अन्तर्वार्ता

कफी खेती आत्मनिर्भर हुन्छौं ः कफी कृषक अधिकारी

जेष्ठ १५, विमल अधिकारी लम्जुङ जिल्लाको सुन्दरबजार नगरपालिका स्थित चन्द्रेश्वर दुराडाँडामा आफ्नै गाउँघरमा कृषि क्षेत्रको विकास गर्नु पर्छ भनेर लागि रहनु भएको छ । उहाँ कफी बालीमा दक्ष हुनुहुन्छ । नेपालमा कफी खेतीबाट आत्मनिर्भर हुन सक्छ भन्ने विश्वास गर्नुहुन्छ । अधिकारीले कफी खेती मात्र नभई आर्थिकआर्जन गर्न आफ्नै गाउँमा नगदेबालीहरु फलफूल, तरकारी खेती गरि आफ्नो परिवारकासाथ जीविकोपार्जनको गरिरहनु भएको छ । बजारको समस्य कस्तो छ भन्ने प्रश्नमा उत्पादन भए बजारको कुनै समस्या नभएको बताउनु हुन्छ । यसै क्रममा कृषि जर्नल मासिकको अधिकारिक पेज अनलाइनका लागि धनबहादुर मगरले गरेको प्रस्तुत कुराकानीको अंश ः
कफी खेतीमा कसरी लाग्नु भयो ?
मैले कफी सिटीभिटीबाट लेवल टु पास गरेर बसेको छु । यतै आफ्नै गाउँमा कफी फलफूल तरकारी खेती गरिरहेको छु । र कफी खेती गर्न अरुलाई पनि प्रोत्साहित गरिरहेको छु । विलियम हाइव्रिड १०० बोट कफी लगाएको छु । २÷३ वटा टनेलमा यही तरकारी खेती गर्छु । यतिबेला गोलभेडाका बिरुवाहरु पनि सारेको छु । जेठ लागे पछि गोलभेडा टनेल राख्नु पर्ने छ । यही तरकारी खेती र नर्सरीको काम पनि गर्छु । गत वर्षमा पनि कफीको नर्सरी, काउली, बन्दा बिरुवा २÷३ लट गरि १८ हजारको रुपैयाँको बिक्री गरे । यो वर्ष प्याज उमार्न सकिएन, प्याजको बीउ नराम्रो परेछ । हामीलाई गुणस्तरीय बीउ विजनको अभाव हुन्छ । मिहिनेत गरौं भनेर २८ सय रुपैँयाको प्रति किलो प्याजको बिउ ल्याएर नर्सरी जमायो आखिरमा उम्रेन । कहिले काहीँ कृषिमा यस्तै समस्या आइपर्छ ।
विगतमा के गर्नु हुन्थ्यो ?
पोखरामा होटल व्ववसाय सञ्चालन गरेको बसेको थिए । घरमा कोही थिएन त्यसकारण घरमै आएर खेती किसानीमा लागेँ ।
यहाँ आफ्नै गाउँघरमा कृषि गरिरहनु भएको छ । कृषिबाट आत्मनिर्भर हुनुलाई कतिको सहयोग पु¥याएको छ ?
धेरै सहयोग पुगेको छ । पुस्तैनी धान, मकै लगाएर ६ महिना पनि खान पुग्दैन । फलफुल तरकारी खेती गर्दा राम्रै आम्दानी हुन्छ । गतवर्ष २० हजारको काँक्रो बिक्री गरेँ । हुनत मेरो लागि ठूला–ठूला व्यापारीहरु छैनन् । चियानबट्टा भन्ने ठाउँमा सानो बजार छ । डोकोमा हालेर घर–घरै बेचेर हिँडे । त्यसरी मैले २० हजारका काँक्रो, १० हजारको दगुना फर्सी, १५ हजारको घिरौंला बेचेँ । यी बालीहरू सानो टुक्रामा लगाएको थिएँ । सानो टुक्राबाट पनि ५०÷६० हजार आम्दानी भएको थियो । त्यसरी ५÷१० हलमा मेलामा खेती गर्न सकेको भए धेरै कमाउने रहेछ भन्ने लाग्यो ।
सिँचाईको व्यवस्था कस्तो छ ?
