समाचार

२४ औ पुष्प मेला २०७९ सम्पन्न

‘‘स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिको लागि पुष्प व्यवसाय’’

धनबहादुर मगर
काठमाडौं चैत्र १७ नेपाल सरकार माननीय उप–प्रधानमन्त्री नारानकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा २४ औं पुष्प मेला २०७९ सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि उप–प्रधानमन्त्री नारानकाजी श्रेष्ठले जनताको जीवनस्तर उकास्ने गरि संविधानको कार्यन्वयन भईरहेको बताए । विकास समृद्धि मार्फत जनताको जीवन फेर्नु पर्छ भन्ने हो । जनताको अपेक्षा अनुरुप हस्तक्षेपकारी अर्थतन्त्रका विकास गरेर अगाडि बढ्दै अर्थतन्त्रलाई गतिमान बनाउन सकारात्मक रुपमा सरकार सहमत छ । ३ खम्वे अर्थ नीति संविधानले किटान गरेको विषय रहेकाले समुदायको उन्नति र प्रगतिको लागि सामुहिक क्षेत्र निजी क्षेत्रको रुपमा मात्र लिएका छैन । प्राथमिकताको आधारमा निजी क्षेत्रको कार्यक्रमलाई कार्यन्वयन तर्फ लानेछौं ।
सरकारले गर्ने काम कहाँ चुक्को भनेर ठोस समीक्षा गर्नु पर्छ भनेर निर्देशन दिइसकेको छ । यो आवश्कता छ भन्ने देखेपछि निर्णय गर्नेछौं यथास्थिति प्रति सरकारको स्वीकार्य छैन । सरकारले पूँजीगत खर्च बढाउने, व्यापार घाटा कम गर्ने उद्देश्य लिएको छ । उत्पादन नबढाई केही गरेर सम्भव छैन । छलफल गरि उत्पादनमा नगइकन उन्नतिको सम्भव छैन । आयत प्रर्तिस्थापन उत्पादनको वृद्धि नै हो । त्यसबाट व्यापार घाटा कम गर्न सकिन्छ ।
पुष्प व्यवसायको क्षेत्रमा जे छ निर्यात वृद्धि र उत्पादन वृद्धिमा जोडदिनु पर्छ ।

समारोहमा स्वागत मन्तत्व राख्दै पुष्प मेला संयोजक शिव बहादुर खड्काले हाल फुल व्यवसाय १७८ हेक्टर जमीनमा रहेको, ७३२ व्यवसायी सहभागी भएको, ७ अर्वका लगानी रहेको बताएको छ । कोभिड–१९ अघि ३ अर्वको कारोवार पछि २ अर्व खुम्चको जानकारी पनि दिएको छ । २०७४ पछि देश संघीयतामा गएपनि कृषि क्षेत्र पछाडि परेको, आयत ३६ करोड रहेको, खुल्ला नाकाको कारण भन्सारमा चोरी पैठारी बढेको, ठूलो परिमाणमा अघोषित रुपमा फूल आयत भएको, खुला नाकाबाट आयत बढ्दा लगानी कम भएको, यही क्रम बढ्दै जादाँ पुष्प व्यवसाय १० प्रतिशत झर्नसक्ने चेतावनी दिएको छ ।
प्लान्ट क्वारेन्टाइन, विषादी व्यवस्थापन केन्द्रले प्रभावकारी काम नगरेको देखिन्छ । भन्सार २४ घण्टा खुल्ला हुने, प्लान्ट क्वारेनटाइन १० –५ बजे मात्र सीमित हुँदा पनि समस्या आएको हो । २४ घण्टा खुल्ला गरिदिन अनुरोध गरेको छु । नेपाल सरकारका पुष्प निकाय हेर्ने एउटै मात्र रहेकोले बढाउन पर्ने जोडदिदै पूर्व कृषि सचिव युवक ध्वज जिसीले भन्सारमा प्लान्ट क्वारेन्टाईनलाई २४ घण्टा नै सक्रिय बनाउने प्रयास गरेका थिए । र फूल व्यवसायलाई संघीयतामा लान गरेको प्रयास कार्यन्वयन नभएको, र प्रर्याप्त कर्मचारी व्यवस्था वजेटको अभाव रहेको बताए ।
नयाँ जातको फूलको विकास, व्यवस्थापन र अनुसन्धान गर्ने प्रयासहरु नगरेको, पुष्प विकास केन्द्रलाई संघमा गाभ्ने अनुरोध मन्त्री परिषद् मार्फत जाने निर्णय गर्ने योजना रहेको, पुष्प व्यवसाय विकास समिति बनाई पेश गर्ने योजना रहेको, नीति परिमार्जनमा सहयोगको अपेक्षा गरेको, तत् कार्यहरु कृषि विकास बैैंकको समन्वयमा गर्न आग्रह गरेको छ ।
