कृषि विशेष

धानखेतीमा आधुनिक प्रविधिको प्रयोग

केरा खेतीखेतीबाट पलायन हुनसक्ने किसानहरुको चिन्ता

धनबहादुर मगर
चितवन फागुन २७ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाई खुमलटार, ललितपुरको आयोजनामा वरिष्ठ अनुगमन मूल्याङ्कन अधिकृत महेन्द्रनाथ पौडेलको संयोजन तथा मिडिया पर्सन अनुप पौंडेलेको सह–संयोजनमा साताव्यापी परियोजना कार्यन्वयन क्षेत्रमा मिडिया मोनिटरिङ्ग कार्यक्रम शुरुवात चितवनको खैरहनीबाट शुरु गरिएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ अनुगमन मूल्याङ्कन अधिकृत महेन्द्रनाथ पौडेलले मिडिया मोनिटरिङ्ग कार्यक्रमको उद्देश्य परियोजना कार्यन्वयन भएका जिल्लाहरुका कृषक समूह, सहकारी संस्था, किसानहरुबाट भए गरेका कार्यक्रमहरु मिडिया मार्फत जानकारी गराउने रहेको बताउनु भयो ।
उक्त कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाई चितवनका प्रमुख मेघनाथ पौडेलले परियोजनाले चितवन जिल्लामा कार्यन्वयन भइरहेको कार्यक्रम सकारात्मक र नयाँ ढंगले अगाडि बढेको बताउनु भयो । पौडेलले इजरायलको मरुभूमि खेतीहीन जमीनमा कृषिको आधुनिकीकरण त्यति सजिलो गरी नभएको बताउँदै अफ्रिकाबाट माटो ओसारेर इजरायली कृषिलाई आधुनिक कृषि भनेर चिनाउन सफल भएको बताउनु भयो ।
कार्यक्रममा लामो समय वित्तीय क्षेत्रमा जीवन समर्पित व्यक्तित्व दैवी आवासीय प्राङ्गारिक फार्म तथा अनुसन्धान केन्द्र खैरहनी प्रबन्ध निर्देशक हेमप्रसाद भट्टराईले आफ्नो फार्म २०७४ साल पौष १८ गतेबाट औपचारिक रुपमा सञ्चालन गर्दै आएको र कृषि सम्बन्धी यस्तै कार्यक्रम अरुले पनि गर्न सकेको खण्डमा नेपालको गरिबी निवारणमा सहयोग पुग्ने बताउनु भयो ।
त्यसैगरी साना किसान कृषि सहकारी संस्था लि.वछौंली रत्ननगर नगरपालिका–६, चितवन, नर्सरी तथा सिकाई केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाई र साना किसान सहकारी संस्था वछौंलीलको साझेदारीमा सञ्चालित कृषि यान्त्रिकरण तथा प्रविधि प्रदर्शनी स्रोत केन्द्रमा सहकारी तथा कृषक समूहद्वारा सञ्चालित मेशीनरी प्रविधिद्धारा तयार गरिएको धान वेर्नाको अवलोकन कार्यक्रम सम्पन्न भएको छ । उक्त केन्द्रमा आयोजित किसान समूह सहकारी तथा धान जोन कार्यक्रम अन्तर्गत कार्यक्रम चितवनका सूचना अधिकृत माधव पौडेले कृषि यान्त्रिकीकरणका साथै ५ वर्ष अघि धान जोन लागु भएपछि सामुहिक रुपमा धान खेती गर्न सामूदायिक नर्सरी किसान कार्यक्रम, धान, मकै, केरा, तरकारी लगायत कार्यक्रम लागु भएको बताउनु भयो । पौडेलले जोन सञ्चालनमा थुप्रै चुनौती भएको बताउँदै