कृषि प्रविधिसमाचार

चेत्र ९ देखि १२ सम्म चितवनको भरतपुरमा एग्रीमेक २०७८

धनबहादुर मगर
काठमाडौं फागुन १५ ‘‘कृषि यान्त्रीकरणमा वृद्धि, व्यवसायिक कृषि विकास र समृद्धि’’ भन्ने मूल नाराकासाथ नेपाल कृषि यान्त्रीकरण व्यवसायी संघ नामीयाले ५औं राष्ट्रिय प्रदर्शनी यही २०७८ चेत्र ९ देखि १२ सम्म भरतपुर महनगरपालिकामा हुने भएको छ ।
उक्त अवसरमा मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट रोशन मल्लले प्रदर्शनी कार्यक्रमले कृषि व्यवसायमा प्रविधि हस्तान्तरण व्यवसायिक रुपमा कार्यदक्षता अगाडि बढाउने जनाएको छ । सलोन एग्रीकल्चरको प्रमुख कृष्ण श्रेष्ठले आफ्नो कम्पनीले कृषि प्रविधिहरु मल्चिङ्ग प्लाष्टिक, सिँचाईको प्रविधि, लगायत प्रविधिको आयत गर्दै आएको बताए । त्यसैगरि आर एण्ड डीका प्रमुख डम्वरकृष्ण खनालले नविल बैंकको सहयोग र सहकार्यमा कृषि क्षेत्रलाई बैंकीङ्ग क्षेत्रबाट पु¥याउन सक्ने सहयोगको विषय हुने बताए । खनालले वित्तिय व्यवस्थापन विना कृषि सम्भव नहुने बताउँदै कृषि कर्जा राष्ट्रिय वहसको रुपमा ल्याउन सहयोग पुग्ने पनि बताए ।
कृषि मेशीनरी संघको पूर्व अध्यक्ष स्वयम्भु कृष्ण श्रेष्ठले २०६१ सालदेखि कृषि यान्त्रीकरण प्रणालीमा सहभागी भएको बताउँदै ५०÷७५ प्रतिशत अनुदानमा आधारित टेण्डरमा काम गर्दा गुणस्तर नहुने बताए ।
मेशीनरी संघका संस्थापक अध्यक्ष महेन्द्र कँडेलले किसानको सफलताको कथा ल्याउन यान्त्रीकरणको महत्वपूर्ण योगदान रहेको बताउँदै प्रदर्शनीलाई किसानको उत्सवको रुपमा मनाउनु पर्ने बताउनु भयो ।
प्रधानमन्त्री कृषि आधुनिकीरण इकाई परियोजनाका इन्जिनियर जित जंग रानाले नेपालमा कृषि इन्जिनियरिङ्गको वहसको सपना २०५६ सालबाट बढ्दै गएको बताए । राष्ट्रिय स्तरको सेमिनारहरु भए । अमेरिका, यूरोपमा पनि कृषि यान्त्रीकरणलाई मुख्य पिलरको रुपमा लिएको बताउँदै । कृषि यान्त्रीकरण विना नेपालको कृषि विकास सम्भव छैन । कस्टम हायरिङ्ग सेन्टर इफिसियन्सीबाट ४० प्रतिशत प्रयोग भइरहेको छ । यान्त्रीकरण भनेर मात्र हुँदैन । मेकाइनाइजेशन सस्टेनवल कमजोर छ । संस्थागत उपयोगिता कसरी गर्ने भनेर लागि रहेको छ । सस्टेनबिलिटीबाट फेरि डम्पीङ्ग पार्टमा जाने डर छ ।
कृषि प्रविधि पूर्वाधार तथा यान्त्रीकरण निर्देशनालय प्रमुख सन्तोष पौडेलले २०७१ देखि नै कृषि यान्त्रीकरणको शुरुवातको अवस्थामा रहेको व्यवसायलाई विकसित रुपमा परम्परागतबाट आधुनिकता तर्फ अग्रसर बनाउन सकिएको बताए ।
साथै पौडेलले कृषि व्यवसाय सरकार प्रविधिको विकासको प्रयोग बढीभन्दा बढी कृषि उद्यमी, अनुसन्धानकर्तासम्म पु¥याउन आग्रह गरे ।
कृषि व्यवसायीकरण र औद्योगिकीकरण, राष्ट्रको सफलतामा जोडिएको छ । ट्रान्जिशनल फेज भएकोले कृषि यान्त्रीकरण विना कृषि व्यवसाय सम्भव नहुने बताए ।
राष्ट्रिय कृषि मेशीनरी संघ(नामिया)का उपाध्यक्ष उमेश महर्जनले विगतको अनुभवलाई सही ढंगले उपयोग गर्न प्रदर्शनी मेलाले सहयोग पुग्ने बताए ।
राष्ट्रिय कृषि मेशीनरी संघ(नामिया)का अध्यक्ष खोजराज कटुवालले कृषि यान्त्रीकरणको लहर आएको बताउँदै यान्त्रीकरणको क्षेत्रलाई फराकिलो बनाउँदै लैजानु पर्ने बताए ।
काठमाडौं फागुन १५ ‘‘कृषि यान्त्रीकरणमा वृद्धि, व्यवसायिक कृषि विकास र समृद्धि’’ भन्ने मूल नाराकासाथ नेपाल कृषि यान्त्रीकरण व्यवसायी संघ नामीयाले ५औं राष्ट्रिय प्रदर्शनी यही २०७८ चेत्र ९ देखि १२ सम्म भरतपुर महनगरपालिकामा हुने भएको छ ।
