कृषि प्रविधि

फल कुहाउने औंसा पार्ने झिँगाको रोकथाम

फल कुहाउने औंसा पार्ने झिँगाका विभिन्न प्रजातिहरुले फल र फल तरकारी बालीहरुमा नोक्सानी गरेको पाइन्छ । सुन्तला जात फलफूलको फल कुहाउने र औंसा पार्ने झिँगा चाइनिज सिट्रस फ्लाई ( ब्याक्टोसेरा मिन्याक्स)को उद्गमस्थल चीनबाट भुटान, सिक्किम हुँदै नेपालको पूर्वी पहाडी भू–भागमा प्रवेश गरेको अनुमान रहेको छ । झिँगाको टाढा–टाढासम्म उड्ने क्षमता र औंसा लागेका फलफूलको सहज ओसारपसारले यो कीरा अन्यत्र फैलिन सजिलो भएको छ । यस झिँगा कीराको सही व्यवस्थापन नभएमा भविष्यमा यस कीराले सुन्तला जात फलफूलहरुको उत्पादनमा ठूलो क्षति पु¥याउन
सक्दछ ।
फल कुहाउने अन्य झिँगाहरुको तुलनामा यस कीराका जीवनीको विभिन्न रुपहरु वयस्क झिँगा, फुल, औंसा र प्युपाहरु ठूला आकारका हुन्छन् । औंसा लागेका फलहरु सद्दे फलको तुलनामा हलुका हुन्छन् । बिग्रेको फल काटेर हेर्दा गुदीमा सेता औंसाहरु देखिन्छन् । सुन्तला जात फलफूलको फल कुहाउने र औसा पार्ने झिंगा (ब्याक्टोसेरा मिन्याक्स)ले एक वर्षमा एक मात्र जीवनी पूरा गर्छ । कीराको जीवनचक्रको अचल अवस्था (प्युपा) जमिनमा माटोमुनि रहने भएकाले सङ्क्रमित फलहरुलाई बेवास्ता गरी वरपर त्यसै माटोमा फाल्नु हुँदैन । झिँगा निस्किएर प्रोटिनयुक्त खानेकुरा खाएपछि मात्र वयस्क हुन्छन् र फुल पार्दछ । चाइनिज सिट्रस फ्लाई (ब्याक्टोसेरा मिन्याक्स) मिथायल युजेनल र क्यु ल्युरमा आकर्षित हुँदैन । कीराको जीवनी र आनीबानीको जानकारी राखेर कीरा व्यवस्थापनमा एकीकृत र सामुदायिक रुपमा लाग्नुपर्दछ ।
व्यवस्थापन ः
सुन्तला जात फलफूलको फल कुहाउने र औंसा पार्ने झिँगा चाइनिज सिट्रस फ्लाई (ब्याक्टोसेरा मिन्याक्स)को लार्भा अवस्था कातिक, मंसिर महिनादेखि चैतसम्म माटोमुनि अचल अवस्थामा रहेको प्युपा अवस्थाबाट चैत, बैशाख महिनामा जमिनबाट वयस्क झिँगाहरु निस्कने समय हो । बैशाख, जेठ, असार र साउनमा पोथी झिँगा फुल पार्न सक्रिय हुने र सुन्तला जात फलफूलमा फुल पार्ने बेला हो । झिँगाहरुलाई फुल पार्नका लागि प्रोटिनको आवश्यकता परेअनुसार चैत्र, बैशाख, जेठ र असार महिनामा पोथी झिँगाहरु प्रोटिनयुक्त आहारको खोजीमा हुन्छन् । यस बेला यिनीहरुले रुचाउने प्रोटिनको स्रोत प्रोटिन हाइड्रोलाइसेटको चारों प्रयोग गरी त्यसमा अल्झाई समूहमा मार्न सकिन्छ । विषाक्त प्रोटिन हाइड्रोलाइसेटलाई ठाउँ–ठाउँ (स्पोट)मा उपचार गरेर झिँगाहरुलाई मार्न सकिन्छ । प्रोटिन हाइड्रोलाइटलाई म्याकवेल ट्रयाप (पासो) वा स्थानीय तवरले उपलब्ध १ लिटर पानी अट्ने खाली बोतलमा राखेर चाइनिज सिट्रस फ्लाईका वयस्क झिँगाहरु निस्केका नियमित तवरले अनुगमन गर्नुका साथै मार्न सकिन्छ ।
ठाउँठाउँ (स्पोट)मा प्रोटिन चारोको प्रयोग ः
