सम्पादकीय

जलवायू परिवर्तनबाट पाठ सिकौं

धनबहादुर मगर
काठमाडौं मंसीर ५ यतिबेला जलवायू परिवर्तन सम्बन्धी विश्वव्यापी महासम्मेलन स्कटल्याण्डको ग्लास्गो भईरहेको छ । सम्मेलनले सम्मेलनमा जलवायू परिवर्तन सम्बन्धी कैयौं असरहरु परेको प्रतिवेदनमा दिइएको छ । हिजो जानी नजानी जलवायू परिवर्तनको लागि सघाईरहको विकसित राष्टहरू आज केही नरम चाहीँ देखिएको छ । केही चेतनामा परिवर्तन आएको छ । अबको पृथ्वी हामी मानवको लागि के हुन्छ । भनेर सोचेको हो कि भन्ने महशुस संसारभरका जलवायू सम्बन्धी अधियन्ताहरुले गराइरहेको छ । हामी जलवायू परिवर्तनको जोखिममा छौं है अभियन्ताहरुको आवाजलाई सुन्न खोजेको हो कि भन्ने महशुस पनि गराएको । यसमा ठूला तथा औद्यौगिक राष्ट्रहरु एकाएक नरम देखिनु पनि सकारात्मक विषय भएको छ । संयुक्त राष्ट्र संघले एक वर्ष लगाएर सम्मेलनको तयारी गरिरहँदा अरु देशको त कुरा छोडौं नेपालमानै त्यसको असर नपरेको होइन । जसले मेलम्चीको बाढी पहिरोले पु¥याएको अकल्पिनीय क्षति,, असोजको अन्तमा वेमौसमी वर्षाले निम्त्याएको भीषण बाढी पहिरो र धनजनको क्षति र त्यसबाट सबैभन्दा ठूलो बाली धानबालीमा पु¥याएको क्षति पनि हो । यसलाई जलावायू परिवर्तनको असर भन्नु पर्ने अवस्था सिर्जना भएको छ ।
नेपालमा वेमौसमी वर्षाले किसानको धानबालीमा ठूलो क्षति पु¥याएको छ । लुम्विनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा मात्रै ६ अर्ब भन्दा बढी धानवालीमा क्षति पु¥याएको छ । जलवायू परिवर्तन हुनासाथ सबभन्दा पहिले कृषिमा असर गर्छ भन्ने पाठ पनि हुन हो यो । सँधै व्यापार घाटा भईरहने हाम्रो देशमा धानबाली नष्ट हुँदा झनै व्यायभार थपिएको छ । लामो समयदेखि खाद्य, संकट नेपालको लागि मूल–मुद्दाको विषय बन्दै आएको यस अवस्थामा थप खाद्य संकटको अवस्था निम्तिएको छ । खाद्य सुरक्षा र खाद्य संकटको समस्या समाधान कसरी गर्ने भन्ने विषयमा पटक–पटक गोष्ठी, सेमीनार, तालिम बहस र छलफल हुँदै आएको छ । ती विषयहरू हेर्दा धेरै वजेट खाद्यान्नको लागि खर्च गरिसकेका छौं ।
गोष्ठी र तालिमहरूमा बोलेका, गरेका कुराहरू व्यवहारमा उतार्न सके अहिलेको जस्तो खाद्य संकट देशले भोग्नु पर्ने थिएन भन्ने लाग्छ । हरेक वर्ष खाद्य संचयको अवस्था नाजुक बन्दै गएको छ । जहाँ उब्जनी कम हुने गरेको छ त्यहाँ खाद्य संकट र भोकमरी छ । यो अवस्था सिर्जना हुनुमा सरकार र किसान मात्र जिम्मेवार छैन । हामी सबै नागरिकहरु जिम्मेवार छौं । अब हामीले खाद्य संटकलाई जलवायू परिवर्तनको कोणबाट कसरी हेर्न सकिन्छ । जलवायू परिवर्तनलाई कम गर्न हाम्रो देशको त्यस्तो ठूलो भूमिका नभए पनि हामी कृषि क्षेत्रमा आधारित भएका देशहरुले क्षति न्यूनिकरण गर्न प्रकृतिमैत्री वातावरणमा खेतीभने गर्न सकिन्छ । त्यसो गर्न कर्तव्य हुन आउँछ ।