सिँचाईको व्यवस्थापन त्यति राम्रो छैन । वडा कार्यालयबाट गत वर्ष ७५ प्रतिशत अनुदानमा टनेल वितरण गरेको थियो त्यही टनेलमा काम गरिरहेको छु ।
यति टाढाबाट बजार लानु हुन्छ । बजारको समस्या कस्तो छ ?
बजारमा जे बनाए पनि बिक्री हुन्छ । उत्पादन गर्नसक्नु प¥यो । मैले त्यो महशुस गरे । एक वर्ष कुनी कहाँबाट आफै उम्रेर अचानक रमितैसँग लौका फल्यो । नजिकैको सुन्दर बजारमा डोकोमा बोकेर गाडीमा हालेर लगेँ । छोप भएर बिक्री भयो । उनीहरुले फोनमा नै माग्न थाले । त्यसरी पठाउँदा त्यसको भोली पल्टबाटै नियमित उहाँहरुलाई पठाई दिएँँ । त्यसरी पठाउँदा खेरी एउटा बोटबाट लगभग २०÷२२ हजारको लौका बेचेँ । त्यस्तै १० वटा झ्याँङ्ग लगाएर बेच्न सकेको भए राम्रो आम्दानी हुन्थ्यो ।
यहाँले सिँचाई समस्या छ भन्नु भएको छ, अर्को प्राविधिक समस्या के हुन सक्छ ?
प्राविधिक रुपमा म आफै कफीमा लेवल टु पास गरेको छु । त्यसबाट मलाई धेरै ज्ञान प्राप्त भएको छ । हेल्भेटास नेपाल, आरसीटिसि लम्जुङ्गबाट ५÷१० वटा तालिम लिएको छु । त्यसबाट मैले नर्सरी गर्न र बोटबिरुवालाई राम्रो बनाउन सिकेको छु । खेती किसानी गर्दा अर्गानिक गरौं भन्ने आत्मबल आएको छ । कफीलाई त झन् अर्गानिक रुपमा उत्पादन गर्नु पर्ने हुन्छ । कफीमा कुनै पनि रासायनिक मल–बीउ प्रयोग गर्न पाईदैन । त्यसो हुनाले अरुलाई पनि शिक्षा पनि त्यही दिने गरेको छु ।
गाईको गहुँत पाइन्छ, गहुँत राखेर झोल मलहरु यही तयार गर्न सकिन्छ । मलको काम पनि गर्ने विषादीको काम पनि गर्ने । त्यही आधारमा अरुले किरा लाग्यो के गरौं भन्छन् । मैले मेरो घरमा आउनु १ बोटल झोल मल दिउँला भनेर साथीहरूलाई यहीको उत्पादन प्याज लसुन, अदुवा, गहँुत १ महिनासम्म कुहाउने भनेर भनिदिन्छु ।
यहाँले कफी लगायत फलफूल मिश्रित बाली गरिरहनु भएको छ । भविष्यमा कस्तो बाली लगाउने बालीलाई कसरी स्पेशिफिक गर्ने भनेर सोची रहुन भएको छ ?
मैले विशेष जोड दिने भनेको कफीलाई नै हो । कफीलाई अन्तरवाली गर्न, डाले घाँस पनि लगाउन मिल्ने भित्र–भित्र चाहीँ भटमास, बोडी जे लगाए पनि हुने । अनि कफीले आफै आम्दानी दिने र मैले तालिम लिएँ । स्याँ–स्याँ दमको रोगीहरुलाई १ दिनमा १० मिनेट मात्र कफीको बगैँचामा घुम्यो भने दमको रोग निको हुने ।
कफीबाट स्वास्थ्यलाभको बारेमा पनि महत्वपूर्ण कुरा सुनाउनु भयो ?
एकदम महत्वपूर्ण कुरा हो । पिपल र तुलसीले सबैभन्दा बढी असिक्जन दिन्छ भनिन्छ । त्यो भन्दा १० गुणा कफीले दिन्छ । त्यसकारण कफी रोपौं भन्ने मेरो विचार हो । भविष्यमा व्यवसायिक रुपमा कफी खेती गर्ने लक्ष्य छ ।
लमजुङ्गको दुराडाँडामा माटो असाध्यै राम्रो देखिन्छ । यो माटोमा यहाँले कफी फलाउने सोच बनाउनु भएको छ । यो क्षेत्रमा एक प्रकारले मानिस छोड्दै गईराखेको यस क्षेत्रमा कृषिमा कसरी विकास गर्न सकिन्छ ?