उक्त प्रदर्शनीमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नामियाको संयुक्त आयोजना हुन गइरहेको हो । चितवनको भरतपुर महानगरपालिकाको एक्स्पो सेन्टरको हलमा राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना हुन गईरहेको छ । प्रदर्शनी नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, औद्योगिकीकरण, आधुनिकीकरण तथा व्यवसायीकरणमा टेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यापालन, पुष्प खेती व्यवसायिक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र उपकरण तथा प्रविधिका सामाग्री, बीउ विजन, आधुनिक सिँचाई लगायतको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका प्रतिष्ठित कम्पनीहरु सहभागीता रहने जनाएको छ ।
प्रदर्शनीको उद्देश्य ः
–एकै थलोमा कृषि सम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्रहरु तथा सेवा सम्बन्धी जानकारी गराउने ।
–नीति निर्माता, पेशागत समूह, अनुसन्धाकर्ता, कषक लगायतका सरोकारवालाहरुलाई कृषि तथा प्रविधि सम्बन्धी जानकारी गराउने ।
–कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको अतिरिक्त बजार प्रदर्शनमा योगदान पु¥याउन ।
–कृषि यान्त्रीकरण व्यवसायी र कृषक बीच कार्यगत समन्वय गर्न ।
–लगानीको अवसर सिर्जना गर्न ।
–कृषि यन्त्र तथा प्रविधि सम्बन्धी विभिन्न क्षेत्रमा काम गरिरहेका उत्पादक, आयतकर्ता वितरण सेवा प्रदायक, नीति निर्माता, कृषि विज्ञ र कृषक बीच समन्वय र सहकार्यको वातावरण सिजर्ना गर्न ।
–नेपालको कृषिलाई यान्त्रीकरण मार्फत व्यवसायीकरण गरि प्रतिस्पर्धा तथा आधुनिक कृषि प्रणालीको विकास गर्न । उक्त प्रदर्शनको मुख्य प्रायोजक शलोम एग्रीकल्चर प्रा.लि. प्रायोजक मुक्तिनाथ कृषि कम्पनी, मुक्तिनाथ बैंक सह–प्रायोजक एन्टीएस इण्डष्ट्रीज प्रा.लि, जी सेवेन एग्रीकल्चर प्रा.लि, बीटीएल नेपाल प्रा.लि, कुवेर एण्ड सन्स ट्रेड प्रा.लि, नेपाल चाइना एग्रीकल्चर सेन्टर, नयाँ तुलसी ग्रुप, द हवी अटो ट्रेडिङ्ग प्रा.लि रहेका छन् ।
अफिसियल पार्टनर ः संयुक्त राष्ट्र खाद्य एवम् कृषि संगठन, सहयोगी संस्थाहरु ः कृषि उद्यम केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद्, चितवन उद्योग संघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. आए एण्ड डि इनोभेटिभ सोलुशन, नविल बैंक रहने छ । सञ्चार सहयोगीहरु नेपाल कृषि पत्रकार महासंघ, एशोसिएसन अफ नेपाली एग्रीकल्चरल जर्नालिष्ट (अनाज) रहेका छन् ।
लक्षित प्रदर्शकहरु ः कृषि औजार, उपकरण, प्रविधि, उत्पादन उद्यमी व्यवसायी, आयातकर्ता, वितरक, डिलर, सवडिलरहरु, सरकारी एवं गैह्र सरकारी संघ–संस्थाहरु, कृषि विज्ञ, अनुसन्धानकर्ता, शैक्षिक संस्थाहरु, सेवा प्रदायक कृषक, कषक समूह, सहकारी संघहरु बैंक तथा वित्तीय संस्थाहरु आदि ।
लक्षित अवलोकनकर्ताहरु ः कृषि कर्मी, नीति निर्माता, उद्यमी व्यवसायी, सरकारी एवं गैह्र सरकारी संस्थाहरु कृषि समूह, कृषि सँग सम्बन्धित संघ–संस्था, विद्यार्थी, विद्यालय तथा शोधकर्ताहरु, वैज्ञानिक, शिक्षक, विद्यार्थीहरु आदि रहने छ । प्रर्दशनीको आकर्षणहरु
प्रदर्शनकर्ता १५०, कृषि यन्त्र, औजार, उपकरण तथा प्राविधिहरु, २० भन्दा बढी मुलुक सहभागी, २००० भन्दा बढी प्रकारका उपकरण तथा प्रविधिहरु, अपेक्षित अवलोकनकर्ता ७० जिल्लाका करिव १ लाख भन्दा बढी, अनुमानित कारोवार २० करोड भन्दा माथि, कृषि यान्त्रीकरण प्रवद्र्धन सम्बन्धी गोष्ठी सेमिनार, कृषि कर्जा मेला रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close