा दूग्ध दिवस २०७८ भर्चुयल माध्यमबाट मनाउने भएको छ । उक्त कुरा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञाप्ति मार्फत जानकारी गराउनु भएको छ । प्रेस विज्ञाप्तिमा कोभिड १९ को वर्तमान परिवेशमा देशमा उत्पादन भइरहेको दूध र दुग्ध जन्य पदार्थको उत्पादन, प्रशोधन र बजारीकरणको विषय उल्लेख छन् ।

प्रेस विज्ञाप्ती पूर्णपाठ ः

१. परिचयः
कृषि÷पशुपालन क्षेत्र अन्तरगतको दुग्ध क्षेत्रले नेपाली अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान दिंदै आईरहेको छ । नेपालको कूल ग्रार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब एक तिहाई (३१.६९ प्रतिशत) रहेको छ । कूल ग्रार्हस्थ्य उत्पादनमा दुग्ध क्षेत्रले लगभग ९५ योगदान दिएकोछ । यसले भोजन र पोषण सुरक्षा कायम गर्न महत्वपूर्ण योगदान पु¥याउंदै आएको छ । यस क्षेत्रले ग्रामीण रोजगारी सिर्जना गर्नुका साथै शहरको रकम ग्रामीण क्षेत्रमा प्रवाह गर्ने एवं राष्ट्रिय अर्थतन्त्रको बिकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ ।

दूध मानव जीवनको लागि अति उत्तम खाद्यपदार्थ हो । बच्चा जन्मे पश्चात आमाले दूध सेवन गराउने सर्व विदित्तै छ । दूधमा चिल्लोपदार्थ, प्रोटिन, कार्वोहाइड्रेड, खनिज पदार्थ र भिटामिन जस्ता शरीरलाई चाहिने अति आवश्यक तत्वहरु पाइने हुनाले दूध एक सम्पूर्ण खाद्य पदार्थ ९ऋयmउभितभ ाययम० हो । शरीर बृद्धिको लागि आवश्यक पर्ने क्यालसियम, फस्फोरस, म्यागनेसियम, क्लोरिन, पोटासियम, सोडियम आदि खनिज पदार्थहरु समेत दूधमा पाईन्छन् । दूधले शारीरिक क्रियाकलाप, दैनिक कार्य, शारीरिक बृद्धि विकास गर्न सहयोग गर्दछ ।

नेपालको खाद्य नियमावली अनुसार क्तबलमबचमष्शभम एबकतभगचष्शभम (मानक प्रशोधित) दूधमा हुने ३.०५ चिल्लो, ४.७५ ल्याक्टोज र ३.५५ प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट करिब ६० क्यालोरी शक्ति प्राप्त हुन्छ ।

हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९ऋइख्क्ष्म्(ज्ञढ० को उपचारको लागि कुनै औषधी बन्न नसकेको सन्दर्भमा रोगसंग लड्ने तथा शारीरिक तन्द्रुरुस्त बनाई राख्न दूध तथा दुग्ध पदार्थको नियमित सेवन गर्नु एक उत्तम विकल्प हो ।

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जिविकोपार्जनमा पु¥याएको योगदानको मनन गर्दै दूध माथिको पहुच बढाउन खाद्य तथा कृषि संगठन ९ँब्इ० ले जुन १, २००१ वाट विश्व दूध दिवस मनाउन शुरु गरी एकाइसो अन्तराष्ट्रिय विश्व दूध दिवस, व्गलभ ज्ञ, द्दण्द्दज्ञ विश्वभर विभिन्न कार्यक्रमहरु गरी मनाइने भएको छ । विश्को कूल जनसंख्या ७.६ अरव मध्ये ६ अरवले दूधको सेवन गरी राखेको हुदा दूध विश्व व्यापी खाद्यपदार्थ ९ःष्पि बक ब नयिदब िाययम० को रुपमा स्थापित भै सकेको छ । आम जनसुमदायमा दूधको उपभोगमा वृद्धि गर्न चेतना फैलाउने उद्देश्यले नेपालमा पनि सन् २०११ बाट केन्द्रिय दुग्ध सहकारी संघ लि. ले विश्व दूध दिवस मनाउन शुरु गरेकोमा सन् २०१२ बाट राष्ट्रिय दग्ध बिकास बोर्डले सरोकारवालाहरुलाई सहभागी गराई विश्व दूध दिवस कार्यक्रम आयोजना गर्दै आईरहेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको ऋइख्क्ष्म् (ज्ञढ को दोश्रो लहरको जोखिम न्युनीकरणका लागि सामाजिक दुरी बनाई राख्न एक मात्र विकल्प भएकोले गत बैशाख १६ देखी देश बन्दाबन्दी ९ीयअपमयधल० अवस्थामा रहेको छ । यस बन्दाबन्दीको प्रभाव दूध क्षेत्रको सम्पूर्ण सृंखलामा परेको हुंदा पशुलाई दाना चोकर उपलब्ध नहुने, पशुपालन व्यवस्थापनमा असर पर्ने, दैनिक दूध संकलन तथा विक्री नहुने, दूध उत्पादन घट्ने, पशु पालनमा असहजता आउनुका साथै आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रमा प्रत्यक्ष असर परेको छ । हालको असहज अवस्थाले औपचारिक क्षेत्र तर्फ दूध संकलनमा करिव ५०५ ले कमी आई बजारमा गिरावट आएको तथा कृषकहरुले महीनौदेखीको बिक्री गरेको दूधको भुक्तानी नपाएको अवस्था छ ।