जो–जो सँग जग्गा छन् । आउनु प¥यो उहाँहरु यदि सक्दैनन् भने खेती गर्न हामीलाई जग्गा छोडिदिनु प¥यो । हामी के लगाउनु पर्छ, के गर्नु पर्छ हामी गर्छौं । उहाँहरूले बाहिर बस्नु भएको छ । बेस्सरी पैसा कमाउनु भएको छ । केही लगानी गर्नुहोस् । तपाईहरुको पैसा फिर्ता लिनुहोस् हामी गाउँमा बस्नेहरुले रोजगारी पनि पाउँछौं । तपाईहरुको जग्गा पनि सदुपयोग गर्छौं भन्न चाहन्छु । हामी समूहगत गयौं भने विभिन्न संघ–सस्ंथाहरुबाट अनुदान लिन सकिन्छ । हामी त कतै माग्नु नजाने । तपाईहरुको जग्गाको पनि सदुपयोग गर्छौं, भन्न चाहन्छु उहाँहरुलाई कृषिमै लगाउनु पर्छ । हाम्रो समूहगत गयौं भने विभिन्न संघ–संस्थाहरुबाट अनुदान लिन सकिन्छ । हामी कतै माग्नु नजाने । अनि कृषि ज्ञान केन्द्रको सरहरू आउनु भएको थियो । उहाँहरुले भन्नु भयो अहिलेसम्म दुराडाँडाको कसैले पनि अनुदान माग्न आएका छैनन् । कसैले ल्याएर हातमा त राखि दिँदैन । हामीले कागज पत्र पूरा गरी समूह दर्ता गरेर जाने हो । विभिन्न क्षेत्रबाट अनुदान लिन सकिन्छ । यहि क्षेत्रमा २÷३ वटा गाईको फार्महरु छन् । खेती किसानको हकमा बाहिरका किसानहरु आएर त्यसरी गर्ने । आराभा फर्म छ । विदेश गएका युवाहरुले गरेका छन् । गर्वको कुरा छ । उहाँहरुले करोडौंको रुपैयाँको लगानी लगाईसकेको छ । अब गाई पनि गाई र कुखुरा पालन पनि गरिरहेको छ । आधुनिक प्रकारको टनेल हालेर खेती पाटी गरिरहेका छन् । उहाँहरुले गर्न सक्ने हामीले सकिदैन र ?
यहाँ बस्ने बढी बुढाबुढी र केटाकेटी छन् । सबै विदेश पलायन हुने सबभन्दा ठूलो समस्या छ ।
यहाँले असाध्यै सम्भावनाका कुरा बताउनु भयो, यो क्षेत्रमा केही न केही हुन्छ । गर्ने भनेको कृषिनै हो भनेर भनिसक्नु भएको छ । तर युवाहरु क्रमश छोड्दै विदेश पलायन भएका छन् । यो विषयमा के भन्नु हुन्छ ?
विदेश पलायन हुनुको मुुल कारण आफ्नो घरको आयस्रोत चलाउन नसकेर जानु उनीहरुको वाध्यता हो । जग्गा हुनेसँग समय छैन । जहाँ बसेर पनि निमेष गरेर खाने भनेर विदेशै लाग्नु भाछ । तपाईहरू गाईभैंसी पालेर पनि गर्न सक्नु हुन्छ । यही तरकारी खेती गरेर कमाउन सक्नुु हुन्छ भनेर उहाँहरुलाई सुझाव दिनसक्नु प¥यो ।
त्यो वातावरण कसले बनाई दिने हो ?
हामीले सबैले मिलेर बनाउने हो ।
सरकारका कृषि ज्ञान केन्द्रहरु छन् । हामीलाई सहयोग गर्ने धेरै कृषि कार्यालयहरुबाट व्यवसायिक किसानलाई अनुदान दिँदैन भन्ने गुनासो व्यापक भईरहेको छ, वास्तविकता हो ?
