कृषि प्रविधि

कालीकाठको खेती गर्ने तरिका

परिचय ः
कालीकाठ औषधी बनाउन प्रयोग हुने एक प्रकारको महत्वपूर्ण बिरुवा हो । हाल यो औषधी बनाउनका लागि केही मात्रामा विदेश निर्यात भइराखेको छ । यसको महत्व बारे धेरैलाई जाकारी नभएकाले उत्पादित फल त्यतिकै खेर गईराखेको छ । यसको महत्व यसको सम्बन्धित निकायबाट प्रचार प्रसार काली काठको फल जुकाको औषधी बनाउन र ग्यास्ट्रिक (वायूविकार)का लागि प्रयोग हुन्छ । तराईमा एक दिन अगाडि १ लिटर पानीमा ५–६ दाना कालीकाठको फल राखी भिजाएर भोलिपल्ट पिएमा पेट हलुका हुन्छ भनेर खान्छन् ।
यसको रुख ठूलो नहुने, झ्याम्म पर्ने र फल नयाँ हाँगाहरुमा चारैतपर्ः एकैनास सँग सानो केराउ जस्तै लाग्छ । यसलाई बढी उत्पादन गरी विदेश निर्यात गर्न सके आर्थिक लाभ हुने देखिन्छ । यसलाई थाहा नपाई दाउराका रुपमा प्रयोग गर्नाले बोटहरु ह्रास भईराखेका छन् ।
हावापानी ः
यसको बिरुवा समुद्र सतहबाट १५०० देखि १८०० सम्ममा भएको पाइएको छ । पानी जमेको माटोमा यो बिरुवा तुरुन्त सुकेर जाने भएकाले निकासका लागि जरुरी छ ।
माटो ः
यो बिरुवाका लागि रातो र चिम्ट्याइलो माटोमा पनि यसको खेती राम्रो भएको छ ।
बिरुवा तयार गर्ने तरिका ः
यसको बिरुवा बीउबाट तय हुन्छ । कटिङ्ग बाट बिरुवा उत्पादन हुन्छ हुँदैन सम्बन्धित प्राविकिले अध्ययन गर्न बाँकी नै छ । वेर्ना उत्पादन गर्न २ भाग माटो, १ भाग कम्पोष्ट मल र १ भाग बालुवा राखी १–२ हप्ता अगाडि देखि माटोमा राम्रोसँग मिलाई राख्ने, चौडाई र लम्वाई ३–५ ईञ्चको पोलिथिन व्यागमा माटो भरिसकेपछि झारीबाट हुलुका झारीबाट हलुका किसिमले पानी दिई सानो चुच्चेले सानो चुच्चे लट्टीले प्वाल पारी बीउ रोप्ने गर्नु पर्दछ । बीउ रोेपेका पोलिथिन व्यागमा माथि बा माथिबाट माथिबाट झ्याउ या परारले छोपिदिनाले चिसोपन भईराख्ने र वेर्ना चाँडै उम्रिन सहयोग हुनाले साथै पानी किफायति हुनेछ ।
कालीकाठ ः
कालीकाठ वर्गाकार तरिकालबाट रोपेमा लाभदाायक हुन्छ । ८–१० मिटरको फरकमा बिरुवा रोप्ता बीचमा खाली जग्गा सिमी, भटभास र बोडी रोप्नु उपयुक्त हुनेछ ।
यो बिरुवा रोग र कीराबाट त्यतिको आक्रमण भएको देखिएको विषादी प्रयोग गर्नु आवश्यक छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close