धानको बाली फल्ने ठाउँमा प्लाष्टिकहरु फल्न थाले
धनबहादुर मगर
आज कृषि क्षेत्रमा धानको बाली फल्ने ठाउँमा प्लाष्टिकहरु फल्न थालेका छन् । यो समस्या काठमाडौं उपत्यकाको मात्र होइन तीव्र रुपमा बढ्दै गरेको शहरी संरचना र बढ्दै गएको मानव घनत्वको कारण पनि शहरी वातावरण भयावह बन्दै गएको छ । काठमाडौं उपत्यकामा कृषि गर्ने अघिल्लो पिँढीका अनुसार प्लाष्टिकका कारण पनि शहरी क्षेत्र अत्याधिक फोहर बन्दै गएको र शहरी तापक्रम अनियन्त्रित बन्दै गएको, अलिअलि गरिने कृषिमा पनि रोगकिराको प्रकोप बढ्दै गएको बताईरहेको अवस्थामा प्लाष्टिक नियन्त्रण कसरी गर्ने र जलवायू परिवर्तनमा कसरी सहयोग पु¥याउने भन्ने चिन्ता अधिक भएपनि नियन्त्रण नहुँदा चिन्ताको विषय थपिदै गएको अनुभव वातावरण विद्हरुले चिन्ता गर्दै आएको छ ।
जलवायू परिवर्तनको असर कृषि क्षेत्रमा पनि थपिदै गएको छ । जथाभावी रासायनिक मल र विषादी प्रयोगले पनि जलवायू गुणस्तरमा ¥हास आएको छ । यिनै जलवायू परिवर्तनले तीव्रता पाउँदा नेपालको हिमाली जिल्लामा फल्ने स्याउ खेती सुन्तला लगायत महत्वपूर्ण बालीहरु क्रमश घट्दै गएको छ ।
इजिप्टको साम अलसेफमा जलवायु परिवर्तन सम्बन्धी शिखर सम्मेलन कोप–२७ भईरहँदा नेपालको हिमाली क्षेत्रका कृषकहरूले ‘जलवायु परिवर्तनको असर भोगिरहेको’ अनुभव व्यक्त गरेका छन् ।
जलवायू परिवर्तनको सबैभन्दा ठूलो प्रभाव हिन्दु कुश हिमाली क्षेत्रमा देखिन थालेको भनी यस क्षेत्रका विज्ञहरूले सचेत गराउँदै आएका छन् । मुस्ताङमा व्यावसायिक रूपमा गर्दै आएको स्याउ खेतीका कृषकहरू त्यस क्षेत्रमा पानी पर्ने प्रकृतीमा पछिल्लो समय फरक आएको र त्यसले स्याउको गुणस्तरमा पनि परिवर्तन ल्याएको बताउँछन् ।
मुस्ताङमा स्याउ खेती शुरू गरिएको आधा शताब्दी नाघिसकेको छ । त्यहाँ स्याउको खेती गर्ने छेत्रफल पनि बढ्दै गएको छ । तर उत्पादन र उत्पादकत्व त्यही अनुपातमा नबढेको र पहिले गुणस्तरीय उत्पादन हुने क्षेत्रमा स्याउ हुन छाडेको कृषकहरू बताउँछन् ।
पहिले हेर्दै आकर्षक र स्वादिलो स्याउ फल्ने लेते, ताक्लुङ, धम्पू , कोवाङ लगायतका छेत्रमा स्याउको बगैँचा मासेर वैकल्पिक खेती गर्न थालेको थासाङ गाउँपालिका २ कोवाङका कृषक जीवन थकालीले बताउनु भएको छ ।
यस पछाडिको कारण जलवायू परिवर्तन हो भन्ने थकालीले ठम्याई रहेको छ ।
जलवायु परिवर्तनकै कारण यो क्षेत्रमा पानी धेरै पर्न थालेको भनेर वैज्ञानिक अध्ययन र पुष्टि भइसकेको छैन ।
घरपझोङ गाउँपालिका मार्फाकी कृषक कमला अधिकारी लालचनले विगतमा पुस लागेदेखि नै हिउँ पर्न शुरू भएर फागुन चैतसम्म पर्ने गरेको सम्झन्छिन् उनमा रहेको छ ।
केही वर्षयता हिउँपर्ने समयमा नपर्ने, परे पनि कम पर्ने, कुनै वर्ष पर्दै नपर्ने र वृष्टि छायाँमा पर्ने गरेको मुस्ताङमा अहिले अधिक वर्षा हुने गरेका कारण स्याउ खेती गर्न समस्या बढ्दै गएको अनुभव छ । त्यहाँका किसानहरुलाई ।
थासाङ गाउँपालिका टुकुचेका नीरज तुलाचन पनि स्याउमा रोग किराको प्रकोप बढ्दै गएका कारण स्याउ खेती गर्न झन्झन् कठिन हुँदै गएको बताएका छन् ।
