अन्तर्वार्ता

फर्केकाहरूले केही न केही गरि राखेका छन्

युवराज गुरुङ : अध्यक्ष मुना कृषि लिमिटेड

यहाँ कुन–कुन देशमा जानु भएको थियो ?
म चाहीँ २२ वर्ष देखि वेल्जियममा बस्दै आएको थिएँ । गैर आवासीय नेपाली संघ वेल्जियममा पहिलो अध्यक्षको रुपमा काम गर्दै आएको थिए । गैरआवासीय संघमा लामो समय काम गर्ने क्रममा विभिन्न समिति उप–समितिहरु बने । त्यस समितिले नेपाललाई आफ्नो क्षेत्रबाट केही सहयोग गर्न सकिन्छ कि भनेर कुरा भयो । त्यसै क्रममा हाम्रा साथीहरुले कृषि समिति पनि बनाऔं भनेर गैर आवासीय नेपाली संघले कृषि समिति बनाएर त्यसको संयोजन गर्ने जिम्मेवारी मलाई दिए । हामीले उक्त समितिबाट विश्व भरिका साथीहरुसँग सम्पर्क गर्ने प्रस्तावहरु राख्ने काम भयो । नेपालमा आएपछि त्यतिखेर कृषि प्रवद्र्धन समिति अन्तर्गत नेपालमा आएर सन् २०१८ बाट संस्थागत रुपमा मुना कृषि लिमिटेडको स्थापनाको लागि पहल ग¥यौं । र विधिगत रुपमा हामीले सन् २०२० देखि अर्थात २०७६ सालको अन्त्यतिर मुना कृषि लिमिटेड स्थापना गरेर काम शुरु ग¥यौं
अरु साथीहरु विदेशमा गएपछि उतै हराउँछन् । यहाँचाहीँ नेपाल आएर देशको लागि योगदान दिएर महत्वपूर्ण काम गर्नु भएको छ । ठूलो योगदान दिने क्षेत्र कृषिमा यहाँले हात हाल्नुभयो । यसको अवधारणा कसरी जन्म्यो बताईदिनुहोस् न ?
नेपाल आएर केही गर्ने चाहना त्यो चाहीँ रहीनै रहन्छ । कोही चाँडै, कोही ढिलो गरि फर्कन्छ । म पनि ५÷७ वर्षमा फर्कने सोँचले गएको थिएँ । म अलि ढिलो फर्के, अरु पनि फर्कने क्रममा छन् । फर्केकाहरूले केही न केही गरि राखेका छन् ।
यहाँले भने जसरी विदेश जाने साथीहरु थोरै मात्र हराएका हुन सक्छन् । अधिकांशहरू हराएका छैनन् भन्ने कुरा उहाँहरु आफ्नो मातृभूमि, गाउँ–ठाउँ आफ्नो देश प्रति कहिन केही लगाव भईरहेका हुन्छन् । त्यहाँको परिस्थिति रहन सहन जे भएपनि लामो समय त्यहाँ बसे पनि उहाँहरु नेपाल फर्केर केही गर्नु पर्छ भन्ने धेरैको भावना हुन्छन् ।

लगानी गर्ने अरु क्षेत्र हुँदा–हँुदै कृषिमै लाग्नु भएको छ ? खास यस के विशेषता पाउनु भयो ?
हो वास्तवमा बाहिर हामी जहाँ–जहाँ पुगे पनि जसोतसो अवसर पाए पनि जतिसुकै प्रगति हाँसिल गरे पनि अधिकांश हामी कृषि पृष्ठभूमिबाट आएका छौं । कृषि कर्म त्यस्तो अवस्थामा आईपुगे पनि समृद्धि सफलता हासिल गरेपनि हामीले आफ्नो गाउँघरमा आफ्नो कृषि व्यवसाय, छिमेकी र आफ्नो क्षेत्रको बारेमा कुनै न कुनै ढंगले व्यक्तिगत रुपमा त्यो कुरो घोच्यो र जो–जो साथाीहरु अन्तरक्रिया भयो । सहमती भएपछि हामीले ढिलै भएपनि शुरु ग¥यौं । नेपालको कृषि क्षेत्र पछाडि परेको छ । त्यसमा लाग्नु पर्छ । हामीले विश्वमा जहाँ कृषिको विकास भएको छ, त्यहाँ समृद्धि भएको पाइन्छ । कृषि अभ्यासहरू अत्यन्त वैज्ञानिक छ । त्यो चाहीँ वातावरण मैत्री र दिगो छ । त्यसलाई ठूलो भोलुममा यान्त्रीकरण गरेर लान मात्र नसकेको हो । त्यो भनेको किसानले मात्र होइन राज्यको समेत क्षमता हुनुपर्छ । जहाँ कृषिको विकास भएको छ त्यहाँ समृद्धि भएको अवस्था छ । नेपालमा गएर प्रयास गर्नु पर्छ भनेर कतव्यवोधबाट निर्देशित भएर शुरुवात गरेका हौं ।

यहाँले देश विदेशको कुरा धेरै अनुभव गर्नु भएको छ । नेपालको कृषि र विदेशमा भएका कृषिमा कतिको भिन्नता पाउनु भएको छ ? विदेशमा गरिने कृषिको तौर तरिका र नेपालको कृषि गर्ने तौर तरिका कत्तिको भिन्नता पाउनु भएको छ ?