चाइनिज उत्पादन प्रोटिन हाइड्रोलाईसेटको प्रयोगले चाइनिज सिट्रस फ्लाईबाट जुनारमा हुने क्षतिलाई न्यून् पार्न लाभप्रद सावित भएको छ । यस ग्रेट फ्रुट फ्लाई बोटमा प्रोटिन हाइड्रोलाइसेट २५४ र कीटनाशक विषादी एनामेक्टिन ०.१% मिसाइएको हुन्छ । एक भाग बोट फ्रुट फ्लाई बोटमा २ भाग पानी मिसाई जुनार बोटको (०.५–१ वर्ग मिटर क्षेत्रफल) पातमा तल्लोपट्टि (प्रतिरोपनी ७ देखि ८ बोटमा ०.५ देखि १ नगमिटर पातमा पर्ने गरी) सात–सात दिनको अन्तरालमा १० पटक छर्कनुपर्छ । रसेल आईपीएमको उत्पादन सेरानोक १०० बोट स्टेसन प्रतिहेक्टर साथै अन्य उत्पादनहरु एकीकृत रुपमा प्रयोग गर्न सकिन्छ ।
व्यापक (कभर) स्प्रे गर्ने
बैशाख, जेठ र असार महिनामा फलको आकार गुच्चादेखि कागती जत्रो हुँदा पोथी झिँगाले जुनारका चिचिला फलहरुमा फुल पार्ने समय हुन्छ । यस मेला दैहिक निषादी जस्तै डाइमेयोएट (रोगर ३० ई.सी.) १.५ मि. लि. प्रतिलिटर पानीमा ना १ मि.लि. इमिडाक्लोप्रिड १७. एस. एल. प्रति ४ लिटर पानीमा वा एनामेक्टिन १. ई.सी. १.१२ ग्राम प्रतिलिटर पानीमा मिसाई १५–

१५ दिनको फरकमा पूरै जगेर्नाका जुनारका रुखहरुमा व्यापक (कभर) स्प्रे गर्नु उचित हुन्छ । रासायनिक निषादीको प्रयोग गर्दा अनिवार्य तवरले सुरक्षित पहिरनको प्रयोग गर्नुपर्छ । साथै त्यसैले पर्यावरणमा पार्ने नकारात्मक असरको पनि होस् राख्नुपर्छ ।
सरसफाई ः
साउन, भदौ, असोज र कात्तिक महिना फलहरु औसाद्वारा सङ्क्रमित हुने बेला हो भने कार्तिक, मंसिर महिनामा सङ्क्रमित फलभित्र भएका औंसाहरु छिप्पिएपछि फल झरे पश्चात् वा फल बोटमै भएको अवस्थामा बोक्रामा प्वाल पारी माटो मुनि प्युपेसनमा जाने हुन्छन् । सो समयमा माटोभित्र पसी प्युपा (अचल अवस्था) मा जानुअगावै औंसाहरुलाई निस्तेज गर्न उपायहरु कीरा सङ्क्रमित फलहरु नियमित संकलन गरी १ देखि १.५ मिटर गहिरो खाडलमा जमिनको सतहबाट कम्तीमा ३० से.मीभित्र पर्ने गरी माटोमा पुर्नुपर्छ । वा यस्ता सङ्क्रमित फलहरु कालो प्लाष्टिकको थैलामा हावा न छिर्ने गरी बन्दी अवस्थामा केही दिन राखेर पनि त्यसमा रहेका औंसाहरु मार्न सकिन्छ । वा औंसा सङ्क्रमित फलहरु जम्मा गरेर जलाई दिँदा वा फल प्रशोधनमा उपयोग गरेर फलभित्रका औंसाहरुलाई मार्न सकिन्छ । उक्त फलहरुलाई गाईवस्तुलाई खुनाउँदा वा गोवर उसको संयन्त्रमा हालेर तथा फलमा भएका औंसाहरु कुखुरालाई खुवाएर पनि कीराहरु मार्न सकिन्छ । ज जसरी होस् सङ्क्रमित फलहरुभित्र रहेका औंसाहरुलाई मार्नुपर्छ । बगैँचा वरपर रहेका चाइनिज सिट्रस फ्लाईका अश्ली आहार फल लाग्ने वनस्पतिहरुलाई नष्ट गर्नुपर्दछ ।
माटो उपचार ः
फल टिपिसकेपछि गगैँचामा जुनार बोट तलतिरको माटोलाई राम्ररी खनजोत गरी मेटाराइजियम एनिसॉप्लि नामक जैविक विषादी १००–१५० ग्रामप्रति रोपनीका दरले माटोलाई राम्ररी उपचार गरी माटोमा रहेका औंसा र प्युपाहरुलाई रोग्याएर मार्न सकिन्छ । उपचारित क्षेत्रमाथि छापो राख्न सके कीराहरुलाई राम्ररी रोग्याउन सकिन्छ । निमको पिना वा क्लोरपाइरिफोस १० प्रतिशत गेंडे कीटनाशक विषादीले माटोको उपचार गरेर पनि माटोका औंसाहरुलाई मार्न सकिन्छ ।
सावधान ः क्लोरपाइरिफोस निमपानीले माटो उपचार बेलामा वेर्नामा कम्तीमा १ महिना घरपालुना दाना चराउनु र त्यस ठाउँको घाँस घरपालुना समाउनु हुँदैन ।
