कृषि विशेष

धानबाली जैविक विविधताको उपयोग, आयत प्रतिस्थापनमा सहयोग

कृषि विभागद्धारा जारी प्रेस विज्ञाप्ति

कृषि विभागद्धारा जारी प्रेस विज्ञाप्ति
‘‘धानबाली जैविक विविधताको उपयोग, आयत प्रतिस्थापनमा सहयोग’’
उन्नाइसौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०७९ सन्दर्भमा जारी गरिएको प्रेस विज्ञाप्ति
प्रेस विज्ञाप्ति ः
धान विश्वको मकै पछिको दोस्रो महत्वपूर्ण खाद्यान्न बाली हो । यो विश्वको करिब ३.५ खाद्य वस्तु एवं शरीरलाई आवश्यक पर्ने क्यालोरीको प्रमुख स्रोत हो । विश्वमा करिब १६ करोड एकचालिस लाख नब्बे हजार हेक्टरमा खेतीभई ७५ करोड ५४ लाख मेट्रिक टन धान उत्पादन भएको पाइन्छ । कूल उत्पादन मध्ये ९० प्रतिशत उत्पादन तथा खपत एशियाली मुलुकहरुमै हुन्छ । उत्पादनको दृष्टिले विश्वमा सबभन्दा बढी धान उत्पादन गर्ने देश चीन रहेको छ र त्यसपछि क्रमश भारत, इण्डोनेशिया, बंगलादेश, भियतनाम प्रमुख धान उत्पादन राष्ट्रहरु हुन् भने नेपाल १६ औं स्थानमा पर्दछ ।
धान नेपालको आथिर्क, सामाजिक तथा साँस्कृतिक रुपमा समेत महत्वपूर्ण बाली हो । नेपाली समाजको हरेक नेपालीको साँस्कृतिक कार्यहरुमा धानकै प्रधान्यता रहने हुँदा नेपाली समाजको धान अभिन्न रुपमा चाडपर्वहरुमा समेत यसकै वर्चस्व जन्मदेखि मृत्युसम्मको कर्ममा धानको प्रयोग अपरिहार्य हुन्छ । वर्षभरि मनाईने विभिन्न चाडपर्वहरुमा समेत यसकै वर्चस्व रहन्छ । नेपालको हिमाल, पहाड, तराई सबै भूगोलमा चामलको उत्तिकै महत्व र वैभव रहेको छ । धान हाम्रो खाद्यान्न मात्र नभएर संस्कृतिको धरोहर पनि हो । समुद्री तथा तराईमा ६० मिटर देखि संसारको सबैभन्दा उच्च स्थान जुम्लाको छुमचौरमा ३,०५० मिटर उचाईमा धानको खेती गरिन्छ । नेपालमा मौसमको आधारमा वर्षे धान, चैते धान, भदैया धान, घेया धान र हिउँदे धान, (बोरो) धानको खेती हुने गर्दछ र नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७.७ प्रतिशत जमीनमा धान खेती गरिन्छ । जसमध्ये क्षेत्रफल र उत्पादन तराई क्षेत्रको हिस्सा ७० प्रतिशत भन्दा बढी रहेको छ । अन्नबाली उत्पादनको कूल उत्पादनको कूल क्षेफलको करिब ४५ प्रतिशत धान खेती हुने गरेको र कूल अन्नबाली उत्पादनमा ५० प्रतिशत भन्दा बढी धानको हिस्सा रहेको छ । नेपालमा वाििर्षक करिब २ खर्ब रुपैयाँ बरबरको धान तथा यसको उत्पादनहरु प्राप्त हुने गर्दछ । मुलुकको कूल ग्राहस्थ उत्पादनमा करिब २५ प्रतिशत अंश कृषिको रहेकोमा धानको कृषि क्षेत्रको उत्पादनहरुमा १५ प्रतिशत योगदान रहेको तथ्या नेपालको खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितता कायम गराउनका साथै राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको देखाउँदछ । धानको वहुआयामिक महत्वलाई थप उजागार गरी यसकोउतपादन