धेरै फरक छ, तर, त्यस्तो अवस्थामा होइन की हाम्रो कृषि कर्महरु अवैज्ञानिक छन्, काम लाग्दो छैन भन्ने खोजिएको होइन । त्यसलाई अलिकति प्राविधिक रुपले यान्त्रीकरणको रुपमा समय सापेक्ष अहिलेको वैज्ञानिक ढंगले अलिकति खोज अनुसन्धान गरेर हाम्रो पुरातन तरिकाले गरिरहेको कृषि कर्मलाई अलिकति व्यवस्थापन गरि त्यसको व्यवसायीकरण गर्नको लागि एउटा व्यक्तिगत, संस्थागत रुपमा राज्यको तहबाट त्यस किसिमका नीति निर्माण, त्यस किसिमका वातावरण सिर्जना गर्ने कमी भएको कारण नेपालको कृषि क्षेत्र र विकसित मुलुकहरुको कृषि क्षेत्र धेरैनै भिन्नता देखिएको हो । त्यो होइन की, एकदमै हामी कृषिमा पछाडि परेका छौं भन्न मिल्दैन ।
यहाँहरूले मुना कृषि लिमिटेड मार्फत देशैभरि आफ्नो सञ्जाल विस्तार गरेर आफ्नो अभियानलाई अगाडि बढाइरहनु भएको छ । नेपालमा पनि दुई प्रकारको कृषि गरिराखेको अवस्था छ । एउटा प्राङ्गारिका तरिकाले अर्को रासायनिक मल र विषादी प्रयोग गरेर गरिरहेको अवस्था छ । यहाँहरुको चाहीँ कुन ढंगको गरिरहनु भएको छ ?
मुना कृषि लिमिटेड एउटा सानो कम्पनी हो । निजी क्षेत्रबाट गरेको सानो कम्पनी हो । यसको प्रयास र उद्देश्य ठूलो छ । यसले नेपालको स्थान विशेष रैथाने कृषि उपजहरुलाई संकलन गर्छौं । हामीले संकलन गर्ने वस्तुहरु जुन स्थानीय विशेषका छन् । पहिचान दिएर बजारीकरण गरिरहेका छौं । त्यसलाई भ्यालु एड गरेर आफ्नै आउट लेटबाट बिक्री वितरण गरेका छौं । सँग–सँगै विदेशमा निर्यात गर्न शुरुवात गरेका छौं । त्यसो गर्दा स्थानीय उत्पादित बालीहरुको संरक्षण प्रवद्र्धनमा निजी क्षेत्रले गर्ने सानो प्रयास हो । र हामीले गरिएका न्यायपूर्ण बजार मूना कृषि लिमिटेडबाट सञ्चालित नमूना बजार भईदिएको छ । त्यसलाई ६ वटा आउटलेटबाट र अनलाइन सेवाबाट ६ वटै मोडेलको रुपमा विस्तृत गर्न सकिन्छ कि भनेर प्रयासहरु गरेका छौं । यद्यपी एकदमै गाह्रो छ । संघर्ष गरिरहेका छौं । हामी तैपनि यसको भविष्य चाहीँ एकदमै राम्रो छ ।
यहाँले महत्वपूर्ण कुराहरु बताईसक्नु भएको छ । नेपालको सन्दर्भमा यहाँहरुले गरेको जस्तो कृषि आफ्नै तरिकाले आदिवासी अर्थात स्थानीय बिउविजन प्राथमिकता दिने भनेर उद्घोष गर्नु भएको छ । त्यो उत्पादन गरिएको वस्तुहरुले बजार बजारको सम्भावना कस्तो पाउनु भएको छ । यहाँले विदेशमा पनि निर्यात गर्न क्रम जारी छ भन्नु भयो । विदेशमा निर्यात गर्न सक्ने सम्भावना चाहीँ कस्तो हुनुपर्छ ?
