वित्त बजार

मौरी चरन

परिचय र महत्व ः
मौरीले आफूलाई आवश्यकता पर्ने पुष्परस, पराग, चोप आपूर्ति गर्न विचरण गर्ने बोट बरुवा, वनस्पति फूलहरू मौरीचरन भनिन्छ । मौरी पालनमा मौरीचरनको व्यवस्थापन नै पहिलो आवश्यकता हो । मौरीचरनबाट मौरीको खाना प्राप्त हुन्छ । खानाविना कुनै पनि प्राणी बाँच्न सक्दैन । छाउरा हुर्काउन पनि खाना (मह र कुट) को आवश्यकता पर्दछ । खाना नपाइने ठाउँमा र खाना उपलब्ध नहुने समयमा मौरी गोला बस्दैनन् । मौरी गोला राखे तापनि गृहत्याग गर्दछन् । या खान नपाएर मर्दछन् त्यसकारण पर्याप्त मौरीचरन भएको क्षेत्र मात्र मौरीपालन व्यवसाय सफल हुन सक्तछ । मह उत्पादन, कुट उत्पादन, गोला उत्पादनमा मौरीचरनको नै महत्वपूर्ण भूमिका रहन्छ मौरीको बानी खाना पाएसम्म भण्डार गर्ने भएको हुनाले जति धेरै चरन उपलब्ध छ त्यति नै धेरै मह उत्पादन गर्न सकिने । र गोलाको वृद्धि पनि त्यस क्षेत्रमा वर्षभरि उपलब्ध हुने मौरीचरनमा भर पर्दछ ।
पहिचान ः
मौरीपालकले मौरीपालन शुरु गर्नु अगाडि स्थानीय स्तरमा मौरी विचरण गर्न योग्य वनस्पति र बालीनाली पर्याप्त भएनभएको पहिचान गर्नु आवश्यक हुन्छ ।
मौरीचरन पहिचान गर्ने तरिकाहरू
–अवलोकन
–मौरी चरनको फूल, वनस्पति अवलोकन गर्ने ।
–तालिम तथा व्याक्त अनुभव ।
–अध्ययन
–वनस्पतिविद्हरूले प्रकाशन गरेका लेखm रचना, तथ्याङ्क, पुस्तक अध्ययन गर्ने ।
–वनस्पति (हर्वेरियम)ं संकलन
–बोट–बिरुवा र वनस्पतिका फुलहरू संकलन गरी सम्बन्धित विज्ञहरूबाट प्रयोगशालामा पहिचान गर्ने ।
–मह परीक्षण
–महमा रहेको कुटको प्रयोगशालामा परीक्षण गर्ने ।
आहार पात्रो निर्माण र प्रयोग ः
कुनै स्थान विशेषमा वर्षभरी उपलब्ध हुने मौरीचरणको लेखाजोखा राख्ने र आहार व्यवस्था गर्नको लागि एउटा पात्रो तयार गरिन्छ । यस पात्रोमा त्यस क्षेत्रमा कुन बोट बिरुवाबाट मौरीले खाना संकलन गर्छ, कुन बोट बिरुवा कहिले फुल्छ र फूल फुल्ने अवधि कति समय हुन्छ । उक्त फूलबाट मौरीले पुष्परस वा पराग के संकलन गर्छ जानकारी लिनको लागि आहार पात्रोको निर्माण गर्नु आवश्यक हुन्छ ।
नोट ः
१. मौसम र स्थान अनुसार फूल फुल्ने समय र अवधि फरक पर्न सक्दछ ।
२. उक्त पात्रोबाट खाली महिना थाहा हुन्छ । र सोही वमोजिम चरन र गोला व्यवस्थापन गर्न सकिन्छ । १ देखि ५ सम्मको मान प्रयोग गरी फूलको सङ्खालाई सङ्कते गर्न सकिन्छ । १ ले कही बिरुवामा मात्र फूल भएको र ५ ले सबै बिरुवामा फूल भएको थाहा हुन्छ ।
मौरी चरन व्यवस्थापन ः