तथा उत्पादकत्व वृद्धि तथा व्यवसायीकरणलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ आर्थिक वर्ष ०६१÷६२ मा अन्तराष्ट्र्रिय धान वर्ष ९क्ष्लतभचलबतष्यलब िथ्भबच या चष्अभ द्दण्ण्द्ध) मनाउने सन्दर्भ पारेर नेपालमा असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउने घोषणा भई यस दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउन थालनी गरिएको हो । यसै सन्दर्भमा देशको समयानुकूल आवश्यकता र प्राथमिकताका आधारमा विभिन्न नाराहरु तया गर्ने सिलसिलामा यस वर्ष खाद्य तथा पोषण सुरक्षा सम्बन्धमा विश्व परिवेश तथा यस परिस्थितिमा नेपाल जस्तो कृषिमा आधारित अति कम विकसित मुलुकको आवश्कयता र प्राथमिकतालाई मध्यनजर गरी धान दिवसको नारा ‘‘धानबालीमा जैविक विधिताको उपयोग, आयत प्रतिस्र्थापनमा सहयोग’’ तया गरिएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ मा १४ लाख ७७ हजार हेक्टर क्षेफलमा धानखेती भई ५१३० हजार मेट्रिक टन धान उत्पादन भएको छ । अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफल ०.२६ वृद्धि भएपछि उत्पादन भने ८.७४ प्रतिशतले घटेको छ । यसरी क्षेत्रफल बढेता पनि उत्पादन घट्नुमा २०७८ असोज ३१ देखि कार्तिक ३ गते सम्म परेको वमौसमी वर्षाले धान थन्कयाउने बेलामा खासगरी सूदूरपश्चिम र लुम्बिनी प्रदेशका कैलाली, कञ्चनपुर, वर्दिया, बाँके तथा कपिलवस्तु जिल्लामा पारेको क्षेति मुख्य कारण थियो ।
सम्भाव्य उत्पादकत्व र वास्तविक उत्पादकत्व बीच रहेको करिब ३० प्रतिशत फरकलाई कमगरी धानको उत्पादकत्व वृद्धिका लागि गुणस्तरीय मल, उन्नत बीउ, भरपर्दो सिँचाई सुविधा तथा उपयुक्त प्राविधिक सेवाहरुको सुनिश्चिता तथा रोजगारीका अवसरहरुको सिर्जना गर्न धान क्षेत्रलाई उद्योगसँग आवद्ध गरी आत्मनिर्भरता र समृद्धि हासिल गर्ने राष्ट्रिय आकांक्षलाई हासिल गर्न तिनै तहका सरकारहरुबाट रणनैतिक प्रयास सुरुवात भईरहेको छ । यसका लागि वितेका वर्षहरु देखिनै धान बालीमा अनुसन्धान र विकास, सिँचाई सुविधा विस्तार, मसिना धान, प्रवद्र्धन, सहुलियत दरमा गुणस्तरीय बीउ तथा मलखादको व्यवस्था, प्रविधि विस्तार, सार्वजनिक वितरण प्रणालीमा सुधार, न्युन्तम् समर्थन मूल्यको कार्यन्वयन, बाली वाली बीमाको प्रवद्र्धन, जलवायू मैत्री प्रविधिको विकास, धान उत्पादन तथा बजारीकरणमा निजी तथा सहकारी क्षेत्रको संलग्नता, बाँझो जमीनको सदुपयोग जस्ता कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । उत्पादन वृद्धिका लागि उन्नत जातको प्रयागलाई बढवा दिई हालसम्म नेपालमा तराई, मध्य पहाड र उच्च पहाडको लागि सूचित गरिएको खुल्ला सेचित र हाइव्रिड गरी ८ वटा स्थानीय र रैथाने जात सहित जम्मा १४४ वटा धानको जातहरु सिफारिस भैसकेका छन् भने वर्णशंकर जातको