वास्तवमा कृषि भन्नासाथ यसको पूरक वृत्तमा काम गर्न सकियो भने मात्र दिगो रुपमा स्थापित हुन सक्छौं भन्ने कोणबाट संकलन, प्रशोधन, बजारीकरण गरेका छौं । उत्पादन गर्ने जिम्मा किसानलाई दिएका छौं । किसानहरुले स्वास्थ ढंगले जैविक र पुरातन मोडल अलिकति परिवर्तन व्यवस्थापन गरेर राम्रो सँग प्याकेजिक, ग्रेडिङ्ग गरेर मूल्य ऋँखला अन्तगर्त बजारसम्म पु¥याई बजारीकरण गर्ने कामहरु गरेका छौं । बजारीकरण कृषि क्षेत्रको लागि सबैभन्दा मुख्य चुनौंतीको पाटो हो । त्यो कुरा हामीले निजी क्षेत्रको कम्पनीको नाताले स्थानीय, प्रदेश र संघीय सरकार लगायत सरोकारवाला गैरसरकारी संघ सरोकारवाला गैरसरकारी संघ–संस्थासँग सबैसँग सम्बन्ध सुधार गर्दै लगेका छौं । बजारको भयावह स्थिति छ । कृषि उद्यमीहरुमा नैराश्यताको अवस्था छ । बजारलाई व्यवस्थित नगरिएको कारण यस्तो भएको हो ।

यहाँ धेरै समय विदेश बसिसक्नु भएको छ । कृषिमा देश विदेशको अनुभव यहाँलाई छ । नेपालको सरकारको अनुदानको कुरा आईरहेको छ । अनुदान वास्तविक किसानहरुकहाँ पुगेन भनिरहेको अवस्था छ । तपाईहरुले गरेको कृषिमा अनुदान भएन भने, सरकारले सहयोग गरेन भने, उत्पादन गरेर बजारीकरण गर्न सक्षम भएन भने, उत्पादन गरेर बजारीकरणमा सक्षम हुन्छन् अथवा सहयोग आवश्यकता पर्छ जस्तो लाग्छ ?
अनुदान सरकारको सहयोग विषयमा उद्यमीहरुको विषयमा मुना कृषि लिमिटेडले एउटा फरक खालको अभ्यास गरिरहेका छौं । थाहाछैन हामी सफल हुन्छ हुँदैन भनेर, हामीले त्यो कुरा सार्वजनिक ठाउँमा पनि गरिरहेका छौं । अनुदानलाई राज्यले प्रभावकारी ढंगले कार्यन्वयन गर्नका लागि समय समयमा मोडलहरु परिवर्तन भईरहेको पाउँदछौं । तर, अधिकांश अनुदानको कुराहरु चाहीँ बजारलाई केन्द्रविन्दु नबनाइकन बनाइएको कुनै पनि कार्यक्रम प्रभावकारी चाहीँ हुँदैन भन्ने हाम्रो बुझाई हो । त्यसको तमाम समस्या केहो भने हामीले चाहीँ मुना बजारले बजारीकरणको कामहरु गरिरहेका छौं । मुना बजारलाई अनुदानको आवश्कता पर्दैन । किसानहरूबाट गुणस्तरीय सामन उत्पादन गर्नु हुन्छ । तर बजारसम्म आईपुग्दा त्यसको गुण, रुपरंग सबै नष्ट भई सकेको हुन्छ । जतिसुकै किसानहरुले राम्रो उत्पादन गरेपनि त्यसलाई अन्तिम उपभोक्तासम्म पु¥याउनको लागि बजार बीच पु¥याउनका लागि त्यसलाई आधार मानेर अनुदानको कार्यक्रम बनाइयो भने राम्रो हुन्छ ।
हामीले ६३ जिल्लाका सामानहरु संकलन गरिरहेका छौं । अधिकांश सामानहरु बाहिरबाट आउँछ । दुखका साथ भन्नु पर्ने हुन्छ । टाढा–टाढाको कृषि उपजहरु मुना बजारले आफै ल्याउन सकिरहेको छैन त्यस प्रकारको नीति बनाउनका लागि हाम्रो आग्रह हो ।
सञ्जाल निर्माण कसरी गर्न सकिएला ? हामी भौगौलिक रुपमा दुर दराजका छौं । अझै हाम्रो बजारमा सहज ढंगले ल्याउन नसकेको अवस्था छ ।

शहरको पूँजी गाउँसम्म राम्रो ढंगले पु¥याउने नसकेको अवस्था छ । कसरी निर्माण गर्न सक्छौं होला ?