नोट ः बगैँचामा रुखहरुबाट झरेका औँसाहरुसहितका फलहरु बेवास्ता गरी भुइँमा यावत् रहन दिएमा वा वरपर जमिनमा फालेमा ती फलहरुबाट औंसाहरु निस्की माटोमुनि असल अवस्थामा जान्छन् र अर्को वर्षाको जुनारको मौसममा वयस्क झिँगाहरुको स्रोत बन्ने छन् । त्यसैले सरसफाईमा ध्यान दिने र काँचा व्यवस्थापनमा उचित कर्महरू अवलम्बन गर्नुपर्दछ । बोटको नियमित काटछाँट गरेमा कीरा व्यवस्थापन कार्य गर्न सहज हुन्छ । यस प्रकारका माथि उल्लेखित व्यवस्थापनका कर्महरुमध्ये सम्भन हुने विधिहरू सम्पूर्ण कृषकहरुले सामूहिक रुपमा अवलम्बन गर्न जरुरी हुन्छ । आगामी दिनमा स्थलगत रुपमा वैज्ञानिक तवरले कीराको जीवनचक्र अध्ययन र व्यवस्थापनका विधिहरुको अनुसन्धान हुन जरुरी छ । यस विनाशकारी कीराको व्यवस्थापनका लागि सुन्तला जात फलफूल उत्पादक, व्यापारी साथै उपभोक्ता लगायत सम्पूर्ण सरोकारबालाहरुले ध्यान दिन जरुरी छ । सुन्तला जात फलफूलको फल कुहाउने झिँगा, चाइनिज सिट्स फ्लाई (ब्याक्टोसेरा मिन्याक्स)को व्यापक क्षेत्रगत नियन्त्रण कार्यक्रम
यस झिँगा कीराको जीवनचक्र र आनीवानीमा मध्यनजर राखी समस्याग्रस्त क्षेत्रमा व्यापक क्षेत्रगत नियन्त्रण कार्यक्रमको जनधारणा अनुरूप कीरा व्यवस्थापन निधिहरुको एकीकृत र समष्टिगत रुपमा नियन्त्रण कार्य परिचालन आर्थिक रुपले न्यायोचित र नातावरणीय दृष्टिमा सन्तुलित र दिगो हुन्छ । यसका दुई पक्षहरु छन् । ती हुन्, व्यवस्थापकीय पक्ष र प्राविधिक पक्ष व्यवस्थापकीय पक्षमा सरोकारवालाहरुसँग सरसल्लाह, स्पोटकर्ताहरु र बगैँचा धनीहरूलाई अभिमुखीकरण, अनुगमन र पृष्ठपोषण पर्दछन् भने, प्राविधिक पक्ष अन्तर्गत औंसाहरुबाट फल क्षतिको तथ्याङ्क संकलन, वमस्क झिँगाहरु निस्कने समयको अनुगमन, निर्धारित ठाउँ–ठाउँ (स्पोट) र समयमा प्रोटिन गेट स्प्रे कार्य र औसाहरुलाई प्युपा अवस्थामा जान नदिन सरसफाई प्रविधि अवलम्बन कार्य पर्छन् । सोका लागि आवश्यक सामाग्रीहरु प्रोटिन गेट (ग्रेट फ्रुट फ्लाई गेट) यस गेटमा संलग्न तत्वहरु (२५० प्रोटिन हाईड्रोलाईसेट + ०.१० एमामेक्टिन) स्प्रेयर, पेट पोल्ने भाँडो वा वाल्टिन, पानी, सुरक्षित पहिरनहरु आदि पर्दछन् । प्रयोग विधि एक भाग प्रोटिन गेट (ग्रेट फ्रुट फ्लाई गेट) मा दुई भाग पानी मिसाई राम्ररी घोल्ने । यस प्रकार मनाइएको प्रोटिन गेटको घोल उपचारका लागि तयारी अवस्थामा हुन्छ । तयारी प्रोटिन गेट ५० मिलि लिटर पोल ०.५ देखि १ वर्ग मिटर पातको तल्लो भागमा छर्ने । प्रोटिन गेट स्पोट विधिवाट प्रत्येक फल्ने ३ सुन्तला जात फलफूलको बोटमध्ये १ बोटको विविध भागमा प्रत्येक हप्ता हप्ताको एक पटक १० देखि १२ पटक छर्नुपर्दछ । स्प्रे कार्य वयस्क झिँगा निस्केको १० देखि १५ दिनमा स्प्रे कार्य सुरुवात गर्नुपर्दछ । साथै कीरा व्यवस्थापनका लागि बगैँचा सरसफाइमा ध्यान दिनु अति जरुरी हुन्छ ।
सन्दर्भ सामग्रीहरु ः
Acharya U.K. and D. Adhikari 2018 Chinese Citrus Fly
-Bacto max, management in mid hills of Nepel. The Journal of Agriculture and
Environment.VolM 20, June, 2019.pp.47.58.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close