लेमनग्रास, कागती घाँस (Cymbopogan citrates W. Watson)
क) परिचय (Introduction)
लेमन ग्रास Gramineae परिवार अन्तर्गतको एउटा वहुवर्षे बाली हो । कागतीको स्वाद पाइने हुनाले नै यसलाई लेमन ग्रास भन्ने गरिएको हो । कागतीको वासनायुक्त यो तेलमा सिट्राल भन्ने तत्व लगभग ८० देखि ८५ प्रतिशतसम्मको हाराहारीमा पाइन्छ । त्यही सिट्राल तत्वहरु विभिन्न वस्तुहरुमा सुगन्धका लागि लागि जस्तै अत्तर, साबुन, सर्फ, आदिमा मिश्रणगरी सुगन्धितयुक्त वस्तुहरु बनाइ्न्छ । नेपालमा पनि नयाँ पुस्ताहरुले यसको प्रयोग अत्याधिक गर्ने गरेकाले पनि यसको बजारमा हाल बढेको पाइएको छ । हाल सर्लाही जिल्लामा लगभग ८–१० वटा डिस्टिलेशन हुने गरेको छ । लेमनग्रास लगभग प्राय प्रायजसो सबै स्थानको लागि उपयुक्त छ । भू–संरक्षणका लागि यो बाली साह्रै उपयोगी रहेको छ । वहुवर्षेबाली भएकाले जोतखन नगर्दा समेत बालीलिन सकिने र वर्षेपिच्छे जरा माटोको तलसम्म जाने भएकाले पनि भू–क्षय न्यूनिकरण तथा नियन्त्रित हुने गरेको छ । बाली लिँदा समेत खनजोत ४०–४५ दिनमा बालीलिन सकिने भएकाले न्यून आए भएका विपन्न वर्गका जनतालाई समेत उपयोगी रहेको छ । लेमनग्रास हो । हाल तराई भेगमा चियापत्तिका लागि भन्दा सुगन्धित तेलबाट बढी आयआर्जन हुने हुनाले व्यवसायिक रुपमा प्रायजसो स्थानमा तेलजन्य रातो लेमनग्रास खेती भएको पाइन्छ । सरकारी तथा निजीस्तरका तराईका कृषकहरुले यसको सफलतापूर्वक खेती गरेका छन् ।
ख) लेमनग्रासको नर्सरी २ तरिकाले गर्न सकिन्छ । ब्याडमा बिउ खसालेर र स्लिप तयार गरेर ब्याडमा बिरुवा उत्पादन गर्दा सम्भव भए सिँचाईको प्रबन्ध मिलाउनु पर्दछ । ब्याड होचो नै बनाउँदा उपयुक्त हुन्छ । यसको लागि राम्रो हुन्छ । नर्सरी ब्याड बनाउँदा राम्रोसँग केलाउने र राम्ररी पाकेको कम्पोष्ट मलमा माटोमा मिलाई ब्याडको वरिपरि कुलो बनाए दिने । यसको बीउ हलुका हुनेहुँदा १ भाग माटो र १० भाग बालुवा गरी एउटा छेक्स्कोले १५ देखि २० ेसेमीको फरकमा बीउ बाक्लोसँग लाइनमा राखी माटोले पुरिदिनुपर्दछ । ताकि बिरुवा राम्रोसँग उम्रने र हुर्कने गर्दछ । ब्याडलाई सोतर वा परालले राम्रोसँग छोप्नु पर्छ । ताकि सिँचाई गर्दा बिउ नबगोस् ब्याड बनाउँदा माटो भने जंगल अथवा बगैँचाको अर्थात् बाली नलागेको स्थानको माटोको ब्याड राम्रो हुन्छ ।
ग) बीउको मात्रा र हेरचाह (Seed Quantity and Proper Care)
नर्सरीमा बीउ व्यवस्थापन ः