नेपाल जस्तो खुला उद्धार अर्थनीति अंगालिएको मुलुकमा कृषि क्षेत्रमा मात्र होइन जुनसुकै क्षेत्रमा पनि निजी क्षेत्रलाई संलग्न गराइयो भने अभ्यास हुन्छ । गाउँसम्म जोडिएको कुरा हुन्छ, बजारलाई फरक कोणबाट विश्लेषण गरिनु पर्छ । सामान ल्याएर नाफा खानेलाई मात्र बजार भनिदैन । बजारको न्यूनतम् अनुशासनहरु पालना गरेर कुनै पनि वस्तुमा कति प्रतिशत नाफा खाएको छ कि, छैन कुनै ठगी भएको छ कि छैन । त्यसमा गाहकहरुलाई सूचना राम्रोसँग दिएको छ कि छैन । जहाँबाट उत्पादन भएको छ त्यहाँको पहिचान खुलाएको छ कि छैन । त्यस खालको सबै अभ्यास गरिरहेको हाम्रो जस्तो सानो कम्पनीले त्यसलाई आधार बनाएर व्यवस्थित गर्नु पर्छ भन्ने खालको हामो प्रेसर छ ।
निजी क्षेत्रले न्यायपूर्ण बजारको जहाँ अभ्यास गरिएको छ । निजी क्षेत्रका हामी जस्तो अन्य संघ–संस्थाहरु समेतेर कृषकको उत्पादनलाई हामीले अन्तिम उपयोक्तासम्म पु¥याएर कसरी सन्तुष्त दिलाउने भन्ने खालको कम्प्लिट प्याकेजको काम गर्न हामीेले आफ्नो अनुवभवहरु शेयर गर्न तयार छौं ।
कृषि क्षेत्रमा यति धेरै सरकारी तथा गैरसरकारी संघ–संस्थाहरु छन् । पूरै लाग्दा पनि प्रभावकारी भईराखेको छैनन भन्ने कुरामा विश्लेषण गरियो भने निष्कर्षमा आउन सक्छौं भन्ने लाग्छ ।
स्थानीय, प्रदेश र संघीय सरकारले राम्रै गरि विनियोजन गर्छौं भनिरहेको अवस्थामा यहाँले बजेटलाई कुनै हिसाब लिएको छ ?
जहाँ उत्पादन छ उत्पादकहरुलाई उहाँहरुलाई अभिमुखीकरण इन्पुटहरु दिएर हुन्छ कि व्यवसायिकरण तालिम दिएर हुन्छ सेफ फुडको लागि अहिले उत्पादनको नाममा जथाभावी विषादिहरु प्रयोग गरेका छन् । त्यसमा सबभन्दा पहिला त्यही किसानहरु आफै विषादिको शिकार भइरहेका छन् । क्यान्सरको महामारीबाट ग्रसित हुने जुन प्रकारको लहर आईरहेको छ । नेपालको कृषिमा एक प्रकारको समस्या छ । यहाँले थाहा पाइसक्नु भएको छ । जुन किसिमको लहर आइरहेको छ यि कुराहरुलाई पनि सचेतना गराउँदै राज्यले नीतिहरु बनाउन सकियो भने जहिले पनि हाम्रो प्रयासहरु सफल हुने छ ।

हामीलाई थाहा छ दुई महिना मात्र पानी पर्छ ८÷१० महिना पानी पर्दैन । सिँचाईको समस्या छ सिँचाईको व्यवस्थापन हुन नसक्दा नेपालको कृषि भने जसरी अगाडि बढ्न नसकेको अवस्था छ । सरकारले भन्छन् । हामीले सिँचार्ई पु¥याएका छौं । तर, किसानले भन्छन् हामीकहाँ सिँचाईंनै छैन । हामी कृषि कसरी गर्ने भन्ने ग्यापलाई कसरी हेरिरहनु भएको छ ?