पुष्प व्यवसाय क्षेत्र ८० प्रतिशत भन्दा बढी पूर्वाधारमा लगानी गर्नु पर्ने क्षेत्र भएकाले ५ वर्षको ऋणको अवधी रहेकोमा १० वर्ष पु¥याउनु पर्ने कुरामा जोड दिइएको छ । महिला उद्यमीका लागि विना धितो कर्जा प्रवाह गर्न आग्रह गरेको छ । सहकारीहरु घर जग्गामा लगानी गर्दा डुबेको अवस्था छ । लगानी गरेको पैसा लिएर पुष्प व्यवसायका साना उद्यमी भाग्दैन ।
प्रदर्शनीमा ४ सय प्रजाति भन्दा बढी फूल र विरुवाहरु प्रदर्शनीमा रहेका छन् ।
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले घरेलु उत्पादनमा प्राथमिकता दिन आग्रह गरेका छन् । व्यालेन्स अफ पेमेन्टमा यो व्यवसायमा राम्रो रहेकाले लगानीको माध्यमबाट घरेलु उत्पादनलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिए । पुष्प व्यवसायीहरुको व्यवसायिक भुमिका प्रति पुष्प व्यवसायीहरुलाई उत्तरोत्तर प्रगतिको कामना सहित धन्यवाद दिए । ढकालले जोड दिदै भने निजी क्षेत्रको ईस्यु त्यस्तो नभई देशको समृद्धिको लागि रहेको बताए । भौतिक पूर्वाधार विकासमा आफ्नो क्षेत्रको विकास भन्दा बाहिर नभएको बताए । निजी क्षेत्रको सवालमा कोभिड–१९ पछि दिएको सुझावहरु समयमा कार्यन्वयनमा लगेन । सुझाव दिएका विषयहरुमा प्राथमिकता नपाउँदा समस्या विकराल बन्दै गएको बताएको छ । कमी कमजोरी कहाँभयो भनेर समीक्षा गर्न जरुरी छ । सरकारलाई समेत व्यवसायिक रुपमा खर्च चलाउन राजश्व समेत नउठेको अवस्था छ । तत्कालीन रुपमा हेर्दा निजी क्षेत्रमा त्यस्तो देखिए पनि दीर्घकालीन अवस्थामा त्यस्तो हुँदैन । फ्लोरा प्रदर्शनीको घरेलु उत्पादनमा जोड दिनुपर्ने सन्देश दिएको छ ।
मेलाका विशेष अतिथि वन तथा वातावरण मन्त्रालयका सचिव कुष्णहरि पौडलले पुष्प व्यवसायीबाट गरिवी निवारणमा सहयोग पु¥याएको छ । वन मन्त्रालयले बाटोघाटो साजसजाको लागि पुष्प व्यवसायीहरुसँग सहकार्य गर्दै आएको छ । वनस्पति विभाग, तत्कालीन शाही उद्यान थियो । त्यस उद्यान केन्द्रको माध्यमबाट पहिलो पटक पुष्प प्रदर्शनीको शुरुवात भएको थियो । त्यसको शुरुवातीको निरन्तरताको परिणाम स्वरुप आज व्यवसायिक रुपलिन सफल भएको बताए । ‘‘पुष्प व्यवसायीको व्यवसायिक प्रदर्शनीले निरन्तरता दिँदै आएको छ ।’’ मौलिक फूल विरुवा अध्ययन वसन्त ऋतुको आगमनसँगै कार्यक्रम हुने गरेको छ ।
कृषि विकास मन्त्रालयका कृषि सचिव गोविन्द शर्माले निजी क्षेत्रको सक्रियता माथि आफ्नो कुनै शंका नभएको बताउँदै आफ्नो मन्त्रालय मार्फत सरकारले गर्ने सहयोग पु¥याउने वचन दिएका छन् । शर्माले २ अर्व ६४ करोड कारोवार भएकोमा सवा २ करोडमा खुम्चिएको बताउँदै संघ मार्फत हुनुपर्ने व्यवसायीको माग प्रति मन्त्रालय सकारात्मक रहेको बताए । प्रविधि परिक्षण संघ सरकार अन्तर्गत हुनुपर्छ भनेर लागेको छ । भारतबाट आयातित अनाधिकृत रुपमा आउने फूलबाट व्यवसायीहरुलाई असर पु¥याएको छ । भन्सारमा रहने प्लान्ट क्वारेन्टाईनहरु १० देखि ५ बाट २४ सै घण्टा खुल्ने व्यवस्था र व्यवसायीहरुको ऋण तथा लगानी सम्बन्धमा ५ वर्ष भित्र चुक्ता गर्नु पर्ने प्रावधानलाई सुधार गरि अवधी बढाउनु पनि आफू सहमत रहेको बताए । त्यसो गर्दा व्याजदर घट्छ समयको दर बढ्दा ऋण तिर्न समय बढ्छ ।