परियोजनालाई प्रविधि मैत्री बनाउन लागेको बताउनु भयो । हामी प्रविधि निकट छौं । नेपालमा चैते धानको जातमा चुनौंती आएको र घाटी मरुवा रोगको कारण चैत्रे धानमा प्रविधिको प्रयोग गरी आधुनिक तरिकाले चैते धानको खेती गर्ने योजनामा बनाएको बताउनु भयो । एक पटक धान रोप्दा १० विगाह जमीनमा रोप्न सकियोस् भन्ने हो । हालै भित्र्याइएको कृषि यन्त्रले एकै दिनमा १० औं विगाह जमीनमा धान रोप्न सकियोस् । पौडेलले कोभिड १९को कारण मेशीन आउँछ कि आउँदैन भन्ने थियो तर आयो । मेशीन र मानिसले गरिने धान रोपाईमा फरक हुने भएको र जनशक्ति नभएकोले मेशीनले रोप्ने अवस्था आएको बताउँदै यान्त्रिकरण पछि किसानको लागत खर्चमा कमी आउने बताउनु भयो । यो मेशीन प्रयोग गर्दा प्रति विगाहको १६ हजार लागत लाग्नसक्ने सट्टा ८ हजार लागतले पुग्ने अनुमान गरिएको छ । कारण किसानले आफ्नो लागत बचाउन सक्ने बताउनु भयो । सयौंं विगाह जमीनको लागि एकजनाले पनि मेशीनको सहयोगबाट सयौं विगाह जमीनमा धानको वेर्ना तयार गर्न सकिने र सयौं विगाह जमीनमा धान रोप्न सकिने बताउनु भयो । धानको उत्पादनमा चुनौंती भएपनि १६० वटा टे«मा राखेको धानको बीउले १ विगाह क्षेत्रफलमा धान रोप्न सक्ने वेर्ना तयार हुने बताए । खर्चको हिसावले न्यून् लागतमा धान लगाउन सके किसानले फाइदा लिन सकिने बताए । साथै कस्टम हायरिङ्ग प्रणाली अन्तर्गत कायक्रम पनि प्रभावकारी बन्दै गएको र किसानहरुका लागि ५० प्रतिशत अनुदानमा प्रविधि भित्र्याउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग गरिएको बताए । यो प्रविधि भित्रिएपछि एक दिनमा ५ विगाह जमीनमा धान रोप्ने सकिन्छ । यस समूहमा ३५ सय किसान सहभागी भएका छन् । अवस्था हेरी चारपाँच रोपनी जमीनका दरले चक्लावन्दी कार्यक्रम पनि सञ्चालनमा आएको बताए् ।
साना किसान कृषि सहकारी संस्था लिका व्यवस्थापक रामहरी दाहालले २०३२ ताका शुरुमा वचत तथा ऋण सहकारीको रुपमा रहेको सहकारी संस्थालाई कृषिमा ल्याउने प्रयास भएको बताउनु भयो ।
खेती किसानी कार्यमा जनशक्ति नभएको र लागत बढ्दै गएको कारण प्राविधिक टिम बनाउन लागेको बताउँदै । त्यसैको फल स्वरुप धान जोन र सिकाई केन्द्रको विकास गरेको बताउनु भयो । ५० प्रतिशतको परियोजनाको अनुदान सहयोग, लागत न्यूनिकरण, प्रविधि हस्तान्तरण, किसान किसान बीच समन्वय र सहकार्य आदान प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रमहरु कार्यन्वयनमा बताए ।
दाहालले ढिलै भएपनि राम्रो कार्यको थालनी गरेको बताउनु हुँदै आफूहरु सफल हुने कुरामा विश्वासत रहेको बताउनु भयो ।