हाम्रो जस्तो प्राकृतिक स्रोत साधन भरिएको भौगौलिक विविधताको धनी देश, भूगोललाई मात्र सदुपयोग गर्न सक्यौं भने प्रयाप्त पुग्छ । यति उब्जाउ र अभाव ठाउँहरुमा कृषिले प्रगति गरिहेको छ । सबै कुरा राज्यलाई मात्र भनेर हुँदैन । सीमित स्रोत साधनहरु छन् । अब किसानले पनि वैकल्पिक सोँच राख्नु पर्छ । पानी नहुने ठाउँमा हुने बालीहरु लगाउन सकिन्छ । अहिले हामी जुनेलोलाई प्रवद्र्धन गरिरहेका छौं । घैया धानलाई प्रवद्र्धन गरिरहेका छौं । राज्यले पनि के सिकाउनु प¥यो भने किसानलाई बजारमा त्यो माध्यम छ । यसको राष्ट्रिय अन्तर्राष्ट्रिय बजार छ भनेर विकल्प देखाई दियो भने सिँचाईनै पर्खिराख्नु पर्दैना । मुल र बिउलाईनै पर्खि राख्नु पर्ने विकल्प दिनु सक्नुपर्छ । त्यो कोणबाट छलफल गरियो भने हरेक किसान, उद्यमी, सरकार र निजीक्षेत्रले आ–आफ्नो जोहो गर्नसक्छ, बाँकी रह्यो । बजारीकरण गर्ने । अन्तर्राष्ट्रिय बजारस्तरमा नेपाल सरकारका राजदुतवासहरु छन् । उनीहरूले आफ्ना कुटनैतिक नियोगहरू मार्फत आफ्नो देशको महत्वपूर्ण बालीहरु जडिबुटीजन्य बाली उपयोगमा ल्याउनको लागि प्रयास गर्नु पर्छ । दुतावास मार्फत नेपालमा ठूलो सामान विश्व बजारमा मूल्य राख्ने चिजहरु अलैँची, चिनो, कागुनो । यार्सागुम्वा ति देशहरुमा प्रचार प्रसार गरिनु प¥यो । लुम्बिनी सगरमाथाको मात्र कुरा गर्ने होइन । सँग–सँगै उच्च मूल्यका कृषि उपज मूल्य श्रँृखला भएका वस्तुलाई बजारीकरण गर्न सकियो भने अन्तर्राष्ट्रिय ठूला–ठूला व्यवसायीहरू कहाँ पु¥याउन सकियो भने सम्भावना जतासुकै छ ।

नेपालको कृषि खस्किरहेको अवस्था छ भनेर विश्लेषण गरेको अवस्था छ । पछिल्लो समयमा अत्यधिक मात्रामा खाद्य वस्तु आयत गरिएको अवस्था छ । जस्तौ चामल, भटमास, मकै जस्ता खाद्यान्नहरु आयत गरेका छौं । हिजो अभाव नहुने आज अभाव हुने अवस्थाको सिर्जना कसरी भयो होला ?
म तथ्याङ्कगत विश्लेषण गर्ने अवस्थामा छैन । हाम्रो खाना खाने बानी छ । बानीमा परिवर्तन गर्नका लागि राज्यले पनि एउटा नीति ल्याउनु पर्छ । एकहप्ता ढिडो, एकहप्ता चामल खाने, एकहप्ता अरु नै खाने यस्तो वहस किन हुँदैन । जो विदेशमा हुन्छ । पाठ्यक्रममा हुन्छ जीवनलाई सन्तुलित बनाउनको लागि हाम्रो स्थानीय उपजहरु छन् । घर वरिपरि पाइने आफनै गाउँघरमा पाइने चिजहरु क्रमवद्ध रुपमा बानी बसालेर खायौं भने शरीरमा चाहिने आवश्यक पोषणतत्व पनि पुग्छ । स्थानीय वस्तुले बजार पनि पाउँछ । र त्यसले आयतित वस्तुमा निर्भर भईराख्नु पर्ने वाध्यमा पर्ने अवस्थाबाट हट्न सक्छौं ।
त्यो खालको वहस अभ्यास गरियो भने त्यही खालको नीति निर्माण गरियो भने सरकारी गैर–सरकारी निजी क्षेत्रले पनि यहीँ कोणबाट छलफल र वहस गरियो भने सँधै यहाँबाट मोटो चामल पठाउने अनि लाम्चो बनाएर पठाएर त्यसमा मिठो वासना छरेको खाने कुरा खाएर यो त्यो भो भनेर विरोध मात्र गरेर पनि राम्रो हो जस्तो मलाई लाग्दैन ।

नेपाल अझै पनि कृषि प्रधान देश हो । पढाइयो कृषि प्रधान देशलाई माथि उठाउने र देशलाई समृद्ध बनाउन के–के गर्नुपर्छ ?