नर्सरी गुणस्तर बनाउन विषयमा छलफल गरि आउने नियमावालीमा समावेश गरि लैजाने छौं ।
पुष्प व्यवसायको विकास विस्तार तथा प्रवद्र्धनको लागि फ्लोरिकल्चर एशोसिएसन नेपालले हरेक वर्ष क्षेत्रीय, राष्ट्रिय पुष्प मेला आयोजना गर्दै आईरहेको छ । यसै सन्दर्भमा काठमाडौं भृकुटी मण्डपमा २४ औं फ्लोरा एक्स्पो सम्पन्न गरेको छ ।
फ्लोरिकल्चर एशोसिएसन नेपालले आयोजना गरेको उक्त प्रदर्शनीमा, पुष्प वकास केन्द्रको सह–आयोजनामा यही २०७९ चैत्र १७ देखि २० गते, मार्च ३१ देखि अप्रिल ३ तारिख २०२३ सम्म ४ दिने २४ औं फ्लोरा एक्स्पो भृकुटी मण्डप प्रदर्शन हल काठमाडौं सम्पन्न हुने भएको थियो । यस मेलामा ‘‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’’ भन्ने मूल नारा रहेको उक्त पुष्प व्यवसाय प्रदर्शनीको सम्पन्न भएको छ ।
२४ औं फुलोरा एक्स्पो स्टलमा व्यवसायीका स्टल ६२, ल्याण्डस्केपिङ्ग स्टल ३, अफिसिएली १०, प्रतियोतात्मक स्टल ३, २ फुड स्टल, सहित जम्मा ८० वटा स्टल रहेका थिए । मेलामा मौसमी फुल फूल्ने तथा नफूल्ने आलंकारिक बोट बिरुवाहरु, कट फ्लावर, ड्राई फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बिउ विजन, ग्रीन हाउस, कृषि ओजार, उपकरण, प्याकेजिङ्गका सामाग्रीहरु, सुक्ष्म तथा थोपा सिँचाई प्रविधि, आधुनिक पुष्प खेती प्रविधि, जैविक विषादी, पुष्प सजावटाका प्रदर्शनी तथा बिक्री कक्षा रहेका थिए । र त्यस मेलामा पष्ुप नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूतिकर्ता, पुष्प व्यवसायीहरुको सहभागीता थिए । मेलामा सहभागी भएको विभिन्न पुष्प व्यवसायीद्धारा उत्पादित फुल बिरुवाहरु बीच स्वच्छ र प्रतिस्पर्धा गराई विभिन्न विधाहरुमा प्रथम हुने पुष्प व्यवसासीहरुलाई नगद, सिल्ड तथा प्रमाणपत्रद्धारा पुरस्कृत प्रदान गरेका थिए ।
लामो समयदेखि निरन्तर रुपमा पुष्प व्यवसायको क्षेत्रमा योगदान पु¥याएका पुष्प नर्सरी छनौंट गरि उक्त नर्सरीलाई कदर पत्रद्धारा सम्मान गरेका थिए ।
यस प्रदर्शनमा पुष्प उद्यमी, व्यवसायिक कम्पनीहरुका लागि पुष्प तथा पुष्पजन्य वस्तुको आफ्नो बजार विस्तार गर्न सूचना तथा नयाँ प्रजातिको विकास र गुणस्तर उत्पादनको क्षेत्रमा भएको प्रगति बारे ग्राहकहरुलाई जानकारी गराएका थिए । उक्त प्रदर्शनी कार्यक्रममा ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, पुष्प सम्बन्धी नयाँ विकास भएको उत्पादनहरुलाई सार्वजनिक गर्न र ग्राहक उपभोक्ताहरुसँग आपसी सम्बन्ध स्थापना गर्न अभूतपुर्व अवसर रहेको अध्यक्ष मीनबहादुर तामाङले बताए ।
यसको साथै घर आँगन सजाउने ज्ञान, शिप हासिल गर्न अध्ययन, अनुसन्धान गर्न चाहने व्यक्ति, संघ संस्थाहरुलाई २४ औं फ्लोरा एक्स्पोेबाट महत्वपूर्ण शिक्षा प्रदान गर्न सफल रहेको व्यवसायीहरुबाट व्यक्त भएका छन् ।
गत वर्षमा कोभिड–१९ महामारीको समयमा आयोजना गरिएको २३ औं फ्लोरा एक्स्पोमा ४७ हजार अवलोकनकर्ताद्धारा अवलोकन गरेको र करिव ७५ लाख व्यवसायिक कारोवार पुग्ने पनि एशोसिएसनले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close