बढ्दो मागलाई सम्वोधन गर्न २ वटा स्वदशी हाइव्रिड धानको जातहरू सेचित भई कृषक माझ उपलब्ध छन् । साथै सुख्खा तथा अर्ध सिंचित अवस्थालाई मध्यनजर राखी डुवान तथा सुख्खा सहन गर्न सक्ने केही धानका जातहरू समेत विकास भई कृषकहरु माझ लोकप्रिय भएका छन् । नेपालको संविधानमा खाद्य सुरक्षा तिनै तहका सरकारहरुको साझा अधिकार सूचिमा रहेको र चामलको पर्याप्त उपलब्धतानै खाद्य सुरक्षा प्रत्याभूतिको प्रमुख आधार भएकाले हालको सन्दर्भमा, विगत केही वर्षदेखि संघीय सरकारले प्रदेश सरकार र स्थानीय तहहरुको सहकार्य र समन्वयमा धानबालीको व्यवसायीकरण, यान्त्रीकरण तथा औद्योगिकीकरणलाई सघाउ पु¥याउन धान उत्पादन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेको छ । उन्नत बीउ विजनको मात्र प्रयोगमा १५ देखि २० प्रतिशत उत्पादकत्व वृद्धि गर्न सकिने तथ्यलाई मध्यनजर गर्दै धानको स्रोत बीउ र उन्नत बीउ उत्पादनमा प्रोत्साहन अनुदान तथा उन्नत बीउ प्रयोग कर्तामा मूल्य अनुदान कार्यक्रम कार्यन्वयनमा ल्याइएको छ । आगामी आमा बीउ उतपादनलाई स्थानीयकरण एवं बीउ विकेन्द्रीकरण गर्न संघ प्रदेश र स्थानीय तहमार्फत सञ्चालन हुने गरि ७ वटै प्रदेशका ३०९ वटा स्थानीय तहहरुमा बीउ विजन उत्पादन, आपूर्ति तथा व्यवस्थापन कार्यक्रम सञ्चालन हुन गईरहेको छ । स्थानीय तथा रैथाने जातहरुको संरक्षण तथा जातीय सुधार एवं सामुदायिक बीउ बैंकहरुको प्रवद्र्धनका लागि आगामी आवमा ब २७ वटा स्थानीय तहमा कृषि जैविक विविधता संरक्षण कार्यक्रम सञ्चालन हुन गईरहेको छ । कृषि जैविक विविधताको संरक्षण सम्वद्र्धन र उपयोगलाई प्रवद्र्धन गर्न यस वर्षलाई जैविक विविधता वर्ष मनाउने घोषणा समेत नेपाल सरकारले गरिसकेको छ । यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत धानबालीको लागि पकेट, व्लक, जोन तथा सुपरजोन जस्ता विशिष्टिकृत उत्पादन क्षेत्रहरु निर्धारण गरी त्यस्तो उत्पादन क्षेत्रहरुमा धानबालीको व्यवसायीकरण यान्त्रीकरण तथा औद्योगिकीकरणलाई प्रवद्र्धन गर्ने विभिन्न कृयाकलापहरु सञ्चालन गर्ने गरिएका छन् । न्यून्तम् समर्थन मूल्यको प्रभावकारी कार्यन्वयनका लागि तथा स्थानीय तहमा गोदाम तथा अन्न भण्डारणका संरचनाहरु विकास गर्नका लागि वजेटको व्यवस्था गरिएको छ । उत्पादकत्व वृद्धिका लागि वर्णशंकर जातहरुको जातीय विकास तथा सम्वद्र्धनका कार्यहरु पनि अनुसन्धान केन्द्र मार्फत भईरहेका छन् । चालु आर्थिक वर्ष वित्तिय हस्तान्तरणमा धान उत्पादनको प्रचुर सम्भावना बोकेको प्रम्ुख क्षेत्रहरु र नेपाल सरकारबाट निर्मित साना, मझौला तथा ठूला सिँचाई आयोजनाहरुको कमाण्ड क्षेत्रभित्र पर्ने ५९ वटा स्थानीय तहहरु मार्फत धान उत्पादन प्रवद्र्धन कार्यक्रम सञ्चालनमा आगामी आर्थिक वर्षमा ६८ वटा स्थानीय तहहरु