नर्सरीमा बीउ तयार गरी रोपण गर्दा प्रति हेक्टर २ केजी बीउ लाग्ने गर्दछ । बीउ छरेपछि ब्याडमा नियमित निगरानी राख्नु पर्दछ । सुख्खायाममा सिँचाई अनिवार्य रुपमा दिनको एकपटक फूलझारी (Sprinkler)ले दिनु पर्छ । बीउ छरेको एकहप्ता पछि उम्रिन थाल्दछ र ३, ४ हप्ता पछि बिरुवा रोपणका लागि योग्य हुन्छ । बिरुवा १५ सेमीको भएपछि रोपण योग्य मानिन्छ । तर बिरुवा अति कलिलो हुनाका कारण वर्षाको बेला भए बिरुवालाृई पानीमा डुबाएर मात्र रोपणका लागि बारीमा लगाउन सकिन्छ । र नत्र बिरुवा मर्ने सम्भावना हुन्छ ।
घ) रोपण गरिने जग्गाको किसिम (Land and Soil Type)
–यो एउटा वहुवर्षे बाली भएका र तराईका हरेक ठाउँमा यसको खेतीयोग्य भएता पनि सकभर पानी नजम्ने दोमट मोटो यसको लागि उपयुक्त मानिएको छ । बिरुवा रोपण ३ किसिमबाट गर्न सकिन्छ । बीउबाट सिधै खेतमा, नर्सरीबाट, बिरुवा उत्पादन गरी ।
–रुखको छहारी मुनि घुस्याहा बाली (Inter-cropping)को रुपमा खेती गरिने भए बिरुवा संख्या केही कम लाग्ने हुन्छ । त्यस्तै असिञ्चित पाखो जग्गाहरुमा पनि यसको खेती गरिन्छ । तर यसका लागि प्रशोधन मेशिनको सुविधा भएको हुनुपर्छ ताकि ढुवानी भाडा कम लागोस् ।
ङ) रोपन गरिने जग्गाको तयारी (Soil Preparation)
जग्गाको तयार २ किसिमबाट गर्न सकिन्छ । खाडल खनेर वा खनजोतबाट
–तराईका समतल भागहरुमा खनजोत गरी गरिने कार्य प्रभावकारी रहेको छ भने छहारी तथा घुस्याहा बालीको रुपमा लगाइने खेतीभने खाडल खनी बिरुवा रोपण गरिने चलन रहेको छ ।
–खनजोत गरी गरिने कार्य ः आफूलाई आवश्यक जग्गा रामोसँग जोतखन गरी डल्ला फोरी मिलाई गरे पछि राम्रो पाकेको कम्पोष्ट मल प्रतिकट्टा ५० देखि ६० डोकोे हाली राम्रोसँग माटोमा मिलाई जोत्ने र ४० देखि ५० सेन्टिमिटर बिरुवा देखि बिरुवाको दूरी र करीब ६० सेन्टिमिटर लाइनदेखि लाइनको दूरीमा लाइन मिलाई बिरुवा रोपण गर्ने र सिँचाई राम्रोसँग दिने गर्नुपर्दछ । बिरुवा १ महिनाको भएपछि खाली रहेको माटो ड्याङमा ल्याई उकेरा लगाउने जसले गर्दा मलिलो माटो खेर नजवोस् ।
–खाडल खनेर भिरालो जग्गा वा घुस्याहा बालीको रुपमा खेती गर्दा जोत्ने समस्या रहेकाले लाइन बनाई लाइनमा ५०–५० सेन्टिमिटरको १÷१ फिटाको गहिरो खाडल १०–१५ दिन पहिला खनी राख्ने पाकेको कम्पोष्ट मल कम्तिमा ५०० ग्राम दरले माटोमा राम्रोसँग मिलाई खाडलमा राखी बिरुवा रोपन गर्ने ।
–बिरुवा रोपण सिजनमा जेष्ठ असारमा रोपण राम्रो हुनेछ ।
छ) वृक्षारोपणका लागि बिरुवा खासगरी ३ प्रकारका प्रयोग गर्न सकिन्छ ।
क) नर्सरीमा बेर्ना उमारेर
ख) स्लिप झ्याङ्ग फोरेर
ग) सिधै खेतमा बिीउ छरेर
जहाँ जे–जेसो किसिम भए पनि यस भागमा स्लिम तथा नसरी वा ल्पिबाट बिरुवा रोपनण प्रायजसो चलन रहेको छ ।
ज) बिरुवा गोडमेल तथा सिँचाई (Plantation and Irrigation)