र धान रोप्ने, काट्ने, बिक्री वितरण गर्ने जस्ता कार्य सहकारीमार्फत गर्न लागेको बताए । हामीले हासिल गरेको सिकाईको नमूना परिक्षण उपयुक्त हुन्छ भन्ने विश्वास लागेको छ । अब मेशीन राख्ने घरको आवश्यकता रहेको समेत बताए । अबको धान रोपाई पछि कम्वाइन हार्भेष्टरको आवश्यकता परेको र वजेटको कमी भएकाले ८५ प्रतिशत अनुदान सरकारबाट व्यवस्था गर्न सके किसानहरु लाभान्वित बन्ने विचार व्यक्त गरिएको छ ।
संस्थागत र सामूहिक रुपमा काम गर्दा अनुदान पाउने, सहज रुपमा लागत घट्ने भएकाले १० देखि २५ प्रतिशत लागत खर्च अनुमान गरिएको छ । १ हजार किसानले प्रविधि प्रयोग गर्छ । खेतवारीमै वेर्ना तयार गर्न सकिन्छ । धान, मकै सिकाई भएकाले प्रविधिको सहयोग चाहिन्छ ।
जोन सञ्चालन गर्न साँढे २२ विगाह जमीन चाहिन्छ । सहकारी सदस्यहरुको मूल उद्देश्य चक्लावन्दी कार्यक्रम पनि हो । कृषि गर्दा संसारमै लागत बढी भएको देखिन्छ । प्रविधि मैत्री बन्दै गएको सिकाई कार्यक्रम त्यस क्षेत्रको लागि उपयुक्त रहेको बताए ।
परियोजना इकाई चितवनका प्रमुख मेघनाथ पौडेलले किसानलाई प्राविधिक सहयोग, सहुलियपूर्ण ऋणको व्यवस्था, परियोजनाले मेशिन मात्र होइन प्रविधि पनि दिनुपर्छ । परियोजनाको मुख्य उद्देश्य विषय विज्ञको आधार के छ । छनौंट गरि दिनुपर्छ ।
परियोजना व्यवस्थापन इकाई चितवनका वरिष्ठ वागवानी अधिकृत इन्द्र ढुंगानाले कृषि डाक्टरहरुको जस्तो नभएपनि । प्राविधिक विषय विज्ञको अभाव नभएको बताउनु भयो । अंगहरुको व्यवस्थापन सही नभएकाले कठीनाई चाही रहेको छ । परियोजनामा विषय विज्ञ राख्नु पर्छ । अनुमानको आधारमा गर्ने हो तर पनि फरक पर्दैन । फंगल हो कि होइन भन्ने कुरा पत्ता लगाउने हो र त्यसका लागि हामी नजिक रहेर पत्ता लगाउन सक्छौं ।
साना कृषि सहकारी संस्थाका किसान सिकाई केन्द्रका व्यवस्थापक पौडेलले चारै जोनमा तीन तहको सरकार रहेको छ । समस्या आएमा समाधान गर्न सक्ने क्षमता छ । खेती गर्दा बढी खर्च हुने र अलिकति खर्च कसरी घटाउने, अन्तमा प्रति क्विन्टल धानको मूल्य ३२ सय हुनु पर्नेमा १८ सयमा आइपुग्छ । प्राविधिक रुपमा थाहा नहुन सक्छ । अब विषय विशेषाज्ञको आवश्यकता पर्छ । फाइदाको हिसावले लागत पनि उठ्दैन ।
चितवन परियोजना प्रमुख मेघनाथ पौडेल ः ५० प्रतिशत लागत घटाउन सकिन्छ । कुम्रोज साना किसान कृषि सहकारी संस्थाले २÷२ वटा मेशीन चाहिन्छ भनिएको छ । किसानलाई विस्वास गराउनु छ । साना स्तरबाट शुरुवात गर्छौं । ८५ प्रतिशत अनुदान भए हार्भेष्टर ल्याउन सकिन्छ भनिएको छ भन्ने किसानको माग रहेको छ ।