र ७ वटै प्रदेशका कृषिसँग सम्बन्धित प्रादेशिक मन्त्रालयहरू मार्फत सो कार्यक्रमलाई निरन्तरता दिइएको छ । अन्य बालीमा जस्तो धानबालीमा पनि बीमाको व्यवस्था गर्दै ८० प्रतिशत प्रिमियम सरकारलेनै उपलब्ध गराइने व्यवस्था छ । धानको उत्पादकत्व वृद्धिका लागि रसायनिक मलका सहज तथा सुलभ उपलब्धताको लागि अनुदानमा मलखाद वितरणलाई विशेष प्राथमिकतामा राखिएको छ । उल्लेखित प्रयासहरुबाट धान एवं धानमा आधारित उद्योगको विकास र विस्तार, धान मूल्य श्रृँखला विकास मार्फत देशलाई समृद्धिको दिशामा अघि बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । यद्यपी विविध प्रयासका वावजुद केही दशक अघि धान निर्यातको इतिहास बोकेको मुलुक हाल हरेक वर्ष उत्पादन÷उत्पादकत्व वृद्धि भएपनि आवश्यक चामलको आपूर्तिका लागि विदेशबाट हुने आयत निर्भर रहनु परेको यथार्थ हामी माझ छ । हाल नेपालमा कूल ४० लाख मेट्रिक टन चामलको माग रहेकामा स्वदेशी उत्पादनबाट ३४ लाख मेट्रिक टन मात्र उत्पादन हुने भएकाले करिब ६ लाख मेट्रिक टन चामल आयतका लागि करिव ३० अर्ब भन्दा बढी रकम खर्चिनु परेको अवस्था विद्यामान छ । देशमा प्रयाप्त परिणाममा उत्पादन नभई धान चामलमा पर निर्भरता हुनुमा बढ्दो जनसंख्या वृद्धिको तुलनामा धान उत्पादनको वृद्धि दर कम हुनु खेतीयोग्य जमीन खण्डीकरण तथा घरेडीकरण, श्रम शक्तिको अभाव, सिँचाई, भण्डारण तथा बजार पूर्वाधार प्रयाप्त नहुनु आदि प्रमुख कारणहरु हुन् र यसका साथै उन्नत जातले ढाकेको क्षेत्रफल करिब ९० प्रतिशत रहेका पनि गुणस्तरीय बीउको अभाव तथा नयाँ उन्नत जात भन्दा पूरानै जातहरू कृषकको रोजाईमा पर्नु, बीउ तथा जात फेर्ने परिपाटीको विकास नहुनु मसिना तथा वास्नादार चामलको उपयोगमा वृद्धि तथा खाद्यान्न बालीको उपयोगमा विविधिकरण नहुनु आयातित धानको गुणस्तर र मुल्यमा स्वदेशी धानले प्रतिस्पर्धा गर्न नसक्नु आदि कारण हरुबाट धान चामल माथिको परनिर्भता दिनानुदिन बढ्दो छ ।
यसको अवला, पछिल्लो समयमा विश्व भू–राजनीतिमा देखिएको असहज परिस्थितिका कारण विश्वव्यापी रुपमा खाद्य संकटको अवस्था गम्भीर हुँदै जाने र यसले अति कम विकसित राष्ट्रलाई नराम्ररी प्रभाव पार्ने भनि विश्व जगत नै त्रसित अवस्थामा रहेकोले नेपाललाई यस विकसित पछिल्लो अवस्थाका कारण खाद्य संकटको चपेटामा पर्नबाट रोक्न अब हामी सबैको प्रयासहरु तर्फ केन्द्रीत हुनै पर्ने देखिन्छ । साथै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को महामारीको असरले नेपालको अर्थतन्त्र, जिवन पद्धति र दिनचर्यामा समेत नकारात्मक प्रभाव हालसम्म पनि कायमै छ । तर्सथ हालको प्रतिकूल अवस्थामा खाद्य तथा पोषण सुरक्षाको दष्टिकोण र हाल खाद्य वस्तुको आयतको तथ्याङ्कबाट धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि नै उल्लेखित चुनौंतीको सामना गर्ने उपयुक्त उपाय हो भन्ने कुरामा दुईमत छैन । यस अवस्थामा देशलाई धान चामलमा आत्मनिर्भर बनाउन रणनैतिक प्रयासहरुको अवलम्वन गर्न अपरिहार्य छ । यसै सन्दर्भमा कृषि विकास कार्यक्रमको माध्यमबाट धानको उत्पादन र उत्पादकत्व वृद्धि गर्नुका साथै धानबालीको जैविक विविधताको सम्वद्र्धन, प्रवद्र्धन र उपयोग गर्नु आत्मनिर्भरताको मार्गचित्रमा महत्वपूर्ण हुनसक्ने देखिन्छ । नेपालमा धानको कूल क्षेत्रफल मध्ये १० प्रतिशत क्षेत्रफल रैथानै तथा स्थानीय धानका जातहरुले ओगटेको छ भने नेपालमा २५०० भन्दा बढी धानका रैथाने जातहरू रहेकामा १५० भन्दा बढी जातहरु कृषकहरुले खेती गर्दै आईरहेका छन् । रैथाने धानका जातहरु जलवायू अनुकूलित हुनुका साथै पोषणयुक्त एवं रोगकीरा सहन सक्ने भएकाले खाद्य तथा पोषण सुरक्षामा धानबालीका जैविक विविधताको अत्यत्नै महत्वपूर्ण भूमिका रहेको हुन्छ । साथै नेपालमा पाइने रैथाने तथा स्थानीय धानका जातहरु उच्च उत्पादन दिने उन्नत तथा वर्णशंकर धानका जातहरुको विकासको लागि उपयेग गर्न सकेमा पनि धान चामलको बढ्दो आयतलाई न्युनिकरण गर्न सहयोग हुनसक्ने देखिन्छ । साथै तराई, पहाड र हिमाली क्षेत्रमा पाइने धानको रैथाने जातहरुको प्रवद्र्धन गरी उत्पादन विविधिकरण तथा उपयोगमा प्राथमिकता दिन सके यि जातहरुले धान चामलको उपलब्धता बढाई आयत प्रतिस्र्थापनमा सहयोगका साथै खाद्य तथा पोषण सुरक्षामा टेवा पु¥याउन सक्ने देखिन्छ । यसै परिप्रेक्षामा यस वर्ष मनाउन लागिएको कृषि जैविक विविधता वर्षको समेत सन्दर्भ पारेर उल्लेखित नाराको साथ उन्नाइसौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०७९ मनाउन लागिएको छ ।
अन्तमा नेपालमा रहेको विभिन्न रैथाने तथा स्थानीय जातहरुको संरक्षण, सम्वद्र्धन, उपयोग, एवम् प्रवद्र्धन गरी धानको आयत प्रतिस्र्थापन गर्ने कार्यमा सम्पूर्ण सरोकारवालाहरुलाई एकजुट भई हातेमालो गर्नका लागि आव्हान गर्दछु । र यस वर्ष ‘‘धानबालीमा जैैैविक विविधताको उपयोग, आयत प्रतिस्र्थापनमा सहयोग’’ मूल नाराका साथ विभिन्न सरोकारवालाहरुको समन्वय र तथा सहकार्यमा विगतमा झै यस वर्ष १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, २०७९ को मुल समारोह समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछ्ु । यस अवसरमा उत्पादन वृद्धि र आयत प्रतिस्र्थापनका लागि धानबालीमा जैविक विविधताको महत्व सम्बन्धमा अधिकतम् प्रचार प्रसार गरी यस राष्ट्रिय कार्यक्रमलाई सफल पारिदिनु हुन पनि अनुरोध गर्दछु ।
डा.रेवतीरमण पौडेल
महानिर्देशक, कृषि भिावग
१९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मूल आयोजक समिति २०७९

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close