मौरीचरन व्यवस्थापन मह र गोला उत्पादनमा वृद्धि हुने हुँदा चरन व्यवस्थापनको भूमिका महत्वपूर्ण हुन्छ । त्यसकारण सो क्षेत्रमा उपलब्ध गोलासङ्ख्या अनुसार मौरीचरन व्यवस्था गर्नु पर्दछ । सकेसम्म वर्ष भरिमा ८÷९ महिना चरन उपलब्ध हुने गरी व्यवस्थापन, योजना गर्न सकेमा मौरीपालनबाट अत्यधिक लाभ लिन सकिन्छ । सोका लागि छोटो समयमा (१ महिनादेखि १ वर्ष भित्र) फुल्ने मौरीचरनहरू लगाउन सकिन्छ । जस्तै ः तोरी, फापर, सस्र्यू, सूर्यमुखी, प्याउली वर्सिम आदि यसलाई अल्पकालीन मौरी चरण व्यवस्थापन भनिन्छ । लगाएको १–२ वर्ष पछि स्थायी रुपले फुल्ने चरन बोट बिरुवाहरू योजनावद्ध ढंगले लगाउने कामलाई दीर्घकालीन चरन व्यवस्था भनिन्छ । जस्तैः चिउरी, कल्की, अमिलो जातका फलफूलहरू, लिची, जामुन, सिसौ आदि ।
जंगली चरन र कृषि अन्य चरन ः
सरकारी वन, सामुदायिक वन, व्यक्तिगत वन जंगलबाट मौरीले प्राप्त गर्ने रस, कुट भएको वनस्पतिलाई जंगली चरन भनिन्छ । सो स्थायी प्रकृतिका दीर्घकालसम्म रहने हुन्छ । नेपालको सन्दर्भमा जंगली चरन तराईमा सिसौ, रुदिलो, मसला, कडिपत्ता, पड्के, जामुन, आदि पहाडमा चिउरी, चिलाउने, अङेगरी, चौतारी, हाडेवयर, पैँयु आदि छन् ।
खेतबारीमा उब्जाउने कृषिजन्य बाली–नाली, अन्न–बाली, फलफूल, तरकारीबाट पनि मौरीलाई पुष्परस, कुट उपलब्ध हुन्छ । जसलाई कृषिजन्य चरन भनिन्छ । कृषिजन्य चरन छोटो समयमा नै पनि मौरी उपलब्ध गराउन सकिन्छ । जस्तै ः तोरी, सस्र्यू, मकै, फापर, सूर्यमुखी, लिची, सुन्तलाजात, स्याउ, केराउ आदि
नेपालमा पाइने केही मौरीचरनहरू, तिनको फुल्ने समय र ती चरनबाट प्राप्त आहार निम्न वमोजिम छन् ।
फलफूल ः
क्र.सं. नम फुल्ने महिना स्रोत कैफियत
१. अम्बा चैत्र–जेठ रस र पराग मध्यम
२. अनार चैत्र–बैशाख पराग मध्यम
३. मेवा जेठ–भाद्र दुबै मध्यम
४. जामुन जेष्ठ अषाढ दुैब प्रवल
५. वयर जेठ–आश्विन दुबै मध्यम
६. चिउरी आश्विन –माघ दुबै मध्यम
७. आरु फागुन–चैत्र दुबै मध्यम
८. स्याउ फागुन–चैत्र दुबै मध्यम
९. नास्पति फागुन–चैत्र दुबै मध्यम
१०. आरुवखडा फागुन–चैत्र दुबै मध्यम
११. ओखर फागुन–बैशाख दुबै प्रवल
१२. जंगली मयल फागुन–चैत्र दुबै प्रवल
१३. अमिलो जात फागुन–चैत्र दुबै प्रवल
१४. लिची फागुन–चैत्र दुबै प्रवल
१५. केरा बाहै्र महिना दुबै मध्यम
तरकारी बाली ः
क्र.सं. नाम फुल्ने महिना स्रोत कैफियत
१. मूला माघ–चैत्र दुबै मध्यम
२. काउली बैशाख–जेष्ठ दुबै मध्यम
३. बन्दा बैशाख –जेष्ठ दुबै मध्यम
४. रायो फागुन–चै त्र दुबै प्रवल
५. धनियाँ फागुन–जेठ दुबै प्रवल
६. लहरे फर्सी अषाढ –भाद्र पराग प्रवल