एकदम सत्यता हो मनै कृषिमा लागेको १० वर्ष भईसक्यो । मैले अनुदान पाएको छैन । यहाँ एउटा पनि बाख्रा नपालेकोले अनुदान पायो रे ।
किन भने टाठाबाठाले कागजपत्र पूरा गर्छन् । सबभन्दा सजिलो एउटा बोइलर काटीदियो भने पछि उनीहरु स्पोर्टमै नगई निरीक्षणनै नगरीकन होटलमा बसेर पास गरेर जाने चलन छ भनिन्छ ।
स्पोर्टमै नगई निरीक्षणनै नगरीकन त्यसै होटलमा बसेर पास गरेर जाने वातावरण छ । एकदम दुखः लाग्दो घटना हो । यस विषयमा कृषि ज्ञान केन्द्रका कर्मचारीहरुले ५ जनाले ४÷५ पटक जाँच गरि अण्ड स्पोट जहाँ जे लगाएको छ अनुदान मागेको छन् भने दिनुपर्छ कि पर्दैन ? गोठै नहेरीकन अनुदान दिने गर्नु भएन । उहाँहले फिल्डमा भिजिट अनिवार्य गर्नु प¥यो । वास्तविक किसानले अहिलेसम्म पाएको छैन । एकदमै सत्यता हो । गत वर्ष यहाँ बस्ने मान्छे नै होइन । पोखरा बस्ने मान्छे हो । मैले घरमा बाख्रा पालेको छु भनेर अनुदान पायो भनेर भनेको छ । उहाँले ५० हजार रुपैयाँ पायो, हामीजस्ता किसानले नर्सरीको लागि मात्र पाउने हुन भने पनि हौसला हामीमा बढ्थ्यो । हामीले कहिले खुल्छ, कहिले के हुन्छ ? चाँसो नराखेर पनि होला सायद थाहा नै हुँदैन । हामीलाई अहिलेसम्म त्यस्तो सेवा लिन पाएको छैन ।
यहाँ कफीको पनि विज्ञ भइसक्नु भएको छ । कुरा गर्दा कफीको माग धेरै बढ्दो छ । नेपालमा यहाँलाई थाहा छ । भन्ने कुरा सोचिसक्नु भएको छ । पक्कै पनि तालिमको बेला यो कुरा पाईसकेको हुनु पर्छ । कफीमा देशलाई आत्मनिर्भर बनाउन कसरी सकिन्छ ?
कफीको लागि सबभन्दा पहिले बीउ विनाको जिउ भनिन्छ । बीउ राम्रो बनाउनु प¥यो । कफीको लागि संवेदनशील व्यवस्था भनेको छहारीको व्यवस्था हो । पहिलो वर्ष कफी लगाउने साथीभाईहरूले के भन्ने चाहन्छु भने बसी–बसी एकहलको मेलामा हामीले ३ मुरी धान फलाउँछौं । तीन मूरी धान फलाउन ९ हजारको धान फल्छ । बारीमा ११ हजारको खर्च हुन्छ । तर एकहलको मेलामा १०० बोट कफी लगाउन सकिन्छ । छहारी उपलब्ध गरियो भने ३ वर्षभित्र फल्छ । तीन वर्षभित्र भित्री बाली, डालेघाँस कभर गरेको हुन्छ । तीन वर्ष पछि प्रत्येक बोटले ३ देखि ५ के.जी. फल दिन्छ । पहिलो वर्ष त कम होला दोस्रो वर्षदेखि प्रतिबोट १० केजीसम्म फल दिन्छ । १०० बोटले १० केजीका दरले दियो भने १०० बोटबाट १ हजार के.जी. हुन्छ । हजार के.जीबाट १ लाख रुपैयाँ हुन्छ । एक सिजनमा कहाँ ९ हजार कहाँ १ लाखको आम्दनी कहाँ । ३ वर्ष पछि धेरै दुखः पनि गर्नु पर्दैन । यसले २० वर्षसम्म आम्दानी दिने गर्छ । बेला–बेलामा मलजल चाहीँ गरिरहनु प¥यो । त्यसको लागि औषधीको रुपमा बोर्डो मिक्सचर पेष्ट बनाएर लगाउनु प¥यो । झोल मल र वर्षमा २ पटक गोडमेल गरिदिए पछि धेरै मिहिनेत नगरीकन धेरै आम्दानी हुने खेती भनेको कफी हो । मलाई लाग्छ हाम्रो देश नेपालमा कफीबाट विस्तारै आत्मनिर्भर बन्न सक्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close