हामाीले कषि पढ्नु चाहेन पढाइन । कृषि प्रधान देशै बनाउनका लागि हामी अर्को थप अभ्यास गर्नुपर्ने हुन्छ । कृषि प्रधान देशभए पछि यहाँको पर्यटन पनि कृषिसँग जोडिएको हुनुपर्छ । कुनै एउटा पयर्टक कुनै ठाउँमा गयो भने उनले काठमाडौंबाटै ड्राइफुडहरू प्याक गरेर लैजानु पर्ने हुन्छ । स्थानीय खाना खान पाउँदैन । कृषिलाई चाहे पर्यटनमा होस्, चाहे आर्थिकमा होस्, चाहे सामाजिक होस् कुनै पनि क्षेत्रमा कृषिसँग जोडिएको कुराहरु भयो भने त्यो चाहीँ कृषि प्रधान देश हुनसक्छ । हाम्रो जुनेलो, फापर, कागुनो त्यसलाई हामीले प्रवद्र्धन गर्दैनौं । अहिलेको अलिकति चेतना आएको छ । फुड हयावित अलिकति परिवर्तन भएको छ । कुन कुरालाई स्थापित गर्ने र विस्थापित गर्ने भन्ने खालको कोर्षको विकास गर्नु पर्ने हुन्छ ।
त्यसका लागि निजी क्षेत्र अभियन्ताहरु लाग्नु पर्छ । नयाँ गरियो भने कृषि उद्यमशीलता मार्फत कृषि प्रधान देशको रुपमा वैकल्पिक रुप दिन सकिन्छ । अहिलेको हाम्रा नानीहरुले बाहिरबाट ल्याइएका अखाद्य खानेकुरा खान्छन् । हाम्रा स्वास्थ चिजहरु खान मान्दैनन् । कोदोको रोटी खान मान्दैनन् । कोदोको रोटीलाई राम्रो खालको कुकीजहरु बनाउने प्रयासै गरेनन् । कोदोको खेती गर्न राज्यले लगानी गर्नुु प¥यो नि ! मकै, जुनेलो, कागुनोको विभिन्न परिकार बनाउने विस्कुट बनाउनको लागि जोड दियो भने खाद्य सुरक्षाको कुरा छ फड्को मार्न सक्छ ।
हामीले मुना बजार भनेर राखेका छौं । सबै हामीले स्थानीय उत्पादनहरुबाट बजार सञ्चालन गर्न सक्छौं भनेर सञ्चालन गरेका छौं । त्यसमा झण्डै सयभन्दा बढी खाने कुराहरु परम्परागत रुपमा बनाइएका २०० प्रकारका परिकारहरु मुना बजारमा राखेका छौं । यसरी पनि हाम्रो देशको उत्पादनहरु पनि बढाउन सक्छौं । हामीले उत्पादनसँग जोडिएका कतिपय उत्पादनहरु समुदायसँग जोडिएका छौं । समुदायको पहिचानसँग जोडिएका छन् । समुदायको सास्कृतिसँग जोडिएका हुन । किराँत सभ्यातासँग जोडिएका छन् । हरेक जीचहरु भूगोल समुदायसँग कुनै न कुनै हिसाबमा समुदायसँग जोडिएका छन् । त्यसकारण आफ्नो स्थानीय लोप हुन लागेको उपजहरुमा खानेबानी बसालौं र रैथानी बालीहरुलाई प्रयोग र संरक्षण गरि प्रचार प्रसार गरिदियौं भने भावनात्मक रुपमा आफनो नानीहरुलाई सिकाउनु भयो भने हामी जुन ठाउँमा बसिरहेका छौं रमाइलो गर्न सक्छौं ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close