कुमरोज सहकारी संस्थाका अध्यक्ष तथा धान जोनका संयोजक तेजप्रसाद वर्तौलालले मेशीनबाट बिउ उत्पादन गर्ने कार्यक्रम चितवन जिल्लाको लागि पहिलो भएको बताउँदै किसानहरुको माझ काम गर्न सकिने बताउनु भयो । हाम्रो लक्ष्य भनेको सहकारी मार्फत सबै गर्ने हो । सबै काम हामीले गर्न सकिदैन । वर्तौलाले विश्वासका साथ भन्नु भयो चितवनमा यो प्रविधि र कार्यक्रम सफल हुन्छ ।
त्यसैगरी केरा जोनका उपसंयोजक शंकर सुवेदीले आफू १५ वर्ष देखि मालभोग केरा खेती गर्दै आएको जनाएको छ । सुवेदीले १२ मास केरा उत्पादन नगरिकन भारतीय केरालाई विस्थापित गर्न नसकिने बताउनु भएको छ । केराको उत्पादन जाडो याममा कम हुने र ४ महिना मात्र राम्रो उत्पादन दिने भएकाले जि–९ जस्ता केरा उत्पादन गर्नसके नेपाल केरामा आत्मनिर्भर हुनसक्ने बताउनु भयो ।
भारतीय केरा ठूलो कोशाको तुलनामा नेपाली केराको कोशा साना आकारको भएको र च्याम्वरमा पकाएर ल्याउन नसके वा हरियो केरामा लान नसके, केरामा आत्मनिर्भर नहुने बताउनु भयो । केरा पकाउने चेम्वर ल्याउन ८५ प्रतिशत अनुदानको आवश्कयता पर्छ । त्यति ठूलो लगानी किसानले गर्न सक्दैन । सरकारको लगानी आवश्यक भएको बताएका छन् । सुवेदीले भने उत्पादन भएर पनि केरा बजारमा बिक्री नभएको अवस्था छ । मालभोग केराको समस्या नभएको । तर उत्पादनको समस्या छ । साथै ओइलाउने पानामा रोगको कारण नयाँ विकल्पको आवश्यक देखियो । खेती गर्ने जग्गाको अभाव छ ।
जि–९ मा भारतको जस्तो गुणस्तरीय वेर्ना बनाउन नसकिएको र भारतले कमसल बिउ पठाएको । पानामा रोग न्युनिकरण गर्न बजेट र प्राविधिक कमी भएको छ । टिस्यु कल्चर लामो समय लाग्ने भएकाले र बढी हेरचाहमा हुर्काउनु पर्ने भएकाले जि–९ केराको भेराइटीलाई मदर प्लान्टको रुपमा ल्याउन पनि समस्या भएको, बिउको वृद्धि हुन नसक्ने । समस्या आएको छ ।
जाडोमा नहुने, जेठ असारमा हुने प्राङ्गारिक तरिकाले खेती गरिएको कारण रोग लागेको छैन । मालभोग केरा २२ विगाह जमीनमा खेती गरिएको छ । २३ .२ प्रतिशत केराको उत्पादन चितवनमा छ । सहकारीमार्फत केराको खेती गर्ने कृषकहरु ७०० सय जना सहभागी छन् । १५६ वटा संघ–संस्थाहरु सूचीकृत भएका छन् । १ विगाह जमीनमा वार्षिक साँढ तीनलाख खर्च र आम्दानी ५ लाख हुन्छ । गत आवमा हावाहुरी र असिनाले केराको खेती नष्ट ग¥यो । १ विगाहमा जमीनमा लगाएको केराको खेतीले डेढलाख आम्दानी दिन्छ । खेतीमा लागत बढ्दै गएको छ । सरकारको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत गरि कार्यक्रम गरिएको छ । एक बोट केरालाई कम्तिमा पनि २४५ रुपैयाँ लागत पर्छ विमा रकम १५० रुपैयामा गरिएको छ । गत वर्षमा मात्र ४० विगाह जमीनमा केरा खेत्किो क्षति भयो । ३६ लाख अनुदान पायो तर लागत नै उठेन । प्रतिबोट केराको १६५ रुपैयाँका दरले विमा भुक्तानी पाएको थियो ।