बिरुवालाई सम्भव भए प्रतिवर्ष कम्तिमा १ पल्ट गोडमेल तथा आवश्यक मात्राको सिँचाई दिनु पर्दछ । घाँस झारपात भएमा रोगले आक्रमण गर्ने सम्भावना रहन्छ । सिँचाई अवस्था हेरी सिँचाई दिनु जरुरी छ । सुख्खा सिजन भए महिनामा २–२ पल्ट वा बाली लिएपछि तुरुन्तै सिँचाई तथा गोडमेल गर्नु पर्छ ।
झ) लेमनग्रासमा लाग्ने रोग किराहरु (Pests and diseases)
रोगहरु पात पहेँलो हुने र पातमा काला टिका देखा पर्ने किरा लाग्ने आदि समस्य रहेकाछन् । बिरुवामा देखिन समस्याहरुमा खासगरी वर्षातको बेला यो रोगले आक्रमण गर्दछ । पानी कम वा बढी दुबै अवस्थामा पात पहेँलिने रोग लाग्न सक्छ । त्यस्तै माटोमा केही बिरुवाको लागि आवश्यक खाद्यतत्वको अभावमा पनि यो रोग लाग्न सक्छ ।
ञ) रोग किरा नियन्त्रणमा घरेलु विधिहरु (Local Control against Pests and Diseases)
खासगरी खेतमा झारपात सफा गर्ने, पानीको निकास राम्रोसँग गरिदिने र बालीका फेदमा ४ इञ्चजति खाडल खनी बायोज्याम रसिगल जिंक दुबै बराबर मिक्स गरी प्रतिकठ्ठा १ किलाग्रामका दरले बिरुवामा राखी खाडल पुरी चिस्यान नभए सिँचाई गरिदिने । यदि सिँचाईको प्रबन्ध छैन भने चिस्यान पनि छैन भने यो कार्य गर्नु हुँदेन ।
ट) बाली संकलन (Crop Harvesting)
बाली संकलनको पहिलो अवधि खासगरी खेती गरिएको माटो अनुसारको रहन्छ । मलिलो माटोमा ३ महिना तथा अन्य स्थानको हकमा ४ महिनासम्म पहिलो बाली लिन सकिन्छ । त्यसपछिको बाली भने कृषकले गर्ने परिश्रम र सेवा भने कृषकले गर्ने परिश्रम र सेवामा भर पर्दछ । कम्तिमा ३÷३ महिनामा बाली लिन सकिन्छ ।
बाली संकलन अवधी नमिलेकामा वा थपघट भएमा तेलको गुणस्रत र उत्पादनमा समेत निकै अन्तर पर्न जान्छ । धेरै कलिलोे घाँस तथा बढी अवधिको डाँख्ला समेत निस्कएको घाउबाट उत्पादित तेल गुणस्तर बिग्रनुका साथै तेलको परिमाणमा समेत कमी हुन्छ । जसले गर्दा उत्पादक कृषक प्रशोधनकर्ता व्यापारीमा समेत त्यसको असर पर्दछ । त्यसकारण बाली तोकेको समयमा लिन जरुरी छ । घाँस र तेल दुबैमा कमी आउन सक्छ । प्रतिकट्टा पहिलो वर्ष ५०० केजीबाट शुरु भई उत्पादन चौथौं वर्ष पुग्दा देब्बरसम्म हुन्छ र त्यसपछि पुन घट्दछ ।
ठ) प्रशोधनका विधिहरु (Processing Process)
राम्रो तथा गुणस्तर तेल निकाल्नका लागि घाँस काटेपछि कम्तिमा २४ घण्टा छहारी (Shade) मा राखी ओइलाए पछि मात्र डिस्टिलेशनमा लानु पर्दछ । डिस्टिलेशन हुँदा तपाईको घाँस लानु पर्दछ । डिस्टिलशन तपाईको घाँस चियापत्ति वाला (स्थानीय जातका) छ भने प्रति क्विन्टल २ देखि ३ केजीसम्म जयनगरको रातो डाँठ वाला–उन्नत भेराइटीको) परेको छ भने प्रति क्विन्टल ४ देखि ५ केजी सम्म तेलका मात्रा उत्पादन हुन सक्छ । यानी ३ देखि ५ प्रतिशतसम्म यसैको अनुपातमा बाली लगातार ४ वर्षसम्म लिन सकिन्छ । त्यसकारण पनि यो बाली सर्लाही जिल्लामा लोकप्रिय हुँदै गएको छ ।
