कृषि विशेष

राष्ट्रिय कृषि जैविक विविधता दिवस २०७९ को अवसरमा गरिएको

काठमाडौं प्रतिवद्धता पत्र

२०७९ माघ ७ गते शनिबार काठमाडौं कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षा स्वास्थ जीवन वातावरण र गरिव तथा सिमान्तकृत लगायत थुप्रै समुदायको जीविकोपार्जनको प्रमुख आधार हो । नेपालको संविधानमा जैविक स्रोतहरुको संरक्षण र दिगो उपयोगलाई उच्च महत्व दिई राज्यको नीतिमा उल्लेख गरिएको छ भने जैविक विविधता संरक्षणमा तिनै तहको सरकारको भुमिका रहने उल्लेख छ ।
नेपाल जैविक विविधताको धनी भएता पनि पछिल्लो समय जलवायू परिवर्तनको कारण विनाश हुँदै आएको छ । आधुनिक खेती प्रणालीका कतिपय नकारात्मक प्रभावका कारण सँगै जैविक विविधताको अलवा कृषि जैविक विविधताको ह्रासलाई तिव्र बनाएको छ । त्यसैगरि हाम्रा कैयन सामाजिक धार्मिक तथा साँस्कृतिक परम्परा एवं अवसरहरुमा पस्किने पञ्चगुणले भरिपूर्ण मौलिक खाना विविध परिकारहरु क्रमिक रुपमा लोप हुँदै गरैरहेका छन । ह्रासोन्मुख अवस्थामा रहेको रैथाने तथा स्थानीय कृषि जैविक विविधता अन्तर्गत कृषि बाली, घाँसे बाली, पशुपन्छि, कृषि किरा, कृषि सुक्ष्म जीवाणु र जलीय कृषि अनुवांशिक स्रोतहरु पर्दछन् । को संरक्षण र दिगो उपयोगमा ध्यान पु¥याउन नसकिएमा कृषि पारिस्थितिक प्रणालीमा नै नकारात्मक असर पर्ने समग्र खाद्य एवं कृषि प्रणाली नै जोखिममा पर्न सक्ने देखिन्छ । यसर्थ कृषि जैविक विविधताको महत्व यसको संरक्षण तथा उपयोग बारे आम सर्वसाधारण र सरोकारवाला पक्षहरु जानकार र सचेत भई तिनको संरक्षण र दिगो उपयोग गरेर देशको आर्थिक उन्नति गर्नमा जोड दिनुपर्ने टड्कारो आवश्यकता देखिन्छ ।
यसै सन्दर्भमा कृषि जैविक विविधता संरक्षण सम्वद्र्धन, प्रवद्र्धन सुधार, उत्पादन र यसको उचित बजारीकरणका साथै नेपाली मौलिक विविधता खानाको प्रवद्र्धन अनि विविधिकरण गर्दै स्वास्थ्य जीवन सम्पन्नता र आत्मनिर्भरता सहितको जीवन र स्वच्छ वातावरण बनाउने अभियानमा हामी निम्न कार्यको लागि प्रतिवद्ध रहेको जानकारी सहित यस कार्यमा सबैको सहयोगको लागि आव्हान गर्दछौ.।
–ठाउँ तथा जात विशेष खाने परिकार तथा कृषि उपजको विकास र विस्तार साथै रेष्टुरा पसल तथा होटलको मेनुमा कम्तिमा रैथाने र स्थानीय वस्तु वा त्यसको परिकार राख्न अभिप्रेरित गर्ने र उक्त वस्तुहरुको पहिचान गरि अभिलेख तयार गर्नुका साथै भौगोलिक संकेत चिन्ह तथा अन्य अधिकार प्राप्त गर्न अग्रसर हुने ।
रैथाने तथा स्थानीय परिकारहरुलाई समयानुकुल परिमार्जित गरि यसको बजार क्षेत्र बढाउने र अध्ययन अनुसन्धानमा जोडदिई पोषण र स्वास्थ परिकारको विकास गर्ने ।
–पञ्च गुणीय हिसाबले उच्च भएको स्थानीय उपजहरुको पहिचान गरि विकास विस्तार र राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्ने ।
–स्थानीय स्तरमा कृषि जैविक विविधता मेला, हाट, बजार र मौलिक खाद्य मेलाको आयोजना गर्ने र रैथाने स्थानीय प्रत्येक वस्तु र परिकारको बजार सुनिश्चितता गर्न पहल गर्ने ।
–कृषि जैविक विविधता महत्व बारे आम जनमानसमा चेतना बढाई दिगो संरक्षण तथा उपयोगमा टेवा पु¥याउने र शिक्षा र अनुसन्धानमा संलग्न गर्ने ।
–रैथाने र स्थानीय कृषि अनुवांशिक स्रोतमा आधारित राष्ट्रिय गौरवको योजना सञ्चालन गर्न सरकारलाई ध्यानाकर्षणका साथै आवश्यक सहयोग गर्ने गराउने ।
–संस्थामा भएको ज्ञान, शिप, क्षमता र सिकाई एक आपसमा आदान प्रदान गर्दै यसको दायरा बढाउने ।
–वस्तु र परिकारहरुको विस्तृत जानकारीमूलक सामाग्री एकद्धार वेबपोर्टल मार्फत सर्वसुलभ गर्ने ।
–अनुसन्धान उत्पादन खायन क्षेत्रहरु र भवनहरुलाई किरा सुक्ष्म जीवाणु र चरामैत्री बनाउन पहल र सहयोग गर्ने ।
–रैथाने तथा स्थानीय कृषि अनुवांशिक स्रोतहरु संरक्षणका लागि विविधता संरक्षण बैंकहरु स्थापना गर्न अग्रसर हुने ।
–नेपालकै भुमिमा उत्पत्ती भएको सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिलाउने आवश्यक पहल र सहयोग गर्ने ।
–हाम्रा सिप प्रविधि सामाजिक मूल्य मान्यताहरु विद्यालय कलेजहरुमा सामाजिक ल्याव मार्फत नयाँ पुस्तामा सिप हस्तान्तरण गर्दै स्वरोजगार सिर्जना गर्न अभियान सञ्चालन गर्ने ।
–विद्यालयको स्थानीय पाठ्यक्रममा कृषि जैविक विविधता संरक्षण तथा रैथाने बाली उत्पादन र मूल्य अभिवृद्धि सम्बन्धित विषय समावेश गराउन पहल गर्ने ।
–सरकारी तथा सरोकारवालाहरु निकायले औपचारिक बैठक सभा समारोह, तालिम, गोष्ठी आदिमा यथासक्या रैथाने बालीमा आधिकार स्थानीय मौलिक खाद्य परिकारलाई खाजा तथा खानाको रुपमा प्रयोग गर्न पहल गर्ने ।
–मौलिक कृषि अनुवांशिक स्रोत तथा परम्परागत ज्ञानहरु खाद्य पोषण स्वास्थ्य व्यवसाय र वातावरणको लागि अति आवश्यक हुन भन्ने मूलमन्त्रका साथ सदा अगाडि बढ्ने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close