त्यसैगरी मार्कण्ड्या कृषि सहकारी संस्था रत्ननगर टाँडीले जि–९ केरा लगाएको छ । यो जात पानामा रोग अवरोधक हो । उक्त समूहले जि–९ केरा ५० प्रतिशत प्रधानमन्त्री कृषि आधुनिकीकरणको परियोजनाका अनुदान सहयोगमा पाएको छ । भने अहिलेलाई प्रदर्शनीको लागि लागि केरा लगाएको बताइएको छ । केरा व्यवसायमा आत्मनिभर हुनुपर्छ भनेर जि–९ लगाउन थालेको बताएको छ ।
उक्त कृषक समूहका सञ्चालक वेदप्रसाद भट्टराईले जि–९ केरालाई वैकल्पिक रुपमा लगाइएको केरा खेतीको सम्भावना राम्रो देखिएको बताउनु भएको छ । यो केरालाई हाइडेन्सिटीमा लगाउन सकिन्छ । यसको उचाई होचो छ हावाहुरीले कम क्षति गर्छ । मालभोग केराको १०० देखि ११० कोशा र जि–९ को १८० देखि १९० कोशा फल दिन्छ । यसलाई व्यवसायीकरण गर्न सजिलो हुने देखिएको र सिँचाईको आवश्यकता रहेको, तापक्रम बढ्दै गरेको माथिबाट तापक्रम बढ्ने र तलबाट सिँचाईको आवश्कयता परेको बताए । ६ लाख लगानीमा जि ९ केराको भेराइटी ५५ कट्ठा जमीनमा लगाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अविभावक संस्था भएको बताउँदै प्रतिफलको आधारमा अनुदान पाउनु पर्ने किसानहरुको माग रहेको छ । कार्यक्रमबाट व्यवसायीकरणमा सहयोग पुगेको छ । पानामा रोग लागेको कारण तरकारी खेती गरिएको छ । त्यसपछि जि–९ केरा खेती गरिएको छ । प्रति कट्ठा ३५ सयमा ५ वर्षको लागि भाडामा लिइएको, शिखर इन्सुरेन्सबाट कृषि विमा गरिएको, प्राविधिक तथा विषय विज्ञको समस्या नभएको, तरकारी खेती पनि गरिएको, तरकारी खेतीको तुलनामा केराको बजार सुनिस्चित रहेको बताए । तरकारीमा भन्दा केरा खेतीमा सफलता पाएको, मिहनेत र रेखदेख धेरै समय खर्च गर्नु नपरेको, चितवनमा उत्पादन भएको केरा काठमाडौ, दाङ, पोखरा, बुटवल लगायत बजारमा गएको,
त्यसैगरी उक्त सहकारी समूहका सञ्चालक खेम दुवाडीले जोनको उत्पादनको लागि अनुदान प्रतिशत कमी भएको, ५० प्रतिशत देखि ७५ प्रतिशतको आवश्यकता रहेको, अनुदान दिन थाल्दै घटाउन लागेको, उत्पादनमा आधारित अनुदान पहिलो वर्ष वितरण भएको, किसानको हातमा पैसा पनि दिनु हुन्छ र ? आसय आउन थालेको, विगतमा दिइएको अनुदान रकम २० लाख असाधै धेरै दिएको जसरी महशुस गरिएको जस्तो विषयहरु केरा खेती किसानहरुले उठाएको छ ।
