समाचारसहकारी

‘समस्या समाधानको लागि भित्रैबाट : रेग्मी
काठमाडौं, २४ जेठ
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले केही सहकारीमा आएको अनुशासन हिनताले आम सहकारीलाई शंकाको दृष्टिकोणले हेरिएको बताएका छन् । थोरै सहकारी संस्थाले गरेको वदमासीको कारण सदस्यले सबै सहकारीमाथी अविश्वास गर्दा राम्रा सहकारीलाई समस्या परेको बताए । गतल काम गर्ने सहकारीलाई संघ, महासंघले संरक्षण दिने भन्दा पनि कारबाहीको लागि प्रकृया अगाडि बढाउन सहयोग गर्न सचिव रेग्मीले आग्रह गरे ।
बुधबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र संघीय सहकारी विभागले संयुक्त आयोजनामा भएको कार्यक्रममा सचिव रेग्मी भने, ‘गलत काम गर्नेलाई कारबाही गर्दा संघ, महासंघले साथ दिने आग्रह गर्दछु । मन्त्रालय नियमन र सहजकर्ताको भूमिकामा रहन तयार छ ।’
आन्तरिक सुशासनका कारण सहकारीमा समस्या आएको भन्दै त्यसलाई हटाउन अभियन्ता स्वंयम तयार हुनुपर्ने बताउनु भयो । ‘बाहिरबाट समस्या समाधान गर्न खोजियो भने निष्र्कषमा पुगिदैन’, । ‘समस्या समाधानको लागि भित्रैबाट पहल शुरु गरौं ।’
सचिव रेग्मीले, ‘सहकारीमा समस्या आयो भनेर डराउनु पर्दैन । सहकारीको समस्या समाधान हुन्छ । सबै सहकारी समस्यामा छैनन् ।’
धेरै जस्तो शहरमा रहेका बचत तथा ऋण सहकारी क्षेत्रमा समस्या भएको जनाए ।
त्यस्तै कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले बचत कर्ताको रकम फिर्ता गर्दैन भन्ने सहकारी सञ्चालनलाई सहकारी ऐनको १२५ दफा बमोजिम कारबाही गर्ने बताए छन् । सहकारीहरु मूल्य मान्यता र सिद्धान्त बाहिर गएर काम गर्दा समस्या आएको बताए । अहिले सहकारीमा आएको समस्या कोभिडका कारणले मात्र नभएर सहकारी सञ्चालकले बचत कर्ताको पैसा आफू खुसी लगानी गरेको हुँदा आएको उल्लेख गरे । ‘कोभिडका कारण छिटो समस्या आएको हो’ । ‘सहकारीले नियम भन्दा बाहिर रहेर काम गरेका हुँदा एक पटक समस्या आउने अवस्था रहेको थियो । सहकारीका ठुलो वित्तीय कारोबार हुने भएकाले विभागबाट अनुगमन गरी समस्या समाधान गर्न सक्दैन ।’
त्यस्तै पूर्व सहकारी सचिव गोपीनाथ मैनालीले सहकारी संस्थाहरु सिस्टममा बस्न नचाहँदा समस्या देखिएको बताए । ‘शुरुमा सहकारीले राम्रो गरेको भए पनि अहिले सिस्टममा नहुँदा समस्या बढेको हो ।’ ‘राजनीतिक छाता ओढेका, प्रभुत्व बढी भएका तथा सञ्चालक र व्यवस्थापक एकै व्यक्ति भएका सहरकारीमा समस्या देखिएको हो ।’
मैनालीले भने, ‘अहिले सहकारीहरु बैंकजस्तो बन्न खोजे, सहकारी अभियानले सदस्य हितभन्दा सञ्चालकको हितमा आन्दोलन ग¥यो, जसका कारण स्वार्थको द्वन्द्व बढेको छ । त्यसमाथि वित्तीय अवस्थाको लेखाजोखा नहुँदा धेरै सदस्य पीडित भएका छन् ।’
अहिले एकै कार्यक्षेत्रमा प्रतिस्पर्धा नहुने पर्ने प्रतिस्पर्धा बढेको, सदस्य तथा सहकारीको व्यवसाय एकै प्रकारको भएको तथा सरकारी अभियान स्वार्थमा लाग्दा पीडित नियामक निकायमा नगई जिल्ला प्रशासन कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा जानुले नियामक प्रतिको विश्वास कम हुँदै गएको मैनालीले बताए । सहकारीको समस्या समयमै समाधान नगरे वित्तीय संकट आउन सक्ने जनाए ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले गलत काम गर्ने सहकारी कारबाहीको भागिदार हुनुपर्ने बताए । समयमा ऐन कानुन प्रभावकारी कार्यान्वयन भएको भए अहिलेको जस्तो समस्या नआउने जनाए । विषम परिस्थितीका कारण केही संस्था समस्यामा रहेका र तिनलाई बचाउन सहयोग गर्न आग्रह गरेको बताए ।
‘बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढेका कारण सहकारीको पैसा बैंकमा जाँदा पनि समस्या भयो ।’ ‘स्वचालित तरिकाले ब्याजदर निर्धारण गर्नुपर्छ ।’ सरकारले ऋण असुली न्यायाधिकरण ल्याएको भए कर्जा उठाउन सहज हुने दाबी गरे । अध्यक्ष कँडेलले सरकारसँग महासंघले गरेको माग पूरा नभए पुनः आन्दोलन जाने बताए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अभियानको ट्रयाकमा आएका सहकारीकै नियमन गर्न नसकेको अवस्थामा ट्रयाक बाहिर भएकालाई नियमन गर्न झन् समस्या भएको बताएका छन् । ‘बचत ऋणको कारोबार गर्ने ८ हजार सहकारी ट्रयाकमा छन् र ८ हजारभन्दा बढी ट्रयाक बाहिर छन् ।’
कार्यक्रम सीजेएनका अध्यक्ष काजी श्रेष्ठको सभापतित्वमा भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close