व्यवहारिक र सैद्धान्तिक स्वरूपहरूमा जलवायू परिवर्तनसँगै अलिकति हेरफेर गर्न सकिन्छ कि ? देशको माटो र हावापानीसँग मेल खाने शिक्षामा परिवर्तन, वातावरणमा परेको जोखिम अनुगमन र विश्लेषण, कृषि र वातावरणमा परेको असरलाई सँगसँगै वहस छलफल गर्नु पर्ने हो कि ? त्यसै अनुरुप हामी पनि व्यवहारमा परिवर्तन गर्दै लाने हो कि । संयुक्त राष्ट्र संघले उठाइएको वातावरण निर्माण गर्न सैद्धान्तिक पक्षका अनुवन्धहरु पालन गर्न हामीले जान्नु जरुरी छ । हाम्रो देशको भौगोलिक बनावट जैविक विविधता छ । हिमाल, पहाड, तराईको बनावट फरक–फरक छ । फरक–फरक भौगोलिक बनावटका कारण फरक–फरक हावापानी पाइन्छ । फरक फरक हावापानीमा फरक फरक अन्नबालीको उत्पादन हुन्छ । चामल मात्र खाद्यन्नबाली होइन । आलु, गहुँ, जौ, केरू, फापर पनि अन्न नै हो । चामलको सट्टा ती अन्नहरू कसरी खाने भन्ने जानकारी पनि हुन जरुरी छ । यी कुराहरु पालना गर्न सक्यौं भने पनि ग्रीन हाउस ग्याँस घटाउनमा सहयोग पुग्छ । वातावरणमैत्री खाना स्थानीय बालीहरुको प्रवद्र्धन गर्नसक्छ जसले नेपालको खाद्य संकटलाई समेत सहयोग पु¥याउँछ । र विषादी रहित स्थानीय बाली उत्पादन गर्दा जलवायू परिवर्तनलाई कमगर्न सकिन्छ । औद्यौगिक क्षेत्रको विकास र त्यसले सिर्जना गरेको प्रदुर्षणले जलवायू परिवर्तनमा ठूलो असर पार्छ । मानव सिर्जति वस्तुहरुको कारण हाम्रो प्रकृतिलाई हामीले असहयोग गरिरहेको छ । हिमालमा समेत फोहर थुप्रिदा त्यहाँको जैविक विविधतामा नाश भएको छ । वातावरणमैत्री वस्तुहरुको प्रयोगमा ल्याउन हामीले प्रयासै गरेन । जसले गर्दा समुद्र्रमा समेत फोहरको थुप्रो, थुप्रिदै गएको छ । र पृथ्वीले पचाउनै नसक्ने वस्तुहरुको उत्सर्जनले हाम्रो पृथ्वीमा अमिलोपनको मात्रा बढ्दै गएको छ । जहाँ हावामा उड्दा, जलीय क्षेत्रमा उडेको वाफबाट वर्षासँगै घुलन हुन पुग्छ । त्यसले खाद्य प्रणालीमा असर पु¥याउँछ । आजको बजार उपभोक्तामूखी बजार भएकोले उत्पादित वस्तुहरु पृथ्वीलाई असर नपार्ने खालको वस्तुहरूमा परिणत गरी पृथ्वीमा घुलन हुने अम्लियपन घटाउन सकिन्छ ।
यो प्रविधिमैत्री कृषिलाई जोडदिन्छ । यसले हामीलाई खाद्य संकटको विकल्प स्थानीय उत्पादनलाई जोड दिन्छ । स्थानीय उत्पादनलाई जोडदिन सक्यौं भने धेरै भन्दा धेरै खाद्य संकटको समाधान हुनका साथै जलवायू परिवर्तनमा पनि कमी ल्याउन सहयोग पुग्छ । हालै भइरहेको जलवायू परिवर्तन सम्बन्धी कार्यक्रम एउटा अभियान हो । यसलाई हामीले आफ्नो ठाउँबाट सहयोग पु¥याउनु पर्छ । यसमा सरकार र किसानहरुको मात्र नभई आम जनसहभागीताको सकृयता जरुरी छ । जलवायू परिवर्तनको असरले हाम्रो खाद्य प्रणालीमा ठूलो संकट निम्तिन सक्छ । यो अभियानलाई सहयोग पु¥याउने स्थानीय तहहरु पालिका, नगरपालिका, महानगरपालिकाहरुको महत्वपूर्ण भूमिका हुने भएकाले स्थानीय तहबाटै वातावरणमैत्री वस्तुहरुको उत्पादन गर्न शुरुवात गर्नु पर्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close