केन्द्रियस्तरमा विश्व दूध दिवस, २०२१ राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकायहरु पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रिय दुग्ध सहकारी संघ लि, नेपाल डेरी एशोशिएसन, डेरी उद्योग संघ, केन्द्रिय पशुपन्छी पालन सहकारी संघ लि. तथा नेपाल डेरी साईन्स एशोशिएसनको सहयोगमा बन्दाबन्दीलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट कार्यक्रम गर्ने तय गरिएको छ । त्यस्तै सातै प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रादेशिक दुग्ध विकास बोर्ड, पशु सेवा विज्ञ केन्द्र, जिल्ला दुग्ध उत्पादक सहकारी संघ, दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध उद्योग लगायतका सरोकारवाला निकायहरुले विश्व दूध दिवस मनाउने कार्यक्रम रहेको छ ।

२. उद्देश्यः

ड्ड पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग बृद्धि गर्न प्रचार प्रसार गर्ने ।
ड्ड दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जागृत गराउन प्रचार प्रसार गर्ने÷गराउने ।
ड्ड दूध तथा दुग्ध पदार्थको उपभोगमा सवैको पहुंच पु¥याउन पहल गर्ने ।
ड्ड दूध तथा दुग्ध पदार्थको उपभोग मार्फत खाद्य पोषण सुरक्षणमा सुनिश्चित गर्न सहयोग पु¥याउने।

३. कार्यक्रमः

जेठ १४ देखि २३ गते सम्म पत्रपत्रिका, एफ.एम, विद्युतीय माध्यम आदि मार्फत प्रचार प्रसार ।
जेठ १७ गते सरोकारवालाहरुबाट सञ्चारकर्मीहरुसंग भर्चुअल बैठक मार्फत मिडिया व्रिफिङ्ग ।
जेठ १८ गते सरोकारवाला निकायहरु वीच भर्चुअल बैठक मार्फत दूधको महत्व वारे प्रकाश पार्नुका साथै दुग्ध क्षेत्रको वर्तमान अवस्था एवं दूध एक पोषण विषयक कार्यपत्र प्रस्तुति ।

४. दूधको महत्वः

दूध प्रोटिन, चिल्लोपदार्थ, ल्याक्टोज, खनिजपदार्थ, भिटामिन तथा पानी मिली बनेको हुन्छ । शरीरलाई अत्यावश्यक यी पौष्टिक तत्वहरुको महत्व निम्न अनुसार रहेको छ ।

खाद्य पोषणः शरीरिक वृद्धि विकास, दैनिक क्रियाकलाप, मेटावोलिक क्रियाकलाप, उत्पादन एवं प्रजजन क्षमताको विकास गर्न अत्यावश्यक प्रोटिन, ल्याक्टोज, चिल्लो पदार्थ, खनिजपदार्थ तथा भिटामिन दूधमा पाइन्छ । खाद्य पोषणको अभावमा बाल बालिकाको शारीरिक वृद्धि नहुने, उमेर अनुसारको तौल नपुग्ने, प्रजनन क्षमतामा ह्रसा आउने जस्ता लक्षणहरु देखिन्छन् । ३.०५ चिल्लो पदार्थ, ४.७५ ल्याक्टोज र ३.५५ प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट करिब ६० क्यालोरी शक्ति प्राप्त हुन्छ ।
स्वास्थ्य उपचारः उचित खानपानको अभावका कारण शरीरमा प्रायः क्यालसियमको कमी भई हाड कमजोर हुने गरेको पाइएको छ । चिकित्सकहरुले क्यालसियम युक्त औषधिको सेवन गर्ने सिफारीसका साथै नियन्त्रणका लागि नियमित दूधको सेवन गर्ने समेत सल्लाह दिन्छन् ।
स्वादिष्ट भोजनः शाकाहारीहरुको भोजनमा माछा मासुको ठाउँमा दूधको सेवन उत्तम भोजान मानिएको छ । दूधले पोषण प्रदान गर्नुका साथै चिल्लो पदार्थले खाद्यपदार्थलाई सुगन्धीत एवं वास्नादार बनाउदछ ।
प्रतिरक्षा प्रणालीको विकासः जिवाणु, विषाणु तथा शरीरलाई हानी गर्ने कारकतत्वको विरुद्ध लड्न शरीरको प्रतिरक्षा प्रणालीले गर्दछ । प्रतिरक्षा प्रणालीले एन्टिजेनको विरुद्ध लड्नुका साथै शरीरलाई रक्षा गर्दछ । दूधको सेवनले रोग विरुद्ध लड्ने शक्ति प्रदान गर्दछ । हाल महामारीको रुपमा फैलिएको ऋइख्क्ष्म्(ज्ञढ खष्चगभिलत (दोश्रो लहरको संक्रमण) नियन्त्रण गर्न दूधको सेवन गर्नु फाइदाकारी हुने पोषणविद लगायत चिकित्सा विज्ञ समेतको एउटै मत रहेको छ ।
सन्तुलित आहारः नवजात शिशु (६ महीनासम्म) को लागि आमाको दूध एक सन्तुलित एवं पूर्ण खाद्यपदार्थ हो । निजहरुको शारीरिक वृद्धि विकासमा आमाको दूध पर्याप्त हुन्छ । यस अतिरिक्त हरेक उमेर, तह र तप्काकाहरुलाई दूध एक उत्तम खाद्यपदार्थ हो । हालको बिषम परिस्थितिमा बोर्डले ूदूध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना भाइरस विरुद्ध दीर्घ जीवनू यस विश्व दूध दिवसको नारा हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close