आलङ्कारिक फूलहरू ः
तरकारी बाली ः
क्र.सं. नाम फुल्ने महिना स्रोत कैफियत
१. जङ्गली गुलाव चैत्र–भाद्र पराग प्रवल
२. अप्रिल फ्लावर फागुन–चैत्र दुबै मध्यम
३. एकिम बाह्रै महिना रस न्यून्
४. वेरेज बाह्र महिना रस मध्यम
५. कपास भाद्र–आश्विन रस प्रवल
६. क्यूफिया बाह्रै महिना रस न्यून्
७. क्यालिफोर्नियन पपी फागुन–बैशाख पराग मध्यम
८. अफिम फूल फागुन –चैत्र पराग मध्यम
९. पोर्चुगाल जेष्ठ–आश्विन पराग मध्यम

अन्नबाली ः
क्र.सं. नाम फुल्ने महिना स्रोत कैफियत
१. मकै फागुन–अषाढ (तराई र भित्री मधेश), जेष्ठ–श्रावन दुबै मध्यम
२. फापर भाद्र–आश्विन दुबै प्रवल
३. जुनेलो जेष्ठ–श्रावण पराग प्रवल
४. धान भदौ–आश्विन पराग मध्यम

तेलबाली ः
क्र.सं. नाम फुल्ने महिना स्रोत कैफियत
१. तोरी आदि असोज–मंसीर दुबै मध्यम
२. झुसे तिल सस्र्यूँ फागुन–चैत्र दुबै प्रवल
३. सूर्यमूखी चैत्र –अषाढ दुबै प्रवल
४. धान भदौं–आश्विन दुबै मध्यम
अन्य वनस्पति ः
क्र.सं. नाम फुल्ने महिना स्रोत कैफियत
१. सिरिस चैत्र–बैशाख रस न्यून्
२. कल्की फागुन–जेष्ठ रस प्रवल
३. सिप्लकान चैत्र–बैशाख रस प्रवल
४. कोइरालो चैत्र–बैशाख दुबै न्यून्
५. भलायो बैशाख–जेष्ठ रस मध्यम
६. पैयूँ कार्तिक–मंसीर दुबै प्रवल
७. रुदिलो पौष–फागुन रस प्रवल
८. काफल मघ–फागुन दुबै न्यून्
९. जंगली मयल फागुन–चैत्र दुबै न्यून्
१०. हाडीबेड चैत्र–जेष्ठ रस प्रवल
११. टुनी फागुन–चैत्र रस मध्यम
१२. मसला फागुन–चैत्र दुबै प्रवल
१३. साल बैशाख–जेष्ठ दुबै न्यून्
१४. सिसौ फागुन–चेत्र रस प्रवल
१५. बोट धायँरा चैत्र–बैशाख दुबै प्रवल
१६. क्यामुन चैत्र–बैशाख दुबै प्रवल
१७. क्यातुके भाद्र–आश्विन दुबै प्रवल
१८. बाँस दुबै प्रवल
१९. अमल्तास(राजवृक्ष) बैशाख–जेष्ठ दुबै मध्यम
२०. चुत्रो÷ऐँसलु फागनु–चैत्र दुबै मध्यम
२१. जमाने मान्द्रो माघ–फागुन दुबै मम्यम
२२. कडिपत्ता फागनु–चैत्र दुबै प्रवल
घाँहसहरू ः
क्र.सं. नाम फुल्ने महिना स्रोत कैफियत
१. प्याउली फागुन–भाद्र दुबै प्रवल
२. दुबो भाद्र–आश्विन पराग न्यून
३. वरसिम श्रावण–आश्विन रस प्रवल
४. कापु फागुन–अषाढ पराग प्रवल

चरन नक्साङ्कन् चरन क्षमता ः चरन नक्साङ्कनले चरन उपलब्ध हुने क्षेत्रलाई अंकति गर्दछ । तर नक्साङ्कनले त्यस क्षेत्रको जिल्ला या गाउँमा कुन चरन, कति परिमाणमा, कति समय उपलब्ध हुन्छ भन्ने जानकारी गराउँदछ । खास गरेर मौरीगोला स्थानान्तरण गर्ने सन्दर्भमा र मौरीखर्क स्थापनाको लागि चरन नक्साङ्कन र चरन क्षमताको भूमिका धेरै महत्वपूर्ण हुन्छ ।
व्यवसायिक मौरी पालकले नेपालभरकै मौरी चरन नक्साङ्कन गरी रेकर्ड राख्न त्यसैकारण जरुरी छ । जसको प्रयोगबाट मह उत्पादनमा तात्विक भिन्नता आउँदछ । अर्को महत्वपूर्ण पक्ष चरन क्षमता हो । त्यस क्षेत्रमा उपलब्ध चरनमा कति संङ्ख्यामा मौरी या मौरीगोला राख्ने या मौरी खर्क स्थापना गर्ने या कति दिन, हप्ता या महिना मौरी राख्ने, सो कुरा तयहाँको चरन क्षमतामा भर पर्दछ । उदाहरणका लागि एउटा गोलालाई मह या आवश्यक पर्ने कुट १५–५५ किलोग्राम, पुष्परस ६०–८० कि.ग्रा प्रति वर्ष छ भेन सो गोलाबाट अतिरिक्त मह या कुट उत्पादन गर्न सो भन्दा बढी पुष्परस र कुट त्यहाँको चरनबाट उपलब्ध हुनु पर्दछ । त्यसैलाई चरन क्षमता भनिन्छ । गोला सङ्ख्या र मह उत्पादनलाई चरन क्षमताले असर पार्दछ । एक अध्ययन अनुसार नेपालको चरन क्षमता १० लाख गोलाका लागि पर्याप्त भएको बताइएको छ । सरकारी आँकडा अनुसार हाल मौरी गोला साँङ्ख्यिक करिब १ लाख ३५ हजार मात्र छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close