समाचार

प्रदर्शनीमा मेड इन नेपाल प्याभिलियन पनि

धनबहादुर मगर
काठमाडौं पुस १३ गते नेपाल कृषि यान्त्रीकरण व्यवसायी संघको आयोजनामा ‘‘कृषि यान्त्रीकरणमा वृद्धि, व्यवसायिक कृषि विकास र समृद्धि’’ मूल नाराका साथ ५ औं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७८ माघ ५ देखि ८ सम्म चितवनको भरतपुरमा हुने भएको छ ।
कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिको वृहत प्रदर्शनी र साथमा प्रदर्शनीको आकर्षण प्रदर्शनीमा १५० भन्दा बढी कृषि यन्त्र औजार तथा उपकरणहरु हुने छन् । प्रदर्शनीमा २० बढी मुलुक सहभागी हुने छन् । २ हजार भन्दा बढी प्रकारका उपकरणहरु हुने छन् । प्रदर्शनीमा १ लाख भन्दा बढीले अवलोकन गर्ने जनाएको छ ।
उक्त प्रदर्शनीमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना र यस संघको संयुक्त आयोजनामा आगामी मिति २०७८ माघ ५ देखि ८ गते देखि २२ सम्म भरतपुर महानगरपालिका, चितवन एक्पो सेन्टरको हलमा पाँचौै राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७८ को आयोजना हुन गईरहेको छ । नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, औद्यौगिकीकरण, आधुनिकीकरण तथा व्यवसायिकीकरण गर्न टेवा पु¥याउने उद्देश्याले आयोजना गरिएको यस प्रदर्शनीमा आधुनिक कृषि पशुपालन, मत्स्या पालन, पुष्प खेती व्यवसायिक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्री, बीउ विजन, आधुनिक सिचाँई लगायतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेको प्रतिष्ठित कम्पनीहरुको सहभागीता रहने छ । विज्ञाप्तिमा जनाएको । सञ्चार सहयोगीहरु नेपाल कृषि पत्रकार महासंघ, एशोसिएसन अफ नेपाली एग्रीकल्चर जर्नालिष्ट (अनाज) रहने छन् ।
मुख्य प्रायोजक शलोन एग्रीकल्चर प्रा.लि, प्रायोजक मुक्तिनाथ कृषि कम्पनी लि. मुक्तिनाथ विकास बैंक, सह–संयोजक एनटीसी इण्डष्ट्रीज प्रा.लि, जी ७ एग्रीकल्चर प्रा.लि, एस केटी नेपाल प्रा.लि, कुवेर एण्ड सन्स टे«ड प्रा.लि, नेपाल चाइना एग्रीकल्चर सेन्टर, बीटीएल, टे«ड प्रा.लि, नयाँ तुलसी ग्रुप, द हवी अटो टे«ड प्रा.लि, सहयोगी संस्थाहरु कृषि उद्यम केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद्, चितवन उद्योग संघ, कृषि सहकारी केन्द्रीय संघ लि, आर एण्ड डी इनोभेशन सोलुसन रहेको जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले वार्षिक रुपमा १० अर्वको कृषि मेशिनरी भित्रीने र केही प्रविधि नेपालमै बन्न थालेको बताउँदै नेपालमा बनेको प्रविधि आयत गर्ने प्रविधि भन्दा बढी महँगो पर्न गएकाले सम्बन््िधत निकायले सम्वोधन गर्नुपर्ने बताउनु भयो ।
उक्त अवसरमा मुक्तिनाथ कृषि कम्पनी सचिव रामशरण तिमिल्सिना, कृषि कर्जा सम्बन्धी सुष्मा शर्मा, इभेन्ट म्यानेजमेन्ट पशुपति केसी, सलोन कृषि कम्पनीका कृष्ण अधिकारी, नामियाका संस्थापक अध्यक्ष महेन्द्र प्रसाद कँडेल, निवर्तमान अध्यक्ष कृष्ण श्रेष्ठ, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाका इन्जिनियर जीत चन्द, कृषि पूर्वाधार विकास तथा यानत्रीकरण प्रवद्र्धन केन्द्रका प्रमुख महेन्द्र पौडेल लगायतले प्रदर्शनीको महत्वका विषयमा चर्चा गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close