पहिले बढी हिउँ परेर स्याउका लागि अनुपयुक्त माथिल्लो मुस्ताङका लोमान्थाङ, लोघेकर दामोदरकुन्ड र बारागुङ मुक्तिनाथ क्षेत्र गाउँपालिकाको माथिल्लो भेकमा स्याउ खेती हुन थालेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिएका छन् ।
मुस्ताङमा जलवायू परिवर्तनको असर सम्बन्धमा अध्ययन अनुसन्धान गर्न ढिलाई गर्न नहुने उनको सुझाव समेत दिएका छन् ।
जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनमा पर्वतीय छेत्रमा बढ्दो तापमानका कारण देखिएको बहु आयामिक प्रभावलाई प्राथमिकता दिएर उठाइयोस् भन्ने स्याउ कृषकहरूको माग छ ।
जलवायु परिवर्तनका कारण भएको तापमान वृद्धिको असर हिमाली क्षेत्रमा तुलनात्मक रूपमा बढी परेको भनी विज्ञहरूले औंल्याउँदै आएका छन् ।
यो जलवायू परिवर्तनको कारण मानव नै हुन् मानवीय बढ्दो हस्तक्षेपल शहरी क्षेत्रमा मात्र नभई हिमाली क्षेत्रमा समेत पर्यावरणी परिवर्तनको असरले छोइरहेको छ । यसरी पर्यावरणीय असर भइरहँदा नेपालको वातावरण विद्हरु भविष्यमा नेपालको जलवायू परिवर्तनको कारण समग्र जीवन जगतको प्रणालीमा असर पु¥याउन सक्ने तर्फ सचेत गराइएको छ । जलवायु परिवर्तनमा नेपालको यी माथिका प्रतिनिधि घटना मात्र हुन् यस्तो घटना दिनप्रतिदिन बढ्दै गएको छ । यस प्रकारको घटनाहरूले नेपालको कृषि क्षेत्र र जलवायू परिवर्तनमा प्रतिकूल असर पु¥याउँदैन गएको छ । संयौं वर्ष सम्म पनि नकुहिने प्लाष्टिकजन्य वस्तुले हराभरा खेतबारी शहरी क्षेत्रको बग्दै गरेको नदीनालाहरु कुरुप बन्दै गएको छ । लाखौं मानिसहरुलाई पुग्ने खेतीबाली बाट विमुख बन्दै गएको छ । सबभन्दा मलिलो माटोको रुपमा रहेको काठमाडौं उपत्यकाको खेतबारीहरु घरघरेडी र भौतिक संरचना बनाउदा लगभग मासिइसकेके अवस्था छ ।
जनसंख्या घट्दै गएको अवस्थामा पनि भौतिक संरचनाको बढ्दो विकासले जलवायू परिवर्तन र कृषि क्षेत्रलाई नराम्री झस्काएको छ । जलवायू परिवर्तनमा नेपालको त्यति ठूलो अन्तराष्ट्रिय भूमिका नभएपनि घरेलु भूमिका भने घरघरेडी थपिदै गएको भौतिक संरचना र अव्यवस्थित प्लाष्टिकका फोहोरहरुले भने नेपालको शहरी जनजीवन कुरुप नै बनाएको छ ।
अव्यवस्थित शहरीले भने जलवायूमा नकारात्मक भूमिका खेलेको कुरा बिर्सनु हुँदैन । नेपालको शहरी क्षेत्रमा बढ्दो फोहोर त्यसमा पनि नहुहिने वस्तुहरु प्रमुख समस्याको रुपमा देखा परेको छ । त्यसमा सबैभन्दा बढी असर प्लाष्टिकजन्य फोहोरको कारण शहर कुरुप मात्र बनेको छैन पृथ्वीमा तापक्रम वृद्धि गरेको छ । प्लाष्टिकजन्य वस्तु नियन्त्रण र नियमन गर्ने निकाय कोही नभएको जस्तै भएको छ । यसको उत्पादन आवश्यक भएपनि व्यवस्थापन गर्न नसक्दा यसले ठूलै टाउको दुखाईको विषय बनाई दिएको छ । यसलाई समयमा नै नियन्त्रण गर्ने प्रक्रियामा नगए शहरमा आइपर्ने नकारात्मक तामक्रममात्र बढ्दैन जलवायू परिवर्तनमा प्रतिकूल असर पु¥याएर रोगकिरा प्रभाव पहिले स्वास्थ्यमा देखा पर्ने चेतावनी दिइएको छ । शहर सफा र स्वच्छ राख्नु सबैको दायित्व भएपनि यसतर्फ गहिरिएर कसैको ध्यान त्यसतर्फ गएको देखिदैन । शहर सफा राखेको खण्डमा मात्र मानव जीवन स्वस्थ्य रहन सक्छ ।