विदेशी लगानीका विषयमा किसानहरुले आफूहरुलाई उठीबास लगाउन सक्ने सुझाव दिइएको छ । ठूला विदेशी लगानीको कारण विदेशी बजारमा बिक्री नभए नेपालमै र स्थानीय बजारमै बिक्री गर्नु परे हामी किसानहरु उठीवास हुन सक्छ । हाम्रो उत्पादनले प्रतिस्पर्धा गर्नु नसक्ने अवस्था आएको छ । भारतबाट प्याकेजिङ्ग गरिएको केरा क्यारेटमा आउँछ । नेपालमा केराको घरीमा बेचिन्छ । प्रतिघरी ६ देखि साँढे ६ सय र ७५० सम्ममा बिक्री हुन्छ । भारतीय केरा १० दिनसम्म टिक्ने र हाम्रो केराको दर प्रति कोशा डेड रुपैया पनि भाउ नपाउने । च्याम्वरमा प्रशोधन गर्न सके उपभोक्तालाई भारतीय केराभन्दा सस्तोमा दिन सकिन्छ । जोन अगाडि किसान पछाडि छ । लागतको कारण च्याम्बर किन्न सकिएको छैन । बजारमा प्रतिस्पर्धा गर्नु पर्छ । प्रविधि मैत्री बनाउन सके हामी पनि २–३ वर्ष भित्रमा आत्मनिर्भर हुन्छ । हाम्रो केराको १०० बाट ८० मूल्यमा झारे बेच्न पनि सक्थ्यो तर अहिले २ रुपैयाँमा पनि बिक्दैन । पिक आवरमा बाहिरको केरा इम्पोर्ट डिउटी लगाउनु पर्छ ।
जोन अनुगमन प्रमुख तथा कार्यक्रमका संयोजक महेन्द्र पौडेलले अर्थ मन्त्रालय जसरी पनि राजश्व बढाउने भन्ने तिर जान्छ । तर ७५ प्रतिशत चाहिन्छ भनेर किसानले उठाएको विषयमा त्यति गम्भीर हुँदैन ७५ देखिख ८५ प्रतिशत अनुदान दिनु पर्छ भनेर प्रस्ताव पठाइएको छ ।
एफडि आईको कुरा आएको छ । डेरी, माछा, मासु, अण्डामा हुँदैन नै भनेका छौं । किसानलाई मार्ने गरी अगाडि बढाउँदैनौं भनेर आश्वसन पाएको छौं । बाली विशेषको आधारमा भण्डारण राख्ने, कतिपय स्थानीय बालीको रुपमा पनि जानु पर्छ । अम्ब्रेला अनुदानमा ८५ प्रतिशतनै भनेका छौं । सहुलियत ऋण दिनुपर्छ भनेर जोड दिएका छौं ।
सहकारी फलफूल तरकारी मूल्य श्रँृखला विकास आयोजना ििभसीडिपी)को पुरक अनुदान सहयोग प्राप्त श्री नयाँ कृषि अभियान सहकारी संस्था लिको कृषि उपज बिक्री कक्ष गैंडाकोटले २ करोडको लगानीमा ६५ वटा सटर भाडामा दिन मिल्नेगरी कृषि बजारको स्थापना गरिएको छ । उक्त संस्थाको १२० शाखा मध्ये ६२ औ शाखाको रुपमा सञ्चालनमा ल्याएको त्यस सहकारी संस्थाले साँढे ६ रोपनी क्षेत्रफलमा विस्तार भएको उक्त कृषि बजारको १०० भन्दा बढी शेयर सदस्य रहेको जनाएको छ । सुविधा सम्पन्न र प्रविधि मैत्री उक्त बजारसँग नारायणगढ बजारको तुलनामा प्रतिस्पर्धा गर्न असमर्थ रहेको जनाएको छ । र बजारलाई क्यु आर कोड सञ्चालन गर्ने, गण्डकी प्रदेश अन्तर्गत गैंडाकोट नगरपािलका भित्र रहेको त्यस कृषि बजारको ९० प्रतित कार्य सम्पन्न भइसकेको जनाएको छ । सञ्चालन कार्यमा कमजोर देखिएका त्यस बजारलाई भविष्यमा उत्पादनसँग जोड दिने । ं अर्गानिक बजारको रुपमा अगाडि विस्तार बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close