ड) लेमनग्रासको हालको बजार (Markets)
तेलको प्रतिशत पनि राम्रो तथा उत्पादनमा समेत सजिलो तथा प्रत्येक ३÷३ महिनामा बाली समेत सुविधा तथा एकपटक बाली लगाउँदा ४÷५ वर्षलाई पटक पटक बाली लगाउने झन्झट नपर्ने भएको कारण र बजारमा समेत प्रशस्त भएर पनि यसको खेती अत्यधिक भएको मान्न सकिन्छ । र यसको बजार पनि प्रतिस्र्धामा रहेको छ । सर्लाही जिल्लाको बजार हकमा गतवर्षको तुलनामा वर्षैपिच्छे मूल्य वृद्धि करिब ३० देखि ४० प्रतिशत हुने गरेको पाइएको छ ।
ढ) लेमनग्रासको हालको मूल्य (Prevalent price)
खासगरी लेमनग्रास सर्लाही जिल्लामा २ प्रकारका चलनमा रहेका छन् । सुगन्धित तेल धारी तथा चियापत्तीका लागि तर यस पुस्तिकामा सुगन्धित तेलधारीको मात्र वर्णन गरिएको छ । मूल्यको हिसाब यही प्रजाति नै सबभन्दा उत्तम मूल्यको प्रजाति हो । हाल बजारमा रु.१,००० देखि १३०० सम्म यसको बजार मूल्य स्थानीय रुपमा रहेको छ । सम्बला चुरे हर्वल, माले ईन्टरनेशनल र नेपाल गैर काष्ठ वन पैदावार प्रवद्र्धन संघ सर्लाही अन्तर्गत मुर्मियामा अवस्थित सामूदायिक जडीबुटी सहकारी संस्था लिमिटेड लगायत विभिन्न कम्पनी तथा निजी स्तरका व्यक्ति आदिले लेमनग्रासको तेल खरिद तथा बजार प्राप्त गर्नमा सहयोग गरिरहेका छन् ।
कम्पनीहरुले आफ्नै साधान स्रोतबाट डिस्टिलेशन गर्दाको मूल्य रु.१००० प्रतिकिलो सम्म र आफ्नो डिस्टिलेशन प्लान्ट हुनेहरुको काठमाडौं लगायत विदेशमा समेत व्यापाक गर्नेहरूलाई अत्यधिक र निजी स्तरमा खेती गर्ने र तेल संकलनले रु.१३०० प्रतिकिलो सम्मा मूल्यमा बेच विचन गरेको पाइन्छ ।
ण) आम्दानी तथा खर्चका विवरण (Income and Expenditure)
गाउँघरमा खेती गर्दा कट्टा खेत, विगाह आदि जग्गाका इकाई बढी प्रचलनमा रहेकाले स्थानीय कृषकको सजिलो बुझाईका लागि यहाँ प्रति कट्टामा इकाईमा आम्दानी, खर्च गणना गरिएको छ ।
खर्चको विवरण ः
क्र.सं. विवरण परिमाण इकाई दर(रु) जम्मा रकम (रु.)
१. झाडी सफाई २ जना ज्यामी ३०० ६००
जग्गा तयारी जोताई १ हल ५०० ५००
कम्पोष्ट मल ५० डोको प्रतिकट्टा ५० २५००
बिरुवा रोपाई २ जना ज्यामी ३०० ६००
सिँचाई वर्षमा १ पप्लट ४ जना ज्यामी ३०० १२००
औषधी उपचार वर्षमा २ पटक २०० ८००
बाली कटान वर्षमा ३ पटक ३ जना ३०० ३६००
बाली ढुवानी ट्याक्ट् १२ पटक ५०० ६०००
प्रशोधन खर्च १ पटक १ जना १२ पटक ३०० ३६००
जम्मा खर्च २३,०००